गाउँमुनिको पहिरोमा बस्ती मिसिने जोखिम
रुकुमपश्चिमको मुसीकोट नगरपालिका-१ छिङको दलित बस्ती पहिरोको उच्च जोखिममा छ ।
खोलामा बेपत्ता कार्की मृत फेला
गुल्मीमा गत शनिबार खोलाले बगाएर बेपत्ता बनाएका युवा मृत फेला पर्नुभएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा –२ निवासी ३१ वर्षका बोमबहादुर कार्की निस्ती खोला तर्ने क्रममा खोलाले बगाएर बेपत्ता हुनुभएको थियो ।
मालिका गाउँपालिकामा ‘एक घर , एक धारा’
म्याग्दीको मालिका गाउँपालिका–७ बिमको डाडागाउँमा निजी धारासहितको खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । नेपाल पानीको लागि स्वास्थ्य (नेवा) संस्था, मालिका गाउँपालिका र उपभोक्ताको रु ३२ लाख ९७ हजार सात सय ३२ को लागतमा आयोजना निर्माण सम्पन्न भएको हो ।
लोकगायक एलपी जोशीको निधन
पूर्वका चर्चित लोकगायक एलपी जोशीको बिहीबार राति निधन भएको छ । बिहीवार राति ८.३० बजे दमकस्थित लाइफलाइन अस्पतालमा ८८ बर्षको उमेरमा गायक जोशीको उपचारका क्रममा निधन भएको हो ।
रुकुमपूर्व खण्डको मध्यपहाडी लोकमार्ग र विद्युत् सेवा अवरुद्ध
रुकुमपूर्व खण्डको मध्य पहाडी लोकमार्ग र केन्द्रीय विद्युत् सेवा अवरुद्ध भएको छ । लगातार बर्सातको कारणले मध्य पहाडी लोक मार्ग खण्डको सिस्ने गाउँपालिका–६ स्थित रानीकोटको भिरमा पहिरो गएपछि दुई दिन देखि सडक र विद्युत् अवरुद्ध भएको हो ।
मिसेस नेपालमा अवसर
रिवन इन्टरटेनमेन्टले मिसेस नेपाल वल्र्डका लागि आवेदन खुला गरेको छ । विवाहित महिलाबिच सौन्दर्य प्रतियोगितामार्फत व्यक्तित्व विकास गर्ने उद्देश्यले मिसेस नेपाल वल्र्ड गरिँदै आएको छ ।
बालबालिकाको कोरस ‘चिसो बतास’
प्रशान्त तामाङ निर्देशित चलचित्र ‘सारङ्ग’ को ‘चिसो बतास’ बोल गीतमा २२ बालबालिकाले कोरस गायन गरेका छन् । डिपी खनालको गीत रचना रहेको गीतले बालमनोविज्ञान तथा बालअधिकारको विषयलाई उठाएको छ ।
राजनीतिक स्थिरताको आशादीप
दुई ठुला दल मिलेर दुई तिहाइको विश्वाससहित बनेको सरकारले देशमा शान्ति, समृद्धि र राजनीतिक स्थिरता कायम गरी जनताको अपेक्षा पूरा गर्न सके मात्र कांग्रेस एमाले गठबन्धनको औचित्य पुष्टि हुन्छ । लोकतन्त्रपछि देशमा केही हुँदै नभएको होइन तर अझै पनि अँध्यारो पाटो, खास गरी आर्थिक समृद्धिको पाटो बाँकी छ ।
निरक्षरका लागि वित्तीय प्रविधि
पछिल्लो समयमा सूचना तथा सञ्चार प्रविधिको विकाससँगै बैङ्किङ क्षेत्रमा भइरहेको यसको प्रयोगले गर्दा विभिन्न किसिमका वित्तीय प्रविधि प्रचलनमा आइरहेका छन् । मोबाइल बैङ्किङ, ई बैङ्किङ, डिजिटल मुद्रा, डिजिटल वालेट, डिजिटल कर्जा, डिजिटल नियमन प्रविधि आदिलाई वित्तीय प्रविधिका उदाहरणका रूपमा लिन सकिन्छ ।आधुनिक जीवनशैलीमा अति व्यस्त संसारभरका मानिसको वित्तीय आवश्यकता पूरा गर्न वित्तीय प्रविधिले सहज, छिटोछरितो, भरपर्दो, कुशल तथा मितव्ययी रूपमा सेवा दिइरहेको छ । यसले मानिसको वित्तीय व्यवहारमा परिवर्तन ल्याउनुका साथै विश्व अर्थतन्त्रलाई नै रूपान्तरण गर्न भूमिका खेलिरहेको छ ।शिक्षित समुदायमा केन्द्रित वित्तीय प्रविधि वित्तीय क्षेत्रमा आधुनिक वित्तीय प्रविधिको प्रयोगले वित्तीय पहुँच र वित्तीय समावेशिता वृद्धि भइरहेको छ । यद्यपि प्रायः वित्तीय प्रविधि शिक्षित समुदायलाई लक्षित गरी विकास गरिनुका साथै सोही अनुरूप प्राथमिकता दिइएको छ । यसर्थ अझै पनि जनसङ्ख्याको ठुलो हिस्सा वित्तीय प्रविधिको पहुँचबाट बाहिर छ । परिणामस्वरूप अन्य डिजिटल प्रविधिमा जस्तै वित्तीय प्रविधिको प्रयोगमा पनि असमानता देखिएको छ । वित्तीय प्रयोग गर्ने र नगर्ने मानिसका बिचमा ठुलो खाडल देखा परेको छ ।हामीले प्रयोग गर्ने प्रायः वित्तीय प्रविधिका सेवा प्रायः लेख्य सामग्रीमा आधारित छन् । त्यस किसिमका सेवा प्रयोग गर्न विभिन्न अक्षर तथा शब्दको राम्रो ज्ञान हुनु पर्छ । डिजिटल बैङ्किङ एपका प्रयोगकर्ताले विभिन्न किसिमका अक्षर र शब्द पढ्न, लेख्न र बुझ्न सक्नु पर्छ अनि मात्र एपसँग अन्तव्रिर्mया गर्न र वित्तीय कारोबार गर्न सक्षम हुन्छन् । उनीहरूका लागि युजरनेम (प्रयोगकर्ताको नाम), पासवर्ड र पिन अति महìवपूर्ण हुन्छन् । कारोबारलाई चुस्त, दुरुस्त र सुरक्षित राख्न प्रयोगकर्ता उच्च तवरले सजग र इमानदार रहनु पर्छ । यस किसिमका सूचना तथा सन्देश शिक्षित वर्गलाई लक्षित गरी जारी गर्ने गरिएको छ र सोही वर्गका मानिस बढी लाभान्वित हुने गरेको पाइन्छ ।चित्त नबुझ्ने तथ्याङ्क नेपालको राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको साक्षरता दर ७६.३ प्रतिशत छ । यसर्थ नेपालको कुल जनसङ्ख्याको झन्डै एक चौथाइ जनसङ्ख्याले अझै पनि राम्रोसँग पढ्न लेख्न सक्दैनन् । थप विषय केन्द्रित हुने हो भने नेपालको वित्तीय साक्षरता दर ५७.९ प्रतिशत रहेको नेपाल राष्ट्र बैङ्कद्वारा गरिएको सर्वेक्षणको प्रतिवेदनमा उल्लेख छ । यसले नेपालका ४२ प्रतिशतभन्दा बढी मानिसमा वित्तीय योजना तथा निर्णय निर्माणका सन्दर्भमा पर्याप्त ज्ञान नभएको सङ्केत गर्छ ।त्यसै गरी कुनै पनि संस्थाले आधिकारिक तथ्याङ्क नराखे पनि नेपालको डिजिटल साक्षरता दर ३१ प्रतिशतको हाराहारीमा रहेको एक अध्ययनले देखाउँछ । यसले नेपालको दुई तिहाइभन्दा बढी जनसङ्ख्यामा कम्प्युटर, स्मार्टफोन, इन्टरनेट जस्ता डिजिटल उपकरण र प्रविधिको सही ढङ्गले प्रयोग गर्न आवश्यक पर्ने ज्ञान तथा दक्षताको अभाव रहेकोे देखाउँछ ।अर्कोतर्फ नेपाल राष्ट्र बैङ्कद्वारा सार्वजनिक गरिएको गत जेठ मसान्तसम्मको तथ्याङ्क अनुसार नेपालमा मोबाइल बैङ्किङ प्रयोगकर्ता सङ्ख्या दुई करोड ४३ लाखभन्दा बढी रहेकोे देखिन्छ जुन झन्डै कुल जनसङ्ख्याको ८० प्रतिशत हुन आउँछ । त्यसै गरी डिजिटल वालेट प्रयोगकर्ताको सङ्ख्या पनि दुई करोड ३० लाखभन्दा बढी रहेकोे देखिन्छ ।मोबाइल बैङ्किङ तथा डिजिटल वालेटका प्रयोगकर्ताको सङ्ख्या बढेसँगै डिजिटल बैङ्किङको विस्तारमा राम्रो उपलब्धि हासिल भइरहेको भन्दै नीतिनिर्माता उत्साहित छन् । धेरै नै उत्साहित भइहाल्नुपर्ने अवस्था भने छैन किनभने प्राप्त तथ्याङ्कको गहन विश्लेषणमा हामीले गरेका छैनौँ ।माथि उल्लिखित तथ्याङ्कलाई गहन रूपमा अध्ययन र विश्लेषण ग¥यौँ भने तथ्याङ्कमा दोहोरोपन भएको पाउन सक्छौँ, जसले नीतिनिर्मातालाई निराश बनाउन सक्छ । एउटै ग्राहकले धेरै बैङ्कमा खाता कायम गर्न सक्ने र त्यही अनुसार मोबाइल बैङ्किङ सेवा लिएको हुन सक्ने देखिन्छ । त्यसै गरी एउटै व्यक्तिले धेरै डिजिटल वालेट प्रयोग गरिरहेको हुन सक्छ ।डिजिटल बैङ्किङ प्रयोगकर्ताको सङ्ख्या बढ्नुको कारण पहिले नै कुनै बैङ्क वा वालेटमा दर्ता भएको ग्राहकले थप अन्य बैङ्क वा वालेटमा दर्ता भएकाले हो, नयाँ ग्राहक थपिएकाले भने होइन । डिजिटल बैङ्किङ प्रयोगकर्ताको सङ्ख्या न्यून हुन सक्छ । अझै पनि जनसङ्ख्याको ठुलो हिस्सा आधुनिक बैङ्किङ सेवाबाट वञ्चित छ । यस्तो अवस्था सिर्जना हुनुको एउटा मुख्य कारण निरक्षरलाई लक्षित गरेर वित्तीय प्रविधिको विकास तथा प्रयोगमा जोड नदिइनु हो ।नीतिगत प्रयास आवश्यक निरक्षर जनतामा पनि वित्तीय प्रविधिको पहुँच विस्तार गर्न नेपाल सरकार र नेपाल राष्ट्र बैङ्कले केही नीतिगत प्रयास गर्नुपर्ने छ । दुवै निकायले निरक्षर जनतालाई लक्षित गरेर वित्तीय प्रविधिको विकास र प्रयोगमा जोड दिने नीति लिनु पर्छ । वित्तीय साक्षरता कार्यव्रmमको विस्तारसँगै वित्तीय प्रविधिको पहुँच विस्तारमा ध्यान दिइनु पर्छ ।वित्तीय प्रविधिको विकासमा संलग्न कम्पनीलाई वित्त तथा मौद्रिक नीतिमार्फत केही विशेष व्यवस्था गरी उत्साहित तुल्याउनु पर्छ । निरक्षर र पिछडिएको वर्गलाई लक्षित गरी वित्तीय प्रविधिको विकास गर्ने त्यस्ता कम्पनीलाई केही वर्ष कर छुट दिनेलगायतका अन्य सहुलियतका सुविधा प्रदान गर्न सकिन्छ ।वित्तीय प्रविधिका विभिन्न एपको विकासमा संलग्न कम्पनीले जोखिम मोलेरै लगानी गर्नुपर्ने हुँदा व्यावसायिक विस्तार, नाफाको सुनिश्चित, बजार सुरक्षा आदि खोज्नुलाई स्वाभाविक मान्नु पर्छ । तसर्थ त्यस्ता कम्पनीको प्रवर्धन र हित रक्षाका निमित्त सरकार तथा नियामकीय निकायले आवश्यक सहयोग गर्नु पर्छ ।सम्भावित प्रविधि विदेश पलायनको प्रभाव तथा परिवारको बढ्दो आय स्तरले गर्दा पछिल्लो समयमा नेपाली परिवारका युवा सदस्यको मात्र नभई वृद्ध बाआमाको हातहातमा समेत स्मार्टफोन पुगेको छ । उनीहरूले फेसबुकलगायतका सामाजिक सञ्जालमार्फत विभिन्न समाचारबारे जानकार हुने मात्र नभई युट्युबमा आफूलाई मनपर्ने भिडियो हेर्न सक्नुहुन्छ । मुलुकको ग्रामीण इलाकाका धेरै जसो मानिस विशेष गरी महिला स्थानीय सहकारी संस्था या लघुवित्त संस्थाका सदस्य छन् र अशिक्षित या अर्धशिक्षित भए पनि उनीहरूमा वित्तीय कारोबारका सम्बन्धमा आधारभूत ज्ञान छ । त्यस्ता मानिसलाई लक्षित गरी वित्तीय प्रविधिको विकास गरिनु पर्छ ।बैङ्क खाता खोल्नेदेखि मोबाइल बैङ्किङ एपमा दर्ता हुनसम्म श्रव्यदृश्य अन्तव्रिर्mयामार्फत आवश्यक फाराम भर्ने व्यवस्था मिलाउन सकिन्छ । बैङ्क खाता तथा कारोबारको पहुँच र सुरक्षाका लागि बायोमेट्रिक भेरिफिकेसन अर्थात् जैविकमापन प्रमाणीकरण विधि प्रयोग गर्न सकिन्छ । यस अन्तर्गत औँठाछाप, अनुहार या आँखाको नानी पहिचान गरी प्रमाणीकरण गर्ने आदि गर्न सकिन्छ ।ग्राहकलाई आफ्नो खातामा रकम जम्मा भएको या आफ्नो खातामार्फत रकम बाहिरिएको जानकारी दिन भोइस अलर्ट अर्थात् आवाजमार्फत सूचना दिने प्रविधिको प्रयोग गर्न सकिन्छ । यसरी प्रयोगकर्तामैत्री एवं सहजै प्रयोग गर्न सकिने एपको विकास गरियो भने शिक्षित होस् या अशिक्षित जोकोहीले पनि वित्तीय प्रविधिको भरपुर उपभोग गर्न पाउने छ । नेपाल राष्ट्र बैङ्कले अबको केही वर्षमा सिबिडिसी अर्थात् केन्द्रीय बैङ्क डिजिटल मुद्रा जारी गर्न लागेको छ । यस सन्दर्भमा पनि उक्त डिजिटल मुद्राको प्रभावकारी कार्यान्वयनका लागि निरक्षर मानिसलाई समेत समेट्दै गरिने डिजिटल बैङ्किङको विकास र प्रयोग थप लाभदायक हुने देखिन्छ ।
समाज बदल्ने अभियान
एकातिर कठोर राणा शासन र तिनले लादेका नियम कानुन तगारोको रूपमा खडा थिए भने अर्कातर्फ रूढिवादी सोचविचारबाट ग्रसित परम्परावादी समाज र तिनले तेस्र्याएका अनुशासन र मर्यादाका काँडा थिए । यस्तो कठिन र असहज परिस्थितिमा पनि पण्डित तोयनाथलगायतले अदम्य साहस गर्नुभयो, अनौ समात्नुभयो, हलो जोत्नुभयो र क्रान्तिको बिगुल फुक्नुभयो ।
लोकतन्त्र सुदृढ बनाउने अस्त्र
हरेक नयाँ सरकारलाई अग्रिम सुझाव दिने, ध्यानाकर्षण गराउने र त्यस्ता सुझाव कार्यान्वयनका लागि रचनात्मक सहयोग गर्ने संस्कारले लोकतन्त्रलाई थप सुदृढ गर्न र राजनीतिक स्थिरता कायम गर्न बल नै पुर्याउने छ । हामीले बिर्सिनु हुँदैन, अस्थिर राजनीति र छोटो समयमा फेरिने सरकारका कारण देशले निकै ठुलो क्षति भोगिरहेको छ ।
मूल सुक्न थालेपछि पानीको स्रोत खोजिँदै
यहाँको दार्मा गाउँपालिकाले खानेपानी अभाव भएका बस्तीमा पानी पु-याउन खानेपानी स्रोत खोजी कार्य सुरु गरेको छ । पछिल्लो समय पानीको मुहान सुक्दै जान थालेपछि पानीको हाहाकार मच्चिन थालेको छ । जलवायु परिवर्तन र मानवीय क्रियाकलापका कारण पानीका स्रोत सुक्दै गएका छन् । तीव्र गतिमा पानीका मुहान सुक्दै जाँदा पहाडी क्षेत्रका धेरै बस्तीमा जनजीविकामा समेत असर पारेपछि पालिका पानीको स्रोतको खोजीमा जुटेको हो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित अवधी भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित अवधी भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित दनुवार भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित दनुवार भाषा
इजरायलका लागि बढ्यो कोटा
इजरायलले दीर्घकालीन स्याहार केन्द्रमा काम गर्नका लागि दुुई हजार नेपाली केयरगिभरमा लैजाने गरी कोटा बढाएको छ । यसअघि दोस्रो चरणमा वैकल्पिकसहित आठ सय लैजाने भन्दै आवेदन माग गरिएकोमा हाल थप गरेर एक हजार मुख्य उम्मेदवार र एक हजार वैकल्पिक गरी दुई हजार नेपाली केयरगिभरमा लैजाने भएको छ ।
उद्योगीमा व्यावसायिक आत्मविश्वासको कमी
व्यवसायका लागि उपयुक्त वातावरण नभएको कारण देखाउँदै करिब दुई तिहाइ उद्योगीले नयाँ लगानीको योजना नै नबनाएको एक अध्ययनले देखाएको छ ।
प्रयोगशालाको मापदण्डमै कैफियत
खाद्य तथा दानालगायत विभिन्न वस्तुको मापदण्ड एवं गुणस्तर जाँच गर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी प्रयोगशालाको मापदण्डमै कैफियत देखिएको छ । भौतिक संरचना अभावका कारण सो कार्यालयले प्रयोगमा ल्याएको प्रयोगशाला अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप सञ्चालन हुन नसकेको पाइएको छ । पर्याप्त ठाउँ नभएका कारण मापदण्ड पूरा नगरी अव्यवस्थित तरिकाले प्रयोगशाला सञ्चालन गरेको पाइएको छ ।
अठार वर्षदेखि न्यायको खोजीमा द्वन्द्वपीडित
सशस्त्र द्वन्द्वपछि शान्ति स्थापना भएको करिब १८ वर्ष भइसकेको छ । यतिका वर्ष पुग्दा पनि कालीकोटका द्वन्द्वपीडितले राहत नपाएको गुनासो गरिरहेका छन् । न्यायको मागसँगै राहतको खोजीका लागि द्व
पाइँदैन डिडिसीको दुग्ध पदार्थ
दुग्ध विकास संस्थान (डिडिसी) ले गत जेठ २८ गते एक सूचना प्रकाशित गरी धुलो दुध र बटर बिक्रीका लागि सिलबन्दी प्रस्ताव आह्वान गर्यो । आह्वान अनुसार धुलो दुध बिक्रीवितरण भए पनि मखन बिक्री भएको छैन ।
हरेक टोलमा सवारीसाधन पुग्छन्
जगरनाथपुर गाउँपालिका पर्साका १४ वटा स्थानीय निकायमध्ये पश्चिमदक्षिणमा भारतीय सीमासँग जोडिएको गाउँपालिका हो । २०७९ सालको स्थानीय तह निर्वाचनमा यहाँ नेपाली कांग्रेसका श्रीकान्त यादव प्रमुखमा निर्वाचित हुनुभ
पहिरोको डरले त्रिपालको बास
खप्तडछेडेदह गाउँपालिका–६, मैतोलाका अधिकांश बासिन्दा गाउँमा पहिरो लाग्ने डरले घरबास छाड्दै त्रिपाल टाँगेर बस्न थालेका छन् । अविरल वर्षाका कारण मैतोला गाउँको तल र माथिबाट पहिरो बग्न सुरु भएको छ ।
छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
भरतपुरमा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु भएको छ । महानगरपालिकाको भित्री सडकमा सवारी दुर्घटना हुँदा उक्त महानगरपालिका–७ प्रेमबस्तीका ५० वर्षीय चण्डीप्रसाद अधिकारीको मृत्यु भएको छ भने खोलाले बगाएर कालिका नगरपालिका–१० का ३३ वर्षीय गम्भीर चेपाङको ज्यान गएको हो ।
डेढ वर्षमा पन्ध्र प्रतिशत काम
सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको काम १५ प्रतिशत सकिएको छ । डेढ वर्षअघिदेखि सुरु भएको सुरुङ निर्माणको काम अपेक्षा अनुरूप गतिमा अगाडि बढ्न सकेको छैन ।
हवाई सुरक्षा सतर्कता
विश्वमै सुरक्षित, आरामदायी र छिटो यात्राका लागि हवाई यातायात एक मात्र भरपर्दो माध्यमका रूपमा ख्यातिप्राप्त छ । सानादेखि सयौँ जनासम्म यात्रु बोकेर उड्ने जहाजमा थोरै मात्र प्राविधिक गडबडी भएर दुर्घटनामा प¥यो भने यात्रु जीवित रहनु भनेको भाग्यको खेल मानिँदै आएको छ । हवाई इतिहासमा कहालीलाग्दो दुर्घटनाका समाचार विगतदेखि नै आइरहेकै छन् । दुःखको कुरा, नेपाली आकाश पनि सबैभन्दा धेरै हवाई दुर्घटना हुनेमा विगतदेखि नै गणना हुँदै आएको छ । हवाई उडानको ६९ वर्षको इतिहासमा १०८ वटा सानाठुला दुर्घटना भएका छन् र यी दुर्घटनामा परेर ९६९ यात्रुको दुःखद निधन भइसकेको तथ्य सार्वजनिक छ । विसं २०७९ माघ १ गते पोखरास्थित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलनजिकै यती एयरलाइन्सको आन्तरिक उडानतर्फको ७२ जना यात्रु सवार जहाज दुर्घटनापछि अर्को ठुलो दुर्घटना बुधबार भएको हो । सौर्य एयरलाइन्समा सवार १८ जनाको मृत्यु भएको छ भने विमानचालक भाग्यवश जीवित छन् । विमानस्थलबाट उडेलगत्तै भएको दुर्घटनाका थप तथ्य उहाँमार्फत बाहिर आउँदै जाने नै छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ अनुसार नेपालमा वायुसेवा सञ्चालनको अनुमति दिने, वायुसेवा सञ्चालनसम्बन्धी अवस्था, मर्मत आदि मुख्य कार्यको अनुगमन नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्दछ । प्राधिकरणलाई अनुगमनकारी र नियमनकारी दुई छुट्टाछुट्टै निकाय बनाउनुपर्ने युरोपेली सङ्घले भन्दै आएको छ । नेपाली ध्वजावाहकलाई २०७० सालदेखि निरन्तर प्रतिबन्ध लगाउँदै आएकोमा यो दुर्घटनाले सङ्घलाई थप बल पुग्न सक्छ । कतिपयले पुराना जहाज भिœयाएका कारण धेरै दुर्घटना हुने गरेको आव्रmोशसमेत पोख्ने गरेको देखिएको छ । प्राविधिकहरू भने जहाज पुरानो भएर फरक नपर्ने बताउँछन् । जहाजका पार्टपुर्जा घण्टा तथा उडान साइकलमा आधारित हुने भएकाले विमान निर्माता कम्पनीले नै कति कति समयमा कुन कुन पार्टपुर्जा परिवर्तन गर्नुपर्ने भनेर तोकिदिएको हुने प्राविधिकको भनाइ छ । सोही आधारमा प्राविधिकद्वारा विमानको ‘सी चेक’ गरिन्छ । वार्षिक रूपमा विमानको छ पटक परीक्षण गरिने, स्थलगत जाँच, उडानको समयमा र छड्के परीक्षणसमेत हुने नागरिक उड्डयन प्राधिकरणको भनाइ छ । यो तथ्यले विमान दुर्घटनामा प्राविधिक पक्षको कमजोरी न्यून हुने देखाउँछ । यसो भन्नुको तात्पर्य नियमनकारी निकायको कमजोरी र मानवीय पक्षको कमजोरीकै कारण धेरै जसो दुर्घटना हुने गरेका हुन् । दुर्घटनापछि गठित छानबिन समितिका प्रतिवेदनले पनि मानवीय पक्षलाई नै बढी दोष देखाउने गरेका छन् । हवाई दुर्घटनापछि हुने फितलो छानबिन र त्यसको कार्यान्वयनमा सरोकारवाला पक्ष उदासीन रहँदा दुर्घटना दोहोरिने गरेका हुन् । कतिपय प्रतिवेदन बाहिर सार्वजनिक नै गरिँदैनन् । हवाई कम्पनीका कमजोरी नदेखाउन गुपचुपमै सामसुम पारिने गरेको आरोप केही हदसम्म सत्य हुन सक्छ ।नेपाली आकाशमा दुर्घटना बढ्नुमा मानवीय कमजोरीसँगै पहाडी भूगोल, अप्ठ्यारा विमानस्थल, साँघुरो धावनमार्ग, खराब मौसम, विमानस्थलमा आधुनिक उपकरणको अभाव, चराको विचरण, चालकदलमाथि दबाब जस्ता कमजोरी दुर्घटनापश्चात् गठित जाँचबुझ समितिले बुझाउने गरेको प्रतिवेदनमा आउने गरेका छन् । बुधबार पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग छाड्नेबित्तिकै दुर्घटनामा परेको सम्बन्धमा छानबिन गर्न सरकारले आयोग गठन गरिसकेको छ । जहाज ‘सी चेक’ का लागि प्राविधिक र कर्मचारीसहितको टोली बोकेर काठमाडौँबाट पोखरा उडेको थियो । प्राविधिक उडानमा गैरप्राविधिक यात्रु उडाउन नहुने नियमविपरीत एक बालक र महिलासमेत हुनुले हवाई नियमविपरीतको उडान कार्य भएको मानिएको छ । प्राधिकरणको नियम अनुसार हरेक जहाजले उडान भर्नुअघि गरिने नियमित परीक्षणसहित निश्चित घण्टा, समयचव्रm, पार्टपुर्जाको अवधि र उडान अवतरण अवधिका आधारमा जहाजको परीक्षण र हरेक दुई÷दुई वर्षमा विस्तृत मर्मतसम्भार गर्नुपर्ने हुन्छ । फराकिलो ह्याङ्गरमा परीक्षण कार्य गर्न विमान पोखराका लागि उडाइएको थियो । नियमित उडान गरिरहेको र कुनै प्राविधिक समस्या नभएको जहाज ‘सी चेक’ का लागि प्राविधिक टोलीसहित लगिएको विदित हुन्छ । उडानमा रहेका बच्चा र महिला प्राविधिक कर्मचारीका परिवार भएको देखिएको छ । अहिलेसम्मका दुर्घटना हेर्दा मानवीय क्षति भएको जहाज दुर्घटनामा पाइलट बाँच्न सफल भएको घटना सम्भवतः यही नै हो । छानबिन समितिले दुर्घटनाको तथ्य पत्ता लगाउला नै । आगामी दिनमा उस्तै किसिमका कमजोरीबाट दुर्घटना हुन नदिन यो प्रतिवेदनका साथै यसअघिका प्रतिवेदन पनि कार्यान्वयनमा ल्याउन वाञ्छनीय छ ।