खोलाले बगाएर दुई किशोरीको ज्यान गयो
पौडी खेलिरहेका एकै घरका दुई किशोरीलाई छामघाट खोलाले बगाएर ज्यान गएको छ।
उपसचिवसम्मका कर्मचारी प्रदेश सरकारले परिपूर्ति गर्छ : मुख्यमन्त्री कँडेल
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले उपसचिव तहसम्मका कर्मचारी प्रदेश सरकारले परिपूर्ति गर्ने बताउनुभएको छ ।
गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट
गृहमन्त्री रमेश लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिले भेटवार्ता गरेको छ । आज सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा पूर्वसांसद मञ्चका अध्यक्ष ओमकार श्रेष्ठ नेतृत्वको टोली सहभागी थियो ।
सेवा अवधि नपुगेका कर्मचारीको सरुवा नगर्न सरकारको ध्यानाकर्षण
नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीले प्रचलित ऐन कानुनविपरीत सेवा अवधि नपुगेका कर्मचारीको सरुवा गर्ने कार्य बन्द गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
नगरप्रमुख नकर्मीको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
जनता आशावादी हुनेगरी काम गर्छौ : मन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देशमा स्थायी सरकार आएकाले अब जनता आशावादी हुने गरी काम गरिने बताउनुभएको छ ।
‘डेडिकेटेड’ र ‘ट्रङ्क’ लाइनको महसुल विवाद चाँडो टुङ्ग्याइदिन ऊर्जा मन्त्रीको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले ‘डेडिकेटेड’ र ‘ट्रङ्क’लाइनको विद्युत् महसुलसम्बन्धी विवाद अध्ययन गरेर चाँडो टुङ्ग्याइदिन संसदीय समितिलाई आग्रह गर्नुभएको छ ।
संसदका काम कारबाही र अभ्यासलाई इमान्दारपूर्वक सम्प्रेषण गर्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सङ्घीय संसद्का काम कारबाही र अभ्यासलाई सत्य, तथ्य र वस्तुनिष्ठ आधारमा इमान्दारपूर्वक समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभएको छ ।
व्यास नगरपालिकामा स्तनपान कक्ष निर्माण
तनहुँको व्यास नगरपालिका कार्यालय परिसरमा स्तनपान कक्ष निर्माण गरेको छ । शिशु बोकेर सेवा लिन आउने सेवाग्राही तथा महिला कर्मचारीलाई स्तनपान गराउन सहज होस भन्दै स्तनपान कक्ष निर्माण गरिएको हो ।
सडक कालोपत्र प्रक्रिया अघि बढाउन नेता डा.महतको माग
नुवाकोटका जनप्रतिनिधिले गङ्गटे-लब्दु-समुद्रटार-गोल्फुभञ्ज्याङ सडक कालोपत्रको प्रक्रिया अघि बढाउन माग गरेका छन् ।
मौद्रिक नीतिः यस्ता नयाँ प्रावधान
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत केही नयाँ व्यवस्था ल्याएको छ भने केही पुराना व्यवस्थालाई खुकुलो बनाएको छ ।
काभ्रेका सहिद मुकेश : एक वर्षपछि राज्यबाट सुविधा पाउँदै परिवार
दोस्रो जनआन्दोलनमा गम्भीर घाइते १७ वर्षसम्म अर्धचेत भई निधन भएका काभ्रे बनेपाका मुकेश कायस्थको परिवारले एक वर्षपछि राज्यबाट सुविधा पाउने भएको छ ।
‘विद्यालय शिक्षा विधेयकमा अपाङ्गतामैत्री विषय सुनिश्चित गर्नुपर्ने’
सांसदहरुले ‘विद्यालय शिक्षा विधेयक’मा अपाङ्गतामैत्री विषय सुनिश्चित गर्न माग गरेका छन् ।
नगरप्रमुख नकर्मीको अन्त्येष्टि
कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको कीर्तिपुर दिखु घाटमा नेवारी परम्पराअनुसार अन्येष्टि गरिएको छ । उहाँको पार्थिव शरीरमा छोरा राहुल नकर्मीले दागबत्ती दिनुभएको हो ।
‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’
सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको विमान दुर्घटनामा निधन भएकोप्रति मर्माहत र भावविह्वल भएको जनाएको छ ।
भीरकोटले बाढी पहिरो प्रभावितलाई राहत दिने
मानवीय क्षतिलाई एक लाख, घर पूर्ण क्षतिलाई ५० हजार, गोठ पूर्ण क्षतिलाई ३० हजार, शाैचालय पूर्ण क्षतिलाई निर्माण सामग्री पाँच हजार, लैनो भैसी मरेको २५ हजार, थारो भैँसी मरेको भए १० हजार र बाख्रो मरेको भए पाचँ हजारका दरले तत्काललाई राहत दिने निर्णय गरेको हो ।
वनमन्त्री शाहीसँग भारतीय राजदूतको शिष्टाचार भेट
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज शिष्टाचार भेट गर्नुभएको छ ।
बगर खेतीले फेरिँदै भूमिहीन किसानको जीवन
सामुदायिक सुधार केन्द्र (सीआइसी) धनुषाले मिथिला नगरपालिका र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को सहयोगमा उहाँलाई जग्गा र कृषि यन्त्र उपलब्ध गराएको छ ।
मौद्रिक नीति : वस्तु आयात गर्दा उपलब्ध हुने सटही सुविधामा वद्धि
ड्राफ्ट-टिटीको माध्यमबाट वस्तु आयात गर्दा उपलब्ध हुने सटही सुविधामा वृद्धि भएको छ ।
१६ वर्ष विदेश बसेका दिलचन ड्रागन फ्रुट खेतीमा रमाउँदै
रुकुम पूर्वका दिलचन बुढाले १६ वर्ष विदेशमा काम गर्नुभयो । विदेशबाट फर्केपछि हाल उहाँ घोराही उपमहानगरपालिका-१८ अकबरेमा ड्रागन फ्रुट खेती गर्दै आउनुभएको छ । बुढासहित छ जना ड्रागनफ्रुट खेतीमा संलग्न हुनुहुन्छ ।
बेलहिया नाकाबाट सवा तीन अर्बले निर्यात बढ्यो
रुपन्देहीको बेलहिया नाका हुँदै बाह्य मुलुकमा निर्यात बढेको छ । भैरहवा भन्सार कार्यालयका अनुसार तीन वर्ष यता भारत लगायत तेस्रो मुलुकमा लगातार निर्यात वृद्धि भएको हो ।
घरघरै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण
गोरखाको बारपाक सुलीकोट गाउँपालिकाले अशक्त र ज्येष्ठ नागरिकलाई घरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ।
महोत्तरीमा सवारी दुर्घटनामा कमी
बर्दीबासस्थित जिल्ला ट्राफिक कार्यालयका अनुसार आव ०८०-८१ महोत्तरीमा ५०४ वटा सवारी दुर्घटना हुँदा ६८ जनाको मृत्यु हुनुका साथै गम्भिर र सामान्य गरि ७६२ जना घाइते भएका थिए ।
आठपहरिया जातिको सङ्ग्रहालय निर्माण
धनकुटा जिल्लामा मात्र बसोबास रहेको अल्पसङ्ख्यक आठपहरिया जातिको संस्कृति जगेर्ना गर्ने उद्देश्यले धनकुटामा आठपहरिया जातिकोे सङ्ग्रहालय निर्माण गरिने भएको छ ।