बागलुङ–२ (क) मा कांग्रेसका शेरचन विजयी
बागलुङ क्षेत्र नं. –२ (क) मा नेपाली कांग्रेसका जितबहादुर शेरचन विजयी हुनुभएको छ ।
ललितपुर–१ मा कांग्रेसका उदयशम्शेर विजयी
ललितपुर–१ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार उदयशम्शेर राणाले जित हासिल गर्नुभएको छ ।
प्रदेशसभा सदस्यमा जसपाका सिघासन साह विजयी
पर्सा जिल्लामा प्रदेश सभा सदस्यमा जनता समाजवादी पार्टीका सिघासन साह कलवार दोस्राे पटक विजयी हुनुभएको छ ।
म्याग्दीको प्रदेश (ख) मा माओवादीका जुग्जाली विजयी
म्याग्दीको प्रदेश सभा निर्वाचन क्षेत्र (ख) मा सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादीका उम्मेदवार रेशम जुग्जाली (सुविन) १०१ मत अन्तरले विजयी हुनुभएको छ ।
उदयपुर २ मा एमालेका रायमाझी विजयी
उदयपुरको निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा (एमाले)का उम्मेदवार अम्बरबहादुर रायमाझी विजयी हुनुभएको छ। उहाँ १५ हजार २५१ मत ल्याएर विजयी हुनुभएको हो।
पर्सा ४ प्रदेशसभा (क)मा कांग्रेसका शङ्कर चौधरी विजयी
पर्सा जिल्लामा प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका शङ्कर चौधरी विजयी हुनुभएको छ।
ललितपुर २ (ख) मा कांग्रेसका चित्रकार विजयी
ललितपुर प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा सदस्य (ख) मा नेपाली कांग्रेसका रामकृष्ण चित्रकार विजयी हुनुभएको छ।
सुनसरी –४ मा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की अगाडि
सुनसरी निर्वाचन क्षेत्र नं. ४ प्रतिनिधि सभाको मतगणना जारी रहँदा नेपाली कांग्रेसका उम्मेदबार सञ्चार तथा सूचना प्रविधी एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले तीन हजार ४४१ मत प्राप्त गरी अग्रता लिनुभएको छ ।
डडेलधुरामा प्रधानमन्त्री देउवा ५४ सय मतले अगाडि
डडेलधुरा जिल्लाको प्रतिनिधि सभा सदस्यमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँच हजार ४४९ मतले आफ्नो प्रतिस्पर्धीभन्दा अगाडि हुनुहुन्छ ।
स्याङ्जा २ मा सुरु भएन मतगणना, कांग्रेस–एमाले धर्नामा
स्याङ्जा क्षेत्र नं. २ को मतगणना मङ्गलबार अबेरसम्म सुरु हुन सकेको छैन । चार बुथमा धाँधली गरी बुथ कव्जा भएको नेकपा (एमाले) ले आरोप लगाउँदै पुनः मतदानको माग गरेको छ । कांग्रेसले तत्काल मतगणनाको माग गर्दै धर्ना बसेको छ ।
पर्सा २ (क) मा कांग्रेस उम्मेदवार पटेल निर्वाचित
पर्सा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (क) मा नेपाली कांग्रेसका श्याम पटेल निर्वाचित हुनुभएको छ ।
ललितपुर २ को प्रदेशसभा (क) मा एमालेका श्रेष्ठ विजयी
ललितपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (क) मा नेकपा (एमाले)का रामेश्वर श्रेष्ठ विजयी हुनुभएको छ।
रसुवा प्रदेश 'क' मा कांग्रेस विजयी
रसुवा प्रदेश क्षेत्र नं 'क' बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका प्रभात तामाङ विजयी हुनुभएको छ ।
अध्यक्ष माधवकुमार नेपाल ८८५ मतले अगाडि
पछिल्लो मतगणनाको परिणामअनुसार रौतहट प्रतिनिधि सभा क्षेत्र न १ बाट नेकपा (एस) का माधवकुमार नेपालले अग्रता कायमै रहनुभएको छ ।
एमाले उम्मेदवार राना कांग्रेस नेता पौडेलभन्दा अगाडि
तनहुँ –१ को प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार एकबहादुर रानाले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पछाडि पार्नुभएको छ ।
चितवन २ मा रवि लामिछानेको अग्रता
चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिनुभएको छ ।
काठमाडौं ९ मा नेता श्रेष्ठ निर्वाचित : एमालेको दोस्रो जित
काठमाडौं निर्वाचन क्षेत्र नं. ९ मा नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ निर्वाचित हुनुभएको छ । एमाले केन्द्रीय सदस्य समेत रहनुभएका नेता श्रेष्ठले स्वतन्त्र उम्मेदवार टेकबहादुर पोखरेललाई पराजित गर्नुहुँदै निर्वाचित हुनुभएको हो ।
काठमाडौं २ को प्रदेश (क) मा राप्रपाका केसी विजयी
काठमाडौं क्षेत्र नं. २ को प्रदेशसभा (क)मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सुनील केसी विजयी हुनुएको छ । केसीले एक हजार ५१९ मत अन्तरले विजयी हुनुभएको हो ।
तनहुँको दुवै निर्वाचन क्षेत्रमा कांग्रेस उम्मेदवारको अग्रता
तनहुँको दुई वटै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले अग्रता लिएको छ । प्रतिनिधि सभा सदस्यमा क्षेत्र नम्बर १ मा झिनो मतान्तरले अग्रता लिएको छ भने क्षेत्र नम्बर २ मा फराकिलो मतान्तरले अगाडि छ ।
डडेल्धुरामा प्रधानमन्त्री देउवा ४५ सय मतले अगाडि
डडेल्धुरा जिल्लाको प्रतिनिधिसभा सदस्यमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चार हजार ५८० मतले आफ्नो प्रतिस्पर्धीभन्दा अगाडि हुनुहुन्छ ।
गाेरखा २ मा प्रचण्डकाे अग्रता, निकटतमभन्दा पाँचहजार १२८ मत बढी
प्रतिनिधिसभा सदस्यकाे लागि भएकाे निर्वाचनमा गाेरखा २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सात हजार ५७ मतसहित प्राप्त गर्नुभएकाे छ ।
कैलाली ३ मा नागरिक उन्मुक्ति पार्टीका गङ्गाराम चौधरी विजयी
प्रतिनिधि सभा सदस्यमा कैलाली क्षेत्र नम्बर ३ बाट नागरिक उन्मुक्ति पार्टीका गङ्गाराम चौधरी विजयी हुनुभएको छ । एक लाख सात हजार ६५९ मतदाता रहेको ३ नम्बर क्षेत्रमा कुल ६३ हजार ७४० मत खसेको थियो ।
सप्तरी २ को दुवै प्रदेशसभामा जनमत विजयी
सप्तरी २ को दुईवटै प्रदेशसभातर्फ जनमत पार्टीका उम्मेदवारले आफ्नो जीत सुनिश्चित गर्दै जनमत पार्टीले सप्तरीबाट आफ्नो खाता खोलेका छन् ।
इलाम दुवै क्षेत्रमा एमालेका नेम्वाङ र बस्नेतको अग्रता
इलामको दुबै निर्वाचन क्षेत्रमा नेकपा (एमाले) का उम्मेदवार सुभासचन्द्र नेम्वाङ र महेश बस्नेतले अग्रता लिनुभएको छ । नेकपा (एस) का नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई एमाले जिल्ला अध्यक्ष महेश बस्नेतले शुरुदेखि पछि पार्नुभएको छ ।