• १३ साउन २०८१, आइतबार

मुख्यमन्त्री शाहले आज विश्वासको मत लिने

blog

अविनाश चौधरी

धनगढी, चैत २२ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज प्रदेश सभाबाट विश्वासको मत लिंदै हुनुहुन्छ । तत्कालीन सहयात्री दलहरूले साथ छोडेपछि आफ्नो पक्षमा बहुमत जुटाउन उहाँले विश्वासको मत लिन लाग्नु भएको हो ।

गत फागुन अन्तिम साता नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टी सरकारबाट हटेका थिए । सरकारले कुनै पनि पार्टीको साथ गुमाएपछि सदनबाट विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान रहेको छ । ३ बजे बोलाइएको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरिरहनु भएको नेपाली काङ्ग्रेसबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य प्रकाशबहादुर बमले बताउनुभयो । 

अल्पमतमा रहनू भएका मुख्यमन्त्री शाह विश्वासको मत अगाडि आफ्नो पक्षमा मत दिनका लागि अन्तिम कसरत गरिरहनुभएको छ । खास गरेर उहाँले राप्रपालाई मनाइरहेको बुझिएको छ । यद्यपि सत्तारुढ दल नागरिक उन्मुक्ति पार्टीमा पनि विभाजन देखापरेकाले उहाँले उन्मुक्तिकै केही सदस्यबाट मत पाउन नसक्ने सम्भावना पनि देखिएको छ ।