गुल्मी सदरमुकाम तम्घासस्थित अमरकल्याणको सामुदायिक महिला सेवा केन्द्रको एउटा कोठामा चुपचाप तर आफन्तको प्रतीक्षामा टोलाइरहेकी एउटी चार वर्षीय अबोध बालिका छन् । चञ्चले, चुलबुले अनि निकै जिज्ञासु छन्, चार वर्षीय अबोध बालिका सपना (नाम परिवर्तन) । बाहिर आकाश खुला भए पनि सपनाको बाल्यकाल नै बन्द कोठा जस्तै छ ।
सालझन्डी–ढोरपाटन सडकनजिकै कच्ची र सानो घरभित्र अर्खबाङ प्रहरी चौकी सञ्चालनमा छ । पानी परे छानो चुहिन्छ, हावा चल्दा चिसो सिरेटो भित्र पस्छ । गर्मीमा बस्नै गाह्रो हुन्छ, कहिलेकाहीँ वरपर चल्ने तातो हावासमेत भित्र पस्छ । यस्तो असहज अवस्थाबिच प्रहरीले नागरिकको सुरक्षामा दिनरात खटिनु परेको छ ।
गुल्मी हुँदै जाने देशकै महत्वपूर्ण मदन भण्डारी राजमार्गको दुई खण्डमा काम भइरहेको छ । दुई खण्डमध्येको पश्चिम सिमलटारी–सौतामारे खण्डको काम अलपत्र गरेको छ । विसं २०७९ मा सम्झौता भएकामध्ये रिडी–तम्घास पहिलो खण्डको ९५ प्रतिशत काम सकिएको छ ।
गुल्मीको सत्यवती गाउँपालिका भार्सेलाई लाहुरेगाउँ भनेर चिनिन्छ । सो गाउँ प्राकृतिक, सांस्कृतिक र पर्यटकीय हिसाबले मात्रै नभएर ऐतिहासिक रूपले समेत अध्ययन केन्द्र बन्दै गएको छ । गुल्मीको भार्सेबाट प्रथम र दोस्रो विश्वयुद्ध लड्नेको तस्बिर र इतिहासका लागि स्थापना गरिएको भार्से भूपू गोर्खा तस्बिर ग्यालरी उद्घाटन गरिएको छ ।
गुल्मी धुर्कोट गाउँपालिका–५ की ३३ वर्षीय माया सुनार गाउँपालिकाले घर बनाउन थालेपछि निकै खुसी हुनुहुन्छ । अहिलेसम्म राम्रो घर थिएन । चार जनाको परिवार छिमेकी जेठाजुकोमा बस्दै आएको थियो । कमाएर राम्रो घरपरिवारका सपना पूरा गर्ने उद्देश्य बोकेर कतार हिँडेका श्रीमान् नारायण सुनारको तीन वर्षअघि बाटोमै हृदयाघातका कारण ज्यान गएपछि आफूहरूको बिचल्ली भएको सुनारले सुनाउनुभयो ।
गुल्मीको सदरमुकाम तम्घास बजारमा समेत अहिले हाटबजार चलेको छैन । पहाडी जिल्लामा बिरलै ठाउँमा हाटबजार लाग्छ । मदाने गाउँपालिका–६ को छिर्नेमा हरेक शनिबार हाटबजार लाग्ने गरेको छ । मदाने गाउँपालिकाले संरचना निर्माण गरेपछि नियमित रूपमा हाटबजार लाग्दै आएको छ ।
नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको गुल्मीको रेसुङ्गा नगरपालिका–७, उनायचौर सबस्टेसनदेखि बागलुङ बुर्तिबाङसम्मको १३२ केभी राष्ट्रिय प्रसारण लाइनको परीक्षण सुरु भएको छ । यो राष्ट्रिय प्रसारण लाइनको उनायचौर र मुसीकोट नगरपालिका–१, पौदी अमराईमा गरेर दुई वटा सबस्टेसन गुल्मीमा छन् ।
गत बुधबार मदिरा पिएर इस्मा गाउँपालिका–२, छल्दीटारका ४६ वर्षीय सन्तबहादुर कुमालले आफ्नै तीनमहिने छोरा सुवास कुमाललाई पछारेर हत्या गरे । सन्तबहादुरको लामो समयदेखि श्रीमतीसँग विवाद भइरहन्थ्यो । मदिरा सेवन गरेको अवस्थामा श्रीमतीसँग विवाद हुँदा दुधेबालकको कुमालले हत्या गरे ।
गुल्मीको इस्मा गाउँपालिकाको कोटकोटरीका बलबहादुर दर्जीको घरमा आगलागी हुँदा उहाँको आधा शरीर जलेको छ । सानैमा आगलागीमा परेका उहाँ लामो समयको उपचारपछि जेनतेन उभिन सक्ने हुनुभयो । बलबहादुरले ठुलै प्रगति गर्न नसके पनि गाउँमा जेनतेन परिवार चलेकै थियो । फेरि २०८१ वैशाख ८ गते जङ्गलको आगो बस्ती पसेपछि शरीरको लुगाबाहेक केही रहेन । पीडामा एकछिन थुमथुम्याउने धेरै भए ।
गुल्मी, पाल्पा र स्याङ्जाको सङ्गम स्थलमा रहेको रुरुधाम प्रसिद्ध धार्मिक क्षेत्र हो । कालीगण्डकी स्नान र ऋषिकेश मन्दिरको दर्शन गर्न आउने धार्मिक पर्यटकले दिन खाली हुँदैन । विशेष गरेर माघे सङ्क्रान्तिमा स्वदेशका विभिन्न ठाउँ र भारतबाट समेत रुरुधाममा धेरै धार्मिक पर्यटक आउने गर्छन् । रुरुधामलाई पछिल्लो समय धार्मिक तथा पर्यटकीय दृष्टिकोणले समेत अगाडि बढाइएको छ । देशमा मुख्य कालीगण्डकी र मदनभण्डारी राजमार्गलाई रुरुक्षेत्रले जोडेको छ ।
गुल्मीको मझेङ खानेपानी योजनाको सफल परीक्षण गरिएको छ । रेसुङ्गा–भाडगाउँ–मझेङखोला लिफ्ट खानेपानी योजना २०७७ असोज २३ गते निर्माण सम्झौता भएको थियो ।
गुल्मीको मुसिकोट नगरपालिका–१, थाम बिसौनामा २०६४ र ०८१ मा गरेर १० जनाले पहिरोमा ज्यान गुमाए । तीन दुई वर्षमा पहिरोका कारण मालिका–६, अर्जे र सत्यवती–४, भिरकुना तथा वडा नं. ३ लुम्पेकमा गरी थप १३ जनाको ज्यान गयो । पहिरोमा पुरिएका ती सबै दलित थिए । ती बस्ती मात्र होइन, जिल्लाका अधिकांश दलित बस्ती बिकुना र अप्ठ्यारोमा त छन् नै, साथै पहिरोको पनि ठुलो जोखिममा छन् ।
गुल्मीको इस्मा गाउँपालिका अन्तर्गतको कोटकोटेरीका सुन्दरलाल विकको पसलसहित घर जलेको दुई वर्ष पुग्यो । घर पसलसहित भएका विकले आगलागीले गर्दा दाल, चामल मागेर खानुपर्ने मात्र बनाएन कि घरबारविहीन भएको अवस्थामा छिमेकीको ओत खोज्नेसम्म बनायो । सरकारले घर बनाउने भने पनि विकसहितका अग्निपीडितले गाउँपालिकासँग सम्झौता गरेर काम अगाडि बढाए तर आधा घर बन्दासम्म गाउँपालिकाबाहेक सङ्घीय र प्रदेश सकरारले ले किस्ता पनि पठाएनन् ।
गुल्मीमा मदन भण्डारी राजमार्ग अन्तर्गतका रिडी–तम्घास र सिमलटारी–सौतामारे–मच्छी सडक लगभग एकै समयमा कामको सम्झौता भएका थिए । रिडी–तम्घासको २५ किलोमिटर सडक निर्माण सकिने अवस्थामा छ । सिमलटारी–सौतामारे–मच्छी सडक गत साउनमै सम्झौता सकिए पनि अलपत्र छ । यी दुई योजना जिल्लाका सबैभन्दा ठुला हुन् । श्रेष्ठ सक्षम जेभीले २०७९ साल कात्तिक ६ मा कुल एक अर्ब ४५ करोड रुपियाँमा ३१ किलोमिटर सडक कालोपत्रेका लागि सम्झौता गरे पनि २६ प्रतिशत मात्रै काम गरेको मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घासले जनाएको छ ।
गुल्मी अस्पताल ५० शय्यामा स्तरवृद्धि भएपछि अहिलेको भवन सेवा प्रवाहका हिसाबले सहज हुने अवस्था नै थिएन । सुरुमा जनशक्ति र उपकरण कम थिए । बिस्तारै समय अनुसारका उपचार प्रविधिको विकास र जनशक्ति वृद्धि हुँदै जाँदा सेवाग्राहीको भिड लाग्ने गरेको छ ।