मधेशमा पाँच जनाको उम्मेदवारी
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मधेश प्रदेशमा पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगले सोमबार दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तोकेको थियो । सोही समयमा मधेश प्रदेशमा पाँच जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
नेमकिपाद्वारा बागमतीमा चारजनाको उम्मेदवारी दर्ता
राष्ट्रियसभा सदस्य निर्वाचनको रिक्त हुने पदमा बागमती प्रदेशबाट नेपाल मजदुर किसान पार्टीबाट चार जनाको उम्मेदवारी परेको छ ।
राष्ट्रिय सभामा कर्णालीबाट छ जनाको उम्मेदवारी
राष्ट्रिय सभा निर्वाचनका लागि कर्णाली प्रदेशमा सत्तारुढ गठबन्धन र नेकपा एमालेका उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन् । सोमबार दिउँसो प्रदेश निर्वाचनको कार्यालयमा पुगेर उनीहरूले उम्मेदवारी दर्ता गराएका हुन् ।
सुदूरपश्चिममा गठबन्धन र एमालेबाट उम्मेदवारी दर्ता
आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिममा सत्तारुढ गठबन्धनका नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का तर्फबाट उम्मेदवार बनेका उम्मेदवारहरूले सोमबार उम्मेदवारी दर्ता गराएका छन् ।
मधेशमा एमालेबाट उषादेवीको उम्मेदवारी
मधेश प्रदेशमा नेकपा (एमाले) बाट राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उषादेवी थरुनीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
लुम्बिनीमा एमालेबाट केसी र घर्तीको उम्मेदवारी
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा नेकपा (एमाले) बाट तुलसा केसी र झेविन्द्रबहादुर घर्ती क्षेत्रीले उम्मेदवारी दर्ता गराउनुभएको ।
जनमतबाट बालगोबिन्द चौधरीको उम्मेदवारी दर्ता
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जनमत पार्टीका बालगोबिन्द चौधरीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
मारेर बोरामा फालेका दुई शवको पहिचान खुल्यो
मारेर बोराभित्र फालेको शवको पहिचान खुलेको छ । चितवनको भरतपुर महानगरपालिका–१२ स्थित मिलनचोकमा गत मङ्सिर ६ गते बोराभित्र भेटिएका दुई वटा शवको पहिचान खुलेको चितवन प्रहरीले जानकारी दिएको छ ।
कांग्रेस नेता सिटौलाद्वारा मनोनयनपत्र दर्ता
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि मनोनयनपत्र दर्ता गराउनुभएको छ । उहाँले विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराउनु भएको हो ।
एमालेद्वारा हेटौँडाका चार क्षेत्रमा उम्मेदवारी दर्ता
राष्ट्रियसभा सदस्य निवार्चनमा नेकपा (एमाले) ले चार वटै क्षेत्रमा उम्मेदवारी दर्ता गरेको छ । महिला, अल्पसङ्ख्यक/अपाङ्गता भएका, दलित र अन्यबाट गरी चार जनाले राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारि दर्ता गराएको हो ।
११ बुँदे सहमतिपछि आन्दोलन स्थगित, मृतकको शव उठाइने
जिल्ला प्रशासन कार्यालय मलङ्गवामा पीडित परिवार, जनप्रतिनिधि, सुरक्षा अधिकारी, राजनीतिक दलका प्रतिनिधि र सरोकारवालाहरुको छलफलबाट ११ बुँदे सहमति भएको हो ।
माओवादीबाट सहिद परिवारकी शर्मा उम्मेदवार
नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार तय गरेको छ। गण्डकीमा महिला क्लस्टरबाट माओवादी केन्द्रकी मनरुपा शर्मा उम्मेदवार बन्ने निश्चित भएको हो।
भूकम्प पीडितको अस्थायी आवास निर्माणका लागि ५९ करोड बढी निकासा
रुकुमपश्चिममा भूकम्प पीडितहरूको अस्थायी आवास (टहरा) निर्माणको लागि हालसम्म ५९ करोड दुई लाख रुपियाँ निकासा भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्ला विपद् कोषबाट जिल्लाका छ वटा स्थानीय तहमा रहेका स्थानीय विपद् कोषमा उक्त रकम पठाइएको हो ।
राष्ट्रिय सभा निर्वाचन : अन्तिम मतदाता नामावली प्रकाशित
निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशित गरेको छ ।
प्रदेश सभाका सभापतिको चुनाव पुस २५ गते
सुदूरपश्चिम प्रदेश सभाका चार वटा संसदीय समितिका सभापतिको निर्वाचन पुस २५ गते हुनेभएको छ । प्रदेश सभाले आइतबार जरुरी सूचना प्रकाशित गरेर सभापतिले निर्वाचनको जानकारी गराएको हो ।
कोशीका मुख्य न्यायाधिवक्ता कोइरालाद्वारा शपथ ग्रहण
कोशी प्रदेशको मुख्य न्यायाधिवक्ता आइतबार नियुक्त भएका अधिवक्ता रूपेश कोइरालाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
हिउँदे अधिवेशनको तयारीमा स्थानीय तह
स्थानीय तहमा हिउँदे अधिवेशन तयारी सुरु भएको छ । पुसभित्रै अधिवेशन सकाउने गरी स्थानीय तह तयारीमा जुटेको हो ।
असिष्टेन्ट सबइन्जिनियर विरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँको चन्द्रागिरि नगरपालिका–१४ वडा कार्यालयमा कार्यरत असिष्टेन्ट सबइन्जिनियर विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
कडा सुरक्षा व्यवस्थाबिच बङ्गलादेशमा मतदान जारी
बङ्गलादेशमा आइतबार जारी १२औं राष्ट्रिय निर्वाचनमा करिब १७ करोड जनताले २९९ प्रतिनिधि (सांसद) छान्न मतदान गरिरहेका छन् ।
त्रिपक्षीय सम्झौतामार्फत नेपालको बिजुली बङ्गलादेश लगिने
भारतीय विदेशमन्त्री डा एस जयशङ्करको नेपाल भ्रमणको सन्दर्भमा प्रसारण लाइन तथा ऊर्जा क्षेत्रका विषयमा महत्वपूर्ण सहमति भएका हुन् । विदेशमन्त्रीको भ्रमणका क्रममा दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर समेत भएको छ । आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली भारत निर्यातका लागि उक्त सहमतिले मार्ग प्रशस्त गरेको छ ।
गृह मन्त्रालयद्वारा बरहथवा घटना छानबिन गर्न समिति गठन
गृह मन्त्रालयले सर्लाहीको बरहथवा नगरपालिकामा प्रदर्शनका क्रममा मानवीय क्षति भएको घटनाको छानबिन गर्न समिति गठन गरेको छ ।
म्याग्दीमा दुई जनाको हत्या, एक घाइते
पश्चिम म्याग्दीको मालिका गाउँपालिका–७ बिमकी ७० वर्षीया मनिषा गर्बुजा र उहाँकी नातिनी ७ वर्षीया प्रियंका गर्बुजाको ढुंगा र दाउराको चिर्पट प्राहरबाट हत्या भएको छ।
नेकपा एस : राष्ट्रिय सभाको उम्मेदवार छान्ने जिम्मा तीन नेतालाई
सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवार छान्ने जिम्मा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ।
उपराष्ट्रपति र चिनियाँ प्रतिनिधिमण्डलबिच भेटवार्ता
उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग चिनियाँ कम्युनिष्ट पार्टीको युनान प्रान्तको पार्टी स्थायी कमिटीका उपसचिव शि युगाङले भेटवार्ता गर्नुभएको छ ।