टिम चेसमा ललितपुर महानगरपालिकाको जित
पहिलो खेलमा आयोजक ललितपुर स्पोर्ट्स क्लबले काठमाडौँ चेस क्लबमाथि जित निकालेको छ । ललितपुर महानगरपालिका टिमले भक्तपुर जिल्ला बुद्धिचाल संघलाई पराजित गरेको छ ।
सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पुनःनिर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुनःनिर्माण हुने विश्वास व्यक्त गर्नुभएको छ ।
धरानमा गाडी दुर्घटना : एकको मृत्यु, एघार जना घाइते
धरान उपमहानगरपालिकामा गाडी पल्टिँदा एकको मृत्यु भएको छ भने एघार जना घाइते भएका छन् ।
बर्दिया घटनाबारे छानबिन गर्न समिति गठन
गृह मन्त्रायलले बर्दियाको बढैयाताल –४ की एक युवतीले नागरिकता नपाएर आत्महत्या गर्न बाध्य भएको भनिएको घटनाबारे सत्यतथ्य छानविन गर्न गृह मन्त्रालयका सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा छानविन समिति गठन गरिएको छ ।
महिलामाथिको हिंसाको स्वरूप बदलिँदै छ, कम भएको छैन : न्यायाधीश प्रधान
प्रविधिलाई हिंसाको हतियार बन्न दिन नहुने सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले बताउनुभएकाे छ ।
काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन १० प्रतिशत बढ्ने प्रक्षेपण
यसवर्ष काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादनमा १० देखि १५ प्रतिशतसम्म बढ्न सक्ने प्रक्षेपण गरिएको छ । गत वर्ष भने बाढीपहिरोका कारण जिल्लाको सुन्तला उत्पादनमा करिब सात प्रतिशतले गिरावट भएको थियो ।
निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख ध्येय : सञ्चारमन्त्री खरेल
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सुशासन मार्फत् भ्रष्टाचारको अन्त्य र निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न वर्तमान सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ ।
राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।
दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
बर्दिबास–जलेश्वर सडकखण्डमा भएको सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ ।
‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ गीत सार्वजनिक
गीतकार श्रीराम राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ गीत सार्वजनिक भएको छ ।
किशोर किशोरी डिजिटल पार्क सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय
किशोर किशोरीको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सुरक्षित व्यवहार प्रवर्धन गर्ने उद्देश्यले बागमती प्रदेश स्वस्थ्य मन्त्रालयले यसवर्षदेखि नमूनाका रुपमा ‘किशोर किशोरी डिजिटल पार्क’ सञ्चालन गर्ने भएको छ ।
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु. दुई लाख ५२ हजार २०० कायम भएको छ भने चाँदीको मोल रु तीन हजार ६०५ निर्धारण भएको छ ।
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
दोलखाको बैतेश्वर गाउँपालिका –६ बुस्टिस्थित तामाकोशी–मन्थली खड्का खण्डमा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन्।
साँगा–धुलिखेल सडकः पुलबजार खण्डमा स्तरोन्नति सुुरु
सूर्यविनायक–धुलिखेल सडकअन्तर्गत साँगा–धुलिखेल खण्ड विस्तारका क्रममा पुलबजार क्षेत्रमा मध्यविन्दुलाई लिएर सडक किनारका जग्गाधनीले काम हुन नदिएपछि डेढ वर्षदेखि स्तरोन्नति रोकिएको थियो ।
देशका अधिकांश भागमा पश्चिमी वायुको आंशिक प्रभाव
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस विश्वका विभिन्न मुलुकमा मनाइँदैछ ।
कमरेड जलजला उपन्यासको विवेचना लोकार्पण
राष्ट्रिय जनमोर्चाका महासचिव लेखक मनोज भट्टको पुस्तक ‘कमरेड जलजला उपन्यासको विवेचना’ को लोकार्पण भएको छ । शनिबार राजधानीमा आयोजित कार्यक्रममा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह, पूर्वमन्त्री दीनानाथ शर्मा, नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सो पुस्तकको विवेचनाको सार्वजनिक गर्नुभएको हो ।
‘साना व्यवसायी अर्थतन्त्रका थोपा’
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले खुद्रा तथा साना व्यवसायीका समस्यालाई प्राथमिकताका आधारमा सम्बोधन गर्न आफू तयार रहेको बताउनुभएको छ ।
अलैँची निर्यात दोब्बरले बढ्यो
अलैँचीको निर्यात दोब्बरले बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२/८३ चार महिनामा (साउन–कात्तिक) तीन अर्ब ९७ करोड ४३ लाख ७३ हजार रुपियाँ बराबरको १८ लाख २३ हजार केजी अलैँची निर्यात भएको छ ।
स्थानीयले बन्द गराए तातोपानी नाका
कोदारी सडकखण्ड स्तरोन्नतिको काम अघि नबढेपछि स्थानीयले तातोपानी नाका बन्द गराएका छन् । सडक विभागले कात्तिक मसान्तसम्म ठेक्का खुलाएर तातोपानी नाका सडक अन्तर्गतको पहिरो क्षेत्रमा सडक स्तरोन्नति गर्ने सम्झौता गरे पनि त्यसो हुन नसकेपछि स्थानीयले नाका बन्द गरेका हुन् । गत असोज २ गते सडक विभागका महानिर्देशक विजय जैसी, सडक डिभिजन कार्यालय चरीकोटका प्रमुख, जिल्ला प्रशा
विज्ञान प्रविधिमा काम गर्नेलाई पुरस्कार
अन्नपूर्ण न्युरोलोजिकल एलायन्स साइन्सेजमा कार्यरत डा. वसन्त पन्तले स्नायु विज्ञान अन्तर्गत आधुनिक न्युरो चिकित्सा, आधुनिक विज्ञान तथा नवप्रवर्तन उपचार प्रविधि विकासमा उल्लेखनीय योगदान पु¥याउनुभएको छ ।
विस्तार गरिँदै पूर्व–पश्चिम राजमार्ग : यात्रु र जनावरमैत्री संरचना बन्दै
एसियाली विकास बैङ्कको ऋण सहयोगमा पूर्वको मेचीदेखि पश्चिमको महाकाली छिचोल्ने पूर्व–पश्चिम राजमार्ग विभिन्न छ खण्डमा विस्तार भइरहेको छ । एसियाली राजमार्गको मापदण्ड (स्ट्यान्डर्ड) मा विस्तार भइरहेको यो राजमार्गको काँकडभिट्टा–लौकही (९३ किलोमिटर) र कञ्चनपुर–कमला खण्ड (८६.८३ किलोमिटर) मा दस वटा ‘भेहिकल अन्डरपास’ र नौ वटा ‘एनिमल अन्डरपास’ निर्माण भइरहेका छन् । त्यसै गरी पैदलयात्रीका लागि चार वटा आकासेपुल (ओभर हेड ब्रिज) समेत निर्माण भइरहेका छन् ।
जेनजीका मागप्रति सरकार गम्भीर
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा घाइते र अङ्गभङ्ग भएका अभियन्ता १५ दिनदेखि सडकमै छन् । प्रधानमन्त्री सुशीला कार्कीलाई मङ्सिर ५ गते छबुँदे मागपत्र बुझाएर दबाबमूलक कार्यक्रम गरिरहेका जेनजी आन्दोलनका घाइते माग पूरा नभएसम्म आन्दोलन स्थगित नगर्ने निर्णयका साथ सडकमै बसेका हुन् । घाइते जेनजी नेपालको अगुवाइमा भइरहेको धर्नामा सहभागी जेनजी अभियन्ताहरूले सरकार र जेनजीबिच सम्झौता, जेनजी आन्दोलनलाई संस्थागत गर्नुपर्नेसहितका माग राखेका छन् ।
तत्काल नबन्ने भयो ‘सर्भिस सेन्टर’
निर्माणको अन्तिम चरणमा पुगी सञ्चालनको तयारीमा रहेको नागढुङ्गा–नौबिसे–सिस्नेखोला सुरुङमार्ग आयोजना अन्तर्गत पश्चिम खण्ड (पोर्टल) मा निर्माण हुने बजार (सर्भिस सेन्टर) तत्काल निर्माण नहुने भएको छ ।