टिकटक प्रतिबन्धविरुद्धको रिटमा आजदेखि सुनुवाइ
सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनुवाइ प्रारम्भ हुँदै छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले दायर गरेको रिटमा आजदेखि सुनुवाइ हुन लागेको हो ।
२३ पालिकाले बुझाएनन् बजेट विवरण
चालु आर्थिक वर्ष २०८०८१ को चार महिना बितिसक्दा पनि २३ पालिकाले वार्षिक बजेट ल्याएको विवरण पेस गर्न सकेका छैनन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ अनुसार गाउँसभा तथा नगरसभामा पेस भएको बजेट असार मसान्तसभित्रमा पारित गरिसक्नुपर्ने हुन्छ ।
चिसोले थप दुई भूकम्पपीडितको मृत्यु
चिसोका कारण दुई जना भूकम्पपीडितको मृत्यु भएको छ । भूकम्पले घर क्षतिग्रस्त गरेपछि त्रिपालमुनी बस्दैआएको छेडागाड नगरपालिका –१३ की ५६ बर्षीया मनसरी कामी जुनीचाँदे गाँउपालिका –४ लुहादहकी ८९ बर्षीया सुगिली नेपालीको मृत्यु भएको हो ।
‘मृत्यु क्षेत्र’ बाट ३१ शिशुको उद्धार, ३१६ जना अझै अस्पतालभित्रै
प्यालेष्टिनी कट्टरपन्थी इस्लामिक लडाकू समूह (हमास) को नियन्त्रणमा रहेको गाजा पट्टीका उच्च स्वास्थ्य अधिकारीले अल–शिफा अस्पताललाई ‘मृत्यु क्षेत्र’ का रूपमा उल्लेख गर्दै महिना नपुगी जन्मिएका त्यहाँ रहेका सबै ३१ जना शिशुलाई आइतबार उक्त अस्पतालबाट बाहिर निकालिएको बताएका छन् ।
रोङमा बस दुर्घटना : एकको मृत्यु, ३७ घाइते
इलामको रोङ गाउँपालिकाको अर्याल चोकमा बस दुर्घटना हुँदा एक जना बालकको मृत्यु भएको छ । अन्य ३७ जना घाइते भएको प्रहरीले जनाएको छ ।
एमाले श्रमदान अभियान : अस्थायी टहरा निर्माण प्राथमिकतामा
जाजरकोट र रुकुमपश्चिम लगायत भूकम्प प्रभावित क्षेत्रमा नेकपा (एमाले) को श्रमदान अभियान जारी छ । एमालेको ११ सय स्वयंसेवक भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणको कार्यमा व्यस्त छन् ।
सडक पूर्वाधार विकासमा सेनाको सक्रियता
राष्ट्रिय सुरक्षाको प्रमुख जिम्मेवारीमा रहेको नेपाली सेना रणनीतिक महत्त्वका सडक पूर्वाधार निर्माणमा पनि सक्रिय रहेको छ ।
दोधारा चादँनी मुलुककै ठूलो आर्थिक नाका बन्नेः मन्त्री साउद
परराष्ट्रमन्त्री नारायण प्रकाश साउदले कञ्चनपुरको दोधारा चादँनी नाका सुदूरपश्चिमको मात्र नभइ मुलुकको आर्थिक नाकाका रुपमा विकास हुने गरी काम अघि बढेको जानकारी दिनुभएको छ ।
तीन अर्ब व्यक्ति सुरक्षित शौचालयको सुविधाबाट वञ्चित
विश्व शौचालय दिवस विश्वसँगै आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्र सङ्घले सन् २०१३ देखि नोभेम्बर १९ लाई विश्व शौचालय दिवसका रुपमा मनाउने गरेको हो । मानव समुदायलाई मानवजन्य दिसा र पिसाबबाट उत्पन्न हुनसक्ने जीवाणुले ल्याउने रोगब्याधिबाट बचाउन शौचालय निर्माण गर्ने र प्रयोग गर्ने बानी विकसित गराउन यो दिवस मनाउन सुरु गरिएको हो ।
विपिनको उद्धार गर्न पहल भइरहेको छ : परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले विद्रोही हमास समूहको नियन्त्रणमा रहेको कञ्चनपुरको भीमदत्त नगरपालिकाका विपिन जोशीलाई छुटाउन सरकार गम्भीरतापूर्वक लागेको बताउनुभएको छ ।
जिप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते
दोगडाकेदारमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार –३ कालागाउँका ३५ वर्षीय अम्मर विष्ट रहेका खोचलेक प्रहरीचौकीका इन्चार्ज नवलसिंह भाटले जानकारी दिनुभयो । विष्टको घटनास्थलमै मृत्यु भएको थियो ।
जाजरकोट : त्रिपालमा आश्रित भूकम्पपीडित बिरामी
घाइते भएका र मृतकका आफन्त अहिले पनि सामूहिकरुपमा त्रिपालमा बसेका छन् । भूकम्प नआए पनि उनीहरुको मनमा धेरै पटक भूकम्प गएझैँ हुने गरेको छ
आगलागीबाट करिब १८ करोडको क्षति
कैलालीको धनगढीमा आज (शनिबार) बिहान भएको आगलागीबाट १७ करोड ९७ लाख २० हजार रुपियाँ बराबरको क्षति भएको छ ।
खोजबिनको माग गर्दै विपिनका बुबाआमाले भेटे परराष्ट्रमन्त्री
त्रिचालिस दिनदेखि विद्रोही हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीका बुबाआमाले छोराको रिहाइका लागि पहल गरिदिन परराष्ट्रमन्त्री एनपी साउदसित आग्रह गर्नुभएको छ ।
नेपाली सेनाद्वारा भिरबाट लडेका घाइतेको उद्धार
नेपाली सेनाको रणशूर गुल्मबाट खटिएको फौजले खुम्बु पासाङ ल्हामु–५, लार्जादोभान इलाकामा भिरबाट लडेर घाइते भएका एक जनाको उद्धार गरेको छ ।
प्रधानमन्त्री प्रचण्डले ‘ग्लोबल साउथ समिट’लाई सम्बोधन गर्ने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (शुक्रबार) दोस्रो ‘भ्वाइस अफ ग्लोबल साउथ समिट’लाई सम्बोधन गर्नुहुने भएको छ ।
दक्षिण फिलिपिन्समा ६.७ म्याग्निच्युडको भूकम्प
दक्षिण फिलिपिन्समा शुक्रबार छ दशमलव सात म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) ले बताएको छ ।
जाजरकोट भूकम्प : ढोकाको आड लिएर बाँचेका दिनेश !
“गत कात्तिक १७ गतेको सुनसान मध्य रात । मस्त निद्रामा थिएँ । मलाई एक्कासि घर हल्लियोे । एकाएक घरका छाना र गारो ढल्न थालेपछि हतपत उठेर ढोकातिर लागेँ । ढोकानेर पुगेपछि त्यसको मुनि अडिए । भूकम्पको झट्काले घर भत्किँदै गयो ।”
कोप–२८ को तयारीका लागि ‘राष्ट्रिय जलवायु सम्मेलन’ गरिँदै
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी)का पक्ष राष्ट्रहरुको २८औँ सम्मेलन (कोप–२८) संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा हुँदैछ ।
टिकटक प्रतिबन्धविरुद्धको रिटमा मङ्सिर ४ गते प्रारम्भिक सुनुवाइ
टिकटक प्रतिबन्धविरुद्ध परेको रिट निवेदनहरूमाथि मङ्सिर ४ गते सोमबार प्रारम्भिक सुनुवाइ हुने भएको छ ।
बाह्रबिसे सबस्टेसन तत्काल निर्माण सक्न प्राधिकरणको निर्देशन
नेपाल विद्युत प्राधिकरणको उच्च व्यवस्थापनले सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२०/१३२ केभी सबस्टेसनको निर्माण तत्काल सम्पन्न गर्न ताकेता गरेको छ ।
छठका लागि चार करोडको केरा आयात
छठ पर्वका लागि मधेश प्रदेशको राजधानी जनकपुरधाममा मात्रै रू. चार करोडको केरा भारतबाट आयात गरिएको छ । छठ पर्वका वर्तालुका लागि केरा अत्यावश्यक मानिन्छ ।
चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुई गैँडा मारे
चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुईवटा गैँडा मारेका छन् । निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत सतरचुली पोष्टबाट तीन दशमलव पाँच किलोमिटर दक्षिण–पूर्वमा खाल्डोमा पारेर गैँडा मारिएका हुन् ।
फूलको कारोबार घट्यो
भर्खर बिदा भएको तिहारमा नेपालमा उत्पादित सयपत्री फूलका मालाको माग र खपत निराशाजनक भएको छ ।