बबरमहलको प्रबलीकरण सकियो
विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त बबरमहल भवनको प्रबलीकरण सकिएको छ । दुई वर्षभित्र प्रबलीकरण सम्पन्न गर्ने गरी निर्माण सम्झौता भए पनि चार वर्षमा काम सम्पन्न भएको हो । यसका लागि करिब एक अर्ब रुपियाँ लागेको छ । प्रबलीकरण गरिएको बबरमहल अब आठ रेक्टर स्केलसम्मको भूकम्प थेग्ने क्षमताको भएको सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) का प्रमुख कोषनाथ अधिकारीले बताउनुभयो ।
खानेपानी उपभोक्ता समितिको निर्वाचन तय
लामो समयदेखि निर्वाचन हुन नसकेको तानसेन खानेपानी उपभोक्ता समितिको पुस १४ गते निर्वाचन हुने भएको छ । तानसेनमा खानेपानीको व्यवस्थापन गर्न समिति बनाउन निर्वाचन गर्न लागिएको प्रमुख निर्वाचन अधिकृत दुर्गावहादुर थापाले जानकारी दिनुभयो ।
बालबालिकामा लागूऔषधको लत बढ्दै
दैनिक रुपमा बालबालिकामा लागूऔषधको लत बढ्न थालेको देखिएको छ । ज्योतिर्मय सामाजिक अभियान इलामले आयोजना गरेको लागूपदार्थ रोकथाम तथा नियन्त्रणसम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागीले कम्तिमा १२ वर्षकै उमेरदेखि चुरोट, खैनी र गाँजाको लत बसेको पाइएको बताएका छन् ।
गोरु चराउन गएका चन्द्र मृत फेला
स्याङ्जाको विरुवा गाउँपालिका –२ का चन्द्रबहादुर राना मृत अवस्थामा फेला पर्नुभएको छ । विहीवार गोरु चराउन जानुभएका ३९ बर्षीय राना स्थानीय मौवाघारी जंगलमा मृत अवस्थामा फेला पर्नुभएको प्रहरीले जनाएको छ ।
फुलमायाको जीवनरक्षाको आग्रह
गुल्मीको मदाने गाउँपालिका –७, भनभने टिमुरखर्क मोठकी २२ वर्षीय फुलमाया सुनारको गत असार महिनामा दायाँ स्तनमा समस्या आयो । अहिले भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत उहाँको आर्थिक अवस्था कमजोर भएकाले सहयोगको अपिल गरिएको परिवारका सदस्यले बताउनुभएको छ ।
देउसी–भैलीको रकमले पर्खाल निर्माण
बाँकेको खजुरा गाउँपालिका –७ मनकामनामा रहेको दुर्गा– कालिका तथा शिव मन्दिरको जग्गा संरक्षणका लागि देउसी–भैली खेलेर संकलन गरेको रकमले पर्खाल निर्माण गरिएको छ ।
मध्यपहाडी लोकमार्ग विस्तारको बाटो खुल्यो
मध्यपहाडी (पुष्पलाल) लोकमार्गमा पर्ने घरटहरा भत्काइएको छ । लामो समयदेखि सम्पन्न हुन नसकेको मध्यपहाडी (पुष्पलाल) लोकमार्गको बागलुङ खण्डको अछेते बजारमा लोकमार्ग विस्तारसँगै कालोपत्र गर्नका लागि घरटहरा भत्काइएको हो । क्षतिपूर्ती दिएर घर टहरा भत्काएपछि लोकमार्गको कालोपत्र गर्ने बाटो खुलेको छ ।
नेपाल र श्रीलंकाबीचको सम्बन्ध अझ बलियो हुनुपर्छ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलसँग श्रीलंकाका विदेशमन्त्री मोहम्मद उवैस मोहम्मद अली साब्रीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
घर बनाइदिन आग्रह गर्दै बादी समुदायद्वारा ज्ञापनपत्र
बाँकेका घरबासविहीन बादी समुदायले लुम्बिनी प्रदेससभा सदस्यसमक्ष आफ्नो घर बनाइदिन आग्रह गर्दै ज्ञापनपत्र पेस गरेका छन् ।
६० प्रतिशतभन्दा बढी अन्तर्राष्ट्रिय सङ्गठित अपराध समूह संलग्न
विश्वमै दुर्लभ मानिएका वनस्पति, जडीबुटी र वन्यजन्तुको अवैध ओसारपसार तथा तस्करीका घटनाहरुमा ६० प्रतिशतभन्दा बढी अन्तर्राष्ट्रिय सङ्गठित अपराध समूहको संलग्नता देखिएको छ ।
चुरे क्षेत्रका स्थलगत निरीक्षण गर्दै प्राकृतिक स्रोत समिति
मधेश प्रदेशका प्राकृतिक स्रोत तथा वातावरण समितिले धनगढीमाई नगरपालिका १२ र १३ नम्बर वडामा पर्ने चुरे क्षेत्र सर्रे अम्बासको स्थलगत निरीक्षण गरेकोछ ।
११५ जाति अल्पसङ्ख्यकको सूचीमा
राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि मन्त्रीपरिषद्ले ११५ जातिलाई अल्पसङ्ख्यकको सूचीमा राखेको छ । यसअघि अल्पसङ्ख्यकको सूचीमा ९८ जातजाति थिए । मन्त्रीपरिषद्को बिहीबारको बैठकले गृह मन्त्रालयको सिफारिसबमोजिम ०.५ प्रतिशतभन्दा कम जनसङ्ख्या रहेका जातजातिलाई अल्पसङ्ख्यकका रूपमा तोक्ने निर्णय गरेको छ । गृह मन्त्रालयको सिफारिसमा मन्त्रीपरिषद्ले अल्पसङ्ख्यक जातजाति तोक्ने व्यवस्था छ । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले अल्पसङ्ख्यकमा सूचीकृत हुने जातजातिको विवरण राजपत्रमा प्रकाशित भएपछि सार्वजनिक हुने बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिय जनगणना २०७८ अनुसार कुल जनसङ्ख्याको ०.५ प्रतिशतभन्दा कम रहेका ११५ जातजातिलाई अल्पसङ्ख्यक सूचीमा राख्न सिफारिस गरिएको थियो ।”
महाशक्तिसँग सन्धिमा हस्ताक्षर गर्नु गौरवको विषय : परराष्ट्रमन्त्री साउद
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले संयुक्त अधिराज्यसँग नेपालले एक सय वर्षअघि गरेको मैत्रीसन्धि विगतमा गरिएको बलियो अन्तर्राष्ट्रिय संयन्त्र भएको बताउनु भएको छ ।
गठबन्धन सरकार सफल छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, सामाजिक न्याय, विकास निर्माणको क्षेत्रमा भएका कामले सरकारको एक वर्षे अवधि सफल रहेको बताउनुभएको छ।
मधेश नेपाली कांग्रेसको आधारभूमि हो : प्रवक्ता डा. महत
नेपाली कांग्रेसका प्रवक्ता एवम् अर्थमन्त्री डा. प्रकाशशरण महतले मधेश प्रदेश नेपाली कांग्रेसको आधारभूमि भएको बताउनुभएको छ।
मन्त्रिपरिषद् बैठक : राष्ट्रिय बालबालिका नीति स्वीकृत
सरकारले सामाजिक समितिबाट पेस भएको राष्ट्रिय बालबालिका नीति, २०७९ स्वीकृत गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त नीति स्वीकृत गर्ने निर्णय गरेको हो।
वैदेशिक रोजगारीमा जानेका लागि आप्रवासी स्रोत केन्द्र
आफ्नो जीविकोपार्जनका लागि देश छाडी वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या पाल्पामा बढ्न थालेपछि त्यहाँको समस्या र चुनौती सहजकीरण गर्न तानसेन नगरपालिकाले पहरेदारको भूमिका थालेको छ ।
राष्ट्रपतिको उपस्थितिमा सर्वोच्चका नवनियुक्त न्यायाधीशको शपथ
राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सर्वोच्च अदालतका ६ जना न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।
नर्स कार्यक्रमको योजना तर्जुमा सम्पन्न
नेपालगन्जमा लुम्बिनी प्रदेशका तीन जिल्लाका विद्यालय नर्स कार्यक्रमको समीक्षा तथा योजना तर्जुमा सम्पन्न भएको छ ।
योजना सम्झौता भएपछि गाउँवासी उत्साहित
देश सङ्घीय संरचनामा गएपछि योजना सम्झौता गाउँमै गर्न पाएपछि स्थानीय उत्साहित भएका छन् । नागरिकको स्वास्थ्य, शिक्षालगायतका आधारभूत आवश्यकता परिपूर्तिका लागि स्थानीय तहको भूमिका प्रभावकारी बन्दैगएको छ ।
जबरजस्ती गरेको आरोपमा युवक पक्राउ
रामेछापमा विद्यालयबाट घर फर्किदै गरेकी एक किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
बहुउद्देश्यीय पार्क निर्माण योजना अलपत्र
दाङमा गुरुयोजनाअनुसार काम अघि बढ्न नसक्दा ६ करोडभन्दा बढी लागतमा निर्माण गर्ने भनिएको बहुउद्देश्यीय पार्क अलपत्र परेको छ । घोराही उपमहानगरपालिका –१३ स्थित धार्मिकस्थल बाह्रकुने दहलाई विकास गर्दै जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा अघि बढाउनेगरी गुरुयोजना निर्माण गरिएको थियो ।
तीन समितिबिच तानातान
दूरसञ्चार सेवा प्रदायक एनसेलको सेयर बिक्री प्रकरणमा प्रतिनिधि सभामा तीन समिति प्रवेश गरेसँगै क्षेत्राधिकारको विवाद बल्झिएको छ । सेयर खरिद बिक्री प्रकरणमा सभाका अर्थ, सार्वजनिक लेखा र विकास तथा प्रविधि समितिले हात हालेका छन् । आआफ्नो अधिकार क्षेत्र भएको दाबीसहित तीन समितिले छलफल थालेपछि क्षेत्राधिकार विवाद देखिएको हो । एनसेल विवाद तीन समितिले तानातान गर्दा सूचना प्रविधिको अधिकार क्षेत्र पाएका शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति भने बेखबर छ ।
‘उदयपुर सिमेन्ट कारखाना पुनः सञ्चालनको सम्भावना’
अर्थमन्त्री डा. प्रकाशशरण महतले उदयपुर सिमेन्ट कारखाना पुनः सञ्चालनको सम्भावना रहेको बताउनुभएको छ । कारखाना र त्यसले प्रयोगमा ल्याएको खानीको बुधबार निरीक्षण गर्दै उहाँले सामूहिक प्रयासबाट पुनः सञ्चालन गर्न सक्ने अवस्था रहेको बताउनुभएको हो । सरकारले अनुदान दिएर मात्र उदयपुर सिमेन्टको समाधान ननिस्कने भएकाले व्यवस्थापन र श्रमिकले जिम्मेवारीबोध गर्नुपर्ने अर्थमन्त्री डा. महतको भनाइ थियो । “कसले जिम्मेवारीबोध नगर्दा यो अवस्था सिर्जना भयो ? यसको हामी सबैले मूल्याङ्कन र विश्लेषण गरौँ,” उहाँले भन्नुभयो, “विगतबाट पाठ सिकेर आफूलाई परिवर्तन गर्नु पर्छ ।” निजी क्षेत्रले सबै जोखिम आफूले लिएर नाफा कमाउन सक्ने तर उदयपुर सिमेन्टले भने सञ्चालन खर्चको दायित्व पूरा गर्न नसकेकामा उहाँको गुनासो थियो ।