राष्ट्रिय सभाको बैठक भोलिका लागि सर्यो
आज बिहान ११ः११ बजे तय भएको बैठक विशेष कारणवश भोलि बिहान ११ः११ बजे बस्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
शोक प्रस्ताव पारित
राष्ट्रिय सभाले संविधान सभा सदस्य श्यामसुन्दर टिवडेवालको निधनमा शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।
‘सीमा समस्या समाधान गर्न भूमि साटफेर गर्न पाइँदैन’
नेकपा (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्रीको भारत भ्रमणले मुलुकलाई तरङ्गित गरेको भन्दै मुलुकको भूमि साटफेरको विषय उठाउनु उचित नरहेको बताउनुभएको छ ।
दुई पटक पारित भएको नागरिकता विधेयक फेरि सदनमा ल्याउनु संसद्कै अपमान : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय संसद्ले दुई दुई पटक पारित गरेको नागरिकता विधेयक फेरि सदनमा ल्याउनु संसद्कै अपमान हुने बताउनु भएको छ ।
राष्ट्रिय सभाको बैठक ३ बजे बस्ने
राष्ट्रिय सभाको आज १ बजेका लागि बोलाइएको बैठक विशेष कारणवश दिउँसो ३ बजे बस्ने भएको छ ।
‘भैँसी चढेर आउनु परेको’ भन्ने शब्द संसद्को रेकर्डबाट हटाइयो
प्रतिनिधि सभाको रेकर्डबाट प्रधानमन्त्री भारत भ्रमणबाट भैँसी चढेर आउनु परेको भन्ने शब्द हटाइएको छ । बैठकमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले उक्त शब्द हटाउन सचिवालयका कर्मचारीलाई निर्देशन दिनुभएको हो ।
भारतसँग लिपुलेक, लिम्पियाधुरा र कालापानी साट्ने प्रस्ताव गरिएको छैन : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले लिपुलेक, लिम्पियाधुरा र कालापानी साट्ने प्रस्ताव भारतसँग नराखेको बताउनुभएको छ ।
मृत्यु भइसकेको ऐन ब्युँताउन सकिन्न : योगेश भट्टराई
नेकपा (एमाले) का सचिव योगेश भट्टराईले मृत भइसकेको नागरिकतासम्बन्धी ऐन राष्ट्रपतिले प्रमाणीकरण गर्न नसक्ने बताउनुभएको छ ।
सीमा समस्या समाधान गर्न भारतका प्रधानमन्त्री मोदीलाई आग्रह गरेँ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले नेपाल–भारतबीचको सीमासम्बन्धी विषयलाई स्थापित कूटनीतिक संयन्त्रमार्फत समाधान गर्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई गम्भीर ढङ्गले आग्रह गरेको बताउनुभएको छ ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । सोमबार बिहान साढे ११ बजेदेखि बैठक सुरु भएको हो ।
देशको समग्र हितको रक्षापछि संसद् अवरोध अन्त्य हुन्छ : अध्यक्ष ओली
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का संसदीय दलका नेता एवम् अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षापछि मात्रै संसदमा भएको अवरोध अन्त्य हुने बताउनुभएको छ ।
प्रतिनिधि सभा बैठक सोमबारका लागि सर्यो
प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दलसहितका प्रतिपक्षी दलले अवरोध गरेपछि आजको बैठक स्थगित गरी भोलि सोमबारका लागि सारिएको छ ।
राष्ट्रिय सभाद्वारा पूर्व सांसद पाण्डेको शोक प्रस्ताव पारित
राष्ट्रिय सभा बैठकले पूर्व सांसद मीना पाण्डेको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । आइतबार बसेको राष्ट्रिय सभाको दोस्रो बैठकले पूर्व सांसद पाण्डेको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो ।
नागरिकता विधेयक संसद् बैठकमा ल्याइयोस् : प्रमुख सचेतक गिरी
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको नागरिकता विधेयक फिर्ता गरी संसद् बैठकको प्रक्रियाबाट अघि बढ्नुपर्ने बताउनुभएको छ ।
प्रतिपक्षको नाराबाजीले प्रतिनिधि सभा बैठक स्थगन
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) लगायत दलले नाराबाजी गरेपछि प्रतिनिधि सभाको बैठक केही समयका लागि स्थगन गरिएको छ ।
प्रतिनिधि सभा बैठकको आजको कार्यक्रम स्थगन गर्न प्रस्ताव पेस
राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभाको आजको संसद्को बैठकको कारबाही स्थगन गर्न प्रस्ताव पेस गरेको छ ।
संसद् भवनको काम निर्धारित समयमा सम्पन्न गर्न सभामुखको निर्देशन
सभामुख देवराज घिमिरेले नयाँ संसद भवनको काम निर्धारित समयभित्र सम्पन्न गर्न निर्देशन दिनुभएको छ।
सभामुख घिमिरेद्वारा नयाँ संसद् भवनको निरीक्षण (फोटो फिचर)
सभामुख देवराज घिमिरेले बन्दै गरेको नयाँ संसद भवनको निरीक्षण गर्नुभएको छ । सभामुख घिमिरेले बिहीबार सिंहदरबारस्थित बन्दै गरेको संसद् भवनको निरीक्षण गर्नुभएको हो ।
प्रधानन्यायाधीश नियुक्तिको प्रक्रियालाई अगाडि बढाउन समितिलाई सभामुखको आग्रह
सभामुख देवराज घिमिरेले प्रधानन्यायाधीश नियुक्तिको प्रक्रियालाई अगाडि बढाउन संसदीय सुनुवाइ समितिलाई आग्रह गर्नुभएको छ ।
सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली पारित
सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० पारित भएको छ ।
‘साना दल र स्वतन्त्र सांसदलाई संसदमा उपेक्षा गरियो’
सङ्घीय संसदमा प्रस्तुत भएको सङ्घीय संसद् संयुक्त बैठक र संयुक्त समिति नियमावली मस्यौदाले साना दल र स्वतन्त्र सांसदलाई उपेक्षा गरेको सांसदहरुले बताउनुभएको छ ।
सङ्घीय संसद्को संयुक्त बैठक (प्रत्यक्ष प्रसारण)
संघीय संसदकाे संयुक्त बैठक
नेपाली भूमि फिर्ता लिनेबारे भारत भ्रमणमा छलफल हुन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणका बेला लिपुलेक, कालापानीलगायतका नेपाली भूमि फिर्ता लिनेबारे उपयुक्त तरिकाले छलफल गर्ने बताउनु भएको छ ।
राष्ट्रको हितका लागि सबै दल एक ठाउँमा उभिनु जरुरी : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र र जनताको हितका लागि काम गर्न सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ।