यमनका विद्रोही र सरकारबीचको वार्ता सकारात्मक
यमनको सरकार र यहाँका हुथी विद्रोहीका बीचमा आइतबारबाट सुरु भएको दोस्रो चरणको वार्ता सकारात्मक रहेको समाचारमा जनाइएको छ ।
भारतमा कोरोनाबाट थप ४५ सय सङ्क्रमित, नौ को मृत्यु
भारतमा कोरोना भाइरसबाट थप ४५ सयभन्दा बढी सङ्क्रमित भएका छन् ।
भारतको उत्तराखण्डमा बस दुर्घटना, २५ जनाको मत्यु
भारतको उत्तराखण्डस्थित उत्तरकाशीमा आइतबार साँझ बस दुर्घटना हुँदा त्यसमा परेर कम्तीमा पनि २५ जनाको ज्यान गएको छ ।
अर्जेन्टिनामा कोरोनाबाट थप ४६ हजार सङ्क्रमित, ८४ को मृत्यु
अर्जेन्टिनामा पछिल्लो एक हप्तामा कोरोनाभाइरसबाट थप ४६ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो एक हप्तामा अर्जेन्टिनामा ४६ हजार ४५ जना नयाँ सङ्क्रमित भएका हुन् ।
काजकिस्तानका ७७ प्रतिशत जनता संविधान संशोधनको पक्षमा - सर्वेक्षण
काजकिस्तान, जेठ २३ गते । काजकिस्तानका झण्डै ७७ प्रतिशत मतदाता संविधान संशोधनको पक्षमा रहेको पाइएको छ । काजकिस्तानकै एक समाचार संस्थाले आइतबार सार्वजनिक गरेको विवरण अनुसार ७६.७ प्रतिशत मतदाता संविधान संशोधनको पक्षमा देखिएका हुन् । त्यसैगरी अरु २३.३ प्रतिशत मतदाता भने संविधान संशोधनको विपक्षमा उभिएको पनि विवरणमा उल्लेख गरिएको छ । मतदानबाट फर्किएकालाई सोधेर तयार पारिएको प्रतिवेदनले ठूलो सङ्ख्याका मतदाता संशोधनको पक्षमा रहेको देखाएको हो । सर्वेक्षणमा देशभरिबाट तीन लाख ५० हजार मतदाता सहभागी भएर उत्तर दिएको सर्वेक्षकहरूले जानकारी दिएका छन् । संविधान संशोधनसम्बन्धी जनमतको अन्तिम र औपचारिक परिणाम भने सार्वजनिक हुन बाँकी नै छ ।
बङ्गलादेशमा आगलागी ३८ को मृत्यु
रासस/एएफपी) बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्गाउँको सीताकुण्ड भन्ने स्थानमा रहेको एउटा ढुवानी कन्टेनर डिपोमा शनिबार भएको आगलागीमा परेर ज्यान गुमाउनेको सङ्ख्या ३८ पुगेको छ ।
भारतमाा एकदिनमा चार हजार २७० कोरोना सङ्क्रमित
नयाँदिल्ली, जेठ २२ गते । भारत शनिबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार २७० जना थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ । करिब तीन महिनापछि गत शुक्रबार भारतमा दैनिक कोरोना सङ्क्रमण ४ हजार नाघेको थियो । गत मार्च ११ मा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार १९४ पुगेको थियो । गत शुक्रबार चार हजार ४१ जनामा कोरोना सङ्क्रमण भएको थियो । त्यसपछि कोरोनाको सङ्क्रमितको सङ्ख्या घट्दै गएको थियो । हाल भारतमा कोरोनाका सक्रिय सङ्क्रमित सङ्ख्या २४ हजार ५२ रहेका छन् । यो भारतमा हाल सम्म भएका कोरोना सङ्क्रमितको १.०३ प्रतिशत भएको जनाइएको छ । शनिबार मध्यरातिसम्म अर्थात २४ घण्टाको समयावधीमा दुई हजार ६१९ जनालाई कोरोना निको भएपछि कोरोनाबाट मुक्त भएकाका कुल सङ्ख्या चार करोड २६ लाख २८ हजार ९३ पुगेको छ । अहिले कोरोना भाइरस मुक्ति दर ९८.७३ प्रतिशत रहेको छ । भारतमा कोरोना शुरुभएदेखि हालसम्म कुल ८५ करोड २६ लाख परीक्षण भएको छ । भारतमा सन् २०२१ जनवरीबाट राष्ट्रव्यापी खोप अभियान शुरु गरिएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ९३ करोड ५३ लाख ५८ हजार ८६५ हजार खोप लगाइएको छ ।
चीनद्वारा सोलोमन टापुमा सैन्य विस्तार
बेइजिङ [चीन], जेठ २२ गते । चीनले होनियारामा सैन्य आधार निर्माण गर्ने आफ्नो कुनै मनसाय नभएको दाबी गरे पनि गोप्य कागजातले सोलोमनमा आफ्नो सैन्य उपस्थितिलाई बलियो बनाउने चीनको मनसायको पर्दाफास गर्दै उल्टो चित्र चित्रण गरेको दाबी गरिएको छ । हालै लिक भएको गोप्य दस्तावेजले सो कुरा पुष्टि गरेको छ जुन चिनियाँ विदेश मामिला मन्त्री वाङ यीले दक्षिण प्रशान्त महासागरका आठ देशको भ्रमण गरेपछि बाहिर आएको हो । चिनियाँ विदेशमन्त्रीले दुई देशबीचको सम्झौताको उद्देश्य सोलोमन टापुलाई आफ्नो प्रहरी बलको कानून कार्यान्वयन गर्ने क्षमताको स्तरवृद्धि गर्न मद्दत गर्नु रहेको बताएका छन्। यसबाहेक, वाङले भने यो सम्झौताले "सोलोमन टापुहरूलाई यसको प्रहरी र कानून प्रवर्तन क्षमताहरू सुधार गर्न र सोलोमन टापुहरूलाई यसको सामाजिक सुरक्षालाई अझ राम्रोसँग सुरक्षित गर्न सहयोग गर्ने उद्देश्य राखेको छ।" यद्यपि, यो मुद्दाले अझै पनि अष्ट्रेलिया, साथै युरोप र अमेरिकामा चिन्ता बढाएको छ। सोलोमन टापु चीनको योजनाको पहिलो लक्ष्य होइन। यसअघि सन् २०१७ मा चीनले पूर्वी अफ्रिकी राष्ट्र जिबूतीमा आफ्नो पहिलो विदेशी बेस स्थापना गर्यो् र आफ्ना दुई प्रमुख सुरक्षा साझेदारहरू, रूस र पाकिस्तानसँग नियमित सैन्य तालिम आदानप्रदान गरेको ताइपेई टाइम्सले उल्लेख गरेको छ। विगत केही वर्षदेखि चीनले "सार्वजनिक सुरक्षा र प्रहरी आदानप्रदान" को नाममा अफ्रिका, मध्य र दक्षिण अमेरिका र दक्षिणपूर्वी एसियाका विकासोन्मुख देशहरूमा कानून प्रवर्तनलाई तालिम दिइरहेको छ। विकासशील देशहरूमा चिनियाँ अधिकारीहरूको उपस्थितिले यस क्षेत्रमा बेइजिङको प्रभाव र प्रवेशको पहुँच लाई पुष्टि गरेको ताइपेई टाइम्सले जनाएको छ। चीनले आफ्ना सेना र प्रहरी इकाइका सदस्यहरूलाई सल्लाहकारको रूपमा पठाउँने र "चिनियाँ विशेषताहरू सहितको कानून प्रवर्तन र सुरक्षा सहयोग" को अन्तरराष्ट्रिय प्रणाली स्थापना गर्ने बताएको छ । प्रकाशनका अनुसार दक्षिणपूर्वी एसिया, अफ्रिका र ल्याटिन अमेरिकामा चीनको उपस्थितिले उनीहरूको सुरक्षामा खतरा पैदा गर्छ र त्यसमा संलग्न देशहरूको सार्वभौमसत्तालाई खलल पुर्याटउँछ। चीनले विदेशी गुप्तचर भेला गर्न संलग्न उपकरणहरू पनि प्रयोग गर्न सक्छ जुन विश्वव्यापी लोकतन्त्रको उल्लङ्घन हो ।
पाकिस्तानमा ग्याँसको मूल्य ४५ प्रतिशत वृद्धि
पाकिस्तानमा एलपी ग्याँसको मूल्यमा भारी वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि भएकाले ग्याँसको पनि मूल्य वृद्धि गर्नु परेको पाकिस्तानका सरकारी अधिकारीहरुले जनाएका छन् ।