घरकै खानाबाट पनि सर्न सक्छ हैजा
उपत्यकाभित्र हैजाको प्रकोप बढिरहेको छ । बिहीबार पनि थप एक जना बिरामीमा हैजाको पुष्टि भएको छ । योसहित हाल टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र पाँच जना हैजा (कोलेरा)का बिरामी पुष्टि भएको छ ।
बाहिरी चक्रपथ विकास आयोजनामा चरम अनियमितता
काठमाडौँ उपत्यकाको बाहिरी चक्रपथ विकास आयोजनामा अनियमितताका थप प्रमाण फेला परेका छन् । आयोजनाको कार्यालय सञ्चालनका लागि लिइएको घरको भाडा तथा कार्यालय सञ्चालनका क्रममा खरिद नै नगरिएका सेवा र वस्तुको नाममा हरेक वर्ष खर्च गरिएको पाइएको छ ।
मङ्सिरमा छिटो, जेठमा ढिलो !
मध्याह्नको चर्को घाम, सिंहदरबारको गेटमा भीडभाड छ । झापाको शिवसताक्षी नगरपालिका–६, धौलेचोकका ७१ वर्षीय लक्ष्मीप्रसाद भण्डारी पुरानो झोला र हातमा केही कागजपत्र बोकेर सिंहदरबारको दक्षिण गेटमा आफ्नो पालो पर्खिरहनुभएको छ । सिंहदरबार प्रवेशका लागि घण्टौँ प्रतीक्षा गरेर ‘भित्रको आदेश’ आएपछि मात्र हातका कागजात समेट्दै मन्त्रालयतिर प्रवेश गर्नुहुन्छ ।
कूटनीतिक अभ्यास सङ्लिने अपेक्षा
नेपाल सरकारले अमेरिकासँग गर्ने भनिएकोे स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को प्रक्रिया अघि नबढाउने निर्णय सोमबार ग-यो । सो कार्यक्रममा सहभागिताका लागि नेपाली सेनाबाट पत्राचार भएको तथ्य सार्वजनिक भएपछिको विवादित अवस्थामा सरकारले सो निर्णय गरेको हो । यही निर्णयसँगै सरकारले अबदेखि सबै सरकारी निकायले कूटनीतिक सम्बन्धका विषयमा पत्राचार गर्दा अनिवार्य रूपमा परराष्ट्र मन्त्रालयमार्फत गर्ने निर्णय पनि ग-यो ।
प्रहरीको आचरणमा प्रश्न
गत जेठ २९ गते आइतबार सार्वजनिक बिदाको दिन प्रहरी नायव उपरीक्षक (डिएसपी) मिलन केसी गुण्डा अमृत केसीलाई लिएर सुन्धारास्थित कारागारमा रहेका गुण्डा नाइके समिरमान बस्नेतलाई भेट्न पुगे।
सम्पत्ति विवरणबारे दल र आयोग सुस्त
महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी र सदस्यले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने राजनीतिक दलसम्बन्धी ऐन कार्यान्वयनमा निर्वाचन आयोगले प्रभावकारी भूमिका निर्वाह गर्न सकेको छैन ।
जोखिम थप्दै डिजिटल बोर्ड
काठमाडौँको त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरको अग्रभागमा सबैखाले यात्रुको ध्यान खिच्ने गरी राखिएको विद्युतीय विज्ञापन पाटी (डिजिटल एड्भर्टिजमेन्ट बोर्ड)मा सन्देश देखापर्छ ‘वृद्धावस्था र जोखिममा रहेकाको संरक्षण गरौँ ।’ तर उक्त विज्ञापन सकिन नपाउँदै परिवर्तन हुने अर्को विज्ञापनले आँखा तिर्मिराउने गरी अर्को जोखिममा धकेल्छ । त्यसमाथि व्यस्त सडकमा अत्यधि
यी हुन अत्यधिक वर्षा भएका स्थानहरु
मनसुन भित्रिएसँगै दैनिकजसो पानी पर्ने क्रम झन् बढ्दै गएको छ । जल तथा मौसम पुर्वनुमान महाशाखाले दैनिक रुपमा मौसम सम्बन्धी सूचनाहरुको जानकारी गराउदै आएछ । यता महाशाखाको जलवायु शाखाले मापन गरेको दैनिक तथ्याङक अनुसार देसैभर सबैभन्दा धेरै पानी पर्ने क्षेत्रहरु मापन गरिएको छ ।
बुलेटमा लगानी, बालुवामा पानी
खाना पकाउने ग्यासको मूल्यमा मात्र होइन, ग्यास ढुवानीमा पनि मुलुकले ठूलो रकम भुक्तानी गर्दै आएको छ । ग्यास ढुवानीमा भारतीय बुलेटको एकाधिकार रहेका कारण मुलुकले भाडामात्र वार्षिक छ अर्ब रुपियाँभन्दा बढी भुक्तानी गर्नुपरेको छ ।