दसैँमा दुई लाख ३७ हजारले गरे हवाई यात्रा
दसैँको पाँच दिनको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर दुई लाख ३७ हजारभन्दा बढीले हवाई यात्रा गरेका छन्।
इन्स्पेक्टर शाहीविरुद्ध पक्राउ पुर्जी
आपराधिक लाभको मुद्दामा ललितपुरको भैँसेपाटी प्रहरी प्रभागकी तत्कालीन प्रमुख बिनुकुमारी शाहीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
रोजगार, शिक्षा र स्वास्थ्य सुनिश्चित गर्न सहिद परिवारको माग
विभिन्न कालखण्डमा सहादत प्राप्त गरेका अमर प्रहरीका परिवारले उनीहरूका सन्तानलाई प्रदान गरिने सेवा सुविधा काम भएको गुनासो गरेका छन् ।
राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भगवतीको दर्शन तथा पूजा
राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरस्थित् नवदुर्गा भगवतीको दर्शन तथा पूजा अर्चना गर्नुभएको छ।
दुई दलको सहकार्यले राजनीतिक स्थायित्व : मन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले राजनीतिक स्थायित्वको लागि दुई दलको सहकार्य भएको र मुलुकमा स्थायित्व कायम भएको बताउनुभएको छ ।
ताप्लेजुङमा उत्कृष्ट प्रहरी पुरस्कृत
ताप्लेजुङ जिल्लामा कार्यरत उत्कृष्ट प्रहरीलाई पुरस्कृत गरिएको छ । बुधबार ६९ औँ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालयले उत्कृष्ट काम गर्ने प्रहरी लगायतलाई पुरस्कृत तथा सम्मान गरेको हो ।
बिपी राजमार्गको काभ्रे खण्डमा साँझदेखि बिहानसम्म सवारी चलाउन रोक
अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण क्षति पुगेको बिपी राजमार्गको काभ्रेपलान्चोक क्षेत्रभित्रको सडक खण्डमा रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ ।
मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाको सानदार जित
कप्तान लियोनल मेस्सीको ह्याट्रिकसँगै साबिक विजेता अर्जेन्टिनाले फिफा विश्वकप छनोट खेलमा बोलिभियाविरुद्ध सानदार जित निकालेको छ ।
खुला दिलले दिएको जग्गामा कुनै लेनादेना छैन : एमाले
सरकारको नेतृत्वकर्ता नेकपा (एमाले) ले पार्टीको केन्द्रीय कार्यालय निर्माणका लागि पार्टीका शुभेच्छुक मीनबहादुर गुरुङ र सावित्री गुरुङबाट प्राप्त भएको जग्गामा कुनै किसिमको लेनादेना नभएको बताएको छ।
गणतन्त्र संस्थागत गर्ने अभियानमा सघाउन देउवाको आग्रह
नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले रचनात्मक सुझाव दिएर सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न जय नेपाल फाउन्डेसन जस्ता संस्थाहरूको भूमिका महत्त्वपूर्ण रहने बताउनुभएको छ ।
स्याङ्जामा पालिकास्तरीय भलिबलको तयारी
स्याङ्जा आइसिसी प्रथम पुरुष भलिबल कपको तयारी पूरा भएको छ ।
राजनीतिक स्थायित्वले विकास खर्च बढ्यो : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल एमाले र नेपाली काङ्ग्रेस सरकार गठन भएसँगै विकास खर्च बढेको बताउनुभएको छ ।
२२ जना प्रहरी पुरस्कृत
शान्ति सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धानमा उत्कृष्ट कार्य गरेको भन्दै जिल्ला प्रहरी कार्यालय अछामले २२ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरेको छ ।
प्रधानमन्त्री ओलीसँग जापानी राजदूत युताकाको शिष्टाचार भेट
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जापानका राजदूत किकुता युताकाले बुधबार प्रधानमन्त्री निवास, बालुवाटारमा शिष्टाचार भेट गर्नुभएको छ ।
नेपाली र चिनियाँ अनुवादका लागि छनोट भएका २६ पुस्तक चीनमा सार्वजनिक
चिनियाँ–नेपाली शास्त्रीय ग्रन्थको अनुवाद एवम् प्रकाशन कार्यक्रमअन्तर्गत पहिलो चरणमा छनोट भएका २६ पुस्तक चीनमा सार्वजनिक भएका छन्।
१६ वटा उडान भएपछि फेरि रोकियो मन्थली-लुक्ला उडान
मन्थली–लुक्ला उडान फेरि रोकिएको छ। सोलुखुम्बुको खुम्बु क्षेत्रमा मौसम खराब हुँदा सोमबारदेखि रोकिएको मन्थली–लुक्ला उडान बुधबार बिहान ९ बजेदेखि सञ्चालनमा आएको थियो।
दसैँ सकिएपछि सराय नाचको तामझाम (फोटो फिचर)
यस पटक दसैँको टीका सकिएको छ । टीका सकिए पनि हरेक दिन रमझम भने जारी छ । विभिन्न स्थानजस्तै कपिलवस्तुमा पनि सराय जात्रा हेर्न जानेका लागि तामझाम चलेको छ ।
शान्ति र सुरक्षामा प्रहरीको विशिष्ट भूमिकाः मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सीमित साधनस्रोतका बाबजुद नेपाल प्रहरीले उल्लेख्य भूमिका खेल्दैआएको बताउनुभएको छ । ‘अपराध रोक्ने सङ्कल्प प्रमाणमूखी अनुसन्धान, स्वच्छ समाज निर्माण नेपाल प्रहरीको अनुष्ठान’ भन्ने मूल नारासाथ नेपाल प्रहरीले मनाइरहेको ६९ औं प्रहरी दिवसको अवसरमा मुख्यमन्त्री पाण्डेले सो कुरा बताउनुभएको हो ।
बिपी राजमार्गमा यातायातको चाप बढ्दै
पूर्वी तराईका जिल्लालाई छोटो दूरीमा राजधानी काठमाडौँसँग जोड्ने बिपी राजमार्गमा यातायातको चाप बढ्दै गएको छ ।
बाँकेबाट तीन करोडका खसीबोका बिक्री
दसैँ अवधिभर बाँके जिल्लाबाट तीन करोड रुपियाँभन्दा बढीका खसीबोका बिक्री भएको छ । जिल्लाका विभिन्न सहकारी संस्थामार्फत तीन करोड रुपियाँ बढीका खसीबोका जिल्ला बाहिर निर्यात भएका हुन् ।
पुनः निर्माणको काम छिट्टै अघि बढ्छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले हालैको बाढीपहिरो र डुबानका कारण भएको क्षतिप्रति गम्भीर हुँदै सरकारले सुरक्षित एकीकृत बस्तीको योजनाका साथ तत्काल पुनः निर्माण र पुनः व्यवस्थापनका काम अघि बढाइने बताउनुभएको छ ।
डडेलधुरा बस दुर्घटना : मृतकको सङ्ख्या पाँच पुग्यो
डडेलधुरामा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । घटनास्थलमा बसको छतमुनि च्यापिएका अवस्थामा थप एक जनाको शव फेला परेसँगै मृतकको सङ्ख्या पाँच पुगेको हो ।
राष्ट्रिय वाणिज्य बैङ्कको ‘किसान सरल कर्जा’ प्रोडक्ट सुरु
राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले किसान सरल कर्जा प्रोडक्ट सुर गरेको छ । बैङ्कले कृषि क्षेत्रको विकासका लागि अधिकतम दश लाख रुपियाँसम्म कर्जा दिने गरी किसानसँग राष्ट्रिय वाणिज्य बैङ्क कार्यक्रम अन्तर्गत किसान सरल कर्जा प्रोडक्टको सुरु गरेको हो ।
विद्यालयमा लेखा विषय हटाएको भन्दै स्थानीय विरोधमा
इनरुवा नगरपालिका-९ को सरस्वती माध्यमिक विद्यालयमा तीन दशकदेखि पढाई हुँदै आएको लेखा विषय हटाउने निर्णय भएपछि अभिभावकहरू त्यसको विरोधमा उत्रेका छन् ।