सरकारी अस्पतालमा अनुगमन
रौतहटको चन्द्रपुर नगरपालिका–५ मा रहेको सरकारी अस्पतालमा छजना स्वास्थ्यकर्मी बिना सूचना अनुपस्थित रहेको पाइएको छ ।
२४ सौं घण्टा आकस्मिक उपचारसहितको सेवा सञ्चालनको माग
धनुषाको ढल्केबरमा अस्पतालमा २४ सौं घण्टा आकस्मिक उपचारसहितको सेवा सञ्चालनमा ल्याउन माग गरिएको छ ।
नेपालमा कुल जनसङ्ख्याको २९ प्रतिशत धूमपानको लतमा
नेपालमा कुल जनसङ्ख्याको २९ प्रतिशत नागरिक धुमपान तथा सुर्ति सेवन गर्ने गर्दछन् । त्यस्तै पुरुषमा ४८ प्रतिशत र महिला १२ प्रतिशत छन् । यसमा चुरोट तथा सुर्तिजन्य र स्मोकलेस (गुट्का सुपारी) समेत पर्दछ ।
भेरी अस्पतालमा पहिलो पटक जोर्नी प्रत्यारोपण सेवा सुरु
सिराज खान नेपालगञ्ज, जेठ १७ गते । पश्चिम नेपालको स्वास्थ्य हब बन्दै गएको नेपालगञ्ज, कोहलपुर र खजुरामा रहेका विभिन्न स्वास्थ्य संस्थाले स्वास्थ्य उपचारमा दिनदिनै नयाँ नयाँ सेवा दिइरहेका छन् । पछिल्लो समयमा नेपालगञ्जस्थित भेरी अस्पतालमा पहिलोपटक जोर्नी प्रत्यारोपण सेवा सुरु गरेर जोर्नीसम्बन्धी रोगका विरामीका लागि महत्वपूर्ण उपचार शुरु गरिएको छ । पश्चिम नेपालका सबैभन्दा बढी बिरामीको उपचार गर्दै आएको सरकारी अस्पताल भेरी अस्पतालले एकपछि अर्को विशिष्टीकृत सेवा थप्दै गएकोमा हाल आएर जोर्नी प्रत्यारोपण सेवा पनि सुरु गरेको हो । यस क्षेत्रका बिरामीलाई जोर्नी प्रत्यारोपणका लागि भारतको लखनउ र काठमाडौं जानुपर्ने बाध्यता रहेकाले भेरी अस्पतालमा सो सेवा शुरु गरिएपछि उक्त बाध्यताको पनि अन्त भएको छ । बाँके खजुरा गाउँपालिकाका ४५ वर्षीय हनुमान यादवको बायाँतिरको हिपको पूर्ण प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेर जोर्नी प्रत्यारोपण सेवा सुरु गरिएको अस्पतालका अर्थोपेडिक सर्जन तथा पूर्व मेसु डा. प्रकाश थापाले जानकारी दिनुभयो । उहाँले मंगलबार विहान ८ बजेदेखि १० बजेसम्म करिब दुई घण्टा लगाएर सो सफल शल्यक्रिया गरिएको बताउनुभयो । डा. थापाका अनुसार भेरी अस्पतालमा यसखालको जटिल शल्यक्रिया पहिलोपटक गरिएको हो । अस्पतालको अर्थोपेडिक विभागका प्रमुख डा. तीर्थेन्द्र खड्काको नेतृत्वमा डा.ऋषि विष्ट, डा. प्रकाश थापा, डा. राहुल मिश्र, एनेस्थेसियोलोजिष्ट डा. पारस पाण्डेलगायतको टीम सो शल्यक्रियामा संलग्न रहेको भेरी अस्पतालका प्रमुख डा. वीरेन्द्रबहादुर चन्दले बताउनुभयो ।
“चुरोट छाड्ने १० मध्ये नौ जनालाई क्यान्सरबाट बचाउन सकिन्छ”
हरेक वर्ष सूर्तिजन्य सेवनबाट २७ हजार भन्दा बढी मानिसको ज्यान जाने गरेको एक अध्ययनले देखाएको छ । विश्व सूर्तिजन्य प्रदार्थरहितको दिवसको पूर्वसन्ध्यामा एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले हरेक वर्ष २७ हजार १३७ जनाको मृत्यु सूर्तिजन्य रोगबाट हुने गरेको जानकारी दिनुभएको हो । जुन सङ्ख्या नेपालको जम्मा मृत्युको करिब १५ प्रतिशत हो ।
सर्लाहीको बलरामा थप चारमा मलेरिया पुष्टि
सर्लाहीको बलरा नगरपालिकामा मलेरियाका थप चार जना बिरामी भेटिएका छन् । गाउँमा स्वास्थ्यकर्मी खटाएर रगत परीक्षण गर्दा चार जना बिरामी थपिएको जिल्ला स्वास्थ्य कार्यालय मलङ्गवाले जनाएको छ ।
भीरकोट बन्यो पूर्ण खोप सुनिश्चित नगरपालिका
अर्जुन काफ्ले स्याङ्जा, जेठ १६ गते । गण्डकी प्रदेशमै पहिलो बालमैत्री नगर घोषणा गर्न सफल भएको भीरकोट नगरपालिकाले पूर्ण खोप सुनिश्चित नगरपालिका बनेको छ । भीरकोट नगरपालिकालाई कोभिड–१९ विरूद्धको पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको हो । भीरकोट कोभिड १९ विरुद्धको पूर्ण खोप सुनिश्चित गर्ने स्याङ्जा जिल्लाको दोस्रो नगरपालिका हो । पुतलीबजार कोभिड–१९ को खोप सुनिश्चित भएको पहिलो नगरपालिका हो ।कोभिड–१९ विरूद्धको पूर्ण खोप सुनिश्चित कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै प्रमुख प्रशासकीय अधिकृत खुमलाल भूसालले कोभिड–१९ नियन्त्रणमा भीरकोट नगरपालिका र सरोकारवाला संघसंस्थाहरूले खेलेको भूमिका र सफलताको चर्चा गर्नुभएको थियो । कोभिड महामारीको समयमा नगरपालिकाले स्वास्थ्य सचेतना कार्यक्रम, क्वारेन्टाइनको व्यवस्थापन, तत्कालीन कालिका सामुदायिक अस्पतालमा आइसोलेसन कक्षको व्यवस्थापन, हप्तामा दुई दिन निःशुल्क पिसिआर र हप्तामा सातै दिन एन्टीजिन परीक्षण, राष्ट्रिय आविष्कार केन्द्रसँगको लागत साझेदारीमा मिनी अक्सिजन प्लान्ट स्थापनालगायतका विविध कार्यक्रम गरेर कोभिड १९ नियन्त्रणको प्रयास गरेको प्रशासकीय अधिकृत भुसालले बताउनुभायो । भीरकोटमा १२ वर्षमाथिका लक्षित जनसङ्ख्या १६ हजार ९९३ जना मध्ये ९५.८८ प्रतिशत अर्थात् १६ हजार २९३ जनाले कोभिडविरूद्धको खोप लगाएका छन् । लक्षित उमेर समूहका ९० प्रतिशत जनसङ्ख्याले कोभिडविरूद्धको खोप लगाएपछि स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गर्न सकिने व्यवस्था छ । भीरकोट नगरपालिका समग्र स्वास्थ्य सूचकका आधारमा हेर्दा गण्डकी प्रदेशका ८५ वटा स्थानीय तहमध्ये बाह्रौं स्थानमा रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख वसुन्धरा शर्माले बताउनुभयो । फेदीखोला गाउँपालिका बाहेक स्याङ्जा जिल्लाका १० वटै पालिका र पर्वत जिल्लाका कोभिड सङ्क्रमित बिरामीहरूलाई भीरकोटको नगर अस्पतालमा क्वारेन्टाइनमा राखिएको, खानपान र औषधोपचारको व्यवस्थापन नगरपालिकाले गरेको थियो ।
सुर्तीजन्य पदार्थरहित ललितपुर महानगर बनाउछाैँ –प्रमुख चिरिबाबु महर्जन
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जनताले दिएको भोट त्यतिकै खेर जान नदिने बताउनुभएको छ । विश्व सूर्तिजन्य प्रदार्थरहितको दिवसको पूर्वसन्ध्याँमा बोल्नुहुँ उहाँले जनताले दिएको भोटको खेर जान नदिने बताउनुभएको हो ।
पाँच जनामा सङ्क्रमण पुष्टि
पछिल्लो २४ घण्टामा पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार ५५३ जनाको पीसीआर परीक्षण गर्दा पाँच जनामा सङ्क्रमण पुष्टि भएको हो ।