सुन्तला बिक्रीबाट २६ करोड आम्दानी
चालु आर्थिक वर्षमा यहाँका कृषकले सुन्तला बिक्रीबाट तनहुँमा २६ करोड आम्दानी भएको छ । जिल्लाका विभिन्न स्थानमा रहेका ब्लक र बगैँचामा उत्पादन भएको सुन्तला विक्रीबाट सो रकम आम्दानी गरेको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । तनहुँको कृषकको सुन्तला खेतीबाट आय स्तर परिवर्तन भएको छ ।
सुनको मूल्यमा उतारचढाव
सुनको मूल्यमा उतारचढाव भइहेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्यमा उतारचढाव आएसँगै नेपालको बजारमा पनि मूल्यमा घटबढ भइरहेको छ । बिहीबार हालसम्मकै उच्च मूल्य प्रतितोला एक लाख सात हजार पाँच सय रुपियाँमा कारोबार भएकामा शुक्रबार प्रतितोला एक लाख छ हजार एक सय, आइतबार एक लाख चार हजार एक सय रुपियाँमा कारोबार भयो । आइतबारको मूल्यमा पाँच सय रुपियाँ बढेर सोमबार एक लाख चार हजार छ सय रुपियाँ कायम भएको हो ।
चिया निर्यातबाट बर्सेनि तीन करोड विदेशी मुद्रा आर्जन
चिया निर्यातबाट बर्सेनि रु तीन करोड ८० लाख विदेशी मुद्रा आर्जन भइरहेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार मुलुकमा वार्षिक दुई करोड ८० लाख केजी तयारी चिया उत्पादन हुँदै आएको छ । सो मध्ये शून्य दशमलव ५० प्रतिशत चिया आन्तरिक बजारमा खपत हुने गरेको बोर्डका प्रमुख इन्द्रप्रसाद अधिकारीले बताउनुभयो ।
आयातित तरकारीको मारमा स्वदेशी किसान
भारतबाट आयात भएको तरकारीका कारण स्वदेशी उत्पादनले बजार पाउन सकेको छैन । पछिल्ला केही दिनयता भारतबाट तरकारी आयात हुने क्रम बढेपछि नेपाली किसानले उत्पादन गरेको तरकारीले बजार र मूल्य पाउन नसकेको हो । भारतबाट आयातित तरकारीले गर्दा नेपालमा उत्पादित तरकारीले मूल्य नपाएको भन्दै शुक्रबार चितवनका किसानले सडकमा तरकारी फ्याँकेर साङ्केतिक विरोध गरे । नेपालमा उत्पादन भएको तरकारीको तुलनामा भारतबाट भित्रिएको तरकारी सस्तो छ । देशकै ठूलो तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार अहिले बजारमा भारतीय आलुको मूल्य थोकमा प्रतिकेजी १९ देखि २३ रुपियाँ छ भने नेपाली आलुको मूल्य २५ देखि ३० रुपियाँसम्म छ ।
बर्सेनि साढे सत्ताइस अर्बको मोबाइल आयात
विगत पाँच वर्षमा नेपालीले मोबाइल फोन खरिदका लागि एक खर्ब ३७ अर्ब रुपियाँ खर्चिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार आव २०७४/७५ देखि २०७८/७९ सम्मको पाँच वर्षको अवधिमा मोबाइल आयातका लागि सो खर्च भएको हो । उक्त रकम खर्च गरेर दुई करोड ७५ लाख थान मोबाइल आयात गरिएको तथ्याङ्क छ ।
बढ्यो डिजेल, पेट्रोलको मूल्य
नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेल प्रतिलिटरमा तीन/तीन रुपियाँ बढाएको छ। निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य बढाएको हो। नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १७८ रुपियाँ, डिजेल/मट्टीतेल प्रतिलिटर १७५ रुपियाँ पुगेको छ। खाना पकाउने एलपीजी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ।
बढ्यो सुनको मूल्य
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख चार हजार एक सय छ । उक्त सुनको मूल्य अघिल्लो दिन रू एक लाख तीन हजार छ सय थियो ।
१० दिनसम्म स्वर्गद्वारी प्युठान महोत्सव
प्युठान उद्योग वाणिज्य सङ्घले लुम्बिनी प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा स्वर्गद्वारी प्युठान पाँचौँ महोत्सव २०७९ आयोजना गर्ने भएको छ । विजुवारस्थित गणतान्त्रिक खेलमैदानमा आगामी फागुन ४ गतेदेखि १४ गतेसम्म महोत्सव सञ्चालन हुने सङ्घले जनाएको छ।
आठ करोड रुपियाँको लगानीमा साबुन उद्योग सञ्चालनमा
दोलखाको भीमेश्वर नगरपालिका–७ मकै बारी पुवाँलेमा एकाघरका चार भाइको संयुक्त आठ करोड रुपियाँको लगानीमा साबुन उद्योग सञ्चालनमा आएको छ ।
‘सुत्र’मा राजस्व मोडल सुरु
स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्र)मा राजस्व मोडल सञ्चालनमा आएको छ । सरकारको कोष तथा लेखा व्यवस्थापन र सञ्चालन गर्ने महालेखा नियन्त्रक कार्यालयले उक्त मोडल सञ्चालनमा ल्याएको हो ।
नेपालगञ्ज नाकाबाट व्यापार घाटा नौ अर्ब घट्यो
पश्चिम नेपालकै सबैभन्दा ठूलो भन्सार नाकाको रुपमा रहेको नेपालगञ्ज भन्सार कार्यालयबाट गतवर्षको तुलनामा यस वर्ष व्यापार घाटा नौ अर्ब भन्दा बढी कम भएको छ ।
दुई हजारले घट्यो सुनको मूल्य
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिन भएको कारोबारको तुलनामा प्रतितोला रु. दुई हजारले घटेको छ । अधिल्लो दिन प्रतितोला रु एक लाख छ हजार एक सयमा कारोबार भएको सुन आज प्रतितोला रु एक लाख चार हजार एक सय तोकिएको हो ।
इन्टरनेटको गति पच्चीस प्रतिशत हुनैपर्ने
इन्टरनेट सेवा प्रदायकले अबदेखि कबुल गरेको न्यूनतम २५ प्रतिशत इन्टरनेट गति उपलब्ध गराउनुपर्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले ‘पिक आवर’ पनि सम्झौतामा उल्लेख भएको गतिको न्यूनतम २५ प्रतिशत गतिसहितको इन्टरनेट उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको हो ।
घट्यो सुनचाँदीको मूल्य
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु. एक हजार चार सयले घटेको छ । अघिल्लो दिन हालसम्मकै उच्च मूल्य प्रतितोला रु एक लाख सात हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु एक लाख छ हजार एक सय तोकिएको छ ।
नेपाल एयरलाइन्सको टिकट ई-सेवाबाट काट्न सकिने
नेपाल वायु सेवा निगमले नेपाल एयरलाइन्सको टिकट यात्रुको सहज पहुँचका लागि भन्दै आजबाट ई सेवाबाट समेत काट्न मिल्ने व्यवस्था गरेको छ । ई सेवा मार्फत नेपाल एयरलाइन्सको टिकट सिस्टममा गएर उडान गर्ने गन्तव्य छनौट गरी टिकट काट्न सकिने व्यवस्था सुरु भएको हो ।
सुनको मूल्य हालसम्मकै उच्च
पछिल्लो समय सुनचाँदी बजारमा सुनको मूल्य निरन्तर उकालो लाग्दै आएको छ । आज छापावाल सुनको कारोबार प्रतितोला रु एक लाख सात हजार पाँच सय तोकिएको छ ।
उत्पादन र बजार प्रवर्द्धन गर्न चियाको राष्ट्रिय रणनीति
निर्यातयोग्य वस्तुका रूपमा रहेको स्वदेशी चियाको उत्पादन र बजारीकरण गर्न राष्ट्रिय चिया रणनीति तयार गर्न लागिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय चिया तथा कफी विकास बोर्डले संयुक्त रूपमा चियाको राष्ट्रिय रणनीति बनाउन लागेका हुन् । चियाको उत्पादन वृद्धि गरी अन्तर्राष्ट्रिय बजारमा निर्यात प्रवद्र्धन गर्ने गरी रणनीति बनाउन लागिएको हो ।
कोदोको प्रवर्द्धनसँगै उपयोग पनि बढ्दै
कोदो बालीको पछिल्लो समय भएको प्रवर्द्धनसँगै उपयोग पनि बढ्दै गएको छ । कोदो खेती बिस्तारै घट्दै गएपछि कृषि ज्ञान केन्द्र गुल्मीले रैथाने बाली संरक्षणका लागि अभियान नै चलाएसँगै यसको उपयोगितामा थप वृद्धि हुन थालेको कृषि ज्ञान केन्द्र गुल्मीका कार्यालय प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो ।
भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आयो
भारतबाट इन्धनको मूल्य फेरि बढेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले बुधबार पठाएको नयाँ मूल्यअनुसार खाना पकाउने ग्यासबाहेक सबै इन्धनको मूल्य बढेर आएको हो । नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर आठ रुपियाँ र डिजेल प्रतिलिटर सात रुपियाँ ९८ पैसा मूल्य बढेर आएको नेपाल आयल निगमले जानकारी दिएको छ । यस्तै मट्टीतेलको मूल्य प्रतिलिटरमा चार रुपियाँ ८० पैसा र हवाई इन्धन लिटरमै सात रुपियाँ ५० पैसा मूल्य बढेर आएको छ ।
बढ्यो सुनको मूल्य
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रू. पाँच सयले बढेको छ ।
जस्तापाता निर्यात वृद्धि
अन्तर्राष्ट्रिय बजारमा नेपालमा उत्पादित जस्तापाताको माग बढ्दै गएको पाइएको छ । कच्चा पदार्थ आयात गरी प्रशोधन गरेर नेपालमा उत्पादित जस्तापाता छिमेकी मुलुक भारत, श्रीलङ्का, रोमनियाँलगायतका देशमा निर्यात हुन थालेको व्यवसायीले बताएका छन् ।
सुनको मूल्य घट्यो
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु पाँच सयले घटेको छ ।
‘स्टार्टअप’ नीति छिट्टै पारित हुने
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्टार्टअप नीति अन्तिम चरणमा पुगेकाले छिट्टै पारित हुने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घको प्रतिनिधिमण्डलसँग सोमबार भएको भेटमा मन्त्री दामोदर भण्डारीले उक्त जानकारी दिनुभएको हो । सो अवसरमा मन्त्री भण्डारीले बन्द, हडताल एवं लोडसेडिङका कारण उत्पादन बन्द हुने अवस्था आउन नदिन मन्त्रालयले विशेष पहल गर्ने आश्वासन पनि दिनुभयो ।
प्रतितोला तीन सयले बढ्यो सुनको मूल्य
नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु= एक लाख छ हजार तीन सय पुगेको छ ।