एक तह कमको भन्सार महसुल नीतिलाई कार्यान्वयन गर्न माग
नेपाल वनस्पति घिउ–तेल उत्पादक सङ्घले एक तह कमको भन्सार महसुल हुने नीतिलाई कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ । सङ्घले आइतबार पत्रकार सम्मेलनमा गरेर सो माग गरेको हो । कच्चा तेलको आयातमा भन्सार महसुल शून्य प्रतिशत र मूल्य अभिवृद्धि करमा ५० प्रतिशत छुटको माग सङ्घले गरेको हो । सङ्घका अध्यक्ष सन्दीप अग्रवालले भारत सरकारबाट खाने तेलको आयातमा शून्य प्रतिशत भन्सार छुटको नीतिले भारतबाट अनधिकृत रूपमा नेपालमा तेल भि
मलका कारण खेत बाँझै राख्नुपर्ने चिन्ता
धानखेतीको सिजन आउनै लाग्दा सप्तरीका किसान मल नपाएर भौँतारिरहेका छन् । विगत एक महिनादेखि आफ्नो गाउँको आधा दर्जन बढी सहकारी डिलर हुँदै सदरमुकामको कृषि सामग्री केन्द्रसम्म धाउनुभएका जिल्लाको विष्णुपुरका हरिनारायण मण्डल भन्नुहुन्छ, “एक त मल पाइँदैन, पाए पनि २२ सय सरकारी दर पर्ने एक बोरा डीएपी ३५ सयदेखि चार हजारसम्ममा किन्नुपरेको छ । समयमा मल र बीउ नपाएरै गहुँ रोप्न सकेनौँ । फेरि समयमा धान खेती लगाउन नपाउने हो कि ।”
सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम (पूर्णपाठ)
सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम आइतबार प्रस्तुत भएको छ।
कृषि निर्यातको परीक्षणका लागि बिहारमा खाद्य प्रयोगशाला
भारत सरकारका स्वास्थ्य एवम् परिवार कल्याणमन्त्री डा. मनसुख मण्डावियाले नेपालको खाद्यान्न र कृषि निर्यातको परीक्षणका लागि बिहारमा बनेको राष्ट्रिय खाद्य प्रयोगशालाको उद्घाटन गर्नुभएको छ।
छोटी भन्सारहरु पुनःस्थापना नहुँदा राजस्व चुहावटमा वृद्धि
सिराज खान नेपालगञ्ज, जेठ २२ गते । डेढ दशक भन्दा अघि सशस्त्र द्वन्द्वका बेला बन्द गरिएका छोटी भन्सार कार्यालयहरु अझै पुनःस्थापना नहुँदा बाँकेका विभिन्न नाकाहरुबाट अवैध आयातनिर्यात बढेकाले दैनिक ठूलो परिमाणमा राजस्व चुहावट भैरहेको छ । जिल्लाका विभिन्न नाकामा स्थापना गरिएको सात वटा छोटी भन्सार कार्यालयहरु सशस्त्र द्वन्द्वका बेला बन्द गरिएकोमा हालसम्म पनि पुनः सञ्चालनमा नल्याइएकाले ती नाकाहरु अवैध आयात निर्यातको केन्द्र बन्दै गएका छन् । नेपालगञ्ज भन्सार कार्यालयका अनुसार बाँकेको सुइया बगौडास्थित कटकुइया, नरैनापुर, भगवानपुर, खडैचा होलिया, हिरमिनियाको भघोटना, साई गाउँ र साइगाउँ पश्चिमतर्फको उढरापुर नाकामा छोटी भन्सार कार्यालय रहेका थिए । तर, लामो समयदेखि कार्यालय पुनःस्थापना नहुँदा अधिकांश छोटी भन्सार कार्यालयका भौतिक संरचनाहरु काम नलाग्ने गरी जीर्ण भएका छन् । नरैनापुर, खडैचा, साई गाउँमा छोटी भन्सार रहेका भवन अहिले भत्किएर काम नलाग्ने अवस्थामा पुगेको भन्सार कार्यालयले जनाएको छ । गाउँको बाटोबाट भित्रिने मालसामानको भन्सार गर्ने छोटी भन्सार पुनः स्थापना नगरिँदा भारतसँग सीमा जोडिएका गाउँको बाटोबाट खुलेआम तस्करी हुने गरेको स्थानीयको भनाइ छ । छोटी भन्सार नभएका नाकाबाट पैदल, मोटरसाइकल र साइकलमा राखेर दैनिक ठूलो परिमाणको मालसामान राजस्व छलेर नेपाल भित्रिने गरेको प्रत्यक्ष देखिएको उहाँहरुको भनाइ छ । बाँकेको सीमाना भारतसँग ६५ किलोमिटर खुला रहेको छ । साइड नाकाहरुमा नेपाली सुरक्षाकर्मीको पातलो उपस्थिति रहेकाले भन्सार छली निकै हुने गरेको नरैनापुरका स्थानीय दिलसाद खाँले बताउनुभयो । उहाँले छोटी भन्सार नहुँदा अवैध आयात निर्यात लामो समयदेखि भैरहेको र राज्यलाई लाखौंको नोक्सानी भैरहेको बताउनुभयो । छोटी भन्सार नहुँदा राजस्व चुहावट लामो समयदेखि हुँदै आएको नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले पनि बताउनुभएको छ । उहाँले छोटी भन्सार पुनस्थापनाका लागि पटक पटक आग्रह गरिए पनि सुनुवाई नभएको बताउनुभयो । सरकारले नीति तथा कार्यक्रममा पनि छोटी भन्सार सञ्चालन गर्ने उल्लेख गरेको वर्षौं बिते पनि अझैसम्म कार्यान्वयनमा आएको छैन । विभिन्न कारणले चालू आर्थिक वर्षको १० महिनामा लक्ष्यभन्दा दुई अर्ब कम राजस्व संकलन भएको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ । नेपालगञ्ज भन्सार कार्यालयको तथ्यांकअनुसार, चालू आर्थिक वर्षको १० महिनामा २० अर्ब ७३ करोड ४४ लाख रुपियाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा १८ अर्ब ८२ करोड ९४ लाख रुपियाँ मात्र संकलन भएको छ ।
वीरगञ्ज चिनी र कृषि औजार कारखाना : बन्द उद्योग सञ्चालन हुने
अर्थमन्त्री जनार्दन शर्माले दुई दशकदेखि बन्द रहेका वीरगञ्ज चिनी कारखाना र कृषि औजार कारखाना सञ्चालन गर्ने घोषणा गर्नुभएको छ । शनिबार वीरगञ्ज उद्योग वाणिज्य सङ्घको ४६औँ साधारण सभाको उद्घाटन समारोहलाई वीरगञ्जमा सम्बोधन गर्दै अर्थमन्त्री शर्माले वीरगञ्ज चिनी कारखाना र कृषि औजार कारखाना चलाउने भनेरै बजेटमा उल्लेख गरिएकोे बताउनुभयो । वीरगञ्ज चिनी कारखाना र कृषि औजार कारखाना सञ्चालनका लागि आवश्यक
जेठ २७ देखि विराटनगर–पोखरा उडान
बुद्ध एयरले अर्काे सातादेखि विराटनगर–पोखरा उडान सुरु गर्ने भएको छ । पोखरा बेस बनाएर बुद्धले प्रदेश १ र गण्डकी प्रदेशमा अन्तरप्रादेशिक उडान जेठ २७ (जुन १०) गतेदेखि सुरु गर्ने भएको हो । बुद्ध एयर विराटनगरका स्टेसन म्यानेजर कौशल भण्डारीका अनुसार बुद्धको ७२ सिटे एटीआर जहाजले पोखरा–विराटनगर–पोखरा उडान गर्नेछ । विराटनगर–पोखराका लागि बुद्धले टिकट बिक्री खुला गरेको छ । विराटनगर–पोखराको भाडा छ हजार रुपियाँ तोकिएको छ ।
फलफूल उद्योग अलपत्र
सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–४ मा निर्माणाधीन फलफूल प्रशोधन उद्योग लगानी अभावमा अलपत्र परेको छ । सार्वजनिक निजी साझेदारी मोडलमा सरकार, उद्योगी र किसानको सहभागितामा सिन्धुलीगढी जुनार तथा फलफूल प्रशोधन
मुलुकको समृद्धि उद्यमशील युवाबाट मात्र सम्भव : वरिष्ठ उपाध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले देशको समृद्धि युवाहरुको हातमा रहेको बताउनुभएको छ ।