कुल आन्तरिक कर्जा ३.२ प्रतिशतले बढ्यो
चालु आर्थिक वर्षको सात महिनामा कुल आन्तरिक कर्जा ३.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ३.९ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० माघ मसान्तमा यस्तो कर्जा ८.० प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी ७.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ४.१ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० माघ मसान्तमा यस्तो दाबी २०.६ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ५.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा पनि यस्तो दाबी ४.३ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० माघ मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ५.४ प्रतिशतले बढेको छ ।
बसको ठक्करबाट साइकलयात्रीको मृत्यु
दाङमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपादिलका –३ वनगाउँमा बुटवलबाट नेपालगञ्जतर्फ जाँदैगरेको भे १ ख ३९९८ नम्बरको बसले ठक्कर दिदा लमही नगरपालिका–४ निवासी करिब ४० बर्षीय हरिप्रसाद पौडेलको मृत्यु भएको हो ।
राप्रपाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत नदिने निर्णय गरेको छ ।
नियन्त्रणमा आयो कर्णाली पुलमा लागेको आगो
सुदूरपश्चिम प्रदेशको लाइफ लाइनको रुपमा रहेको कर्णाली नदीमा बनेको पुलमा लागेको आगो नियन्त्रणमा आएको छ ।