लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण
लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीले आइतबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनले नवनियक्त मन्त्रीलाई शपथ गराउनुभएको हो ।
प्रतिनिधि सभा बैठक : आत्महत्या सम्बन्धमा अनुसन्धान हुनुपर्छ
नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले लघुवित्तको कारण धेरै मानिसले आत्महत्या गर्ने गरेको भन्दै सो विषयमा अनुसन्धान गर्नुपर्ने बताउनुभएको छ ।
पार्टीमा व्यापक रूपान्तरण गर्छौं : माओवादी अध्यक्ष प्रचण्ड
प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई महिनाछि पार्टीमा व्यापक रूपान्तरण गर्ने बताउनुभएको छ।
प्रधानमन्त्री र नर्वेका राजदूतबीच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागिका नर्वेका राजदूत टाेरून ड्राम्दालले शिष्टाचार भेट गर्नुभएको छ ।
नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठक सुरु
बैठकमा सेनाको आठ वटा पृतनाका पृतनापति, विभिन्न विभाग, महानिर्देशनालय तथा निर्देशनालयका प्रमुख तथा सम्बन्धित बाहिनीपतिको उपस्थिति रहेको छ।
प्रधानमन्त्री प्रचण्ड र इजिप्टका राजदूतबीच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि अरब गणतन्त्र इजिप्टका राजदूत नोहा हाम्दी अहमद इल्जेबालीले शिष्टाचार भेट गर्नुभएको छ ।
राष्ट्रिय सहमतिमा राष्ट्रपति बनाउँदा आपत्ति छैन : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो दलले राष्ट्रपति हुने अवस्था आए पार्टीमा छलफल हुने बताउनु भएको छ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
आइतबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक जारी छ ।
अनेरास्ववियुको २३ औं महाधिवेशनमा १५ सय ७३ प्रतिनिधि सहभागी हुने
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को २३ औं महाधिवेशनमा एक हजार पाँच सय ७३ प्रतिनिधि सहभागी हुने भएका छन्।
सरकारको काम कारबाही प्रभावकारी र जनपक्षीय बनाइने
सरकारका काम कारबाहीलाई प्रभावकारी तथा जनपक्षीय बनाउने विषयमा सत्तासाझेदार दलका शीर्ष नेताबीचमा छलफल भएको छ ।
सरकारी सञ्चारमाध्यम प्रादेशिक संरचनाअनुसार सञ्चालन हुनुपर्छ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सबै सरकारी सञ्चारमाध्यम प्रादेशिक संरचनाअनुसार सञ्चालन हुनुपर्ने बताउनुभएको छ ।
हुलाक सेवाको संरचनालाई परिवर्तन गर्न लागिएको छ : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हुलाक सेवाको परम्परागत संरचनालाई परिवर्तन गर्न लागिएको जानकारी दिनुभएको छ ।
बालुवाटारमा राष्ट्रपतिको उम्मेदवार चयनलगायतका विषयमा छलफल हुँदै
समसामयिक राजनीतिक विषय र सरकारलाई पूर्णता दिनेबारेमा छलफल गर्न उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा राष्ट्रपति तथा उपराष्ट्रपतिका सम्बन्धमा छलफल हुने जानकारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक केहीबेरमा बस्दै
समसामयिक राजनीतिक विषय र सरकारलाई पूर्णता दिनेबारेमा छलफल गर्न उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक केहीबेरमा बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले बिहान ९ बजेपछि बैठक बस्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।
स्वीकृत दरबन्दीअनुसार कर्मचारी खटाउन मन्त्री मोदीको निर्देशन
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्वीकृत दरबन्दीअनुसार मात्रै कर्मचारी खटाउने व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ । मन्त्रीको निर्देशनअनुसार सामान्य प्रशासन मन्त्रालयले अन्य मन्त्रालयलाई पत्राचार गरेको छ ।
लुम्बिनी प्रदेशमा १० सदस्सीय मन्त्री मण्डल विस्तार, शपथ आज
लुम्बिनी प्रदेश सरकारमा १० सदस्सीय मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री लीला गिरीले सत्ता साझेदार ४ दल सहितका गरी शनिवार ९ जना मन्त्रीहरूलाई नियुक्त गरी जिम्मेवारी तोक्नु भएको हो । उहाँहरूको शपथ आज (आइतबार) हुने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
एमालेलाई ठूलो धक्का : नेपाल
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सुदूरपश्चिम प्रदेश सरकार ढलेर नेकपा (एमाले)लाई ठूलो धक्का लागेको दाबी गर्नुभएको छ । राष्ट्रिय जनसांस्कृतिक महासङ्घ (समाजवादी)को बैठकलाई शनिबार सम्बोधन गर्दै उहाँले सुदूरपश्चिम प्रदेश सरकार ढलेर एमालेलाई ठूलो धक्का परेको र सो क्रम राष्ट्रपति निर्वाचनसम्म नै कायम हुने तर्क गर्नुभयो ।
देशमा भएको बेथितिलाई अन्त्य गरिने
सहरी विकासमन्त्री विक्रम पाण्डेले देशमा भएको बेथितिलाई अन्त्य गर्नका लागि आफूले सहरी विकास मन्त्रालय सम्हालेको बताउनुभएको छ ।
रूपान्तरणको प्रक्रियामा माओवादी केन्द्र
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक न्याय, सुशासन र समृद्धिमा सरकारको प्राथमिकता रहेको बताउनुभएको छ। माओवादीको भ्रातृ सङ्गठन दलित मुक्ति मोर्चाको शनिबार सम्पन्न केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “जनताका निम्ति हामीले राम्रो परिणाम दिनैपर्छ।” उहाँले माओवादी केन्द्र एकता र रूपान्तरणको प्रक्रियामा गएको चर्चा गर्नुभयो। उहाँले भन्नुभयो, “सरकारको नेतृत्व गर्ने अवसर पाएका छौँ, यो चुनौतीपूर्ण अवसर हो। यसको भरपुर सदुपयोग गरेर देश र जनतालाई राम्रो परिणाम दिनैपर्छ।” प्रधानमन्त्रीले मात्र नभई, प्रदेश र स्थानीय तहका सरकार सबैले राम्रो गर्दा देशमा राम्रो परिणाम आउने उहाँको भनाइ छ।
रेशम चौधरीको घरमा मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले टीकापुर घटनाको मुख्य अभियुक्तका रूपमा जेलजीवन बिताइरहनुभएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीका परिवारलाई भेट गर्नुभएको छ ।
थारु सङ्घ उपत्यका कमिटी अध्यक्षमा सियाराम चौधरी
नेपाल लोकतान्त्रिक थारु सङ्घको उपत्यका कमिटी गठन भएको छ । शनिबार ललितपुरको च्यासलमा भएको दोस्रो उपत्यका सम्मेलनले कमिटीको अध्यक्षमा सियाराम चौधरी (सिराहा) लाई सर्वसम्मत चयन गरेको हो ।
सबै धर्म संस्कृतिको जगेर्ना प्रदेश सरकारले गर्छ : मुख्यमन्त्री कार्की
प्रदेश १ सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश क्षेत्रभित्र बसोबास गर्ने सबै भाषाभाषी र धर्म संस्कृतिको जगेर्ना गर्नका लागि प्रदेश सरकारले चाँडै प्रदेशमा आदिवासी सङ्ग्रहालय बनाउन लागेको बताउनुभएको छ।
सहमतिकै आधारमा नयाँ राष्ट्रपति चुन्छौँ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय सहमतिकै आधारमा नयाँ राष्ट्रपति चुनिने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेशले दाङको भालुवाङमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री शर्माले वर्तमान सरकार बढीभन्दा बढी सहमतिकै आधारमा काम गर्न खोजेकाले राष्ट्रपति सहमतिकै आधारमा टुङ्गो लाग्ने बताउनुभएको हो ।
राष्ट्रपति कार्यालयमा दिवा भोज
राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का नवनिर्वाचन सांसद्लाई बधाई तथा शुभकामना दिन दिवा भोजको आयोजना गर्नुभएको छ ।