बाइडेन, नेतान्याहुबिच गाजा युद्धका विषयमा टेलिफोन वार्ता
अमेरिकी राष्ट्रपति जो बाइडेन र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबीच यसै साता गाजामा सात जना विदेशी सहायताकर्मी मारिएको घटनालाई लिएर बिहीबार टेलिफोन वार्ता हुने भएको छ ।
दुई परीक्षा निरीक्षक निष्कासित
बाँकेको एक परीक्षा केन्द्रबाट दुई जना परीक्षा निरीक्षकलाई निष्कासित गरिएको छ । नेपालगन्जमा रहेको महेन्द्र माध्यमिक विद्यालय परीक्षा केन्द्रमा बिहीबार सञ्चालित परीक्षामा विद्यार्थीहरूले मर्यादा विपरीत गतिविधि गरिरहँदासमेत आफू मूकदर्शकको रूपमा रही परीक्षा निरीक्षकको न्यूनतम कर्तव्य पालनासमेत नगरी गैरजिम्मेवारी काम गरेका दुई जना परीक्षा निरीक्षकलाई निष्कासन गरिएको बाँकेका प्रजिअ श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो ।
उपत्यकाबाट आठ महिनामा एक हजार ८४७ मोटरसाइकल चोरी
चालु आर्थिक वर्षको हालसम्म काठमाडौँ उपत्यकाबाट एक हजार आठ सय ४७ वटा मोटरसाइकल चोरी भएको प्रहरीको तथ्याङ्कले देखाएको छ । तीमध्ये तीन सय ७४ मोटरसाइकल फेला परेका छन् ।
मोरङका बचत ऋण सहकारीमा शृङ्खलाबद्ध चोरी
मोरङमा पुस यता लगातार सहकारी संस्था चोरी भइरहेका छन् । बुधबार राति बेलबारी–१० नारायणचौकको झलझली बचत तथा ऋण सहकारी संस्थाको गेट र भित्रको झ्याल फुटाएर सहकारीकोे ३५ हजार पाँच सय रुपियाँ चोरी भएको छ ।
रसियाली आक्रमणबाट युक्रेनमा चार जनाको मृत्यु
रसियाले बिहीबार राति गरेको हवाई हमलामा युक्रेनको दोस्रो ठूलो शहर खार्किबमा चार जनाको मृत्यु भएको छ भने अरु ११ जना घाइते भएका छन् ।
दलित महिला वडा सदस्यलाई कानुनी सहायता सम्बन्धी तालिम
सुर्खेतका दुई स्थानीय तहका दलित महिला वडा सदस्यहरुलाई कानुन सम्बन्धी तालिम सुरु गरिएको छ ।
श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ
श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । ३२ वर्षीया श्रीमती मोमसरी राजबंशीको हत्या गरेको अभियोगमा बाह्रदशी गाउँपालिका–१ भागुडुब्बा बस्ने ३३ वर्षीय देब नारायण राजबंशीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
पाँच खेलाडीसहित १८ जना सम्मानित
नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६०औँ वार्षिकोत्सवमा पाँच खेलाडीसहित १८ जना सम्मानित भएका छन् ।
काभ्रेभिरको सडकमा ‘रक एङ्करिङ’
काभ्रेभिरमा पुग्दा बेनी–जोमसोम सडकमा यात्रा गर्ने धेरैजसो यात्रुको मुटु काप्ने गर्छ । म्याग्दी र मुस्ताङको सिमानामा रहेको करिब दुई किलोमिटर दूरीको काभ्रेभिर, बादरजुङभिर र घोप्टेभिर क्षेत्र बेनी–जोमसोम–कोरला सडकको सबैभन्दा जोखिमयुक्त मानिन्छ ।
बेलडाँगी र पथरी शिविरका ज्येष्ठ नागरिक र अशक्तलाई भत्ता वितरण
झापाको बेलडाँगी र मोरङको पथरीस्थित शरणार्थी शिविरका ज्येष्ठ नागरिक, असक्त र असहायलाई इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले जीवन निर्वाह रकम (भत्ता) वितरण गरेको छ ।
जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु
आज बिहान पार्टी केन्द्रीय कार्यालय ललितपुरको बालकुमारीमा सुरु भएको सो बैठकमा समानुपातिक सांसद चयनका विषयमा छलफल हुने बताइएको छ ।
हुम्लाका विद्यालय पाठ्यपुस्तक पुग्यो
नाम्खा गाउँपालिकाको एउटा बाहेक जिल्लाका सबै सामुदायिक विद्यालयहरूमा पाठ्यपुस्तक पुगेको पाइएको छ । यसअघि कक्षा पाँचसम्म पुगे पनि चैत महिनाको दोस्रो हप्तापछि कक्षा छ देखि दशसम्मका पाठ्य पुस्तक विद्यालयमा पुगेका हुन ।
सुनको मूल्य तोलामा एक हजारले बढ्यो
नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला रु एक हजारले वृद्धि भइ हालसम्मकै उच्च मूल्य कायम भएको हो ।
नेकपा (एस)को ४१ सदस्यीय प्रदेश कमिटी गठन
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट अखिल नेपाल महिला सङ्घ (समाजवादी) ले आसन्न १० औँ राष्ट्रिय महाधिवेशनका सन्दर्भमा कमिटी निर्माणका साथसाथै सदस्यता विस्तार अभियानलाई देशभर सञ्चालन गरेको छ ।
चिट चोराउने प्रिन्सिपल कारबाहीमा
माध्यमिक शिक्षा परीक्षा (एसइई)मा चिट चोराउने कार्यमा संलग्न रही पक्राउ परेका व्यक्तिहरूलाई बाँके प्रहरीले शिक्षा ऐन २०२८ अनुसार कारबाही प्रक्रिया अगाडी बढाएको छ ।
पर्यटन प्रवर्धनका नाममा मास्दै सिमसारको सौन्दर्य
पर्यटन प्रवर्धनका नाममा पूर्वाधार विकास तथा सर्वसाधारणको बाक्लो चहलपहलका कारण सिमसार क्षेत्रको प्राकृतिक सौन्दर्य र स्वरूप नासिँदै गएको छ । यसले पर्यावरणमा पनि असर पारिरहेको विज्ञको भनाइ छ । रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल जैविक विविधताले महत्वपूर्ण भए पनि अव्यवस्थित पूर्वाधार तथा विकास निर्माणले प्राकृतिक स्वरूप बदलिएको छ ।
मुख्यमन्त्री शाहले आज विश्वासको मत लिने
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज प्रदेश सभाबाट विश्वासको मत लिदैं हुनुहुन्छ । तत्कालीन सहयात्री दलहरूले साथ छोडेपछि आफ्नो पक्षमा बहुमत जुटाउन उहाँले विश्वासको मत लिन लाग्नु भएको हो ।
माटोको ढिस्कोमा पुरिएर महिलाको मृत्यु
जाजरकोटमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । जिल्लाको छेडागाड नगरपालिका – ३ हाडेतोला बस्ने ५५ वर्षीया हरिकला अधिकारीको मृत्यु भएको जनाइएको छ ।
घरधुरीभन्दा लाभग्राही बढी
रुकुमपश्चिममा भूकम्पका कारण घर क्षति भएपछि कायम गरिएका लाभग्राहीको सङ्ख्या घरधुरीभन्दा बढी रहेका पाइएको छ । गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण घर क्षति भएकाको विवरण घरधुरीभन्दा बढी पाइएको हो । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालका अनुसार अस्थायी आवास निर्माणका क्रममा हालसम्म ३२ हजार ९९६ जना लाभग्राही कायम भएका छन् । करिब ३५ हजार लाभग्राही कायम हुने उहाँको अनुमान छ । केन्द्रीय तथ्याङ्क विभागले २०७८ सालमा गरेको घरधुरी सर्वेक्षण अनुसार आठबिसकोट नगरपालिका, चौरजहारी नगरपालिका, सानीभेरी गाउँपालिका र त्रिवेणी गाउँपालिकाका २३ हजार ९९० घरधुरी छन् तर यी चार स्थानीय तहमा मात्र २८ हजार ६९५ लाभग्राही कायम भएका छन् । अझै पनि स्थानीय तहबाट लाभग्राही कायम भएर आउने क्रम जारी रहेको
वैदेशिक रोजगारीलाई व्यवस्थित गर्नुपर्छ : मङ्गलप्रसाद गुप्ता
संसद् प्रधान रहने प्रजातान्त्रिक शासन व्यवस्थामा संसदीय व्यवस्थालाई सबैभन्दा राम्रो मानिन्छ । यसलाई विश्वव्यापी रुपमा स्वीकार गरिएको छ । कानुनी राज्य, शक्ति पृथकीकरणसमेतका असल शासन अभ्यासलाई अँगाल्ने यो व्यवस्थाबाट धेरै राष्ट्र सफल पनि भएका छन् ।
विद्यार्थीलाई उत्प्रेरित गर्न पाँच लाखको अक्षयकोष स्थापना
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका दलसेर राई र उहाँकी श्रीमती चामकुमारी राईका छोराछोरीले जिल्लाको बाम्राङस्थित सुर्केडाँडा आधारभूत विद्यालयमा रु पाँच लाखको अक्षयकोष स्थापना गरेका छन् ।
इलामका महिलाद्वारा ‘सेनिटरी प्याड’ उत्पादन सुरु
इलाम सदरमुकाममा सेनिटरी प्याड उत्पादन सुरु भएको छ । इलाम नगरपालिकाको आर्थिक सहयोगमा नारी शक्ति नेपालले सञ्चालन गरेको उद्योगबाट दैनिक तीन सय प्याकेट प्याड उत्पादन भइरहेको संस्थाकी सचिव खिनु बस्नेतले जानकारी दिनुभयो ।
नयाँ सरकार गठन गर्न आह्वान
कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न दलहरूलाई आह्वान गर्नु भएको छ । परियारले बुधवार विज्ञप्ति जारी गर्दै दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा सरकार बनाउनका लागि दलहरूलाई आह्वान गर्नुभएको हो ।
प्राधिकरणले आठ सय मेगावाट सौर्य विद्युत् खरिद गर्ने
नेपाल विद्युत् प्राधिकरणले आगामी दुई वर्षभित्र थप आठ सय मेगावाट विद्युत् सौर्य आयोजनाबाट खरिद गर्ने भएको छ । त्यसका लागि प्राधिकरणले बोलपत्र आह्वानसमेत गरिसकेको छ । बढीमा १५० मेगावाट आयोजना एक प्रवर्धकले आपूर्ति गर्ने गरी बुधबार बोलपत्र आह्वान गरिएको प्राधिकरणले जनाएको छ ।