जसपाले फेर्यो झन्डा र लोगो
जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नो झन्डा र लोगो फेरेको छ । भर्खरै विधान अधिवेशन सम्पन्न गरेको जसपाले अधिवेशनका सहभागी प्रतिनिधिहरूको झन्डा फेर्नुपर्ने माग गरेका थिए । सोही मागबमोजिम विधान प्रमाणीकरण समितिले पार्टीको झन्डा र लोगो परिवर्तन गरी निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ ।
निर्वाचन व्यवस्थापनको अधिकार स्थानीय तहलाई: प्रमुख आयुक्त थपलिया
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहलाई मतदाता नामावली सङ्कलन, अद्यावधिक, मतदानस्थल निर्धारण, केन्द्र व्यवस्थापन, मतदाता शिक्षा प्रदान गर्ने कार्य एवं निर्वाचन सामग्री व्यवस्थापनलगायतका अधिकार प्रत्यायोजन गर्ने तयारी भइरहेको बताउनुभएको छ।
सुन प्रकरणको अनुसन्धान स्वतन्त्र र निष्पक्ष हुनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले एक सय किलो सुन प्रकरणको अनुसन्धान स्वतन्त्र, निष्पक्ष ढंगले निष्कर्षमा पुग्ने गरी हुने बताउनुभएको छ ।
मन्त्री मोदीद्वारा किताबखानाको अनुगमन
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले राष्ट्रिय किताबखाना (निजामती) मा छड्के अनुगमन गर्नुभएको छ । बिहीबार बिहान १० बजे मन्त्री मोदी छड्के अनुगमनका लागि राष्ट्रिय किताबखाना पुग्नुभएको थियो । किताबखानामा मन्त्री मोदीको यो दोस्रो पटकको छड्के अनुगमन हो ।
‘अर्थतन्त्रका चुनौती सामना गर्नेगरी मौद्रिक नीति आउनुपर्छ’
पूर्व अर्थमन्त्री एवम् नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले राष्ट्र बैङ्कले मौद्रिक नीति ल्याउँदा लचिलोपनसहित अर्थतन्त्रका चुनौती सामना गर्नेगरी ल्याउन सुझाव दिनुभएको छ ।
उपप्रधानमन्त्री खड्कासँग कोरियाका राजदूत योङको भेटवार्ता
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग गणतन्त्र कोरियाका राजदूत पार्क ताई योङले भेटवार्ता गर्नुभएको छ । उपप्रधानमन्त्री खड्कालाई भेट्न राजदूत योङ बिहीबार दिउँसो रक्षा मन्त्रालय सिंहदरबारमा पुग्नुभएको हो ।
‘राष्ट्रवाद कि राष्ट्रप्रेम’ नामक पुस्तकको विमोचन
सत्तारुढ दल नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले देशमा सुशासन कायम हुन नसकेको बताउनुभएको छ । बिहीबार ललितपुरमा आयोजित लाओस् राईद्वारा लिखित पुस्तक ‘राष्ट्रवाद कि राष्ट्रप्रेम’ नामक पुस्तकको विमोचन कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
सुन तस्करीमा संलग्नमाथि अनुसन्धान गर्न १० दिनको म्याद
सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका छ जनालाई उच्च अदालत पाटनले १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । उच्च अदालत पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेलका अनुसार पक्राउ परेका छ जनालाई थुनामा राख्न अदालते अनुमति दिएको हो ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अझै दुई दिन चल्ने
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अझै दुई दिनसम्म सञ्चालन हुने भएको छ।
कांग्रेस बैठक: ‘घर–घर जाऔं, सदस्य बनाऔं’ बारे छलफल
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा ‘घर–घर जाऔँ, सदस्य बनाऔँ’ भन्ने अभियानबारे छलफल भएको छ ।
पार्टीको सदस्य सङ्ख्या घटेको छैन : एमाले
नेकपा (एमाले) ले पार्टीमा रहेका सङ्गठित सदस्यहरूको सङ्ख्या नघटेको दाबी गरेको छ । एमालेका सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीले आज विज्ञप्ति गर्दै एमालेको सदस्य सङ्ख्या नघटेको दाबी गर्नुभएको हो ।
कांग्रेस सभापति देउवा सुनसरी आउनुहुने
नेपाली कांग्रेस सुनसरी जिल्ला सम्मेलनलाई सम्बोधन गर्न सभापति शेरबहादुर देउवा साउन ६ गते सुनसरी आउनुहुने भएको छ । सभापति देउवाको प्रमुख आतिथ्यतामा कांग्रेस सुनसरी जिल्ला सम्मेलन हुन लागेको हो ।
नेपाली सेनाको सङ्ख्या घटाउनु हुँदैन : नेता गौतम
राष्ट्रिय सभाका सांसद वामदेव गौतमले नेपाली सेनाको सङ्ख्या घटाउने प्रस्तावप्रति आपत्ति जनाउनुभएको छ । पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका गौतमले राष्ट्र र जनतालाई स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार दिलाएको नेपाली सेनाको सङ्ख्या घटाउने कुरा सेनाको अपमान बाहेक केही हुन नसक्ने तर्क गर्नुभयो ।
कानुन उल्लङ्घन र बेथितिलाई छुट हुँदैन : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले उपभोक्ता अधिकारको उल्लङ्घन तथा स्वच्छ बजार प्रवर्द्धनमा हुने बेथितिलाई सरकारले छुट नदिने बताउनुभएको छ।
तस्करी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सांसदको माग
सांसदहरूले तस्करी, भ्रष्टाचार र अनियमिताबारे प्रभावकारी छानबिन गरी संलग्नलाई कानुनी दायरामा ल्याउन माग गर्नुभएको छ ।
राष्ट्रिय अभिलेखालयमा आवश्यक जनशक्ति तत्काल व्यवस्था गर्नुपर्छः सांसद शर्मा
राष्ट्रिय सभाका सांसद मायाप्रसाद शर्माले राष्ट्रिय अभिलेखालयका लागि आवश्यक जनशक्ति र प्रविधिको तत्काल व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको छ ।
कांग्रेस बैठक तेस्रो दिन जारी : नेतृत्व परिवर्तन बेमौसमी बाजा
नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति सदस्य उर्मिला नेपाल केसीले पार्टीमा नेतृत्व परिवर्तनको विषय बेमौसमी बाजा भएको बताउनुभयो ।
प्रविधिमार्फत स्वास्थ्य सेवा पहुँचयोग्य र गुणस्तरीय बनाइनेछ : मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सबै किसिमका उपाय र प्रविधिको अबलम्बन गरी स्वास्थ्य सेवालाई पहुँचयोग्य र गुणस्तरीय बनाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
योजना आयोगका उपाध्यक्ष र यूएनका उच्च आयुक्तबीच न्यूयोर्कमा भेटवार्ता
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ र अतिकम विकसित मुलुकहरुका लागि संयुक्त राष्ट्रय सङ्घीय उच्च आयुक्त रबाव फतिमाबीच न्यूयोर्कमा भेटवार्ता भएको छ ।
प्रधानमन्त्री प्रचण्डसँग कतारी राजदूतको शिष्टाचार भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि कतारका राजदूत युसूफ बिन मोहम्मद अल–हइलले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
सोबिता गौतम अन्तर्राष्ट्रिय युवा राजनीतिज्ञ अवार्डबाट सम्मानित हुनुहुँदै
नेपालका तर्फबाट गौतमसहित अन्य चार देश क्यानडा, अष्ट्रेलिया, न्युजिल्याण्ड, बेल्जियमका युवा राजनीतिज्ञ यस पुरस्कारबाट सम्मानित हुनुहुने भएको छ ।
एकीकृत समाजवादीको सचिवालय बैठक सुरु
कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा सुरु भएको आजको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले सदस्यहरुले राखेका जिज्ञासाको जवाफ दिनुहुने तथा वर्तमान परिस्थिति र हाम्रो कार्यभारको एजेण्डामा विचार राख्नु हुने सो पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
‘कांग्रेस रूपान्तरण गर्न अनुशासन जरुरी’
नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले पार्टीमा समग्र रूपान्तरण गर्नका लागि नेतृत्वसहित पदाधिकारीमै अनुशासन कायम हुनुपर्ने बताउनुभएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बुधबार बोल्ने केन्द्रीय सदस्यहरूले पार्टीमा सुधार ल्याउनका लागि माथिल्लो नेतृत्वबाटै रूपान्तरण सुरु गर्नुपर्ने बताउनुभएको हो ।
बैठक लाइभ हुनुले जनतामा भ्रम पैदा हुँदैनः नेता महत
अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस केन्द्रीय समितिको बैठक लाइभ हुनुले जनतामा भ्रम पैदा नहुने बताउनुभएको छ। बुधबार समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो।