वसन्तपुरमा १९ औँ राष्ट्रिय ज्यापू दिवस (फोटो फिचर)
काठमाडौँको वसन्तपुरमा ‘यःमरी पुन्ही’ को दिनमा १९ औँ राष्ट्रिय ज्यापू दिवस एक कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
चितवनमा पर्यटकको आगमनमा वृद्धि (फोटो फिचर)
कोरोना भाइरस (कोभिड–१९) महामारीले शून्य जस्तै बनेको चितवनमा पछिल्लो महिना देखि पर्यटकको आगमनमा वृद्धि हुन थालेको छ ।
मुखै रसाउने लटरम्म सुन्तला (फोटो फिचर)
जिल्लाको सिस्ने गाउँपालिका–८ सुनखानाका भीउसन नाथको १० रोपनी क्षेत्रफलमा सुन्तला बगैँचा छ । बगैँचामा दुई सय सुन्तलाका बोट छन् । सबै बोटमा सुन्तला लटरम्म फलेको छ ।
३१ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो (फोटो फिचर)
शनिबार ३१ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । समावेशी विकासका लागि रुपान्तरिक समाधान : पहुँचयुक्त र समतामूलक विश्वका लागि ऊर्जावान् सृजनशीलताको प्रावधान’ मूल नारासहित यस वर्षको अपाङ्गता दिवस मनाइएको हो ।
गोदावरीको प्राचीन शिव मन्दिर (फोटो फिचर)
कैलालीको गोदावरी नगरपालिका वडा नं. ४ मा अवस्थित प्राचीन गोदावरी शिव मन्दिर दर्शनार्थीहरुका लागि मुख्य स्थल बनेको छ। यो प्राचीन शिव मन्दिर कैलाली जिल्लाको अत्तरियाबाट डडेलधुरा, बैतडी जाने राजमार्गको बायाँ तर्फ गोदावरी नदीको किनारको उच्च भागमा रहेको छ।
मेहनतको फल पाकेपछि: धान थन्क्याउन व्यस्त किसान (फोटो फिचर)
काठमाडौँ, मङ्सिर १७ गते । परालका कुन्यू (मचान) : डोटीको शिखरनगरपालिका–५ पचनालीका किसानहरूले आ–आफ्नो खेतमा बनाएका परालका कुन्यू ।किसानलाई धान भित्र्याउन चटारो : महोत्तरीको एकडारा गाउँपालिकास्थित खेतमा थ्रेसरको सहायताले धान झार्दै किसान । धान बताउँदै किसान : सुर्खेतको वीरेन्द्रनगर–९, पर्सेनीका किसान खेतमा धान बताउँदै । भित्र्याउने क्रममै धान र भुस खेतमा छुट्टाएर लैजाँदा आफूलाई सहज हुने किसान बताउँछन् । तस्बिर: रासस
पुर्ख्यौली नाच जोगाउँदै काफलडाँडाका मगर समुदाय (फोटो फिचर)
पहाडको टुप्पो अनि आँखै अगाडि लहरै देखिने चाँदीजस्ता टल्किने हिमशृङ्खला । मङ्सिर दोस्रो हप्ताको पारिलो घामले मौसम घमाइलो । यो स्थानलाई स्थानीयले काफलडाँडाको नामले चिन्छन् ।
भृकुटीमण्डपमा ईभी नेपाल एक्स्पो सुरु (फोटो फिचर)
शुक्रबारदेखि सुरु भएको एक्स्पोको उद्घाटन नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले गर्नुभएको छ ।
भैरवनाथलाई सम्मान गर्दै नवदुर्गा नाचका देवगणाहरु
देवतालाई भोज खुवाउन जाने क्रममा भक्तपुर तौमढिस्थित भैरवनाथलाई सम्मान गर्दै नवदुर्गा नाचका देवगणाहरु ।