सडक विस्तारमा सेना : एक हजार चार सय किमी सडक र ३५ बेलीब्रिज हस्तान्तरण
नेपाली सेनाले एक हजार ४१२ किलो मिटर सडक तथा ३५ वटा बेलीब्रिजको निर्माण सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गरेको छ।
छ महानगरबाहेक अन्यको मतपत्र छपाइ सकियो
निर्वाचन आयोगले छ महानगरपालिकाबाहेक अन्य सबै स्थानीय तहको मतपत्र छपाइ सकिएको जनाएको छ ।
सुस्ताको पुल आठ वर्षमा ६५ प्रतिशत मात्र निर्माण
पश्चिम नवलपरासीको सुस्तालाई जोड्ने नारायणी नदीमा बन्न लागेको पुल आठ वर्ष बितिसक्दा समेत ६५ प्रतिशत मात्र को निर्माण भएको छ ।
कांग्रेसले विद्रोही उम्मेदवार पार्टीबाट निष्कासन गर्ने
बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा विद्रोही उम्मेदवारी दर्ता गर्नेलाई नेपाली कांग्रेसले स्वतः पार्टीबाट निष्कासन गर्ने भएका छन् ।
बजेट अधिवेशन आह्वानमा ढिलाइ
सङ्घीय संसद्को बजेट अधिवेशन आह्वानमा ढिलाइ भएको छ । अघिल्ला वर्षहरूको प्रचलन र बजेट पूर्वछलफलको आवश्यकताका आधारमा अहिले अधिवेशन आह्वान भइसक्नुपर्ने थियो ।गत वर्ष भने विश्वासको मत लिन प्रधानमन्त्री असफल भएपछि सरकारले चालू आर्थिक वर्ष २०७८/७९ को बजेट प्रतिनिधि सभा विघटन गरी अध्यादेशमार्फत ल्याएको थियो ।
सय दिनदेखि त्रिविमा ताल्चा
त्रिभुवन विश्वविद्यालयमा ताल्चा लागेको सय दिन पुगेको छ । मुलुकको उच्च शिक्षामा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको विश्वविद्यालयमा यति लामो समय ताला लाग्दा पनि खुलाउने प्रभावकारी पहल भएको छैन । विभिन्न बहानामा हुने आन्दोलनका कारण उच्च शिक्षाको ८० प्रतिशतभन्दा बढी भार बोकेको उक्त संस्था शैक्षिक, प्रशासनिक तथा आर्थिक रूपमै लथालिङ्ग बनिसकेको छ । आन्दोलनकारीसँग छलफल गरेर समस्या समाधानका लागि पहल भए पनि वार्ता
गौतमबुद्ध विमानस्थलमा वाइडबडीको सफल अवतरण
भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमको वाइडबडी ए–३३० जहाजले सफल अवतरण गरेको छ।
काठमाडौं महानगर प्रमुखका उम्मेदवार काँग्रेस नेत्री सिंहको सङ्कल्पपत्र सार्वजनिक
सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेस काठमाडौं महानगरपालिकाको प्रमुख पदका उम्मेदवार सिर्जना सिंहको संकल्प पत्र सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले सात 'स' को सङ्कल्प व्यक्त गर्नुभएको हो । बिहीबार माइतीघर हाइटमा चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा आफ्नो मन्तव्य राख्नुहुँदै प्रमुख पदकी उम्मेदवार सिंहले काँग्रेसको सिद्धान्त, आदर्शलाई मनन गरेर त्यसमा लाग्ने बताउनुभएको छ ।
उम्मेदवारीको अन्तिम नामावली आज प्रकाशन गरिने
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन भएका उम्मेदवारको नामावली बिहीबार प्रकाशन गरिने भएको छ । निर्वाचन आयोगले वैशाख ११ र १२ गते देशभरका निर्वाचन अधिकृतको कार्यालयमा दर्ता भएको मनोनयनविरुद्ध परेको उजुरीमा जाँचबुझ गरिरहेको छ ।