चौबीस करोड खर्चमा नौ ‘भ्यु टावर’ तयार
बागमती प्रदेश सरकारले प्रदेशका नौ जिल्लामा एक एक वटा ‘भ्यु टावर’ (दृश्यावलोकन स्तम्भ) निर्माण गरेको छ । पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७५/७६ देखि २०७९/८० सम्ममा नौ वटा ‘भ्यु टावर’ बनाउन २३ करोड ८७ लाख ८८ हजार ७६८ रुपियाँ खर्च भएको छ ।
नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग : आपतकालीनतर्फ आज छिचोलिँदै
निर्माणाधीन नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग सोमबार छिचोलिने भएको छ। अन्तिम विस्फोट गराएर सुरुङ मार्गको ‘ब्रेक थ्रु’ गरिँदै छ। नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग आयोजनाका प्रवक्ता रमेश कोइरालाले आयोजनाको आपत्कालीन सुरुङ मार्गको ‘ब्रेक थ्रु’ गरिने जानकारी दिनुभयो। “भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको उपस्थितिमा सुरुङ मार्ग छिचोल्ने कार्यक्रम तय भएको छ,” उहाँले भन्नुभयो, “दुई हजार ५५७ मिटरमध्ये दुई हजार ५५६ मिटर खन्ने काम पूरा भइसकेको छ। छिचोल्नका लागि अब एक मिटर खने पुग्छ।”
वैदेशिक रोजगार : फेरिँदै नेपाली श्रमिकको गन्तव्य
पछिल्लो समयमा नेपालीले वैदेशिक रोजगारीका लागि युरोपका विभिन्न देशलाई श्रम गन्तव्य बनाउन थालेका छन् । आर्थिक वर्ष २०७९/८० मा युरोपका रोमानिया, क्रोएसिया, साइप्रस, पोल्यान्डलगायतका देशमा जाने नेपाली श्रमिकको सङ्ख्या बढ्न थालेको छ । वैदेशिक रोजगार विभागका अनुसार आव २०७९/८० मा नेपालीले श्रम गन्तव्य बनाएका प्रमुख १० वटा युरोपेली देशमा रोमानिया, क्रोएसिया, साइप्रस, पोल्यान्ड, माल्टा, बेलायत, सर्बिया, पोर्चुगल, ब्रुनाई र क्यानडा रहेका छन् । यी देशमा जान मात्रै आव २०७९/८० मा ४४ हजार ३२७ जनाले श्रम स्वीकृति लिएको विभागमा तथ्याङ्कमा देखिन्छ ।
‘ब्लु बस’मा रङ र रुटको समस्या
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेले आइतबार बिहान सामाजिक सञ्जालमा लेख्नुभयो, “कठै, मोबाइल क्लिनिकमा हामीलाई प्राप्त गाडी मात्रै परिवर्तन हुन लागेको हो। मोबाइल क्लिनिक जारी छ।” तर उहाँले गाडी परिवर्तन गर्नु पर्नाको कारण भने खुलाउनुभएन। उहाँले भनेजस्तो अर्कै गाडी प्रयोग गरेर क्लिनिक भने जारी नै छ।
उच्च पदस्थमाथि अनुसन्धान गर्न सर्वोच्चको आदेश
ललिता निवासको जग्गा किर्ते प्रकरणको अनुसन्धान सुस्ताइरहेका बेला सर्वोच्च अदालतले न्यायिक सक्रियता देखाएको छ। योगराज पौडेल निवेदक रहेको बन्दीप्रत्यक्षीकरण मुद्दामार्फत सर्वोच्चले उच्च पदस्थ व्यक्तिमाथि पनि अनुसन्धान चाँडो निष्कर्षमा पु-याउन आदेश गरेको छ। न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार चुडालको संयुक्त इजलासले विभिन्न चार मितिमा भएका मन्त्रीपरिषद्का निर्णयको मिति नै उल्लेख गरेर निर्णयकर्ता, मन्त्रालयका जिम्मेवार अधिकारीमाथि छानबिन गर्न अदालतले आदेश गरेको हो। अदालतले पौडेललाई रिहा गर्न भने अस्वीकार गरेको छ।
महाकालीमा पानीले सतर्कता बिन्दु नाघ्यो, आवतजावत बन्द
महाकाली नदीमा पानीको सतहले सतर्कता विन्दु नाघेपछि नदीमाथि बनेको बनबासा पुलमा चार पाङ्ग्रे सवारी आवतजावत बन्द गरिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नसक्ने चलचित्र बनाउनुपर्छ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नसक्ने चलचित्र बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
‘जनतासँग माओवादी’ तीन महिने अभियान सञ्चालन गर्ने
नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकले ‘जनतासँग माओवादी’ तीन महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।
शृङ्गारका सामग्री आयातमा बाहिरिन्छ ठुलो रकम : आँखा र ओठका लागि ५५ करोड खर्च
दैनिक जीवनमा प्रयोग हुने सामग्रीको आयातमा ठुलो धनराशि खर्च भएको पाइएको छ। सिन्दूर, टुथपेस्ट, कपाल स्याहारको सामग्री आयातमा ठुलो धनराशि बिदेसिएको छ।
निर्माण व्यवसायीको भुक्तानी रोकिएको छैनः मन्त्रालय
निर्माण व्यवसायीले काम गरेबापत भुक्तानी नपाएको भन्दै आन्दोलन गरे पनि सरकारका कर्मचारी भने नियमसँगत आएका बिलहरुको भुक्तानी नरोकिएको बताएका छन् । प्रक्रिया पुरा गरेर आएका बिलहरु नरोकिएको र भुक्तानीमा कुनै वाधा नभएको अर्थ मन्त्रालयका प्रवक्ता धनिराम शर्माले बताउनुभयो । नियामनुसार प्रक्रिया पुर्याएर आएका बिलहरुको भुक्तानी रोक्ने अधिकारी सरकारलाई नभएको उहाँले बताउनुभयो ।
प्रभावहीन बन्यो पाडा प्रवर्द्धन कार्यक्रम
गुल्मीको रेसुङ्गा नगरपालिकामा पाडा प्रवर्द्धन कार्यक्रमको लगानी बालुवामा पानीसरह भएको छ ।
लोक सेवा आयोगको नाममा नक्कली सूचना जारी, हजार बढीले दिए परीक्षा
बाँके खजुरा गाउँपालिका २ का मनिष शर्माले सुदूरपश्चिम लोकसेवा आयोगले खोलेको सब इन्जिनियर पदको विज्ञापनमा अनलाइनबाट एक हजार रुपियाँ तिरेर फाराम भर्नुभयो ।
वडाध्यक्षकै घर खोलामाथि
काठमाडौँ महानगरपालिका–६ र बुढानीलकण्ठ नगरपालिका–१०, ११ र १२ भएर बग्ने यज्ञमती र चखुँचाखोला अतिक्रमणमा तत्कालीन स्थानीय निकाय र प्राविधिकहरू पनि संलग्न रहेको पाइएको छ । बुढानीलकण्ठ नगरपालिकाका प्रमुख एवं तत्कालीन कपन गाउँ विकास समितिका अध्यक्ष मिठाराम अधिकारीसहितका जनप्रतिनिधिले चखुँचा र यज्ञमतीखोला दोहनमा भूमाफियाको साथ दिएको खुलेको छ । नगर प्रमुख अधिकारीले स्थानीय तह निर्वाचनपछि जिम्मेवारी सम्हालेपछि पनि उक्त क्षेत्रमा खोला मिचेर घर बनाउने गरी नक्सा पासको कार्य रोकिएको छैन । उहाँले खोला मिचेर बनाउँदै गरेका संरचनाको नियमन गर्नुभएको छैन ।
स्वच्छ छविको व्यक्ति उपाध्यक्ष बनाउन सुझाव
बौद्ध धर्म संस्कृतिसँग सम्बन्धित व्यक्तिले लुम्बिनी विकास कोषको उपाध्यक्षमा स्वच्छ छवि भएका व्यक्ति वा धर्मगुरु नियुक्ति हुनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । यही साउन १५ गते कोषका वर्तमान उपाध्यक्षको कार्यकाल समाप्त भएको सन्दर्भमा गोरखापत्रसँग कुरा गर्दै उहाँहरूले कोषको गरिमामय पदका लागि विवादित व्यक्ति उपयुक्त नहुने धारणा व्यक्त गर्नुभयो ।
छ हजार जनाको नियुक्ति रोकियो
त्रिभुवन विश्वविद्यालयको सेवा आयोग अध्यक्षविहीन भएको एक वर्ष पूरा भए पनि नयाँ नियुक्तिको अत्तोपत्तो छैन । आयोगका तत्कालीन अध्यक्ष प्राडा लालुप्रसाद पौडेलको तीनवर्षे कार्यकाल गत साउन १८ गते सकिएको थियो । विश्वविद्यालयका लागि आवश्यक पर्ने सबै प्रकारको जनशक्ति छनोट गरेर सिफारिस गर्ने निकाय एक वर्षदेखि रिक्त रहे पनि नयाँ नियुक्ति प्रक्रिया सुरु भएको छैन । अध्यक्ष नियुक्त हुन नसक्दा प्राध्यापक तथा कर्मचारीका लागि खुला प्रतिस्पर्धाको विज्ञापन खोल्न सकिएको छैन । यसअघि विज्ञापन भएर आवेदन दिएका सात सय उपप्राध्यापकका लागि लिखित परीक्षा सञ्चालन गर्न सकिएको छैन ।
आपसी सम्बन्धलाई अझ सुदृढ बनाउन सहमत
प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री मोदीबीच टेलिफोन वार्ता
पारदर्शिता सुनिश्चितता गर्न एकाउन्टिङ र अडिटिङको भूमिका महत्वपूर्ण : अर्थमन्त्री डा. महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले एकाउन्टिङ र अडिटिङ सुशासनसँग जोडिएको बताउनुभएको छ ।
बागमती, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
शनिबार राति बागमती, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
टिकापुरको पद्म प्रकाशेश्वर महादेव मन्दिर (फोटो फिचर)
कैलाली जिल्ला टिकापुर नगरपालिका–७ सत्ती बजार अर्थात् पूर्वबाट पूर्वपश्चिम राजमार्ग हुँदै सुदूरपश्चिम जाँदा लम्कीबाट बायाँतर्फ करिब २४ किलो मिटरको दूरीमा अवस्थित छन् प्राचीन एवम् ऐतिहासिक पद्म प्रकाशेश्वर महादेवको मन्दिर ।
बाध्यात्मक वैदेशिक रोजगारी
सरकारले बाध्यकारी वैदेशिक रोजगारीको अन्त्य गर्ने नीति लिएको करिब पाँच वर्ष भयो । तत्कालीन श्रम, रोजागार सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले स्वदेशमा काम नपाएर विदेश जाने अवस्थाको अन्त्य गर्दै वैदेशिक रोजगारीलाई स्वैच्छिक बनाइने घोषणा गर्नुभएको थियो तर पछिल्ला वर्षमा स्वदेशमा बाँच्ने आधार नभएर बिदेसिनेको सङ्ख्या ठुलो छ । यस्तैमध्येका हुुनुहुन्छ– पर्वत लुुङ्खुुदेउरालीका मनोज अधिकारी । उहाँ गत भदौमा रोजगारीका लागि मलेसिया हानिनुभयो । काठमाडौँको बा
चोट (कथा)
‘लक्ष्मी ! ए लक्ष्मी !’ भन्दै देवकी चिच्याइन् । घरभित्र गुनगुन आवाज आइरहेको थियो । तर भित्रबाट कोही बोलेन । एकछिनपछि देवकीको छोराको आवाज आयो, ‘ठूलो मम्मी आउनु भएको छ, ढोका नखोलौँ ।’ ‘ढोका नखोलौँ’ भनेको सुन्दा देवकी छाँगाबाट खसेझैँ भइन् । केही बेरपछि ल्याएको कोसेली ढोकामा राखेर आखाँभरि आँसु बोकेर उनी फर्किन् । उनलाई रिँगटा लाग्ला जस्तो भयो । बल्लतल्ल घर पुगिन् । यसपछि देवकीले देउरानीसँग बिताएका दिन एकपछि अर्को सम्झन थालिन् । ज्यामिरेका शिवदत्त र पार्वतीका कान्छा छोरा अर्जुनको विवाहले
सर्वौषधि ‘जीवन विज्ञान’
‘जीवन विज्ञान’का सद्गुरुद्वय एलपी भानु शर्मा र रमेश नेपाल सूर्य उदाएदेखि अस्ताएसम्म ज्ञान र योग–ध्यानको धारो खोलेर शिष्यलाई सुख, शान्ति र समृद्धिमा लैजान अथक प्रयास गरिरहनुभएको छ । जीवन विज्ञानमा सबै वर्ग, उमेर, जाति, लिङ्ग, धर्म र सम्प्रदायका व्यक्तिहरूले ध्यानबाट आत्मिक लाभ लिइरहेका छन् । ‘जीवन विज्ञान’ कुनै धर्म–सम्प्रदाय होइन, यो त ज्ञान र ध्यानको अविच्छिन्न प्रवाह हो ।
जुत्ताचप्पलको तस्करीले गुम्यो दस अर्ब
नेपाल र भारतबिचको खुला सिमानाको फाइदा उठाउँदै हुने जुत्ताचप्पलको तस्करीबाट राज्यले वार्षिक १० अर्ब राजस्व गुमाउनु परेको तथ्य फेला परेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालै तयार गरेको एक अध्ययन प्रतिवेदनले गत आर्थिक वर्ष २०७९/८० मा मात्रै १० अर्ब राजस्व गुमेको अनुमानित तथ्य उजागर गरेको हो ।
पत्रु बनेको एम्बुलेन्समा ‘मोबाइल क्लिनिक’
चितवन निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको निर्वाचन क्षेत्रमा मात्र प्रयोग गर्ने गरी एम्बुलेन्सको दुरुपयोग भएको छ। सांसद लामिछानेले आफ्नो निर्वाचन क्षेत्रका महिलालाई निःशुल्क गरिएको ब्लु बस र ६५ वर्षभन्दा माथिको उमेरका बिरामीका लागि भनेर मोबाइल क्लिनिक सञ्चालनमा ल्याउनुभएको छ तर एम्बुलेन्सको रङ परिवर्तन गरी नीलो बनाएर तथा अन्य विशेष सूचना दिने सङ्केतसमेत हटाएर राजनीतिक उद्देश्य पूरा हुने गरी एम्बुलेन्स सञ्चालन गर्दा एम्बुलेन्सको प्रचलित मापदण्ड र ऐनका कतिपय प्रावधान मिचिएका छन्।