पानी नपर्दा खेतमा धानबाली सुक्यो, उत्पादन घट्न सक्ने
वर्षा नहुँदा रुपन्देहीका किसानले खेतमा लगाइएको धानबाली काटेर चौपायालाई खुवाउन थालेका छन् । खेतमै धानबाली सुक्न थालेपछि कम्तिमा चौपायालाई काम लाग्ने भन्दै किसानहरुले धानबाली काट्न थालेका हुन् ।
बैतडीबाट सुत्केरी महिलाको हवाई उद्धार
सडक यातायात नहुँदा २४ घण्टादेखि व्यथा लागेर ज्यान जोखिममा परेका एक सुत्केरीको बैतडीको सिगासबाट हेलिकोप्टरमार्फत् उद्धार गरिएको छ । सुत्केरी व्यथा लागेर २४ घण्टादेखि सिगास गाउँपालिका–६, थलाकाँडा सवस्थ्य चौकीमा रहेका सुत्केरी विन्दु धामीलाई हवाई उद्धार गरेर सोमबार सुर्खेतको प्रादेशिक अस्पताल लगिएको होे ।
स्वर्ण जितेर फर्किँदा जागिरै गयो : राजु शाक्य
नेपाली फुटबलका लागि धरान उर्वरभूमि हो । बेलायती लाहुरेको बाहुल्य रहेको धरानमा फुटबल खेलको माहाैल पनि पहिला देखि नै राम्रो थियो । त्यही धरानको फुटबलकाे माहाैलले राजुकाजी शाक्यलाई पनि बच्चैदेखि मोहित बनायो ।
कौरा नृत्य प्रस्तुत गर्दै युवती
तनहुँको दमौलीमा आयोजित एक कार्यक्रममा कौरा नृत्य प्रस्तुत गर्दै युवती । तस्बिर : कृष्ण न्यौपाने\रासस
सन्तोषजनक छैन सार्वजनिक संस्थानको अवस्था
२४ सार्वजनिक संस्थानले आव २०७७/७८ को लेखापरीक्षण गराएका छैन । प्रत्येक आर्थिक वर्ष सकिएपछि तत्काल लेखापरीक्षण गर्नुपर्ने व्यवस्था रहे पनि सरकारी स्वामित्वका ती संस्थानले लेखापरीक्षण नगराएका हुन् । नेपाल ओरिन्ड म्याग्नेसाइट प्राइभेट लिमिटेड (हाल सञ्चालनमा नरहेको)ले १३ वर्षदेखि र साझा प्रकाशनले नौ वर्षदेखि लेखापरीक्षण नगराएको पाइएको छ ।
साउनमा झन्डै दुई अर्बको बिजुली निर्यात
गएको साउनमा मात्रै नेपाल विद्युत् प्राधिकरणले एक अर्ब ८३ करोड ८८ लाख रुपियाँको विद्युत् निर्यात गरेको छ । इन्डियन इनर्जी एक्सचेन्जको डे अहेड मार्केटमा उक्त एक महिनाको अवधिमा २४ करोड २६ लाख ८३ हजार युनिट बिजुली बिक्री भएको प्राधिकरणले जनाएको छ । यो अवधिमा औसत दैनिक पाँच करोड ९३ लाख रुपियाँको बिजुली बिक्री भएको छ ।
स्थानीय तहमा आफूखुसी स्वकीय सचिव
आफूखुसी स्वकीय सचिव र सल्लाहकार नियुक्त गर्ने विगतको प्रवृत्तिलाई स्थानीय तहका वर्तमान प्रमुख तथा अध्यक्षले पनि निरन्तरता दिएका छन्। महालेखा परीक्षकको कार्यालयको गत वर्षको वार्षिक प्रतिवेदनमा स्थानीय तहका प्रमुख र अध्यक्षले आफूखुसी स्वकीय सचिव तथा सल्लाहकार नियुक्त गरेबापत ठूलो रकम बेरुजु देखाएको थियो। बेरुजु देखाए पनि यो प्रवृत्तिलाई स्थानीय तहका पदाधिकारीले निरन्तरता दिएको पाइएको छ।
उच्च सम्मानका साथ नेता गिरीको अन्तिम बिदाइ [फोटो फिचर]
नेपाली कांग्रेसका नेता एवम् समाजवादी चिन्तक प्रदीप गिरीको उच्च सम्मानका साथ पशुपतिस्थित आर्यघाटमा आइतबार अन्त्येष्टि गरिएको छ। उहाँको सम्मानमा सुरक्षाकर्मीको एक टुकडीले शोक सलामी अर्पण गरेको थियो।
राष्ट्रपति भण्डारीसमक्ष ब्राजिल र कोरियाका नेपाली राजदूतद्वारा शपथ ग्रहण
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष गणतन्त्र ब्राजिल र गणतन्त्र कोरियाका लागि नवनियुक्त राजदूतहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपतिको कार्यालयमा आइतबार एक समारोहकाबीच उहाँहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो ।
‘प्रजातान्त्रिक समाजवादको एउटा प्रखर चिन्तक’
कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरी नेपालको प्रजातान्त्रिक समाजवादको एउटा प्रखर चिन्तक भएको चर्चा नेताहरुले गर्नुभएको छ।
नेता गिरीको सम्मानमा कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने
नेपाली कांग्रेसले दिवङ्गत नेता प्रदीप गिरीप्रति उच्च सम्मान प्रकट गर्दै यही भदौ ५, ६ र ७ गते तीन दिनसम्म पार्टीको केन्द्रीय र मातहतका सबै कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । साथै पार्टीले शोक श्रद्धाञ्जलीका कार्यक्रमबाहेक अरु सबै कार्यक्रम स्थगित गर्नेभएको छ ।
प्रदीप गिरीलाई श्रद्धाञ्जली दिन पुगेकाे जनसमूह (फोटो फिचर)
नेपाली काँग्रेसका नेता तथा समाजवादी चिन्तक प्रदीप गिरीलाई श्रद्धाञ्जली दिन विभिन्न पार्टीका नेता तथा कार्यकर्ता र शुभचिन्तकहरु भीड लागेको छ ।
सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौं : राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदिप गिरीप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।
नेपालले एक सच्चा र असल नेता गुमायो: प्रधानमन्त्री
उपचारको क्रममा शनिबार राती निधन हुनुभएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप गिरीको अन्त्येष्टि ९आइतबार० गरिने भएको छ ।
तुइन बल्ल विस्थापित, जस लिने होड भने २०६८ देखि नै
नेपाल बल्ल तुइनमुक्त भएको छ । भौगोलिक विकटताले गर्दा खोलाखोल्सी तथा ठूला नदी तर्न देशभरका विभिन्न स्थानमा बनाइएका तुइन विस्थापित गरी ती स्थानमा झोलुङ्गेपुल निर्माण गरिएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभागका अनुसार देशभर १४३ वटा तुइन रहेकोमा अहिलेसम्म १४२ वटा विस्थापित भएका छन् । ती ठाउँमा अहिले झोलुङ्गेपुल बनाइएका छन् । झोलुङ्गेपुलद्वारा तुइन विस्थापित गर्नुपर्ने नेपाल–भारत सिमानामा बैतडीको पञ्चेश्वरघाटमा रहेको अन्तिम तुइन पनि हटाइएको छ तर झोलुङ्गेपुल भने बनिसकेको छैन । भारत सरकारद्वारा निर्माण सहमति प्राप्त हुनेबित्तिकै झोलुङ्गेपुल निर्माण गरिने विभागले जनाएको छ ।
भन्सारको नाम देखाउँदै ठग्दै
झट्ट हेर्दा सरकारी कर बिजकजस्तै देखिनेगरी सार्वजनिक बिदाकै दिन शुक्रबार एउटा बिल जारी भयो । भन्सार विभागको लोगो र नाम अङ्कित उक्त बिजकमा २५६ जीबीको आइफोन प्रो म्याक्स, एप्पल वाच र एयरपोड्स प्रो छुटाउन १८ हजार रुपियाँ भन्सार शुल्क बुझाउनुपर्ने उल्लेख थियो
कांग्रेस नेता प्रदीप गिरीको निधन
नेपाली कांग्रेसका बौद्धिक नेता, समाजवादी चिन्तक एवम् प्रतिनिधि सभा सदस्य प्रदीप गिरीको स्वास्थ्योपचारको क्रममा आज केहीबेर अघि ७५ वर्षको उमेरमा निधन भएको छ।
नदीले बगाएको अस्थायी काठे पुल निर्माणमा जुटे स्थानीय
कैलालीको कैलारी गाउँपालिका –७ रामपुरस्थित कटैनी नदीले बगाएको अस्थायी काठे पुल निर्माणमा स्थानीयवासी जुटेका छन् । सामुदायिक वनले काठ उपलब्ध गराएपछि भुइयाँफाँटा र रामपुर गाउँवासीले नदीमा नयाँ काठेपुल बनाउन जुटेका हुन् ।
वरिष्ठ उपाध्यक्ष श्रेष्ठको नेतृत्वमा निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन
शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले वरिष्ठ उपाध्यक्ष श्रेष्ठको नेतृत्वमा मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि १७ सदस्यीय निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन भएको हो ।
मतदातालाई प्रभावित पार्ने कार्यक्रम सञ्चालन नगर्न निर्देशन
निर्वाचन आयोगले मतदातालाई प्रभावित पार्ने एवम् निर्वाचन स्वच्छता र निष्पक्षतामा प्रभाव पार्नेखालका कुनै पनि नयाँ आयोजना तथा कार्यक्रम सञ्चालन नगर्न नगराउन तीनै तहका सरकारलाई निर्देशन दिएको छ ।
‘जनताको साथमा कांग्रेस’ : तीन चरणको चुनावी अभियान
नेपाली कांग्रेसले भदौ १० देखि २४ गतेसम्म ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ । कांग्रेसले बीपी कोइरालाको बीपी जन्मजयन्ती सन्दर्भ पारेर १४ दिने अभियान सञ्चालन गर्ने भएको हो ।
सुनलाई प्रहरीले किन भन्छ ‘सुनजस्तो पहेंलो धातु’
हरेक कुरामा सुनिश्चितता नहुने भएकाले सुन भनेर पक्राउ गरेको पदार्थलाई सुनजस्तो पहेंलो धातु वा पदार्थ भन्नुपर्ने हुन्छ । हेर्दा ठ्याक्कै सुनजस्तो पहेंलो देखिने पदार्थ सुन भनेर पक्राउ गरे पनि कहिलेकाहीँ मिक्स भइदिने र प्रहरीको आँखाले छुट्याउन नसक्ने हुँदा सुनजस्तो पहेंलो पदार्थ वा धातु भन्ने प्रहरीको नियम रहेको पूर्व डिआइजी हेमन्त मल्लले बताउनुभयो ।
साताका सात तस्बिर
जनै पूर्णीमाको अवसरमा दैलेख र कालिकोट जिल्लाको सीमा क्षेत्रमा पर्ने महावु धाम लाग्ने मेला भर्न त्यसतर्फ जाँदै भक्तजन ।
कपिलवस्तुमा नक्कली स्वास्थ्यकर्मीको बिगबिगी
कपिलवस्तुको शिवराज नगरपालिका ११ थुन्हियामा बिकास बाला एक दशकदेखि मेडिकल सञ्चालन गर्दैआएका थिए । भारतको पश्चिम बंगालका बाला औषधी पसल खोल्न नेपाल आएका हुन् । कक्षा १० सम्म अध्ययन गरेका उनले स्वास्थ्यकर्मी बनेर उपचार गर्दैआएका थिए ।