• १३ साउन २०८१, आइतबार

ध्वजेवाट सूर्योदय नियाल्दा (फोटो फिचर)

blog

हिले मङ्सिर १२ गते ।  पूर्वको मुख्य पर्यटकीय स्थल मध्येको एक हो ध्वजे डाँडा । धनकुटाको साँगुरीगढि गाउँपालिका वडा नम्बर ५ मा रहेको यो डाँडा निकै मनोरम र आकर्षक स्थलको रूपमा चिनिन्छ । 

समुद्र सतह वाट दुई हजार ४७ मिटरको उचाइमा रहेको यो डाँडो महाभारत पर्वत श्रृखला अन्तर्गत यस क्षेत्रको दोस्रो अग्लो डाँडो हो । खास गरी हिउँद मौसममा सूर्योदयको मनोरम दृश्य हेर्न पर्यटक यहाँ सम्म पुग्ने गरेको छन् । 


प्रदेश एक को चर्चित स्थल मध्ये मानिने यस डाँडा र इलामको अन्तु डाँडाबाट सूर्योदय भएको हेर्न पाइन्छ । पूर्वको पर्यटकीय नगरी भेडेटार वाट १३ किलोमिटर पुर्ब तथा धनकुटाको डाँडा बजारबाट १ किलो मिटर माथि रहेको छ ।  

यहाँबाट सूर्योदय सहित पूर्वका अधिकांश जिल्ला, तराइको फाँट, विभिन्न पर्वत श्रृखला, विभिन्न हिम श्रृखला देख्न सकिन्छ । नेपालको नक्सा निर्माणमा अक्षांश र देशान्तर टुङ्गो लगाउन विशेषज्ञले समेत यो डाँडालाई प्रयोग गर्ने समेत गरेको विकीपिडियामा समेत उल्लेख छ । 

यो डाँडासँगै रहेका बनमा विभिन्न लेकाली वनस्पति र जन्तु समेत पाइन्छ ।  







Author
कविराज घिमिरे

उहाँ धनकुटा हिलेबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।