गुल्मीकाे तम्घासमा प्रधान कार्यालय रहेको मैत्री बहुउद्देश्यीय सहकारी संस्थाले २४ वर्षमा ठूलो आर्थिक छलाङ्ग मारेको छ । ‘भनेको मान्ने’ व्यक्तिहरुको सहभागितामा ग्रामीण भेगमा वित्तीय आवश्यकता परिपूर्ति र सदस्यको जीवनस्तर उठाउने उद्देश्यले २०५७ भदौ २७ गते सहकारी स्थापना गरिएको थियो ।
इस्मा गाउँपालिका–३ दलार्मचौरका ७० वर्षीय नरबहादुर नेपालीले मादल बनाउन थालेको ४० वर्ष भयो । मादल बाहेक डोका, मान्द्रा र चित्राहरु बनाउनुहुन्छ । तर, घरखर्चको पहिलो आधार मादल बिक्री हो । नरबहादुरले मादल बनाउन सिक्ने बेलातिर साढे दुई सय रुपियाँ मुल्य थियो । उहाँको उमेरसंगै मुल्य पनि उकालो लाग्यो । अहिले एउटा मादलको मुल्य सात हजारसम्म पर्छ । मादल बेच्नकै लागि इस्माबाट पाँच घण्टाको बाटो हिडेर तम्घास आएको अनुभव नेपालीसंग छ ।
गुल्मीको धुर्कोट गाउँपालिका–१, नयाँगाउँका ४३ वर्षीय चन्द्र ताम्राकार कामकै लागि १७ वर्षदेखि ओमनमा हुनुहुन्छ । घरको बारीमा भने अकबरे खुर्सानी पाकेर राताम्मे छ । स्थायी सात र १५ जना मौसमी कामदारलाई अकबरे टिप्न भ्याइनभ्याइ छ । उनीहरू मासिक १२ देखि २५ हजार रुपियाँ कमाउँछन् । अकबरेको बजार र मूल्य राम्रो भएकाले उनीहरूको तलब बाँकी हुँदैन ।
सत्यवती गाउँपालिका–८ भार्सेमा रहेको आदिकालमा मानव निर्मित ठुलोपोखरीले स्थानीय जीवन र इतिहाससँग गहिरो सम्बन्ध राख्छ । यो पोखरीलाई आकार र महत्वका कार(‘ठूलोपोखरी’ भनिन्छ । स्थानीयको अनुमान अनुसार अर्लाङ्गकोटका भुरे राजाभन्दा पहिले तीन सय वर्ष अघि भइसकेको थियो । भार्से गाउँको बिचमा निमार्ण गरिएको ऐतिहासिक पोखरी गोलो आकारको छ ।
गुल्मीको मझेङ खानेपानी जिल्लाको सबैभन्दा ठुलो खानेपानी योजना हो । रेसुङ्गा–भाडगाउँ–मझेङखोला खानेपानी योजना सम्झौता भएको २०७७ असोज २३ गते हो । यो योजना सम्झौता अनुसार २०७९ असोज २८ सम्म सकिनुपथ्र्यो तर करिब पाँच वर्ष हुँदासम्म पनि काम पूरा भएको छैन ।
गत फागुनमा मालिका गाउँपालिका–५, छापघर भई कतारमा व्यवसाय गर्दै आउनुभएका युवा उद्यमी झविन्द्र आचार्यको सडक दुर्घटनामा ज्यान गयो । दुर्घटनामा गम्भीर घाइते आचार्यको कतारको हमाद हस्पिटलमा मृत्यु भएको खबरले परिवारसहित गाउँ नै शोकमा डुब्यो ।
गाउँमा पाका पन्चैबाजा बजाउन जानेका पेउनारायण, रामु र दलबहादुर दर्जी मात्रै हुनुहुन्छ । कतै बाजा बजाउन जान परे समूह नपुगेर अश्लेवाबाट मान्छे बोलाउने अवस्था छ । गाउँका युवा परदेश लागे । पाकाहरू मर्दै र छोड्दै गएपछि बाजा बजाउने गाउँमा छैनन् । जसका कारण गुल्मी सत्यवती गाउँपालिका–२ चेहेमीका परियार बुहारी लगनशील महिला समूह निर्माण गरेर बाजा बजाउन कस्सिएका छन् ।
गुल्मीको इस्मा गाउँपालिका–५, इस्मा रजस्थलमा २०७६ सालमा स्थापना भएको जीवराज आश्रित बहुप्राविधिक शिक्षालय सात वर्षसम्म भौतिक पूर्वाधारविहीन अवस्थामा रहेको छ । स्थापनादेखि नै शिक्षालयले कुमारी आधारभूत विद्यालयको कोठाबाट पठनपाठन सञ्चालन गर्दै आएको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले भारी वर्षाबाट हुनसक्ने क्षति बारे सचेत रहन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले सार्वजनिक सूचना जारी गर्दै मौसम पूर्वानुमान महाशाखाका अनुसार केही दिनदेखि देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।
गुल्मीको सत्यवती गाउँपालिका–८, भार्से अर्थात् लाहुरे गाउँ प्राकृतिक, सांस्कृतिक र पर्यटकीय हिसाबले मात्रै नभएर ऐतिहासिक रूपले समेत महत्वपूर्ण छ । भार्सेबाट प्रथम र दोस्रो विश्वयुद्ध लड्नेहरूको फोटो र इतिहासको लागि भूपू गोर्खा ग्यालरी तथा भार्सेबाट गोर्खा, भारत र नेपाली लाहुरेसहित सामाजिक अगुवासमेतको भार्से ग्यालरी निर्माण गरिएपछि यो गाउँको महत्व झन् चुलिएको छ ।
गत मङ्गलबार सत्यवती गाउँपालिका–६ को डहरेखोलामा पानी पनि कम थियो । स्थानीय पत्रकार घनश्याम गौतम सवारीसाधनसहित खोलामा पुग्दै गर्दा खोलाको पानी बढ्यो र खोलामा कार फस्यो । माथिबाट लेदो बढ्न सुरु भएपछि गाडी छोडेर भाग्नुको विकल्प रहेन । अन्ततः डहरेले गौतमका सवारीसाधन बगाएर बडीगाड नदीमा मिसायो ।
चर्केको घरले झरी ओत्दैन । टालटुलले पनि थेग्न छोडेपछि पानी परे घरभित्रै भल बग्छन् । ७९ वर्षको उमेरसम्म हरिकला विकले पनि कैंयन पीडा थेग्नुभयो । अचेल हरिकला र उहाँको परिवार पीडा खप्नै नसक्ने भएको छ ।