धौलागिरि हिमालमा ज्यान गुमाएका पर्वतारोहीको शव सङ्कलन
म्याग्दीको धवलागिरि गाउँपालिका ४ मुदीस्थित ८ हजार एकसय ६७ मिटर अग्लो धौलागिरि हिमाल आरोहणका क्रमा ज्यान गुमाएका पाँच जना रसियन पर्वतारोहीको शव सङ्कलन गरी आधार शिविर ल्याइएको छ ।
धानखेतमा एक जना मृत फेला
कञ्चनरुप–९ स्थित रुपनगरमा पोखरेलको शव मृत अवस्थामा धानखेतमा फेला परेको हो ।
प्रहरीको समर्पणभाव प्रेरणाको स्रोत : मुख्यमन्त्री कँडेल
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जनताको सुरक्षा र मुलुकमा देखापरेका विषम परिस्थितिसंग समान गर्न नेपाल प्रहरी उच्च मनोबलका साथ खटिँदै आएको बताउनुभएको छ ।
‘सहयोग माग्न आउनेलाई रित्तो हात फर्काउँदिन’
भरतपुर महानगरपालिका–१२ का अध्यक्ष लेखराज पन्तले आफ्नो वडाका विपन्नलाई दसैँमा मासुचिउरा बाँड्नु भएको छ । उहाँले भरतपुर–१२ का दुई सय ५५ परिवारलाई दुई किलो मासु र दुई किलो चिउरा वितरण गर्नुभएको हो ।
फरार अभियुक्त ९ वर्षपछि पक्राउ
लागूऔषध मुद्दामा ९ वर्षदेखि फरार रहेका अभियुक्तलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।
अपराध नियन्त्रणमा प्रहरीको महत्वपूर्ण भूमिका : प्रजिअ अर्याल
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले अपराध नियन्त्रणमा प्रहरीको महात्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।
प्रहरीको काँधमा थप जिम्मेवारी : मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मुलुक सङ्घीयतामा गएपछि प्रहरीको काँधमा थप जिम्मेवारी थपिएको बताउनुभएको छ ।
डाक्नेश्वरी नगरपालिकामा आर्थिक अनियमितता भएको आरोप
सप्तरीको डाक्नेश्वरी नगरपालिकामा आर्थिक अनियमितता भएको स्थानीयवासीले आरोप लगाएको छ ।
सन्तानेश्वर मन्दिरमा धार्मिक पर्यटकको घुइँचो
बाँकेको नरैनापुर गाउँपालिका –५ वेदिहिवास्थित चुरे पहाडको चुचुरोमा अवस्थित मनोरम दृश्यसहितको सन्तानेश्वर महादेव मन्दिरमा नेपाल र भारतका धार्मिक पर्यटकको घुइँचो लागेको छ ।
नेपाल प्रहरीको भूमिका महत्त्वपूर्णः मुख्यमन्त्री लामा
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा (तामाङ) ले देशमा शान्ति सुरक्षा कायम गर्न र विपदको समयमा नेपाल प्रहरीको भूमिका महत्त्वपूर्ण हुने गरेको बताउनुभएको छ ।
लोप हुँदै ऐतिहासिक सराँय नाच
गुल्मीमा ऐतिहासिक सराँय नाच लोप हुँदै गएको छ । पश्चिम क्षेत्रको गुल्मी, अर्घाखाँची,प्युठान र पाल्पाका शक्तिपिठमा दसैँको भोलीपल्टबाट सराँच नाँच्ने प्रचलन छ ।
जङ्गली हात्तीको समूहद्वारा विद्यालय भवनमा क्षति
झापामा जङ्गली हात्तीहरुको समूहले बुद्धशान्ति गाउँपालिका वडा नं. २ मा रहेको जयपुर बोर्डिङ स्कुलको भवनमा क्षति पुर्याएको छ ।
मौसम खुलेसँगै मन्थली–लुक्ला उडान सुरु
मौसम खुलेसँगै दुई दिनदेखि रोकिएको मन्थली–लुक्ला उडान पुनः सुरु भएको छ । सोलुखुम्बुको खुम्बु क्षेत्रमा मौसम खराब हुँदा सोमबारदेखि मन्थली–लुक्ला उडान ठप्प भएको थियो ।
पर्यटन प्रवर्द्धन गर्न बृहत् हतुवागढी महोत्सव
स्थानीय जातजातिको संस्कार र संस्कृतिको प्रचारप्रसारका साथै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कात्तिक ३ देखि १७ गतेसम्म बृहत् हतुवागढी महोत्सव हुने भएको छ ।
वृद्धाश्रमलाई आर्थिक सहयोग
वैदेशिक रोजगारीको क्रममा युएईमा रहेकाहरुले सङ्कलन गरेको रकम रामनदी धाम राम्दीको वृद्धाश्रमलाई हस्तान्तरण गरिएको छ ।
दसैँ मनाउन घर गएकाहरू कर्मथलो फर्किन थाले
दसैँ मनाउन जन्मथलो आएका सर्वसाधरण धमाधम कर्मथलो फर्कन थालेका छन् । विभिन्न पेशा, व्यवसाय र अध्ययनका लागि आफ्नो जन्मथलो छाडेर अन्यत्र गएकाहरु दसैँ मनाउन घर जाने गर्दछन् ।
भौतिक पूर्वाधारको अभावमा कोल्टी अस्पताल
बाजुराको पूर्वीउत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिकामा १ कोल्टीमा रहेको कोल्टी आधारभूत अस्पताल भौतिक पूर्वाधारको अभावमा रहेको छ ।
कम्प्युटर र मोटरसाइकल चलाउन नजाने जागिर चट्
तनहुँमा कार्यरत हुलाकीले कम्प्युटर र मोटरसाइकल, स्कुटर चलाउन नजानेमा जागिर चट् हुने भएको छ ।
चलचित्र प्रचारसँगै दसैँ टीका
सधैँ एक्सन कटमा रमाउने कलाकारले यस पटक दसैँमा भरपुर मनोरञ्जन गरेका छन् । आफ्ना परिवारसँग जमघट गरी मिठा मिठा परिकार खाने र टीका जमरामा रमाउने त छँदै छ, केही कलाकारले हलमा चलचित्र हेर्न आएका दर्शकसँग पनि टीका लगाए ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मेचे भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मेचे भाषा
हलको विकल्प खोज्ने निश्चलको चेतावनी
अभिनेता एवं निर्देशक निश्चल बस्नेतले नेपाली चलचित्रलाई हलहरूले गरेको व्यवहारप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित सुनुवार भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित सुनुवार भाषा
डडेलधुरा बस दुर्घटना : मृतक चारजना एकै परिवारका
डडेलधुरामा भएको रात्रि बस दुर्घटनामा परी मृत्यु भएका चारै जना एकै परिवारका भएको खुलेको छ । चाडपर्वका बेला दुर्घटना भएपछि बैतडीको पुर्चौडी शोकमा डुबेको छ ।
फेरि देखिन थाले सडकमा सहयोगापेक्षी
प्रदेश सरकारले कोशी प्रदेशलाई सडक मानव मुक्त क्षेत्र बनाउने अभियान सुरु गरेपछि सडक मानव देखिन छाडेको पूर्वपश्चिम राजमार्गमा पुनः सडकमा सहयोगापेक्षी देखिएका छन् । खास गरी पूर्वी मोरङको सुनझोडा पुलदेखि बेलबारी नगरपालिकाको पुरानो बेलबारी बजारसम्म केही सातायता सडक मानव देखिन थालेका हुन् । राजमार्गको यो क्षेत्रमा जङ्गल पर्छ । देखिएका सडक मानव सबै भारतीय नागरिक हुन् ।