भ्रष्टाचार नियन्त्रण, विभेद अन्त्य
संविधान र सङ्घीयताको कार्यान्वयन, अर्थतन्त्रको संरचनागत सुधार तथा सार्वजनिक खर्चको मितव्ययितालाई मुख्य नीतिगत प्राथमिकतामा राखेर सरकारले वार्षिक नीति तथा कार्यक्रम सङ्घीय संसद्मा पेस गरेको छ । सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाइने
सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अगाडि बढाउने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को सरकारको नीति तथा कार्यव्रmम प्रस्तुत गर्दै सो घोषणा गर्नुभएको हो ।
गैरकानुनी सम्पत्ति छानबिन हुने
सरकारले उच्चपदस्थलगायत जोकोहीले पनि गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्तिलाई छानबिनको दायरामा ल्याउने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा सरकारले भ्रष्टाचारविरुद्धको अभियानलाई अझ सघन बनाउने घोषणा गरिएको हो ।
प्रत्येक आधारभूत अस्पतालमा विशेषज्ञ
सरकारले प्रत्येक आधारभूत अस्पतालमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ र एमडिजिपी चिकित्सक रहने योजना सार्वजनिक गरेको छ। आर्थिक वर्ष २०८०/ ८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जानकारी दिनुभएको छ। शुक्रबार सार्वजनिक सरकारको नीति तथा कार्यक्रममा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ र एमडीजीपी चिकित्सक राख्ने घोषणा गरिएको छ। अस्पतालमा कम्तीमा तीन जना मेडिकल अधिकृत रहने बताउनुभयो। यस्तै आधारभूत अस्पतालमा आवश्यक नर्सलगायतका प्राविधिक जनशक्ति, प्रयोगशालाका लागि आवश्यक उपकरण तथा सामग्री, एक्स–रे, अल्ट्रासाउन्ड, इको, इसिजी लगायतका उपकरण हुनेछ।
उच्चस्तरीय शिक्षा आयोग गठनको घोषणा
सरकारले उच्च शिक्षामा देखिएका समस्या समाधान गरी ठोस सुझाव दिन उच्चस्तरीय शिक्षा आयोग गठन गर्ने भएको छ । पाँच वर्षअघि पनि सरकारले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग गठन गरेको थियो र त्यसले बुझाएको प्रतिवेदन हालसम्म सार्वजनिक गरिएको छैन । आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममार्फत सरकारले फेरि शिक्षा आयोग गठनको प्रस्ताव अगाडि सारेको हो ।
कर्मचारीको मासिक रिपोर्ट कार्ड बन्ने
राष्ट्रसेवक कर्मचारीको कार्यसम्पादन मूल्याङ्कनलाई नतिजामा आधारित बनाउन आगामी आर्थिक वर्षदेखि प्रत्येक महिना रिपोर्ट कार्ड तयार गरिने भएको छ। सरकारको नीति तथा कार्यक्रमलाई प्रभावकारी बनाउन सार्वजनिक प्रशासनले प्रदान गर्ने सेवाप्रति आमनागरिकलाई विश्वस्त पार्दै नतिजामुखी बनाउन सरकारले यस्तो नीति लिने घोषणा गरेको हो। यसका लागि प्रत्येक महिना प्रधानमन्त्रीको अध्यक्षतामा मन्त्री, सचिव र आयोजना प्रमुखको उपस्थितिमा मासिक रिपोर्ट कार्ड तयार गर्ने नीति अगाडि सारिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्मा शुव्रmबार प्रस्तुत गर्नुभएको सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख गरिएको छ।
स्वदेशी फिल्म तथा वृत्तचित्र निर्माणलाई प्रवर्द्धन गरिने
सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुति सुरु भएको छ । शुक्रबार ४ बजेपछि सुरु सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
कुशासन र दण्डहीनता विरुद्ध अभियान
मानव अधिकार तथा शान्ति समाज, गुल्मीले जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिएका छन् ।
सहमति र स्थायित्वमा नेतृत्व गरिरहेका छौँ : मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेश सरकारले आफ्ना एक सय दिनका उपलब्धि सार्वजनिक गरेको छ । गत माघ २७ मा पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएका मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार पत्रकार सम्मेलन गरेर आफ्ना उपलब्धिबारे जानकारी दिनु भएको हो ।
पूर्ण खोप सुनिश्चितताको जिल्ला बन्दै रौतहट
रौतहटलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्ने उद्देश्यकासाथ ‘खोज र खोप’ कार्यक्रम तीव्र गतिले अघि बढेको छ । उक्त कार्यक्रमले निरन्तरता पाएपछि आगामी असार मसान्तसम्म रौतहटलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्ने लक्ष्य लिइएको हो ।
मन्त्रिपरिषद् बैठकबाट नीति तथा कार्यक्रम पारित
मन्त्रिपरिषद् बैठकले सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम पारित गरेको छ ।
कुश्मिसेरा–राङ्खानी सडक : दुई वर्षको काम चार वर्षमा आधा
निर्माण व्यवसायीले सरसर्ती काम गरेको भए दुई वर्षअगावै बागलुङ जिल्लाको दक्षिण भेगको मुख्य सडकका रूपमा रहेको कुश्मिसेरा–राङ्खानी सडक कालोपत्र भइसक्थ्यो ।
बाजुराको दुर्गम गाउँमा खाद्यान्न बिक्री केन्द्र स्थापना
जिल्लाको पूर्वीउत्तर क्षेत्रमा रहेको स्वामिकार्तिक खापर गाउँपालिकामा खाद्यान्न बिक्री केन्द्र स्थापना भएको छ ।
आवास कार्यक्रमको रकम नपाएपछि एक सय छ पहिरो पीडित परिवारकाे बिचल्ली हुँदै
बाजुरामा आवास कार्यक्रमको रकम रोकिएपछि एक सय छ परिवार विचल्ली बन्ने भन्दै चिन्तीत बनेका छन् ।
प्रजातान्त्रिक विचार समाजमा वाग्ले
प्रजातान्त्रिक विचार समाजको अध्यक्षमा वरिष्ठ पत्रकार कुलचन्द्र वाग्ले निर्विरोध निर्वाचित हुनुभएको छ । राजधानीमा बुधबारदेखि सुरु भएको समाजको १२ औँ महाधिवेशन तथा २५ औँ साधारण सभाले बिहीबार वाग्लेको अध्यक्षतामा ३६ सदस्यीय नयाँ केन्द्रीय कार्यकारिणी समिति चयन गरेको हो ।
अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत
मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको वास्तविक भूमिका उजागर गर्ने गरी नेपाल उद्योग वाणिज्य महासङ्घले एक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।
अनुसन्धानमा बाधा पुग्नेगरी दुष्प्रचार नगर्न काउन्सिलको अपिल
प्रेस काउन्सिल नेपालले स्वतन्त्र अनुसन्धानलाई प्रभाव पार्ने गरी दुष्प्रचार नगर्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालका प्रयोगकर्तालाई आग्रह गरेको छ ।
सार्वजनिक जग्गा खाली गर्दै त्रियुगा नगरपालिका
उदयपुरको त्रियुगा नगरपालिकाले नगर क्षेत्र भित्रको सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा भत्काएर सरकारी सम्पत्तिको संरक्षण अभियान सुरु गरेको छ ।
बुटवलमा रोजगार मेला हुँदै
बुटवलमा यही जेठ ९ र १० गते जब फेयर (रोजगार मेला) हुने भएको छ । उद्योग प्रतिष्ठानको आवश्यकता अनुसार दक्ष जनशक्ति उत्पादन तथा आपूर्ति गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासङ्घ र बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीको आयोजनामा रोजगार मेला गर्न लागिएको हो ।
हिमालय बैङ्कद्वारा चाइल्ड हेल्थलाई २० लाख आर्थिक सहयोग
हिमालयन बैङ्क लिमिटेडले काठमाडौं इन्सटिच्यूट अफ चाइल्ड हेल्थलाई काठमाडौं बाल अस्पताल निर्माण गर्नका लागि २० लाख रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
एक महिनामा २१ जना लागूऔषध कारोबारी पक्राउ
कपिलवस्तुबाट वैशाख महिनामा २१ जना लागूऔषध कारोबारी पक्राउ परेका छन् ।
गोरखापत्रकर्मी खानसहित सात जनालाई अन्तर्राष्ट्रिय सम्मान प्रदान
गोरखापत्रका नेपालगञ्ज समाचारदाता सिराज खानलाई ‘अन्तर्राष्ट्रिय सञ्चार सेवा सम्मान २०२३’ बाट सम्मानित गरिएको छ । यहाँ आयोजना गरिएको एक वृहत् कार्यक्रममा समाचारदाता खानलगायत सात जना विशिष्ट व्यक्तित्वहरूलाई विभिन्न विधामा अन्तर्राष्ट्रिय सम्मान प्रदान गरिएको हो ।
नेप्से परिसूचक ३२ दशमलव ३० अङ्कले वृद्धि
धितोपत्र बजारमा शेयर कारोबार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३२ दशमलव ३० अङ्कले बढेर एक हजार आठ सय ७७ दशमलव ३२ मा पुगेको छ ।
मल खरिदका लागि भारत सरकारसँग सम्झौता भइसक्यो : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समयमै मल उपलब्ध गराउन भारत सरकारसँग मल खरिदको सम्झौता भइसकेको बताउनुभएको छ ।