फ्रेन्डसिप कप : नेपाल च्याम्पियन
एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगितामा नेपाल च्याम्पियन बनेको छ । गुजरातको वापीस्थित साई मेघपन स्पोर्ट्सलाइफ मैदानमा आइतबार भएको फाइनल खेलमा नेपालले आयोजक गुजरात क्रिकेट सङ्घलाई १८ रनले हरायो ।
उपनिर्वाचन : इलाम २ मा २० जनाको उम्मेदवारी दर्ता
इलाम-२ मा वैशाख १५ मा हुन लागेको उप-निर्वाचनका लागि नेकपा (एमाले), नेपाली काँग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहितका २० उम्मेद्वारले मनोनयन दर्ता गराएका छन्।
‘युवापुस्तामा सकारात्मक भावना जागृत गर्नुछ’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा पुस्तामा देखिएको उग्र निराशा र नकारात्मकतालाई सुधार गर्दै नेपालमा केही हुन्छ भन्ने विश्वास जगाउनुपर्ने बताउनुभएको छ ।
‘बोगटीको अभाव महसुस भइरहन्छ’
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमन्त्री एवम् माओवादी केन्द्रका नेता पोष्टबहादुर बोगटीको पार्टीमा सधैँ अभाव महसुस हुने गरेको बताउनुभएको छ ।
‘विकृतिसँगै सकारात्मक पक्षलाई मिडियाले उजागर गर्नुपर्छ’
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले समाजमा भएका विकृति विसङ्गतिसँगै सकारात्मक पक्षलाई मिडियाले उजागर गर्नुपर्नेमा जोड दिनुभएको छ ।
घाँटी दुख्यो भनेर एन्टिबायोटिक खानु हुँदैन
घाँटी दुख्नासाथ धेरैले टन्सिल भएको अनुमान गर्छन्। वीर अस्पतालका वरिष्ठ नाक, कान र घाँटीरोग विशेषज्ञ प्रा.डा. दीप्रेन्द्र श्रेष्ठले सबै घाँटी दुखाई टन्सिल नभएको बताउनुहुन्छ।
आगामी बजेटमा जनताले परिवर्तनको महसुस गर्ने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवम् बजेटमा जनताले परिवर्तन एवम् विकासको महसुस गर्ने बताउनुभएको छ ।
सङ्घीय गणतन्त्रलाई बचाउन निष्ठापूर्वक लागिरहन्छु : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र वर्तमान संविधान जोगाउन आफू निष्ठापूर्वक लागिरहने बताउनुभएको छ । जनज्योति क्याम्पस भिमाद तनहुँको १६ औं वार्षिकोत्सव तथा नवनिर्मित भवनको सोमबार उदघाटन गर्दै राष्ट्रपति पौडेलले सो कुरा बताउनुभएको हो ।
तोकिएको समयमा सकिएन ग्वार्को ‘फ्लाइओभर’
ललितपुरमा बन्दै गरेको ग्वार्को फ्लाईओभरको काम तोकिएको समयमा सम्पन्न भएको छैन । २०७९ सालको पुस महिनाबाट सुरु भएको ग्वार्को फ्लाईओभरको काम गत फागुन मसान्तमा सक्नुपर्ने थियो । तर, तोकिएको समयमा सम्पन्न भएको छैन ।
प्रधानमन्त्रीलाई मन्त्रीले दैनिक कामको ब्रिफिङ गर्नुपर्ने
सरकारका मन्त्रीले आफूले गरेको कामको प्रधानमन्त्री समक्ष दैनिक रुपमा बिफ्रिङ गर्नुपर्ने भएको छ।
तत्कालीन संस्कृति मन्त्री शाहीसहित ३२ विरुद्ध एक अर्ब ४७ करोडको भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिद प्रकरणमा भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
खेलकुद बहुआयामिक सम्भावनायुक्त क्षेत्र : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका लागि खेल क्षेत्र बहुआयामिक सम्भावनायुक्त क्षेत्र भएकाले यसको विकासमा सरकारले विशेष ध्यान दिने बताउनुभएको छ ।
कर्णालीका मुख्यमन्त्री शर्माको राजीनामा
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिनुभएको छ। बुधबार प्रदेश सभालाई सम्बोधन गर्दै उहाँले राजीनामा दिनुभएको हो।
राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीद्वारा सरकारको वार्षिक प्रतिवेदन प्रस्तुत
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्नुभएको छ । बुधबार राष्ट्रपति कार्यालयमा पुगेर प्रधानमन्त्री प्रचण्डले वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो ।
नर्सिङ छोडेर हेयर कटिङमा स्थापित निरु
कुनै बेला नर्सिङ पेसामा आबद्ध निरु कुँवर जीवनमा केही फरक ढङ्गले स्थापित हुने चाहना राख्नुहुन्थ्यो ।
‘संविधानको प्रगतिशील कार्यान्वयनलाई जोड गरौँ’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान संविधानको प्रगतिशील कार्यान्वयनका लागि आपसी एकतालाई सुदृढ गर्दै अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।
कराँतेदेखि हक्कीसम्म सुवर्ण यात्रा
ललितपुर लुभुकी सुवर्ण श्रेष्ठलाई सँगैका साथीहरू चर्चित खेलाडी बनेको देख्दा कहिले काहीँ विगतले झस्काउँछ । सुवर्णले कराँते खेल्न सुरु गर्दा लुभु अहिले जस्तो सुगम थिएन । खेल्नका लागि नजिक भनेको लगनखेल पुग्नुपर्दथ्यो ।
बढ्दो कोरोना र फ्लु, सतर्कता अपनाउन चिकित्सकको सुझाव
मौसम परिवर्तनसँगै कोरोना फ्लु लगायतका श्वासप्रश्वाससम्बन्धी बिरामी बढ्दै गएका छन् । देशको एक मात्र सरुवा रोग अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पछिल्लो केही हप्तादेखि यस्ता बिरामी बढ्दै गएको अस्पतालका ओपिडी इन्चार्ज शङ्कर पाण्डेले बताउनुभयो ।
मुख्यमन्त्री जम्कट्टेललाई तेस्रोपटक विश्वासको मत प्राप्त
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सभाबाट तेस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको छ ।
किच्चकवधमा भेटियो दरबारको ऐतिहासिक भग्नावशेष
झापाको भद्रपुर नगरपालिका-३ स्थित धार्मिक तथा ऐतिहासिकस्थल किच्चकवधमा एउटा पूर्ण दरबारको ऐतिहासिकता दर्शाउने भग्नावशेष फेला परेको छ । पुरातत्व विभागको टोलीले सातौँ पटक गरेको उत्खननका क्रममा उक्त भग्नावशेष फेला परेको पुरातत्वविद् उद्धव आचार्यले जानकारी दिनुभयो ।
सहकारी सकस : ‘जनताको पैसामा अपराध गर्ने अधिकार कसैलाई छैन’
पछिल्लो समय सहकारीप्रतिको जनविश्वास घट्दै गएको चर्चा हामीले छरछिमेक, बजारमा सुन्न पाउँछौं ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम : स्थानीय तहलाई जिम्मा दिनुपर्छ
चालू आर्थिक वर्षका लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम स्थगन भएको छ । विगत पाँच वर्षदेखि सञ्चालन हुँदैआएको यो कार्यक्रम आर्थिकअभाव र विद्यालय छनौटमा ढिलाइ भएका कारण स्थगन भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।
नक्कली बिलको अनुगमन गरेर एक्सन लिनुहोस् : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजस्व चुहावट रोक्दै अर्थतन्त्र सुदृढ गर्न नक्कली बिल जारी गर्ने र नक्कली स्टिकरको प्रयोग भइरहेको स्थितिबारे गम्भीरतापूर्वक अनुगमन गरी नियन्त्रण गर्न निर्देशन दिनुभएको छ।
मन्त्रिपरिषद् बैठक : तथ्याङ्क नियमावली स्वीकृत
सरकारले तथ्यांक नियमावली, २०८० लाई स्वीकृत गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले तथ्यांक नियमावली, २०८० लाई स्वीकृत गरेको हो।