नमुना विद्यालयकै नतिजा कमजोर
सरकारले नमुना घोषणा गरेर थप लगानी गरेको काठमाडौँका सामुदायिक विद्यालयका परीक्षार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा भने कमजोर प्रदर्शन गरेका छन् । एसईईमा काठमाडौँका सामुदायिक र संस्थागतसमेत जोड्दा विद्यालयको औसत नतिजा २.९३ जीपीए रहेको छ । जसमध्ये सामुदायिक विद्यालयको औसत जीपीए २.३२ तथा संस्थागत विद्यालयको ३.५ रहेको छ ।
पहुँचवालाको बलमा खोला पुरेर कल्भर्ट
दुई दशक अघिसम्म बर्खायाममा पानी परेपछि बढ्ने यज्ञमती र चखुँचा खोलाको पानीले काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१०, ११ र १२ कपनको फाँट सिञ्चित हुन्थ्यो। मध्य साउनमा रोपाइँ गर्न भ्याइनभ्याई हुन्थ्यो।
पहिले बेचियो बालुवा पछि खोलै बिक्री
काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–१० की सरिताकुमारी श्रेष्ठको बाल्यकाल चखुँचाखोला आसपासमै बित्यो । बर्खायाममा खोलाको सतह बढे पनि पानी पर्ने क्रम घट्दै गएपछि चखुँचाको पानीमा पौडी खेल्नेदेखि घरायसी प्रयोजनका लागि पनि प्रयोग गरिन्थ्यो ।
थामिँदै पराकम्पन, बढ्दै भूकम्प
पूर्वी तथा मध्य नेपालमा आइतबार ठूलो भूकम्पको धक्का महसुस गरिएको छ । खोटाङ केन्द्रबिन्दु भएर छ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । २०७२ सालपछि गएको यो ठूलो भूकम्प भएको केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले बताउनुभयो ।
मेटिए यज्ञमती र चखुँचाखोला
दुई दशक अघिसम्म खोला बग्ने ठाउँमा अहिले घरैघर छन्। तर बर्खायाम सुरु नहुँदै ती घरमा बस्ने बेचैन हुन्छन्। बर्खा लागेपछि घर भित्र–बाहिर गर्न नै समस्या हुन्छ। यो समस्या कुनै गाउँको होइन, सङ्घीय राजधानी रहेको काठमाडौँको काठमाडौँ महानगरपालिका र बूढानीलकण्ठ नगरपालिका क्षेत्रको हो। यी दुई स्थानीय तहलाई सिमाना बनाउने कपन क्षेत्रमा यज्ञमती र चखुँचाखोलामा मानव बस्ती पस्दा यो समस्या विकराल बनेको छ।
देशैभर जोडियो निःशुल्क इन्टरनेट
देशैभर उच्च गतिको इन्टरनेट पु-याउने परियोजना सम्पन्न भएको छ । ग्रामीण दूरसञ्चार विकास कोषको रकम उपयोग गरी सुरु गरिएको यो परियोजनाअनुसार असार मसान्तसम्म देशैभर सार्वजनिक निकायमा इन्टरनेट जडान सम्पन्न भएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।
विषादी परीक्षण सधैँको व्यथा
घटना गत जेठ अन्तिम साताको हो, देशकै ठूलो तरकारी बजार कालीमाटीमा मकवानपुरबाट ल्याइएको काउली परीक्षण गर्दा स्वास्थ्यका लागि घातक विषादी भेटियो । केन्द्रीय कृषि प्रयोगशालाअन्तर्गतको द्रुत विषादी अवशेष विश्लेषण प्रयोगशाला कालीमाटीमा काउली परीक्षण गर्दा विषादी रोकावट दर ९१ प्रतिशत भेटियो । विषादीको रोकावट दर ३५ प्रतिशतभन्दा बढी हुनुलाई खान अयोग्य मानिन्छ ।
प्रतिनिधि सभा कार्यकालबारे तीन तर्क
सरकार प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको मिति घोषणाको गृहकार्यमा छ । निर्वाचन आयोगले सरकारलाई मङ्सिर पहिलो साता एकै चरणमा चुनाव गर्न सुझाव दिएको छ । औपचारिक रूपमा सरकारले मिति घोषणा गरिसकेको छैन । तर निर्वाचन आयोगले सुझाएको मिति आसपासमै एकै चरणमा निर्वाचन गराउने तयारीमा सरकार छ । सरकार चुनावको मिति घोषणा गर्ने गृहकार्यमा जुटिरहँदा प्रतिनिधि सभाको कार्यकालबारे भने विवाद जारी छ । संविधानले प्रतिनिधि सभाको कार्यकाल पाँच वर्ष भनेको छ । तर उक्त कार्यकालको गणना कहिलेबाट भन्ने संविधान र निर्वाचनसँग सम्बद्ध कानुन स्पष्ट छैनन् । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन कार्यकालबारे मौन छ ।
बाहिरी चक्रपथ विकास आयोजना, सम्पर्क कार्यालय बन्द
सतुङ्गलस्थित बाहिरी चक्रपथ विकास आयोजनाको साइट कार्यालय बन्द भएको छ । सो आयोजनामा कार्यरत करार, ज्यालादारी र अस्थायी कर्मचारीसमेत हटाइएका छन् । चालू आर्थिक वर्ष २०७९/८० मा कर्मचारीको म्याद थपिएको छैन । यसअघि आयोजना सुरु भएदेखि नै हरेक छ÷छ महिनामा उनीहरूको म्याद थपिँदै आएको थियो । विगत १८ वर्षदेखि कागजमा सीमित रहेको आयोजनाको साइट कार्यालय र स्थायीबाहेकका कर्मचारीको म्याद थप नभएपछि राज्यको मासिक लाखौँ रुपियाँ जोगिएको छ ।