नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मङ्गलबार) नेप्से परिसूचक ५१ दशमलव ३१ अङ्कले उकालो लागेर एक हजार नौ सय ४२ दशमलव ६३ मा पुगेको छ ।
राष्ट्रिय सभाबाट नीति तथा कार्यक्रम पारित
सरकारले सङ्घीय संसदमा पेस गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित भएको छ । मङ्गलबार राष्ट्रिय सभा बैठकले उक्त नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।
बुटवल उपमहानगरको एक वर्षे उपलब्धि सार्वजनिक
बुटवल उपमहानगरपालिकामा दोस्रो कार्यकालका लागि निर्वाचित भएर आउनुभएका जनप्रतिनिधिले कार्यभार सम्हाल्नुभएको मंगलबार एक वर्ष पूरा भएको अवसरमा ४९ बुँदे प्रगति विवरण सार्वजनिक गर्नुभएको छ ।
नीति तथा कार्यक्रमले देशका विद्यमान चुनौतीको समाधान गर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत नीति तथा कार्यक्रमले देशका विद्यमान चुनौतीको समाधान गर्ने बताउनुभएको छ ।
हुप्सेकोटमा पुग्यो बिजुली
नवलपरासीको हुप्सेकोट गाउँपालिकामा राष्ट्रिय प्रसारण लाइन विद्युत सेवा पुगेको छ । वडामा पहिलो पटक विद्धुत सेवा पुगेपछि स्थानीय खुसी छन् ।
प्रदेश सरकारलाई विशेष अधिकार दिन अर्थमन्त्रीलाई सुदूरपश्चिम प्रदेशको ज्ञापनपत्र
सुदूरपश्चिम प्रदेश सरकारले सङ्घीय अर्थमन्त्री डा.प्रकाशशरण महतलाई प्रदेश सरकारलाई स्रोत परिचालनमा विशेष अधिकार दिन माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।
गणतन्त्रले नेपालमा छोरीलाई पनि राष्ट्र प्रमुख बन्न सम्भव तुल्यायो : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै जनताको जीवन रूपान्तरणमा लाग्नु राजनीतिक र सञ्चार क्षेत्रको साझा दायित्व भएको बताउनुभएको छ ।
दिगो व्यवस्थापन गर्न सके वनबाट १३ लाख प्रत्यक्ष रोजगारी : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वन क्षेत्रको दिगो व्यवस्थापन गर्न सके वार्षिक १३ लाख जनसङ्ख्याले प्रत्यक्ष रोजगार पाउन सक्ने बताउनुभएको छ ।
राष्ट्रिय सभा बैठक (प्रत्यक्ष प्रसारण)
आजको बैठकमा राष्ट्रपतिबाट सङ्घीय संसदको दुबै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनमा उल्लिखित आर्थिक वर्ष २०८०/०८१ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने छ ।
नेपालमा अमेरिकी हस्तक्षेप बढ्यो : प्रवक्ता पौडेल
राष्ट्रिय जनमोर्चाकी प्रवक्ता दुर्गा पौडेलले नेपालमा अमेरिकी हस्तक्षेप बढेको बताउनुभएको छ । पहिले भारतबाट वा राजनीतिक दलका माध्यमबाट अदृश्य रूपमा हुने हस्तक्षेप एमसीसी संसदबाट अनुमोदनपछि पछिल्लो समय सिधै हुने गरेको बताउनुभएको हो ।
राप्रपा नेपालको केन्द्रीय कार्यसमिति बैठक बस्दै
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय कार्यसमिति र जिल्ला अध्यक्षको संयुक्त विस्तारित बैठक आज दिउँसो काठमाडौँमा बस्ने भएको छ ।
दुवै खुट्टा गुमाएका सगरमाथा आरोहीलाई विमानस्थलमा स्वागत
घुँडासम्म दुवै खुट्टा गुमाएका सगरमाथा आरोही हरिबहादुर बुढालाई आज त्रिभुवन विमानस्थलमा स्वागत गरिएको छ ।
काठमाडौंमा बैङ्किङ कसुर र आर्थिक अपराधमा धेरै मुद्दा दर्ता
मुलुकको सङ्घीय राजधानी काठमाडौंमा बैङ्किङ कसुर र आर्थिक अपराधमा पाँच हजार ३१२ मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार चालु आर्थिक वर्षमा काठमाडौंमा आर्थिक अपराध र बैङ्किङ कसुरमा सबैभन्दा बढी मुद्दा दर्ता भएका हुन् ।
निलगिरि जलविद्युत आयोजनाको ८० प्रतिशत निर्माण सम्पन्न
म्याग्दीको अन्नपूर्ण गाउँपालिका -४ नारच्याङमा निर्माणाधीन निलगिरि जलविद्युत आयोजनाको करिब ८० प्रतिशत निर्माण सम्पन्न भएको छ ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा मङ्गलबार बिहान ११ बजेबाट बैठक सुरु भएको हो ।
सगरमाथा आरोही शेर्पालाई आइएफआरसीका महासचिव चापागाईँद्वारा बधाई
सोलुखुम्बु सोलुदूधकुण्ड नगरपालिका–१ टैकुब निवासी मिङमार शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ ।
भक्तपुर अस्पताल सर्वोत्कृष्ट
भक्तपुर अस्पताल यस वर्ष सर्वोत्कृष्ट अस्पताल बन्न सफल भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको न्यूनतम सेवा मापदण्डमा सेवा प्रवाहको अवस्था मूल्याङ्कनमा भक्तपुर अस्पताल देशकै सर्वोत्कृष्ट अस्पताल बनेको हो । स्वास्थ्य मन्त्रालयको सरकारी मूल्याङ्कन टोलीले गरेको मूल्याङ्कन अनुसार भक्तपुर अस्पतालले सबैभन्दा धेरै ९७ अङ्क प्राप्त गरी देशभरका अस्पतालमध्ये सर्वोत्कृष्ट अस्पताल बन्न सफल भएको छ ।
विशेषज्ञ खटाइदिन महालेखालाई पत्राचार
राजनीतिक दलको लेखापरीक्षण जाँचबुझ गर्न निर्वाचन आयोगले महालेखा परीक्षकको कार्यालयलाई विशेषज्ञ कर्मचारी पठाइदिन पत्राचार गरेको छ। राजनीतिक दलले बुझाएको आयव्ययको विवरणसहितको लेखापरीक्षण प्रतिवेदनमा शङ्का लागेपछि आयोगले विशेष कर्मचारीबाट लेखापरीक्षण गराउने निर्णय गरेको थियो।
चिकित्सा ऐनमा पूर्णता आवश्यक
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चिकित्सा क्षेत्रका समस्या समाधान गर्ने गरी चिकित्सा शिक्षा ऐनलाई पूर्णता दिनुपर्ने बताउनुभएको छ। चिकित्सा शिक्षा आयोगको सोमबार बसेको ११ औँ बैठकमा प्रधानमन्त्री प्रचण्डले चिकित्सा क्षेत्रलाई सुधार गर्न चिकित्सा ऐनलाई पूर्णता दिन अत्यावश्यक रहेको बताउनुभयो। उहाँले चिकित्सा क्षेत्रमा हालसम्मका विभिन्न अनुभवको समीक्षाका आधारमा नयाँ संश्लेषणमा पुग्नु जरुरी रहेको बताउनुभयो। उहाँले देशको आर्थिक, राजनीतिक, सामाजिक तथा सांस्कृतिक पक्षको समग्र अवस्थाको प्रतिविम्ब सबै क्षेत्रमा परेको भन्दै स्वास्थ्य क्षेत्र पनि देशको समग्र अवस्थाको एउटा हिस्सा रहेको बताउनुभयो।
नख्खु–भैँसेपाटी–चुनीखेल सडकखण्ड : जेठभित्र काम सक्न निर्देशन
सम्बन्धित निकाय र निर्माण कम्पनीको लापरबाहीका कारण वर्षौंदेखि अलपत्र बनेका सडकको उदाहरण खोज्न अन्त जानै पर्दैन। उपत्यकाका अति विशिष्ट व्यक्ति दिनहुँजसो ओहोरदोहोर गर्ने केही सडकको अवस्था हेरे पुग्छ । ललितपुरको नख्खु–भैँसेपाटी–चुनीखेल साढे तीन किलोमिटरको सडकखण्ड चौडा र कालोपत्रे गर्ने गरी सम्झौता भएको छ वर्ष पुग्न लाग्दा पनि अहिलेसम्म काम सम्पन्न हुन सकेको छैन ।
अत्यधिक दोहनले जैविक विविधतामा ह्रास
जडीबुटी खेतीको अनुसन्धान, व्यावसायिक उत्पादन, विस्तार प्रशोधन र बजारीकरणलाई प्रोत्साहन गरिने भएको छ । सरकारको आगामी नीति तथा कार्यक्रममार्फत यस्तो प्रतिबद्धता व्यक्त गरिएको हो । जडीबुटीको व्यावसायिक उत्पादनका लागि वन विनाश नहुने गरी वन क्षेत्र भाडामा उपलब्ध गराउने, जडीबुटी प्रशोधन प्रयोगशालाको सुदृढीकरण गर्दै निकासी प्रवर्धन गर्ने, दुर्लभ, लोपोन्मुख, रैथाने तथा अन्य महत्त्वपूर्ण वनस्पतिको संरक्षण गर्ने, दुर्लभ तथा लोपोन्मुख वन्यजन्तु संरक्षणका लागि घाँसे मैदान र सिमसार क्षेत्रको संरक्षण तथा व्यवस्थापन गरी स्वस्थ पारिस्थितिकीय प्रणालीको विकास गर्ने प्रतिबद्धता नीति तथा कार्यक्रममार्फत व्यक्त गरिएको छ ।
राज्यविरुद्ध कसुर, सङ्गठित अपराध र ठगीमा मुद्दा चलाउन माग
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने प्रकरणमा नेपाल प्रहरीले ३० जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ। अनुसन्धान पूरा गरी काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयमा सोमबार बुझाएको रायसहितको प्रतिवेदनमा प्रहरीले त्यस्तोसिफारिस गरेको हो।
सेवा प्रवाह र सुशासनमा सकारात्मक कार्य
विसं २०७२ मा संविधान जारी भएपछिको दोस्रो कार्यकालका लागि तीन वटै तहका सरकारले काम गरिरहेका छन्। तीमध्ये स्थानीय तहको सरकारको दोस्रो कार्यकालको एक वर्ष पूरा भएको छ। सङ्घीय र प्रदेश सरकारले भने दोस्रो कार्यकालको पहिलो वर्षमा नै काम गरिरहेका छन्।
बुधबारे हटियामा नगरपालिकाले चलायो डोजर
बिर्तामोड नगरपालिकाले बुधबारे हटियाका टहरामा डोजर चलाएको छ । नगरपालिकाले १ बिगाह २ कठ्ठा क्षेत्रमा रहेका करिब दुई सय वटा टहरा हटाउन सुरु भएको हो । नगरपालिकाले पूर्वपट्टिबाट टहरा हटाउन सुरु गरेको छ ।