मन्त्री बडूद्वारा समकक्षी भारतीय र बंगलादेशका वाणिज्य मन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता
स्विजरल्याण्डको जेनेभामा जारी विश्व व्यापार संगठनको १२औं मन्त्रीस्तरीय सम्मेलनमा सहभागी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले समकक्षी भारतीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयल र बंगलादेशका वाणिज्य मन्त्री टिपु मुन्सीसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ।
आन्ध्र प्रदेशमा ३ बालबालिकासहित पाँच जनाको मृत्यु
अल्लुरी सीताराम राजु जिल्लामा सोमबार यात्रु बोकेको एक निजी बस पल्टिँदा तीन बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ ।
चीनमा राष्ट्रिय उर्जा बचत सप्ताह
चीनमा सोमबारदेखि राष्ट्रिय उर्जा बचत सप्ताह सुरु भएको छ । उर्जाको महत्व, आवश्यकता, अवस्था र वचत गर्नुपर्ने कारणहरुका बारेमा जानकारी दिन वार्षिक कार्यक्रम स्वरुप उर्जा सप्ताह सुरु गरिएको हो ।
सिकागोमा गोली प्रहार गरी पाँचको मृत्यु, १६ घाइते
अमेरिकामा पछिल्लो समय लगातार एकपछि अर्को गोली प्रहारको घटना भएका छन् ।
राष्ट्रपति बाइडेनको भ्रमण अघि प्यालेस्टाइनी राष्ट्रपतिले वरिष्ठ अमेरिकी अधिकारी भेट्दै
रमल्लाह [प्यालेस्टाइन], जेठ, २९ गते । प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बासले शनिबार अमेरिकी राष्ट्रपति जो बाइडेनको अपेक्षित भ्रमण अघि वेस्ट बैंकको रामल्लाह शहरमा भ्रमणरत अमेरिकी वरिष्ठ कूटनीतिज्ञहरूसँग भेटवार्ता गरेका छन् । भेटका क्रममा अब्बासले निकट पूर्वी मामिलाका लागि अमेरिकी सहायक विदेशमन्त्री बारबरा लीफ र इजरायली र प्यालेस्टाइन मामिलाका लागि उपसहायक सचिव हेडी अमरलाई प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन (पीएलओ) लाई आतङ्कवादको सूचीबाट हटाउँन र अमेरिकी वाणिज्य दूतावास पुन: खोल्न आग्रह गरेको बताइएको छ। अब्बासले पीएलओ पूर्ण शान्ति साझेदार हो र अमेरिकाले इजरायलसँग प्रायोजित शान्ति सम्झौताको एक शृङ्खलामा हस्ताक्षर गरेको बताएको प्यालेस्टिनी समाचार एजेन्सी वाफाले रिपोर्ट गरेको छ। अब्बासले अमेरिकी पक्षलाई वाशिङ्गटनमा पीएलओका बन्द कार्यालयहरू पुन: खोल्नका लागि काम गर्न आग्रह गर्दै पीएलओ "शान्ति प्रक्रिया र सबै एकपक्षीय कार्यहरू रोक्न प्रतिबद्ध छ।" भनेका छन् । वाफाका अनुसार, कूटनीतिज्ञ लीफले संयुक्त राज्य अमेरिका दुई-राज्य समाधानको लागि प्रतिबद्ध रहेको र उनको प्रतिनिधिमण्डलको मिशन "अब्बासलाई भेट्न चाहने राष्ट्रपति जो बाइडेनको भ्रमणको लागि तयारी गर्नु हो" भनेको उल्लेख गरिएको छ । अमेरिकी प्रशासन उपयुक्त वातावरण सृजना गर्न र प्यालेस्टिनीहरू र यस क्षेत्रका सबै मानिसहरूलाई आशा दिन उत्सुक रहेको भनी लीफले बताएको समाचार एजेन्सीले जनाएको छ ।
उत्तर कोरियामा पहिलो महिला विदेशमन्त्री
उत्तर कोरियामा पहिलो पटक महिलालाई विदेशमन्त्रीमा नियुक्त गरिएको छ ।
अमेरिकाले अन्तर्राष्ट्रिय यात्रामा कोभिड परीक्षण प्रावधान हटायो
। संयुक्त राज्य अमेरिकाले अन्तर्राष्ट्रिय यात्रामा कोभिड–१९ को अनिवार्य परीक्षण गर्नुपर्ने प्रावधान हटाएको छ ।
पाकिस्तानको दिगो आर्थिक विकासका लागि ९० खर्ब ५० अर्बको बजेट
देशको दिगो एवम् समावेशी आर्थिक विकासका योजनालाई केन्द्रमा राखेर पाकिस्तानले आगामी वर्षका निम्ति ९० खर्ब ५० अर्बको बजेट सार्वजनिक गरेको छ ।
भारतमा थप सात हजार ५८४ नयाँ सङ्क्रमित
भारतमा बिहीबार मध्यराति अर्थात् २४ घण्टाको समयावधिमा थप सात हजार ५८४ कोरोना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।