राष्ट्रपति पौडेल कतारको दोहा प्रस्थान (फोटो फिचर)
राष्ट्रपति रामचन्द्र पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारको राजधानी दोहा प्रस्थान गर्नुभएको छ । कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी हुन उहाँ आज बिहान त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
सुरक्षित प्रसूति सेवा लिने गर्भवती बढ्दै
सिन्धुली जिल्लामा पछिल्लो समयमा स्वास्थ्य संस्थामा गएर सुरक्षित प्रसूति सेवा लिने गर्भवती महिला बढ्दै गएका छन् । ग्रामीण क्षेत्रमा रहेका स्थास्थ्य संस्था
भीमफेदी कारागारबाट फरार २६ विदेशी कैदीबन्दी अझै सम्पर्कमा आएनन्
मकवानपुरको भीमफेदी गाउँपालिकास्थित क्षेत्रीय कारागारबाट फरार भएकामध्ये २६ जना अझै फरार छन् । गत भदौ २४ गते राति १ बजेतिर कारागारको पर्खाल भत्काएर फरार भएका ३९ विदेशी कैदीबन्दी १३ जना कारागार फर्किएको र २६ जना अझै फरार रहेको कारागारका प्रमुख सुवास पौडेलले जानकारी दिनुभयो ।
गङ्गाजमुना झरनाप्रति आस्था
धादिङको गङ्गाजमुना झरनाको धार्मिक, सांस्कृतिक र प्राकृतिक महìव बढ्दै गएपछि पर्यटकको भिड लाग्न थालेको छ । गङ्गाजमुना गाउँपालिकामा रहेको गङ्गाजमुना
धवलागिरिका जलजला, मुना र मरेनी क्षेत्रमा थप ‘रेडपाण्डा’ भेटिए
यहाँको धवलागिरि गाउँपालिकाको वडा नं –२ र ३ का जलजला, मुना र मरेनी क्षेत्रमा थप सङ्कटापन्न रेडपाण्डा (हाब्रे) भेटिएका छन् । यसका लागि सो क्षेत्रमा तीन ‘क्यामेरा’ जडान गरिएकामा दुईमा रेडपाण्डा भेटिएको हो ।
बनेपामा ‘एक घर, एक धारा’अभियान
काभ्रेको बनेपा नगरपालिका–६ स्थित बस्तीहरुमा खानेपानी वितरण थालिएको छ । वडा कार्यालयले ‘वडाको अभियान शुद्ध खानेपानी, पानीबिना रहँदैन जिन्दगानी’नाराका साथ एक घर एक धारा कार्यक्रमअन्तर्गत खानेपानी वितरण थालेको हो ।
दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने
विभागले आज साँझदेखि दैनिक (सार्वजनिक विदाको दिन बाहेक) राहदानी उपलब्ध गराउने जनाएको हो । विभागले विद्युतीय राहदानी आपूर्तिका लागि नयाँ आपूर्तिकर्तासँग गत साउनमा खरिद सम्झौता गरिसकेको र उक्त सम्झौताअनुसार आगामी फागुन ११ देखि राहदानी सेवा सुरु हुने गरी नयाँ पूर्वाधार तथा प्रणाली निर्माण भइरहेको आज जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।
अक्टोबरमा मात्रै एक लाख २८ हजार पर्यटक नेपाल भित्रिए
यस वर्षको अक्टोबर महिनामा एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो महिना पर्यटकीय यामसमेत भएकाले पर्यटकको आवागमन उल्लेख्य देखिएको छ ।
मतदाता नामावली दर्ता गराउन युवा उत्साहित
भदौ २३ र २४ गते भएको युवाहरुको प्रदर्शनपछि आगामी निर्वाचनमा मतदाता नामावली दर्ता गराउनेको चाप बढ्दै गएको छ । यसमध्ये ९० प्रतिशत युवाहरु रहेका छन् ।
जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ ।
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कअनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ७३ पैसा र बिक्रीदर १४२ रुपियाँ ३३ पैसा निर्धारण गरिएको छ ।
मौसमः पश्चिमी वायुको प्रभाव कायमै
नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
श्रम स्वीकृति लिने बढे
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आव २०८२/८३ को साउन, भदौ र असोजमा दुई लाख १० हजार ५१६ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । गत आव २०८१/८२ को सोही अवधिमा एक लाख ७० हजार ६०३ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए । यस अनुसार चालु आवमा श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या ३९ हजार ९१३ जनाले बढी हो ।
नेपाल एसबिआईको अध्यक्षमा कुन्चा चयन
नेपाल एसबिआई बैङ्क लिमिटेडले सञ्चालक समितिको अध्यक्षमा वेंकट वंशीधर कुन्चालाई चयन गरेको छ । बैङ्क सञ्चालक समितिको ५३६ औँ बैठकले स्टेट बैङ्क अफ इन्डियालाई प्रतिनिधित्व गर्दै आएका सञ्चालक कुन्चालाई बैङ्क सञ्चालक समितिको अध्यक्षमा चयन गरेको हो ।
अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी खुल्यो
सुक्खा पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्गमा दुईतर्फी नै यातायात सेवा सञ्चालनमा आएको छ ।
वाणिज्य बैङ्कमा स्तरोन्नति हुँदै मुक्तिनाथ विकास बैङ्क
मुक्तिनाथ विकास बैङ्क वाणिज्य बैङ्कमा स्तरोन्नति हुने प्रक्रियामा गएको छ । यससँगै वाणिज्य बैङ्कको सङ्ख्या २० बाट २१ पुग्ने र विकास बैङ्क भने १७ बाट १६ मा झर्ने भएको छ । मुक्तिनाथ विकास बैङ्कले १९ औँ वार्षिक साधारण सभामार्फत वाणिज्य बैङ्कमा स्तरोन्नतिका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्ने प्रस्ताव पारित गरिएको छ । यस्तै साधारण सभाले आव २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गर्दै सेयरधनीलाई १८.२० प्रतिशत लाभांश दिने प्रस्तावसमेत पारित गरिएको छ ।
कृषिमा ठुलो क्षति
यस वर्ष वर्षा र बाढीपहिरोका कारण कृषि क्षेत्रका ठुलो क्षति भएको छ । मनसुन सक्रिय हुने समयमा वर्षा कम वा बढी र बाहिरिने समयमा पनि असोजमा भएको वर्षाले नै ठुलो क्षति पु¥याएको थियो । बाली उठाउने बेलामा फेरि कात्तिकमा परेको पानीले पाकेको धान बालीमा क्षति पुगेको छ । सबै क्षतिको वास्तविक तथ्याङ्क प्राप्त भइनसके पनि लगभग पाँच अर्बको हाराहारीमा क्षति पुग्ने अनुमान गरिएको छ । असोजको तेस्रो साताको वर्षा, बाढीपहिरोबाट कृषि क्षेत्रमा पुगेको तथ्याङ्क सङ्कलन भइसक्न नपाउँदै कात्तिकमा क्षति भएको छ ।
पर्यटक आगमनमा सुधार
सन् २०१४ को अक्टुबरमा नेपाल घुम्न आउने विदेशी पर्यटकको सङ्ख्यामा बढोत्तरी भएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि अन्तर्राष्ट्रिय जगत्मा नेपालबारे अन्योलको सूचना प्रवाहित हुँदा गिरावट आएको पर्यटक आवागमनमा पुनः सुधार आएको हो ।
पहुँचमा भर्ती गरिएका कर्मचारी तत्काल हटाउन प्रमको निर्देशन
प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायुसेवा निगममा पहुँचका आधारमा भर्ती गरिएका करारका कर्मचारीलाई तत्काल हटाउन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री कार्कीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीका हैसियतमा आइतबार निगमको सञ्चालक समिति र व्यवस्थापनका अधिकारीलाई सिंहदरबारमा बोलाएर यस्तो निर्देशन दिनुभएको हो ।
औषधीको मूल्य नबढेको प्रस्टोक्ति
नेपाल औषधी आयातकर्ता सङ्घले विदेशबाट आयातित औषधीको मूल्य नबढेको प्रस्ट पारेको छ । सञ्चार माध्यमले आयातित औषधीका विषयमा भ्रम उत्पन्न गरेको भन्दै त्यसरी जथाभाबी मूल्यवृद्धि गर्न नमिल्ने बताएको छ ।
शिक्षक कर्मचारीलाई त्रिविको चेतावनी
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएर नफर्किएका शिक्षक तथा कर्मचारीलाई फर्कन आह्वान गरेको छ । विश्वविद्यालयले शुक्रबार सूचना जारी गरेर त्यस्ता व्यक्तिलाई विश्वविद्यालय फर्कन ३५ दिने सूचना जारी गरेको छ ।
फोहोर फाल्न भइरहेको अवरोध हट्यो
काठमाडौँ उपत्यकाको फोहोर बन्चरेडाँडा ल्यान्डफिल्ड साइटमा विसर्जन गर्न विगत पाँच दिनदेखि भइरहेको अवरोध हटेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले बन्चरेडाँडा ल्यान्डफिल्ड साइटका स्थानीयले राखेका माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि अवरोध खुलेको हो । फोहोर विसर्जनमा स्थानीयले अवरोध गरेपछि समस्या समाधानका लागि मन्त्री घिसिङ सहरी विकास सचिव गोपाल सिग्देल, काठमाडौँ, नुवाकोट तथा धादिङका प्रमुख जिल्ला अधिकारी, काठमाडौँ महानगरपालिका कार्यकारी अधिकृत सरोज गुरागाईंसहितको टोली लिएर आइतबार बिहान बन्चरेडाँडा ल्यान्डफिल्ड साइटमा जानुभएको थियो ।
अतिक्रमत जग्गा फर्काउने तयारीमा त्रिवि
सीमा अतिक्रमण भएका तथा अन्य निकायले हडपेको जग्गा फिर्ता ल्याउने विषयमा त्रिभुवन विश्वविद्यालयले आन्तरिक तयारी सुरु गरेको छ । विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन, २०८१ सार्वजनिक भएसँगै विश्वविद्यालयले तयारी थालेको हो । मन्त्रीपरिषद्को निर्णयबमोजिम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत असोज २६ गते प्रतिवेदन सार्वजनिक गरेको थियो ।
क्यान्सर उपचारमा आत्मबल प्रमुख
काठमाडौँ, चाबहिलकी शोभा कार्की आत्मबल भएमा क्यान्सरलाई सजिलै पराजित गर्न सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ । २३ वर्षअघि सन् २००२ मा शोभाको शरीरभर नीलो डाम देखियो । लक्षण त्यतिमा मात्र सीमित भएन । पेट फुलेर ठुलो हुन थाल्यो । त्यो बेला उहाँ त्रिचन्द्र क्याम्पसमा अध्ययन गर्नुहुन्थ्यो । उहाँमा पेट ठुलो हुँदा मानिसले गर्भवती भन्ने हुन् कि भन्ने त्रास थियो । काकाले तँलाई क्षयरोग भए जस्तो छ, अस्पताल गएर देखाउनु भनेपछि उहाँ वीर अस्पताल जानुभयो ।