सुरक्षा समितिमा निर्वाचनसम्बन्धमा गर्नुपर्ने कामबारे छलफल
गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा केन्द्रीय सुरक्षा समिति बैठक गृह मन्त्रालयमा सोमबार दिउँसो बसेको छ । बैठकमा मुख्यगरी ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनको सुरक्षा प्रबन्धका लागि अहिलेसम्म भए गरेका कामको समिक्षा भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।
काठमाडौं महानगरको चुनावी कमाण्ड सम्हाल्ने जिम्मेवारी पोखरेललाई
गोरखापत्र अनलाइन काठमाडौं, वैशाख १९ गते । नेकपा (एमाले) ले काठमाडौं महानगरपालिकाको चुनावी प्रचार–प्रसारलाई तीव्र बनाउन पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई ‘महानगर निर्वाचन परिचालन निर्देशक समिति’को संयोजकको जिम्मेवारी दिएको छ । चुनावी प्रचार–प्रसारलाई तीव्र बनाउँदै मेयर–उपमेयरसहित ३२ वटै वडाका सबै उम्मेदवारलाई विजयी गराउन एमालेले सो जिम्मेवारी दिएको हो । काठमाडौँ महानगर निर्वाचन परिचालन सचिवालयमा आज सम्बाेधन गर्दै संयोजक पोखरेलले भन्नुभयो, ‘चुनावी अभियान ३२ वटै वडामा अघि बढिरहेको छ । अब थप व्यवस्थित ढङ्गले यो काम अघि बढ्छ ।’ पोखरेलले आज ३२ वटै वडाको गतिविधि र त्यहाँ भैरहेको चुनावी प्रचारबारे जानकारी लिनुभयो । एमाले काठमाडौँ महानगर कमिटीका अध्यक्ष तथा निर्देशक समितिका सदस्य निर्मल देउलाले मुलुकको सबैभन्दा ठूलो र पुरानो महानगर काठमाडौं महानगरपालिकाको चुनावी गतिविधि थप संयमित र व्यवस्थित ढङ्गले अघि बढ्ने बताउनुभयो ।
आचारसंहिता विपरीत गतिविधि गर्नेको उम्मेदवारी रद्द गर्ने चेतावनी
निर्वाचन आयोगले आचारसंहिता प्रतिकूल गतिविधि गर्ने उम्मेदवारको उम्मेदवारी रद्द गर्ने सम्मको चेतावनी दिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार विज्ञप्ती जारी गर्नुहुँदै सो चेतावनी दिनुभएको हो ।
बाँकेमा उम्मेदवारहरु आ–आफ्नो एजेण्डासहित मतदाताका घरघरमा
नेपालगञ्ज, वैशाख १९ गते । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको दिन नजिकिँदै जाँदा बाँकेमा विभिन्न दलका र स्वतन्त्र उम्मेदवारहरु चुनावी प्रतिबद्धता लिएर मतदाताका घर–घरमा पुग्न थालेका छन् । मतदाताका घर–घरमा पुगिरहेका उम्मेदवारहरुले आफूले गर्ने प्रतिबद्धता र सङ्कल्प सुनाउँदै मत मागिरहेका छन् । घरघरमा प्रचार प्रसार टोलीहरु समूह बनाएर पुग्दा गाउँ सहरमा चुनावी माहोल बढ्दै गएको छ । चोक, चौतारी र चिया पसलमा उम्मेदवारहरुबारे छलफल र बहस शुरु भएको छ । बाँकेका ८ वटै स्थानीय तहका उम्मेदवारहरु यतिखेर मतदातालाई फकाउन घर–घरमा पुगिरहेका छन् । स्थानीय तहको विकास र समृद्धिको मुख्य नारा लिएर दलका उम्मेदवारहरुले मतदातालाई रिझाउने प्रयास गरिरहेको पाइएको छ । उम्मेदवारले सामूहिक र व्यक्तिगत रुपमा मतदातासँग भेटघाटलाई तीव्रता दिएका छन् । उम्मेदवारहरु समूह बनाएर घरघरमा आउन थालेपछि मतदाताहरु पनि उत्साहित भएको नेपालगञ्ज ११ का इमरान जरगरले बताउनुभयो । उहाँले घरघरमा एकपछि अर्को समूह पुगेर मत मागिरहेकोले स्थानीयले सबैका कुरा ध्यानपूर्वक सुनिरहेको बताउनुभयो । खजुरा गाउँपालिकाको अध्यक्षका उम्मेदवार रहनुभएका नेकपा माओवादी केन्द्र बाँकेका संयोजक डम्बर विक तुफानले यतिबेला गाउँघरमा चुनावी माहोलले निकै रमाइलो भैरहेको बताउनुभयो । उहाँले जनताले एजेण्डा माग्ने, विकासका मोडेल सोध्ने र गरेका काम समेतको लेखाजोखा माग्ने गरेकोले धेरैलाई जवाफ दिन पसिना आउने गरेको बताउनुभयो । नेपाली काँग्रेस बाँकेका सभापति नारायण गौडेलले अहिले गाउँ सहर जताततै घरदैलो चलिरहेको जनाउँदै जनताले सबैको कुरा चाख राखेर सुनिरहेको बताउनुभयो । उहाँले स्थानीय तहको निर्वाचनले स्थानीय मुद्दामाथि बहस र छलफलसँगै मुद्दाको पहिचान गराउने काम पनि भैरहेको बताउनुभयो । जनता समाजवादी पार्टी बाँकेका अध्यक्ष एवं नेपालगञ्ज उपमेयरका उम्मेदवार कमरुद्दीन राईले समय कम रहेको र २३ वटै वडामा घरदैलो तथा मतदाता भेटघाट गर्नुपरेकोले एकदिनमा दुई वटा वडामा घरदैलो अभियान चलाइरहेको बताउनुभयो । मतदाताका घरघरमा पुगिरहेका उम्मेदवारहरुले जनताका साना साना समस्यालाई पनि उठाउने गरेको पाइएको छ । गाउँ र टोलबस्तीका समस्यालाई उम्मेदवारहरुले निकै महत्वका साथ व्याखा गरिरहेका छन् ।
कीर्तिपुरमा गठबन्धन दलबीचमै चुनावी प्रतिस्पर्धा हुँदै
काठमाडौको किर्तीपुर नगरपालिका प्रमुखमा सत्ता गठबन्धनका दलहरुबीचनै प्रतिस्पर्धा हुँदैछ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनदल विचमै प्रतिस्पर्धाका लागि चुनावी प्रचारप्रसार एवम् घरदैलो कार्यक्रममा व्यस्त हुनुहुन्छ ।
चुनाव प्रचारको क्रममा लडेर मृत्यु
प्युठानको नौबहिनी गाउँपालिका–२ लिघामा भीरबाट लडेर एक वृद्धको घटनास्थलमै ज्यान गएको छ ।
प्रजातन्त्रपछिको पहिलो स्थानीय निर्वाचन
स्थानीय तहको निर्वाचनमा देशभरिबाट एक लाख ४५ हजार २२३ ले उम्मेदवारी दिएका छन् । तीमध्ये ३५ हजार २२१ जना निर्वाचित हुनेछन् । निर्विरोध निर्वाचित भइसकेहरूको निर्वाचन आयोगले आधिकारिक तथ्याङ्क सार्वजनिक गर्न बाँकी छ । देशभरिका ७५३ स्थानीय तहका जनप्रतिनिधि छनोट गर्न एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले मताधिकारको प्रयोग गर्नेछन् ।
मतदाता फकाउन उम्मेदवारहरु घरदैलोमा
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको दिन नजिकिदै जाँदा म्याग्दीका दलहरु चुनावी अभियान लिएर मतदाताका घर–घरमा पुग्न थालेका छन् । उम्मेदवार सहित चुनावी अभियान टोल,वस्ती र घर–घरमा पुगेपछि गाउँमा चुनावको माहोल तातेको छ ।
चुनावी चर्चाको केन्द्र भरतपुर महानगरपालिका
स्थानीय तहको निर्वाचनका सन्दर्भमा चितवनको भरतपुर महानगरपालिका यतिबेला सर्वाधिक चर्चामा छ ।