अन्तःशुल्क नीति घोटालाको आरोपमा दिल्लीका मुख्यमन्त्री पक्राउ
भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ पर्नुभएको छ । सन् २०२१ मा भएको अन्तःशुल्क नीति घोटालामा आर्थिक अनियमितताको आरोपमा केजरीवाल पक्राउ गरिएको हो ।
राष्ट्रसङ्घीय सुरक्षा परिषदमा गाजा युद्धविरामबारे मतदान हुँदै
गाजामा युद्धविरामका लागि पटक–पटक गरिएको आह्वानलाई अवरुद्ध गर्दै आएको संयुक्त राज्य अमेरिकाले ‘तत्काल युद्धविराम’ को आवश्यकताबारे शुक्रबार संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषदमा प्रस्तावको मस्यौदा पेश गर्ने भएको छ ।
डुङ्गा दुर्घटना : थप ६ जना रोहिङ्ग्या शरणार्थीको सकुशल उद्धार
इन्डोनेसियाको समुद्रमा डुङ्गा पल्टेपछि पानीमा अलपत्र परिरहेका थप छ जनासहित कूल ७५ जनालाई सकुशल उद्धार गरिएको शुक्रबार इन्डोनेसियाली उद्धारकर्ताहरूले जनाएका छन् ।
भारतीय प्रधानमन्त्री मोदी भुटान प्रस्थान
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भुटानको दुईदिने राजकीय भ्रमणका लागि शुक्रबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ । भ्रमणको क्रममा प्रधानमन्त्री मोदीले भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुक र उहाँका समकक्षी छिरिङ तोब्गेसँग भेटवार्ता गर्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
रुसद्वारा किएभमा ३१ क्षेप्यास्त्र प्रहार, १३ जना घाइते
रुसले ४४ दिनपछि युक्रेनको राजधानी किएभमा बिहीबार बिहान ३१ ब्यालिस्टिक र क्रुज क्षेप्यास्त्र प्रहार गरेको अधिकारीहरूले बताएका छन् । वायु सेनाले मिसाइलहरू खसाए पनि घटनामा एक बालिकासहित १३ जना घाइते भएका छन् ।
भियतनामको कार्यवाहक राष्ट्रपतिमा जुआन नियुक्त
बिहीबार भियतनामका उपराष्ट्रपति भो थि एन्ह जुआनलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । भियतनामका राष्ट्रपति भो भान थुहाङले राजीनामा दिएको एक दिनपछि जुहानलाई कार्यबाहक राष्ट्रपति बनाइएको हो ।
रफाहमा आक्रमणको तयारी गर्दै इजरायल
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजाको दक्षिणी शहर रफाहमा आक्रमणको तयारी भइरहेको बताउनुभएको छ । तयारी भइरहे पनि आक्रमण सुरु गर्न केही समय लाग्ने बताउनु भयो ।
इजरायली आक्रमणमा परी तीन प्यालेस्टाइनीको मृत्यु
उत्तरी वेस्ट बैंकको जेनिन शरणार्थी शिविरमा रहेको एउटा गाडीमा इजरायली हवाई हमलामा बुधबार तीन प्यालेस्टाइनीको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।
ओलम्पिक रोमान्स : खेलाडीलाई कन्डम निःशुल्क
पेरिस ओलम्पिक आयोजकहरूले यस वर्ष प्रेमको सहरमा हुने खेलहरूमा रोमान्टिक हुन चाहने खेलाडीहरूलाई दुई लाख २० हजार कन्डम वितरण गर्ने भएका छन् ।
अस्ट्रेलियाको वातावरण अस्वस्थकर
सन् २०२३ मा अस्ट्रेलियाको वातावरण स्वास्थ्यकर नरहेको प्रतिवेदन सार्वजनिक भएको छ । सन् २०२३ मा कम वर्षा र खतरामा परेका प्रजातिहरूको सङ्ख्यामा वृद्धिमा पनि गिरावट आएको एक रिपोर्टले जनाएको छ ।
‘साउथ चाइना सी’ मा हस्तक्षेप गर्ने अधिकार अमेरिकालाई नभएको चीनको भनाइ
‘साउथ चाइना सी’मा हस्तक्षेप गर्ने अधिकार अमेरिकालाई नभएको चीनले मङ्गलबार बताएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले विवादित जलमार्गमा भएको सशस्त्र आक्रमणविरुद्ध फिलिपिन्सको रक्षा गर्ने आफ्नो प्रतिबद्धतामा वासिङ्टन अडिग रहेको बताएपछि चीनको उक्त भनाइ आएको हो ।
ऋणात्मक ब्याजदर अन्त्य गरिएको ‘बैङ्क अफ जापान’ को घोषणा
‘बैङ्क अफ जापान’ले ऐतिहासिक नीतिगत सुधारमा ऋणात्मक ब्याजदर अन्त्य गरेको छ । बैङ्कले मङ्गलबार १७ वर्षमा पहिलो पटक ब्याजदर वृद्धिमा आफ्नो नकारात्मक ब्याजदर नीति अन्त्य गर्ने निर्णय गरेको हो ।
केन्यामा बस दुर्घटना ११ विद्यार्थीको मृत्यु, ४२ जना घाइते
केन्याली विश्वविद्यालयका विद्यार्थी चढेको एउटा बस भारी वर्षाका कारण चिप्लिएर व्यस्त राजमार्गमा ट्रकसँग ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै ४२ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
गाजाको ‘शतप्रतिशत’ जनसङ्ख्या ‘गम्भीर खाद्य असुरक्षाको अवस्थामा’
गाजाको सम्पूर्ण जनसङ्ख्याले ‘गम्भीर स्तरको खाद्य असुरक्षा’ को सामना गरिरहेको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले मङ्गलबार बताउनुभएको छ ।
अस्ट्रेलियामा आँधीका कारण सात सय जना अलपत्र
अस्ट्रेलियाको सुदूर उत्तरी क्षेत्रमा मङ्गलबार आएको उष्ण कटिबन्धीय चक्रवातका कारण करिब सात सय जना व्यक्ति अलपत्र परेका छन् ।
म्यान्मामा हवाई आक्रमणमा २० सर्वसाधारणको मृत्यु
म्यान्मारको रखाइन प्रान्तका ग्रामिण इलाकामा जारी हवाई आक्रमणबाट आफू ‘चिन्तित’ भएको संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले बताउनुभएको छ ।
बिम्स्टेक सार्कको प्रतिस्थापन हुन सक्दैन : परराष्ट्रमन्त्री
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बिम्स्टेकले सार्कलाई प्रतिस्थापन नगर्ने बताउनुभएको छ ।
एडिबीद्वारा श्रीलङ्कालाई १० करोड डलर ऋण
एसियाली विकास बैंक (एडिबी) ले सोमबार श्रीलङ्काका साना तथा मझौला उद्यमहरू (एसएमई) लाई वित्तमा थप पहुँच प्राप्त गर्न र आर्थिक सङ्कट तथा जलवायु परिवर्तनजस्ता बाह्य झट्काहरूसँग लचिलोपन बनाउन १० करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको छ ।
इजरायलद्वारा गाजाको अल–शिफा अस्पतालमा सैन्य अभियान सुरु
इजरायली सेनाले गाजाको अल–शिफा अस्पतालको सीमित क्षेत्रभित्र लक्षित अभियान सुरु गरेको छ । गुप्तचर जानकारीलाई उद्धृत गर्दै सेनाले इजरायलविरुद्धको हमलाको समन्वयका लागि सुविधा उपयोग गर्ने वरिष्ठ हमास कार्यकर्ताहरू उक्त अस्पतालमा रहेको सङ्केत दिएको छ ।
रुसलाई धम्क्याउन नसकिने पुटिनको भनाइ
रुसी नेता भ्लादिमिर पुटिनले चुनावी जितको प्रशंसा गर्दै रुस ‘धम्कीबाट डराउन नहुने’ बताउनुभएको छ । निर्वाचनले पूर्व जासुस पुटिनका लागि दुई सय वर्षभन्दा अधिक समयमा सबैभन्दा लामो समय सेवा गर्ने रुसी नेता बन्न मार्ग प्रशस्त गरेको छ ।
अडानी समूहले कुल लगानीको ७० प्रतिशत हरित ऊर्जामा लगानी गर्ने
भारतको अडानी समूहले आफ्नो कुल लगानीको ७० प्रतिशतभन्दा धेरै हरित ऊर्जामा लगानी गर्ने अपेक्षा गरिएको स्रोतहरूले बताएका छन् । यसमा नवीकरणीय ऊर्जा, हरित हाइड्रोजन र हरित निकासी प्रसारण लाइन समावेश छ ।
चीनको सम्पत्ति विकास लगानी पहिलो दुई महिनामा नौ प्रतिशतले गिरावट
चीनको सम्पत्ति विकासमा लगानी सन् २०२४ को पहिलो दुई महिनामा वार्षिक आधारमा नौ प्रतिशतले घटेर ११ खर्ब ८४ अर्ब २० करोड युआन (करिब एक खर्ब ६७ अर्ब अमेरिकी डलर) भएको राष्ट्रिय तथ्याङ्क विभाग (एनबिएस) ले सोमबार बताएको छ ।
चीनका विदेशमन्त्री वाङद्वारा न्युजिल्यान्डको भ्रमण
चीनका विदेशमन्त्री वाङ यीले सोमबार न्युजिल्यान्डको दुर्लभ भ्रमण गर्नुभएको छ । भ्रमणका क्रममा उहाँले ’अस्तव्यस्त अन्तर्राष्ट्रिय परिस्थिति’ को सामना गर्दै ‘मित्रहरू’ सँग काम गर्ने आवश्यकतामा जोड दिनुभएको छ ।
इजराइली सैनिकले गाजामा योजनाबद्ध स्थल आक्रमण गर्ने
इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले इजराइली सैनिकले दक्षिणी गाजाको रफामा योजनाबद्ध स्थल आक्रमण गर्ने आइतबार बताउनुभएको छ । यसबाट ठूलो मात्रामा नागरिक हताहत हुने आशङ्का बढेको छ ।