निक्षेप र कर्जा घट्यो
चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप एक खर्ब ३३ अर्ब २४ करोडले घटेको छ । नेपाल राष्ट्र बैङ्कले आइतबार सार्वजनिक गरेको २०८०/८१ को पहिलो महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार साउनमा निक्षेप परिचालन २.३ प्रतिशतले घटेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप एक खर्ब ७७ करोड (२.० प्रतिशत) ले घटेको थियो ।
प्रसारण लाइन सहप्रयोग गर्ने सहमति
नेपाल र भारतबिच विद्युत् आदान प्रदानका लागि उपलब्ध विभिन्न अन्तर्देशीय प्रसारण लाइनको प्रयोगका विषयमा दुई देशबिच सहमति भएको छ । भारतको नयाँ दिल्लीमा सम्पन्न नेपाल भारत ऊर्जा अधिकारीहरू सम्मिलित प्राविधिक टोली (जेटिटी) को १४ औँ संयुक्त बैठकमा यस्तो सहमति जुटेको हो ।
लोकतन्त्रको पवित्रतालाई स्थापित गर्नुपर्छ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले शासकीय कमजोरीलाई अब राजनीतिक निष्ठा र लोकतन्त्रको पवित्रताले जित्नैपर्ने बताउनुभएको छ ।
स्याउ पाक्यो, बिक्रीको चिन्ता
हिमाली जिल्ला हुम्लामा लटरम्म फलेर पाकेका स्याउ बिक्री नहुने चिन्ता किसानमा सुरु भएको छ। स्याउ बढी उत्पादन हुने माथिल्लो हुम्ला राष्ट्रिय सडक सञ्जालसँग नजोडिँदा जिल्ला बाहिर निकासी गर्न नसकिने भएकाले किसान चिन्तित छन्।
अब सरकार विकास, सुशासन र रोजगारी सिर्जनामा केन्द्रित हुनुपर्छ : अध्यक्ष तिमिल्सिना
सरकारले ऐन निर्माणमा ध्यान दिनुपर्छ । संविधान कार्यान्वयनको महत्त्वपूर्ण कुरा विकास निर्माण, सुशासन, रोजगारी सिर्जना हुनुपर्छ ।
संविधानले समृद्धि र राष्ट्रिय एकतालाई सबल बनाएको छ : कार्यवाहक प्रधानमन्त्री खड्का
कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले संविधान सभाबाट जारी नेपालको संविधानले नेपालको समृद्धि र राष्ट्रिय एकतालाई सबल बनाएको बताउनुभएको छ ।
संविधान दिवस विशेष समारोहका झलकहरू
नेपाली जनताको ठुलो त्याग, बलिदान र सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक संविधान जारी भएको आज आठ वर्ष पूरा भएर नौ वर्ष लागेको छ ।
‘रेन्बो फेमिली’ को शङ्कास्पद भेला
अछाम जिल्लाको प्रमुख पर्यटकीय क्षेत्र रामारोशनमा आयोजना हुने भनिएको अन्तर्राष्ट्रिय सम्मेलन जमघट मात्र रहेको पाइएको छ । ‘रेन्बो फेमिली’ तथा ‘रेन्बो ग्यादरिङ युनिटी’ नामक नेटवर्कमार्फत विभिन्न देशका नागरिक अछाम पुगेका छन् । अझै कतिपयको आउने क्रम जारी छ भने केही रोकिएका छन् ।
दस हजार झोलुङ्गे पुल निर्माण
सरकारले १० हजारभन्दा बढी झोलुङ्गे पुल निर्माण सम्पन्न गरेको छ । पहाडी जिल्लामा तरितराउलाई सहज गर्ने उद्देश्यले सरकारले केही वर्षअघिदेखि नै पैदल हिँड्दा आधा घण्टाको दुरीमा झोलुङ्गे पुल निर्माण गर्ने कार्यलाई अभियानका रूपमा सञ्चालन गर्दै आएको थियो । उक्त अभियानलाई सफल बनाउन सरकारले १० हजारभन्दा बढी झोलुङ्गे पुल निर्माण सम्पन्न गरेको स्थानीय पूर्वाधार विभागले जनाएको छ । पहिला दुर्गम पहाडी जिल्लामा न्यूनतम तीनदेखि चार घण्टा पैदल हिँडेपछि मात्र एउटा झोलुङ्गे पुलदेखि अर्को झोलुङ्गे पुलसम्म पुग्न सकिने अवस्था थियो । अहिलेसम्म सरकारले कोशीमा दुई हजार १८३, मधेशमा २०१, बागमतीमा एक हजार ८४१, गण्डकीमा दुई हजार २६४, लुम्बिनीमा एक हजार ४१९, कर्णालीमा एक हजार २४२ र सुदूरपश्चिम प्रदेशमा एक हजार २५९ गरी कुल १० हजार ४०९ वटा झोलुङ्गे पुल निर्माण भएको विभागले जनाएको छ ।
गणेशमान सिंहको सन्देश नयाँ पुस्तामा पुर्याउन आवश्यक : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति सत्ता र शक्तिको साधन होइन भन्ने गणेशमान सिंहको सन्देश नयाँ पुस्तासम्म पुर्याउन आवश्यक रहेको बताउनुभएको छ ।
आर्थिक रूपान्तरणका लागि नेपालीको सहभागिता आवश्यक : अर्थमन्त्री महत
अर्थमन्त्री डा.प्रकाशशरण महतले मुलुकको आर्थिक रूपान्तरणका लागि देशभित्र र बाहिर हुने नेपालीहरूको सहभागिता आवश्यक रहेको बताउनुभएको छ ।
लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्र नै हो : सञ्चारमन्त्री शर्मा
लामो राजनीतिक सङ्घर्ष, त्याग र बलिदानको प्रतिफलका रूपमा नेपालको संविधान जारी भएको आठ वर्ष पूरा भएको छ ।
‘सरकार संसदमा दर्ता भएको शिक्षा विधेयकमा छलफल गर्न तयार’
उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले मुलुकको संविधानले परिकल्पना गरेको शिक्षा व्यवस्थाको प्रतिकूल नहुने गरी संसदमा दर्ता भएको शिक्षा विधेयकको बारेमा छलफल गर्न सरकार तयार रहेको बताउनुभएको छ ।
ऊर्जा क्षेत्रलाई अर्थतन्त्रको प्रमुख आधारका रुपमा विकास गर्ने सरकारको तयारी
भौतिक पूर्वाधारको क्षेत्रका रुपमा रहँदै आएको मुलुकको ऊर्जा क्षेत्रलाई सरकारले अब भने प्रमुख आर्थिक एवम् औद्योगिक क्षेत्रका रुपमा परिचय प्रदान गरेर अगाडि बढाउने भएको छ ।
संविधानको मौलिक हक : निःशुल्क र अनिवार्य शिक्षा कार्यान्वयनका चुनौती
आधारभूत तहसम्म अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्म निःशुल्क शिक्षाको मौलिक हक व्यवहारतः कार्यान्वयनमा अझै चुनौती देखिएको छ ।
द्रुत बस सेवा सञ्चालनका लागि अलग्गै लेन तयार
भक्तपुरको सूर्यविनायकदेखि काठमाडौंसम्म द्रुत बस सेवा सञ्चालन हुने भएको छ ।
वार्षिक १३ खर्बको विद्युत निर्यात गरे व्यापार घाटा अन्त्य हुन्छ : गभर्नर अधिकारी
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालबाट वार्षिक १२/१३ खर्ब रुपियाँको विद्युत निर्यात भई व्यापार घाटाको अवस्था अन्त्य हुने बताएका छन् ।
ऋषिपञ्चमीमा भक्तजनको भीड (फोटो फिचर)
भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषिपञ्चमी पर्व आज देशभर मनाइँदै छ । ऋषिपञ्चमीका दिन काठमाडौंको पशुपति क्षेत्र र टेकुस्थित ऋषेश्वर मन्दिरमा भक्तजनको भीड छ । आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदै छन् ।
बेवारिसे कुकुर व्यवस्थापनमा युवाको सराहनीय पहल
सडकका बेवारिसे कुकुरको व्यवस्थापनमा सायदै थोरैको ध्यान जाने गर्दछ । एकातिर बजारबाट कुकुर किनेर घरमा पाल्ने सौख बढ्दै गएको छ । तर, आकर्षण नभएका तथा बिरामी भए, मन नपरेमा कुकुरलाई सडकमा छाडिदिने विभिन्न घटना पनि छन् । सडकमै जन्मेका, हुर्केका बेवारिसे कतिपय कुकुर मान्छेको कुटाइ, पिटाइदेखि, एसिड छ्याप्ने, सडक दुर्घटनाको शिकार बनेका छन् ।
दक्षिण कोरियामा उच्च सिपयुक्त जनशक्ति पठाउन पहल
सरकारले ई–७ भिसा (उच्च सिपयुक्त जनशक्ति)मा नेपाली श्रमिक दक्षिण कोरिया पठाउन सकिने बताएको छ ।
यी हुन पुरस्कृत हुने विद्यालय, शिक्षालय र क्याम्पस
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवस २०८० का अवसरमा पुरस्कृत हुने विद्यालय, प्राविधिक शिक्षालय, क्याम्पस तथा सङ्घ संस्थाका नामावली सार्वजनिक गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको सूचीअनुसार, पुरस्कृत हुने राष्ट्रिय शिल्ड तथा नगद पुरस्कार एक लाखदेखि तीन लाख रुपियाँसम्म प्राप्त गर्ने छन् । पुरस्कृत हुने विद्यालय, प्राविधिक शिक्षालय, क्याम्पस तथा सङ्घ संस्थाहरू यस प्रकार छन् :
कम उमेरमा आमा बन्दै
‘बिहेबारी, बिस वर्ष पारि’ भन्ने नारा र ऐन, कानुन भए पनि बैतडीमा २० वर्ष नपुग्दै आमा बन्नेको सङ्ख्या बढ्दो छ । बैतडीमा मात्र वार्षिक चार सय किशोरीले २० वर्ष नपुगी सन्तान जन्माएर आमा बनेका छन् । बालविवाह न्यूनीकरणका क्षेत्रमा सरकारी तथा गैरसरकारी क्षेत्रले काम गरेको दाबी गरे पनि बैतडीमा बालविवाह रोकिएको छैन । स्वास्थ्य कार्यालय बैतडीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७/७८ मा ४१५, आर्थिक वर्ष २०७८/७९ मा ३८७ र २०७९/८० मा ३२३ जना किशोरी आमा बनेका छन् ।
संयुक्त राष्ट्र संघमा अल्पविकसित देशका पक्षमा प्रधानमन्त्री प्रचण्डको आह्वान
संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा संचालन भइरहेको सन् २०२३ को एसडीजी शिखर सम्मेलनमा विश्वका अतिकम विकसित देशहरुको समूहका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्नुभएको छ।
सडक सुधार तथा सुरक्षालाई थप प्रभावकारी बनाउनुपर्छ : कार्यवाहक प्रधानमन्त्री खड्का
कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मन्त्रिपरिषदका सदस्यहरूसँग समसामयिक विषयमा छलफल गर्नुभएको छ ।