प्रधानमन्त्री कार्यालयलाई सेन्टर अफ एक्सिलेन्सको रूपमा विकास गरौँ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री कार्यालयलाई स्मार्ट र सेन्टर अफ एक्सिलेन्सको रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।
सरकारले भ्रष्टाचारका अरु प्रकरणको पनि छानबिन गर्छः मन्त्री मोदी
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सरकारले भ्रष्टाचारका अरु प्रकरणहरुमा पनि छानबिन गर्ने बताउनुभएको छ ।
सङ्घीय शिक्षा ऐन ल्याउने तयारी हुँदैछ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले २०२८ सालको शिक्षा ऐनलाई विस्थापित गरी जतिसक्दो चाँडो सङ्घीय शिक्षा ऐन ल्याउने तयारी भइरहेको बताउनुभएको छ ।
यस्तो छ सोह्रौँ आवधिक योजनाको अवधारणापत्र
‘सुशासन, सामाजिक न्याय र समृद्धि’को सोचसहित सोह्रौँ पञ्चवर्षीय आवधिक योजना (२०८१/०८२–२०८५/०८६) को अवधारणापत्र तयार भएको छ ।
कालिकोटका सबै स्थानीय तह प्रमुख, उप प्रमुखविहीन
कालिकोटका नौ वटै स्थानीय सरकार प्रमुखविहीन भएका छन् । सबै स्थानीय तह मध्ये आठ स्थानीय तहका प्रमुख उपप्रमुख, अध्यक्ष र उपाध्यक्षले आफ्नो क्षेत्र छाडेपछि स्थानीय तह प्रमुख विहीन बनेको हो ।
खोल्सीगाउँका गर्भवती महिला स्वास्थ्य संस्था जाँदैनन्
जिल्लाको एउटा सिङ्गो गाउँका गर्भवती महिलाहरू गोठमै सुत्केरी हुने गरेको पाइएको छ । गाउँमा प्रसूति गृह नहुनु र गाउँवासीमा सुरक्षित सुत्केरी गराउने कुरामा जानकारी पाएर पनि त्यसलाई अटेरी गरेको कारण गर्भवती महिलाहरूले गोठ गोठमा सुत्केरी हुनु परेको हो ।
प्रकरणमा तरङ्गित राजनीति
समसामयिक नेपालको राजनीतिक परिदृश्यलाई सूक्ष्म ढङ्गले हेर्दा राजनीतिक सिद्धान्त र सदाचारको मूल बाटोबाट विमुख भएर बरालिएको विमार्गतिर रुमलिएको हो कि भन्ने तमाम प्रश्न उब्जिएका छन् । पछिल्लो तीन महिना नेपाली राजनीति विभिन्न प्रकरण धारावाहिक रूपमा बाहिरिएपछि तरङ्गित छ । नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा हिनामिना प्रकरण, पशुपतिनाथमा जलहरी प्रकरण, टिआइएबाट बाहिरिएको एक क्विन्टल सुन प्रकरण आदि उल्लिखित सबै प्रकरणमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा राजनीतिक संलग्नता रहेको आंशिक रूपमा पुष्टि भइसकेका छन् भने केही अनुसन्धानकै व्रmममा छन् । भ्रष्टचारका प्रकरणहरू यहाँ नौलो र सहज मात्र होइन कि व्यवस्थाभित्रैको चूर्णमा परिणत भइसकेका छन् ।
कांग्रेस निर्णयको सन्देश
नेपाली कांग्रेसको विधान अनुसार हरेक २ महिनामा हुनुपर्ने केन्द्रीय समितिको बैठक एक वर्षपछि साउन २ गतेदेखि एकसाता चलेर सम्पन्न भएको छ । कांग्रेसले इतिहासमा पहिलो पटक प्रत्यक्ष प्रसारण गरिएको यो बैठकमा पदाधिकारीसमेत सबै सदस्यको विचार सर्वसाधारणले सिधै सुन्ने अवसर पाए । जुनसुकै उद्देश्यले गरिएको भए पनि सबैभन्दा लामो राजनीतिक इतिहास बोकेको प्रजातन्त्रको जननी कांग्रेसका सभापति शेरबहादुर देउवाले गरेको यो कामलाई सबैले सकारात्मक रूपमा लिएका छन् । बैठकको प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था गराएर महामन्त्री गगन थापाको अग्रगामी कदमलाई इँटाको जवाफ पथ्थरले दिएको भन्ने अर्थमा पनि लिइएको छ । सह
सिप हासिल गरेर विदेश जाने युवा बढ्दो
वैदेशिक रोजगारीमा जाने युवाका लागि पेसागत सिप अनिवार्य गरिएसँगै दक्ष भएर विदेश जाने युवाको सङ्ख्या क्रमशः बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७५/७६ मा भन्दा आव २०७९/८० मा वैदेशिक रोजगारीमा दक्ष भएर जानेको सङ्ख्या ३१ प्रतिशतले बढेको हो ।
उपियाँ र उडुसको टोकाइसँगै सुत्केरी भुइँमा
महाराजगन्जस्थित कान्तिबाल अस्पतालमा नवजात शिशु सघन उपचार कक्ष (एनआइसियू) को कुरुवा घरमा उडुस, उपियाँले गर्दा बस्न सक्ने अवस्था छैन । एक महिनाभन्दा कम उमेरका नवजात शिशुलाई एनआइसियूमा राखेर उपचार गरिन्छ । उनीहरूका आमालाई एनआइसियू कुरुवाघरमा राखिन्छ । त्यहाँ ३० वटा छुट्टै शय्याको व्यवस्था गरिएको छ । एनआइसियू कुरुवा बस्ने बेडमा नवजात शिशुका आमालाई बस्न सकस हुन्छ । एकछिन बस्दा उपियाँ र उडुसले टोकेर खपिसक्नु हुँदैन । त्यसैले त्यहाँ बस्ने सुत्केरी भुइँमा बिस्तारा लगाएर सुत्ने गरेका छन् ।
मापदण्डविपरीत सञ्चालित अस्पताललाई कारबाही हुन्छ : मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मापदण्ड विपरीत सञ्चालित अस्पतालहरुलाई कानून बमोजिम कारबाही गरिने बताउनु भएको छ ।
सबैले इमान्दार भएर काम गरे राजश्वले लक्ष्य भेट्छ : अर्थमन्त्री डा. महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले सबैले इमान्दार भएर काम गरे राजस्वले लक्ष्य भेट्ने बताउनुभएको छ। बिहीबार सुख्खा बन्दरगाह वीरगन्ज र वीरगन्ज भन्सार कार्यालयको निरीक्षणका क्रममा डा. महतले यस्तो बताउनुभएको हो।
मन्त्रिपरिषद् बैठकका १६ निर्णय : खोकना जग्गा विवाद समाधान समितिको म्याद तीन महिना थप
सरकारले काठमाडौँ–तराई मधेश द्रुतमार्ग सडक आयोजना अन्तर्गत ललितपुर जिल्लाको खोकना इलाकाको जङ्गा प्राप्ति सम्बन्धी समस्या समाधान गर्न गठित समितिको म्याद तीन महिना थप गर्ने निर्णय गरेको छ।
जनचेतनाको अभावले स्तनपान गराउने आमाको सङ्ख्या घट्दो
पूर्ण स्तनपान गराउनेको सङ्ख्या दिनानुदिन घट्दै गएको तथ्याङ्कले देखाएको छ । आमाहरूमा स्तनपान बारे जानकारी नहुँदा र व्यस्तताले गर्दा ग्राफ ओरालो लाग्दै गएको तथ्याङ्क छ ।
बालज्ञानी गुरु आदित्य
भाइबहिनीहरू, तिमीहरूलाई पनि थाहा भएकै कुरा हो, बालज्ञानी गुरु आदित्य अत्यन्तै अदभुत र अलौकिक बालक हुनुहुन्छ । उहाँको दिव्य आत्माभित्र अनुमान नै गर्न नसकिने अथाह ज्ञानको सागर छ । उहाँको अलौकिक शक्ति र ज्ञानका बारेमा विश्व नै चकित छ । ज्ञान प्रकट हुनुअघिसम्म उहाँको बाल्यकाल अन्य बालबालिकाको जस्तै साधारण थियो तर अदृश्य शक्ति प्राप्त भएपछि बालक आदित्य बालज्ञानी गुरु आदित्य बन्नुभएको छ । विसं २०६७ साउन ७ गते बाबा शेषराज दाहाल र आमा ईश्वरा गुरागाईंको पहिलो सन्तानका रूपमा झापाको मोरङ सिजुवामा उहाँको जन्म भएको थियो । गुरु आदित्यको चार वर्षको जन्मदिन आउनु एक दिनअघि २०७१ साल असार २५ मा उहाँमा अलौकि
तनहुँ जलविद्युत आयोजनाको काम ४० प्रतिशत सम्पन्न
यहाँ निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको काम धमाधम भइरहेको छ । हाल सम्म आयोजनाको झन्डै ४० प्रतिशत काम पुरा भएको छ । निर्धारित समयमा सम्पन्न गर्ने उद्देश्यले काम तीव्र रूपमा भइरहेको र हालसम्म ३९ दशमलव ४२ प्रतिशत काम पुरा भएको आयोजनाका प्रमुख राजाभाई शिल्पकारले जानकारी दिनुभयो ।
पाँच महिनाअघि खान अयोग्य, अहिले योग्य
नेपालगन्जस्थित खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले साढे पाँच महिनाको अवधिमा एउटै चामलको परीक्षण गर्दा पहिलो पटक एउटा र दोस्रो पटक अर्को प्रतिवेदन पठाएको पाइएको छ। सो कार्यालयले गत माघ १८ गते गरेको परीक्षणबाट विश्व खाद्य कार्यक्रमले ल्याएको चामललाई भिजेको, गन्ध आएको र खान अयोग्य रहेको भनेर प्रतिवेदन दिएको थियो भने सोही चामलको पुनः साउन ३ गते परीक्षण गर्दा खानयोग्य र गुणस्तरीय भनेर प्रतिवेदन दिएको छ।
क्यान्सर रोगीलाई सकस, रेडियोथेरापीको पालो पाउन मुस्किल
ओखलढुङ्गा पोकलीका बलबहादुर परियारलाई भक्तपुर क्यान्सर अस्पतालमा ठुलो आन्द्रा र मलाशय जोडिने भागमा क्यान्सर भएको पत्ता लाग्यो। रेक्टम क्यान्सर भनिने रोगको उपचारका लागि उहाँलाई तत्काल रेडियोथेरापी गरेर शल्यक्रिया गर्न चिकित्सकले सल्लाह दिए। बलबहादुरले चिकित्सकको सल्लाह अनुसार रेडियोथेरापी गर्न चार महिना कुर्नुपर्ने भयो भने यो अवधिसम्म क्यान्सर अन्यत्र फैलिइसक्ने सम्भावना थियो। चार महिनासम्मको पालो कुर्नुभन्दा अन्य क्यान्सरका बिरामीको सल्लाहमा बलबहादुर तत्काल भारतको नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पताल जानुभयो। अहिले त्यहीँ उहाँको उपचार हुँदै छ। नेपालमै तत्काल रेडियोथेरापीको पालो पाएको भए उहाँ भारतमा गएर उपचार गर्नुहुन्नथ्यो।
छयालीस हजार दरबन्दी खुल्दै
४० हजार राहत शिक्षक कोटालाई दरबन्दीमा परिणत गर्ने प्रस्ताव विद्यालय शिक्षासम्बन्धी विधेयकमा गरिएको छ। मङ्गलबार बसेको मन्त्रीपरिषद् बैठकले विधेयक समितिबाट पेस भएको विद्यालय शिक्षासम्बन्धी विधेयकलाई सङ्घीय संसद्मा पेस गर्न स्वीकृति प्रदान गरेको छ। सो विधेयक अझै सार्वजनिक भने भएको छैन। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय उच्च स्रोतले विधेयकमा राहत शिक्षक कोटालाई दरबन्दीमा परिणत गर्ने प्रस्ताव गरिएको जानकारी दिएको छ। साविकको उच्च माध्यमिक विद्यालय (कक्षा ११/१२) को चार हजार अनुदानलाई पनि दरबन्दीमा परिणत गर्ने प्रस्ताव विधेयकमा गरिएको छ। सो तहमा दुई हजार दरबन्दी र चार हजार अनुदानमा अस्थायी रूपमा शिक्षक व्यवस्थापन गरिएको छ। “विधेयक पारित भएमा दुवै किसिमका गरी एकै पटक ४६ हजार नयाँ शिक्षकका लागि विज्ञापन आह्वान हु
अध्यक्ष प्रचण्डको प्रस्तावमाथि १८ नेताले राखे धारणा, ४०९ सदस्यीय केन्द्रीय समितिको प्रस्ताव
नेकपा (माओवादी केन्द्र)को आजदेखि सुरु केन्द्रीय समितिको चौंथो पूर्ण बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को संक्षिप्त प्रतिवेदनमाथि १८ नेताले आआफ्नो धारणा प्रस्तुत गरेका छन्।
पोखरेली सडकमा विश्व बैंकको साढे ती अर्ब लगानी
विश्व बैंकले पोखराका थप दुई सडक खण्डमा लगानी गर्ने भएको छ । विश्व बैंकको लगानीमा तालचोकदेखि वेगनासतालसम्मको सडक निर्माण हुँदैछ । यो सडकमा ७५ करोड लगानी भएको छ ।
राजधानीमै सवारी भाडामा व्यवसायीको मनोमानी
बागमती प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडादर घटेपनि काठमाडौं उपत्यकामा भने भाडादर घटेको छैन ।
विदेशको राम्रो कमाइ त्यागेर स्वदेशमा भैंसीपालन व्यवसाय
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका – १० का युवा हेमराज रेग्मी पाँच वर्ष मलेसिया बसेर फर्किनुभयो । त्यहाँ उहाँको आम्दानी राम्रै थियो । मासिक एक लाखभन्दा बढी कमाउनुहुन्थ्यो । तर उहाँ परदेशमा रमाउन सक्नु भएन । स्वदेश फर्किनुभयो ।
राजदूतको नियुक्ति समावेशी बनाउन सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले राजदूत नियुक्तिमा पनि संविधानको मर्म र भावनाअनुसार समावेशी सिद्धान्तलाई आत्मासाथ गर्दै लैजान नेपाल सरकार पूर्ण रुपमा प्रतिबद्ध रहेको बताउनुभएको छ।