• ७ जेठ २०८१, सोमबार

यी हुन अत्यधिक वर्षा भएका स्थानहरु

blog

काठमाडौं, असार ५ गते । मनसुन भित्रिएसँगै दैनिकजसो पानी पर्ने क्रम झन् बढ्दै गएको छ । जल तथा मौसम पुर्वनुमान महाशाखाले दैनिक रुपमा मौसम सम्बन्धी सूचनाहरुको जानकारी गराउदै आएछ । यता महाशाखाको जलवायु शाखाले मापन गरेको दैनिक तथ्याङक अनुसार देसैभर सबैभन्दा धेरै पानी पर्ने क्षेत्रहरु मापन गरिएको छ । 

महाशाखाले देशैभरका २१४ वटा वर्षा मापन केन्द्रहरुबाट दैनिक रुपमा तथ्याङक संकलन गरी तथ्याङक सार्वजनिक गर्दै आएको शाखा प्रमुख इन्दिरा कँडेलले जानकारी दिनुभयो । सोहीनुसार असार १ गतेको तथ्याङकनुसार १०४ वटा केन्द्रमा वर्षा भएको थियो भने यी मध्ये सबैभन्दा बढी  वर्षा मकवानपुरको भोर्लेनी  केन्द्रमा भएको शाखाले जनाएको छ। भोर्लेनीमा १२७.८ मिलिमिटर वर्षा भएको थियो । 

त्यसै गरी असार २ गते २२२ वटा वर्षा मापन केन्द्रहरु गरिएको वर्षाको विवरण अनुसार १८२ वटा केन्द्रमा वर्षा भएको छ । यी मध्ये सबैभन्दा बढी  वर्षा सिन्धुपाल्चोकको बाह्रबिसे केन्द्रमा भएको थियो । यहाँ २४ घण्टामा ९२.८ मिलिमिटर वर्षा भएको थियो । 

त्यसै गरी असार ३ गते २२० वटा वर्षा मापन केन्द्रहरु गरिएको २४ घण्टाको वर्षाको विवरण अनुसार १९३ वटा केन्द्रमा वर्षा भएको थियो । उक्त दिन सबैभन्दा धेरै वर्षा रौतहटको गौरमा भएको थियो । यहाँ ८५.५ मिलिमिटर वर्षा भएको थियो । 

असार ४ गते शनिबार २२१ वटा वर्षा मापन केन्द्रहरुमा गरिएको वर्षा मापनमा १४८ वटा केन्द्रमा वर्षा भएको छ । यी मध्ये सबैभन्दा बढी  वर्षा बारा सिमरा एयरपोर्ट केन्द्रमा भएको थियो । शनिबार सिमरामा ११२ मिलिमिटर वर्षा भएको थियो यो हालसम्मकै सबैभन्दा धेरै भएका तथ्याङकले देखाएको छ । 

शनिबार वर्षा मापन गरिएका  २२१ केन्द्रहरु मध्ये ९३ वटा केन्द्रमा १० मिलिमिटर भन्दा बढी, ५७ वटा केन्द्रमा २५ मिलिमिटर भन्दा बढी, २० वटा केन्द्रमा ५० मिलिमिटर भन्दा बढी र २ वटा केन्द्रमा १०० मिलिमिटर वर्षा भएको थियो ।