नेमकिपाका अध्यक्ष बिजुक्छेलाई पत्नी शोक
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेकी धर्मपत्नी शोभा प्रधानको निधन भएको छ।
क्यान्सरपीडित बालकलाई उपचार खर्च सहयोग
रुपन्देहीको सैनामैना नगरपालिका १० झिमझिमियाका चेतबहादुर सारुले क्यान्सर पीडित बालकको उपचारका लागि आर्थिक सहयोग प्रदान गर्नुभएको छ । सारुले पीडित बालकलाई २५ हजार ६ सय २५ रुपियाँ उपचार खर्च सहयोग गर्नुभएको हो ।
परम्परागत खेती प्रणालीलाई प्रोत्साहन गर्न कृषकलाई हलो उपहार
विर्तामोड, असार ८ गते। कृषकलाई कृषि पेशामा आकर्षित गर्नका लागि सामुदायिक वन उपभोक्ता वन समूह कनकाई नगरपालिकाले बुधबार कृषकलाई निःशुल्क हलो प्रदान गरेको छ। ३० घरपरिवार कृषकका लागि हलो बनाएर निःशुल्क प्रदान गरिएको वन समूहका कार्यवाहक अध्यक्ष दलबहादुर विश्वकर्माले जानकारी दिनुभयो। कृषि क्षेत्रमा बढ्दो यान्त्रिकरण भए पनि यस क्षेत्रमा भने परम्परागत रुपमा राँगा गोरुबाट समेत जोतेर खेती गर्ने परम्परा यथावत रहेको कनकाई नगरपालिका १ नम्बर वडाध्यक्ष सुशीलकुमार पोखरेलले जानकारी दिनुभयो। पछिल्लो समय इन्धनको बढ्दो मूल्यका कारणसमेत कृषक राँगा गोरुबाटै जोतेर खेती गर्नेक्रम बढेर गएको वन समूहका अध्यक्ष विश्वकर्माले बताउनुभयो। कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कृषकलाई हलो प्रदान गर्नुभएको हो। हलो प्रदान गर्दै नगर प्रमुख पोखरेलले कृषकले हलो र गोरुको प्रयोग गरेर इन्धनको प्रयोग घटाउन र देशलाई व्यापार घाटा कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
पाठ्यपुस्तक समयमै नपुग्दा ‘बालमनोविज्ञान’मा असर
शैक्षिक सत्र सुरु भएको डेढ महिना पुगिसकेको छ। विगतमा जस्तै यसपटक पाठ्यपुस्तक अभावको परम्परागत समस्या समाधान हुन सकेन।
‘मेयर होस् त यस्तो होस’ बनाउँछु : दाहाल
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ‘मेयर होस् त यस्तो होस’ भन्ने बनाउने गरी काम गरिरहेको बताउनुभएको छ । भरतपुर महानगरपालिका –७ मध्यबिन्दु टोलस्थित प्रेमबस्ती कभर्ड हलको शिलान्यस कार्यक्रममा बुधबार मेयर दाहालले सो कुरा बताउनुभयो ।
मन्त्री हेरफेरको निर्णय कार्यान्वयन गर्न एसको सचिवालय बैठकमा छलफल
नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकमा विगतमा गरिएको मन्त्री हेरफेरको निर्णय तत्काल कार्यान्वयन हुनुपर्नेमा छलफल भएको छ । काठमाडौंस्थित केन्द्रीय कार्यालयमा बुधबार बसेको सो बैठकमा मन्त्री हेरफेरफेरबारे तुरुन्त मन्त्रिमण्डलमा निर्णय गर्ने विषयमा विशेष जोड दिइएको साे पार्टीका नेता झलनाथ खनालले जानकारी दिनुभयो । यससँगै उहाँले छिट्टै नै पोलिट्ब्यूरो, केन्द्रीय समिति र केन्द्रीय परिषद्को बैठकको तयारीबारे छलफल भएको बताउनुभयो ।
बीएमसी र नोबेल मेडिकल कलेजले बीमा कार्यक्रम बन्द गर्ने
बुधबार पत्रकार सम्मेलन गर्दै बीएमसी र नोबेल मेडिकल कलेजले बीमाको रकम नपाएको भन्दै असार २० गतेबाट बीमा कार्यक्रम बन्द गर्ने घोषणा गरेका हुन् ।
रैथाले बीउ जोगाउन ‘बीज बैंक’ योजना
बागलुङको बरेङ् गाउँपालिकाले स्थानीय रैथाने बालीको बीउ संरक्षणका लागि ‘बीज बैंक’ स्थापना गर्ने योजना सार्वजनिक गरेको छ । रैथाले बाली लोप हुँदै गएपछि गाउँपालिकाले आगमी आर्थिक बर्षदेखि ‘हाम्रो बिउ, हराउन नदिउँ’ अभियान सञ्चालन गर्ने कार्यक्रम सार्वजनिक गरेको हो । बिउ जोगाउने अभियान हरेक वडामा सञ्चालन गर्ने गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो ।
भृकुटी कागज कारखाना : स्थानान्तरणको माग
चीन सरकारको सहयोगमा पूर्वी नवलपरासीको गैंडाकोटमा ४२ वर्षअघि सञ्चालनमा आएको नेपालको सबैभन्दा ठूलो कागज कारखाना भृकुटी कागज कारखाना बन्द भएको करिब १२ बर्ष हुुनलाग्दा पनि सञ्चालनमा आउन नसक्दा कारखाना खण्डहर बन्दैगएको छ ।
‘हाम्रो धनगढी हामी बनाउँछौं’
धनगढी उपमहानगरपालिकाले ‘हाम्रो धनगढी हामी बनाउँछौं’ भन्ने नीति अवलम्बन गर्नेभएको छ । सो उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९–८० बाट ‘हाम्रो धनगढी हामी बनाउँछौं’, नीतिलाई अभियानकै रुपमा अगाडि बढाउने नीति अबलम्बन गर्न लागिएको हो ।
चिकित्सकको प्रेस्क्रिप्सन बिना औषधि बेच्ने फार्मेसी सञ्चालक पक्राउ
लागूऔषध दूर्व्यसनमा परेका व्यक्तिहरुलाई चिकित्सकको प्रेस्क्रिप्सन बिना औषधि बेचबिखन गर्ने फार्मेसी सञ्चालकसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
हाजिर गरेरै तलब गाडीबिना नै ड्राइभर
अठार वर्षदेखि कागजमा सीमित काठमाडौँ उपत्यकाको बाहिरी चक्रपथ आयोजना कर्मचारी भर्ती केन्द्र बन्न पुगेको छ । अहिलेसम्म भौतिक प्रगति शून्य रहेको सो आयोजनामा उपसचिवसहित तीन जना स्थायी कर्मचारीले सेवा सुविधा लिँदै आएका छन् । त्यस्तै विभिन्न शक्ति र प्रभावको आडमा भर्ना भएका एक दर्जनभन्दा बढी करार कर्मचारीलाई हाजिरीको भरमा तलब सुविधा खुवाइँदै आइएको छ ।
दुई आयोजनामा अलमल
यसै वर्ष आयोजना निर्माणको थालनी गर्ने तयारीका सरकारी स्वामित्वका दुई जलविद्युत् आयोजनाको ठेक्का प्रक्रिया नै अलमलमा छ । ठेक्कामा ईपीसी मोडेल अपनाउन खोजेका तामाकोसी–५ र माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनाले ‘ईपीसी माध्यमबाट खरिद गर्नेसम्बन्धी निर्देशिका २०७८’ को बुँदा नम्बर १४ को प्रावधानका कारण बोलपत्र आह्वानको प्रक्रियामा जान सकेका छैनन् ।
बेलायती मन्त्री र नेपाली राजदूतबीच भेटघाट
भूतपूर्व गोर्खाहरूको समस्या समाधानका लागि बेलायती मन्त्रीले मङ्गलबार बेलायतका लागि नेपाली राजदूतलाई भेट्नुभएको छ । गोर्खा वार्ताका लागि नेपाल सरकारको तर्फबाट संयोजक रहनुभएका बेलायतस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र बेलायती सरकारका तर्फबाट वार्ता टोलीको संयोजक तोकिनुभएका मन्त्री लिओ डोकर्टीबीच लण्डनस्थित नेपाली दूतावासमा छलफल भएको नेपाली दूतावासले जनाएको छ ।
स्वास्थ्य बीमा आफैँ बिरामी
स्वास्थ्य बीमा आफैँ बिरामी परेको छ । कार्यान्वयनका केही समस्याका कारण अस्पतालहरूले स्वास्थ्य बीमासम्बन्धी सेवा बन्दको घोषणा गर्न थालेका छन् । मध्यम तथा आर्थिक रूपमा विपन्नलाई सो सेवा उपलब्ध गराएबापत प्राप्त गर्नुपर्ने भुक्तानी नपाएपछि हैरान भएर सेवा नै बन्द गर्नुपर्ने अवस्थामा पुगेको अस्पतालका पदाधिकारीको भनाइ छ ।
चौध महिनामा ५३३ अवैध लाइसेन्स
यातायात व्यवस्था कार्यालय एकान्तकुनाका कर्मचारीले १४ महिनामा ५३३ वटा सवारीचालक अनुमतिपत्र गैरकानुनी रूपमा जारी गरेको पाइएको छ । यस कार्यमा कार्यालयका तत्कालीन दुई जना प्रमुखहरू सम्बरबहादुर कार्की र राजुभाइ कुस्मासहित १२ जना कर्मचारी र पाँच जना बिचौलियाको सहयोग रहेको अख्तियारले गरेको अध्ययनबाट पुष्टि भएको छ ।
उडान नरोकिने वार्ता जारी रहने
वायुसेवा सञ्चालक सङ्घ नेपालले बुधबारदेखि गर्ने भनेको उद्धार तथा नियमित उडान बन्दका कार्यक्रम आंशिक रूपमा फिर्ता भएको छ । प्रधानमन्त्री कार्यालय, गृहमन्त्री बालकृष्ण खाण र गृहसचिव टेकनारायण पाण्डेको पहलमा नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक सङ्घ नेपालबीच मङ्गलबार राति अबेर भएको वार्ताबाट बुधबार बिहान ११ बजेपछि देशभरका आन्तरिक उडान सुचारु राख्ने सहमति भएको हो । यद्यपि बुद्ध र यती एयरलाइन्सले भने सबै उडान नियमित हुने जनाएका छन् ।
जयपृथ्वीबहादुर सिंहलाई सरकारले गर्यो राष्ट्रिय विभूति घोषणा
सरकारले जयपृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गरेको छ।
बाल यौन दुरुपयोग कसुरमा दुई जना जेल चलान
काठमाडौं, असार ७ गते। जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि दुई जनालाई जेल चलान गरेको छ। बाल यौन दुरुपयोग कसुरमा दुई जनालाई पुर्पक्षका लागि मंगलबार कारागार चलान गरिएको हो। कारागार चलान हुनेमा काभ्रेपलाञ्चोकको साविक सापिङ गाउँपालिका–४ घर भइ काठमाडौंको कागेश्वरी मनोहरा–८ बस्ने ४७ वर्षीय जनार्दन अधिकारी र काठमाडौंकै कागेश्वरी मनोहरा–७ का ५१ वर्षीय राजनकुमार पौडेल रहेका छन्।चाबहिलस्थित एउटा कलेजको कोर्ष को–अर्डिनेटर र शिक्षकले नाबालिकामाथि यौन दुर्व्यवहार गरेको अभियोग छ। तीन जना नाबालिकाको तर्फबाट अभिभावकले प्रहरी वृत्त गौशालामा उजुरी दिएका थिए।उजुरीपछि प्रहरीले पीडितहरुको प्रसूति गृह अस्पताल थापाथलीमा स्वास्थ्य परीक्षण गराएको थियो। उक्त घटनालाई प्रहरीले गम्भीरताका साथ लिएर सूक्ष्म तवरले अनुसन्धान सुरु गरेको थियो।महानगरीय प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीका अनुसार सो कार्यमा संलग्न फरार रहेकाले प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो।पक्राउ परेका दुवैमाथि मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१८ को दफा २२५ को बाल यौन दुरुपयोग गर्न नहुनेसम्बन्धी कसूरमा मुद्दा चलेको र अनुसन्धान सकिएपछि आज जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि डिल्लीबजार कारागार पठाउन आदेश दिएको हो।
कुलेखानीको पानी काठमाडौंमा ल्याइन्छ : खानेपानी मन्त्री
पानी पोखरी र प्रशोधन केन्द्र १४ सय मिटर अग्लो दरबान डाँडामा बनाइने, दुई वर्षभित्रै लिफ्टिङ गरेर लाने प्रस्ताव
लेवनानका प्रधानमन्त्रीसँग प्रधानसेनापति शर्माको भेट
काठमाडौं, असार ७ गते। लेवनानको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्माले लेवनानका प्रधानमन्त्री नाजीव आदमी मिकातीसँग शिष्टाचार भेट गर्नुभएको छ। नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार भेटमा लेवनानको शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकको भूमिका, नेपाल र लेवनानबीचको सैनिक सम्बन्ध तथा दुई राष्ट्रबीच रहिआएको पारस्परिक सम्बन्ध एवम् हितका विषयमा छलफल भएको छ।लेवनान भ्रमणमा रहनुभएका प्रधानसेनापति शर्माले त्यहाँका रक्षामन्त्री माउरिस स्लिम, सभामुख नाबी बेरी र त्यहाँको आर्मी फोर्सका प्रमुख जोसेफ खलिल औन सँगसमेत शिष्टाचार भेट गर्नुभएको छ। असार ४ गते लेवनान प्रस्थान गर्नुभएका प्रधानसेनापति शर्मा लेवनानबाटै असार १३ गते अमेरिका प्रस्थान गर्नुहुनेछ। अमेरिका भ्रमण सकेर शर्मा असार १९ गते स्वदेश फिर्ता हुनुहुनेछ।
तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
गृहमन्त्री बालकृष्ण खाणसँग धर्मेन्द्र बास्तोला अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (बहुमत) को टोलीले भेट गरेको छ ।
काठमाडौं भ्यूटावर : ११ तला बन्यो, एक तला बाँकी
पुरानो बसपार्कस्थित निर्माणाधीन काठमाडौं भ्यूटावरको नौ तलाको निर्माण कार्य भइरहेको जानकारी काठमाडौं महानगरपालिकाअन्तर्गतको निजी साझेदारी एकाईले जनाएको छ ।
सय मेगावाट क्षमताको हाइड्रोजन प्लान्ट स्थापनाका लागि अध्ययन गर्न सरकारको आग्रह
ऊर्जाका विभिन्न स्रोतको खोजी गर्ने क्रममा सबैभन्दा राम्रो मानिएको हाइड्रोजन इन्धनको प्रभावकारी प्रयोग गर्न सकिएको खण्डमा त्यसले रणनीतिक बदलावसमेत ल्याउन सक्नेछ ।