‘म हिंसा गर्दिन र हिंसा सहन्न ’
लैङ्गिक हिंसा विरुद्धको अन्तर्राष्ट्रिय १६ दिने अभियान अन्तर्गत बुधबार ललितपुरमा विभिन्न कार्यक्रम गरिएको छ ।
करबाकेली इको ट्रेकमा सङ्ग्रहालय सञ्चालन (फोटोफिचर)
पुन (मगर) जातिको कला, संस्कृति र परम्परागत शैलीलाई संरक्षण गर्न करबाकेली इको ट्रेकमा सङ्ग्रहालय स्थापना गरिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ काफलडाँडास्थित करबाकेलीमा पुन समुदायले चन्दा सहयोग जुटाएर सङ्ग्रहालय स्थापना गरेका हुन् । सङ्ग्रहालय स्थापना भएपछि पर्यटन प्रवद्र्धनमा टेवा मिल्ने विश्वास गरिएको छ ।
प्रयोगविहीन सुकुम्बासी आवास (फोटो फिचर)
काठमाडौं, मङ्सिर १३ गते । काठमाडौंको नागार्जुन नगरपालिकामा सरकारले गरिब र सुकुम्बासीका लागि ठूलो अपार्टमेन्ट बनाएको धेरै वर्ष बितिसकेको छ।अव्यवस्थित रुपमा काठमाडौंका बागमती, विष्णुमती र मनोहरा खोला किनारमा बसोबास गर्ने सुकुम्बासीको व्यवस्थित बसोबासका लागि सरकारले बनाएका अपार्टमेन्ट रित्तै छन्।तर सरकार र सुकुम्बासीबीचको लडाइँ भने सधै उस्तै छ।सरकारले १२ करोड बढी लगानी गरेर एउटा एक सय र अर्को १२४ वटा फ्ल्याट भएको अपार्टमेन्ट बनाएको हो।२०६९ सालमा तत्कालीन प्रधानमन्त्री डा. बाबुरा भट्टराईको पालामा यी भवन बनाउने निर्णय भएको थियो।तर, सरकारले सुकुम्बासीको व्यवस्थापन यी भवनमा गर्न नसक्दा भवन लामो समयदेखि खाली छन्।एकातिर सरकारले सुकुम्बासीको व्यवस्थापन गरेको छैन भने अर्कोतर्फ नागार्जुन नगरपालिकाका स्थानीय र जनप्रतिनिधिलेसमेत सुकुम्बासी बस्न नदिने भन्दै विरोध जनाइरहेका छन्।अपार्टमेन्टका केही फ्ल्याट भने नागार्जुन नगरपालिका र त्यसको हेरचाह गर्न बसेका व्यक्तिले प्रयोग गरेका छन्। तस्बिर : सुजन गुरुङ्ग
निर्वाचनपछि व्यस्त जनजीवन (फोटो फिचर)
मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भएसँगै मतदाताहरु खेतीपातीमै व्यस्त देखिएका छन् । लगाएका खेति उठाउन र विक्री वितरण गर्न किसानहरु व्यस्त छन् ।
युवा माझ लोकप्रिय बन्दै ‘पम्प ट्रयाक’
‘पम्प फर पिस’ नाराका लिएर ललितपुर महानगरपालिका वडा नं. कुपण्डोलस्थित बागमती नदी किनारमा पम्प ट्रयाक निर्माण गरिएको छ ।
ध्वजेवाट सूर्योदय नियाल्दा (फोटो फिचर)
पूर्वको मुख्य पर्यटकीय स्थल मध्येको एक हो ध्वजे डाँडा । धनकुटाको साँगुरीगढि गाउँपालिका वडा नम्बर ५ मा रहेको यो डाँडा निकै मनोरम र आकर्षक स्थलको रूपमा चिनिन्छ ।
मायादेवी माइती मन्दिरको रहस्य
रुपन्देही जिल्लाको देवदह नगरपालिका वडा नं ४ भवानीपुरमा अवस्थित प्रख्यात मायादेवी माइती मन्दिर। भवानीपुर जसलाई देविडानगर पनि भनिन्छ। प्राचीन देवदह, कोलियाहरुको राजधानी थियो भन्ने विश्वास गरिन्छ।
काठमाडौं १ का निर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण (फोटो फिचर)
काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यलाई प्रमाणपत्र प्रदान गरिएको छ ।
कालीकोटमा म्यादीको बिदाइ
मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि भर्ना भएका म्यादी प्रहरीको बिदाइ गरिएको छ।