राष्ट्रपति पौडेलसँग चीनका उपविदेशमन्त्री वेइतोङको शिष्टाचार भेट
राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहनुभएका मित्रराष्ट्र चीनका उपविदेशमन्त्री सुन वेइतोङले बुधवार राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गर्नुभएको छ ।
रुसी सेनामा कार्यरत तनहुँका गुरुङको मृत्यु
रुसी सेनामा भर्ती भएका तनहुँका एक युवाको मृत्यु भएको छ । आँबुखैरेनी गाउँपालिका– ५ भटिश्वराका ३४ वर्षीय रञ्जित गुरुङको रुस–युक्रेन युद्धमा परि मृत्यु भएको हो ।
अवसरको देश अस्ट्रेलिया
नेपाली विद्यार्थीको आकर्षक गन्तव्य बनेको छ– अस्ट्रेलिया । मुख्य रूपमा पढ्दै कमाउँदै गर्नका लागि नेपाली विद्यार्थीले अस्ट्रेलिया रोज्ने गरेको देखिन्छ । रोजगारीका अवसर, आकर्षक जीवनशैली, भौतिक सुविधा र स्थायी बसोबास (पिआर) लिन सकिने परिवेशले विद्यार्थीमा अस्ट्रेलिया मोह छ । आंशिक र पूर्णकालीन रोजगारीका अवसर प्राप्त हुनु, अन्तर्राष्ट्रिय मान्यताका विश्वविद्यालय र उच्च गुणस्तरको शिक्षा हुनु, अध्ययन गर्ने प्रकृति, सांस्कृतिक विविधता र नयाँ अवसरबारे ज्ञान हासिल गर्न सकिने अवस्था अस्ट्रेलियामा छ ।
चिनियाँ दर्शनले उठाएको एक्षेए मार्ग
एसियाली सभ्यतामा आधारित चिनियाँ दर्शनले उठाएको एक क्षेत्र एक मार्ग (एक्षेए मार्ग) पहलकदमी विश्वमाझ विरानो छैन । विश्वकै प्राचीन चिनियाँ दर्शनशास्त्र चौयीमा लाओत्सेको स्वर्ग, पृथ्वी र मानव मामिलाबीच ताओ (बाटो) ले सञ्चार गर्ने विश्वास प्रणाली स्थापित छ (हेइमिङ, वेन, सन् २०१७, चाइनिज फिलोसोफी, पेइचिङ : चाइना इन्टरनेसनल प्रेस, पृष्ठ ३७ र ४४) । ताओ त्यो मार्ग हो जहाँ मानिस हिँड्छ, जहाँ मानिसको जीवन–पद्धति बन्छ, त्यसका लागि मानिसलाई आध्यात्मिक–भौतिक बाटो चाहिन्छ, जहाँ मानिसले आ
इजरायलमा श्रमिक लैजान निवेदन माग
इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा काम गर्नका लागि दोस्रो चरणमा आठ सय नेपाली श्रमिक लैजान आवेदन माग गरेको छ । वैदेशिक रोजगार विभागले वैकल्पिक तीन सय जनासहित आठ सय जनाको केयरगिभरमा लैजाने गरी आवेदन आह्वान गरेको हो । विभागका अनुसार नेपाल र इजरायलबिच भएको श्रम सम्झौता अनुसार सरकारी संयन्त्रमार्फत दीर्घकालीन स्याहार केन्द्रमा नेपाली श्रमिक पठाउँदै आएको छ ।
मदिरा सेवनले वार्षिक २६ लाखको मृत्यु : डब्लुएचओ
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले मदिराबाट बर्सेनि करिब २६ लाख मानिसको मृत्यु हुने गरेको बताएको छ । हालैका वर्षमा मृत्युदरमा थोरैले कमी आए पनि यो ‘अस्वीकार्यरूपमा उच्च’ रहेको सङ्गठनको भनाइ छ ।
नेपाल र चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक सम्पन्न
नेपाल र चीनका परराष्ट्र मन्त्रालयबिचको कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक आज काठमाडौँमा सम्पन्न भएको छ ।
ईपीजी प्रतिवेदन बुझ्ने पहल भइरहेको छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इमिनेन्ट पर्सन ग्रुप–ईपीजी) को प्रतिवेदन दुई देशको समझदारीबाट बुझ्ने पहल भइरहेको स्पष्ट पार्नुभएको छ ।
नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक सुरु
नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक आज विहान साढे १० बजेदेखि सुरु भएको छ । काठमाडौँको एक होटलमा भएको बैठकमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबारे छलफल भइरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिनुभयो ।
आठ सय कामदार इजरायल पठाइँदै
वैदेशिक रोजगार विभागले आठ सय कामदार इजरायल पठाउने भएको छ । मङ्गलवार सूचना प्रकाशन गरी विभागले २१ दिन भित्र आवेदन दिने इच्छुकहरूलाई आव्हान गरेको छ ।
प्रधानमन्त्रीसँग चिनियाँ उपविदेशमन्त्रीको शिष्टाचार भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका चीनका उपविदेशमन्त्री सुन वेइतोङले शिष्टाचार भेट गर्नुभएको छ ।
चिनियाँ उपविदेशमन्त्री काठमाडौँमा
जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन वेइडोङ नेपालको तीनदिने औपचारिक भ्रमणका लागि काठमाडौँ आइपुग्नुभएको छ ।
आज चिनियाँ उपविदेशमन्त्री आउनुहुँदै
जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन वेइडोङ आज (सोमबार)देखि नेपालको तीन दिने औपचारिक भ्रमणमा आउँदै हुनुहुन्छ ।
छ हजार ८४३ वटा उजुरीमा ४८ प्रतिशत फर्स्योट
वैदेशिक रोजगारीका नाममा हुने ठगी डरलाग्दो छ । वैदेशिक रोजगारीमा जाने अधिकांश युवा गाउँघरकै दाजुभाइ दिदीबहिनी, आफन्त र सहरका वैदेशिक रोजगार व्यवसायी कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सलटेन्सीलगायतबाट ठगिने गरेका छन् । यसरी ठगीमा पर्ने सबैको तथ्याङ्क भेटिँदैन । वैदेशिक रोजगारीमा भएका ठगीसम्बन्धी उजुरीमध्ये आधाभन्दा कम मात्रै फस्योर्ट हुने गरेको पाइएको छ । वैदेशिक रोजगार विभागका अनुसार आव २०८०/८१ को ११ महिनासम्म छ हजार ८४३ उजुरी दर्ता भएका छन् । तीमध्ये तीन हजार ३१३ अर्थात् ४८.४५ प्रतिशत फर्स्योट गराउँदा २७ करोड ७२ लाख ९१ हजार ४१२ बराबरको रकम क्षतिपूर्ति भराइएको छ ।
विषाक्त मदिरा सेवनले भारतमा ५३ को मृत्यु
भारतमा विषाक्त मदीराको सेवनबाट ज्यान गुमाउनेको सङ्ख्या ५३ पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तमिलनाडु राज्यका मुख्यमन्त्री एमके स्टालिनले मङ्गलबार मदीरा पिएका ३७ जनाको केही घण्टाभित्रै मृत्यु भएको र अन्य व्यक्तिलाई अस्पतालमा भर्ना गरिएको बताउनुभएको थियो ।
नेपाल र सिचुवानबिच विभिन्न पक्षमा सहकार्य
चीनको सिचुवान प्रान्त र नेपालबिच बहुआयामिक क्षेत्रमा सहकार्य तथा समन्वय गर्न सकिने बताइएको छ । सिचुवान–नेपाल प्राविधिक सहयोग प्रवर्धन गोष्ठीमा आइतबार बोल्ने वक्ताहरूले सो धारणा व्यक्त गर्नुभएको हो ।
शर्मा महावाणिज्यदूतमा नियुक्त
अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यका लागि सञ्जीवकुमार शर्मालाई महावाणिज्यदूत नियुक्त गरेको छ । शुक्रवार बसेको मन्त्री परिषद्को बैठकले शर्मा नियुक्त गर्ने निर्णय गरेको हो ।
थाई नरेशसमक्ष राजदूत ओलीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले थाइल्याण्डका नरेश वाजिरालोङकोर्न फ्रा वाजिराकलाओचाओयुहुआसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ ।
नेपालमा राजनीतिक स्थिरता होस
नेपाली कांग्रेसको बेलायतस्थित जनसम्पर्क समितिले नेपालमा राजनीतिक स्थिरता नहुँदा वैदेशिक लगानी नेपालमा गर्न नसकिएको बताएको छ । जनसम्पर्क समितिका अध्यक्ष महेश दाहालले आफू नेपालमा लगानी गर्न तयार रहे पनि नेपालमा पटकपटक भइरहने नीति परिवर्तनले लगानी गर्न समस्या भएको बताउनु भयो। शनिबार लण्डनमा आयोजित कार्यक्रममा उहाँले प्रवासी नेपालीले मात्र नभई आफूहरूले विदेशी लगानीकर्ताहरूलाई पनि नेपालमा लगानी गर्न आग्रह गरेको तर, नेपालको अस्थिर राजनीतिका कारण लगानी गर्न उनीहरू डराएको उल्लेख गर्नुभयो । '‘प्रोजेक्टको स्वीकृति लिँदा एक, प्रोजेक्ट कार्यान्वयनमा जाँदा अर्को र उत्पादन गर्दा फरक नीति बन्ने हुँदा विदेशीहरू लगानी गर्न तयार देखिएनन्। '’ दाहालको गुनासो छ ।
बङ्गलादेशमा पुल भत्किँदा नौ जनाको मृत्यु
बङ्गलादेशको राजधानी ढाकाबाट करिब १८० किलोमिटर दक्षिणमा रहेको बरगुना जिल्लाको जीर्ण पुल भत्किँदा विवाह भोजका पाहुनाहरू बोकेको एउटा माइक्रोबस र अटोरिक्सा नहरमा खस्दा कम्तीमा नौ जनाको मृत्यु भएको छ ।
उच्च अदालतद्वारा अरविन्द केजरीवालको जमानतमा रोक
दिल्ली उच्च अदालतले कथित अन्तःशुल्क नीति ‘घोटाला’ सम्बन्धी मनी लन्ड्रिङ मुद्दामा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई जमानत दिने तल्लो अदालतको आदेशमाथि रोक लगाएको छ ।
बाढीबाट चीनमा मर्नेको सङ्ख्या ३८ पुग्यो
यो साता दक्षिणी चीनको गुआङडोङ प्रान्तमा मुसलधारे वर्षा र आएको बाढीबाट मर्नेको सङ्ख्या बढेर शुक्रबार ३८ पुगेको सरकारी सञ्चारमाध्यमले बताएका छन् ।
गाजामा हमासका वरिष्ठ कमान्डर मारिएको इजरायली सेनाको पुष्टि
इजरायली सेनाले बिहीबार उत्तरी गाजापट्टीको बेइट हानौन सहरमा भएको हवाई हमलामा हमासका एक कमान्डर मारिएको पुष्टि गरेको छ ।
बाढीमा परी भारतमा मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो
भारतको उत्तरपूर्वी राज्य आसाममा चलिरहेको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको अधिकारीले बुधबार बताएका छन् ।