दाङको घोराही उपमहानगरपालिका–१७, गुलरियाका अशोककुमार चौधरीलाई आफ्नै मौलिक संस्कृतिप्रतिको मोह सानैदेखि थियो । विशेष गरी मादल बजाउने र नाच्ने इच्छा भए पनि परम्परागत शैलीमा सिप नहुँदा लामो समयसम्म त्यो रहर मनमै सीमित रह्यो तर यस वर्ष अशोकले त्यो अधुरो सपना पूरा गर्नुभएको छ । अहिले उहाँ मघौटानाचको मादल बजाउँदै गाउँ गाउँमा थारू संस्कृतिको पहिचान फैलाइरहनुभएको छ ।
रोल्पा, सल्यान, प्युठान, रुकुम, दाङलगायत वरपरका जिल्लाबाट किनमेल गर्ने बजार थियो– कोइलाबास । मोटरबाटोको त्यति सुविधा थिएन, त्यो समय । हिँडेरै पुग्थे– कोइलाबास । नुनतेल, लत्ताकपडा, मरमसला, सुनका गरगहना किनमेल गर्थे– उपभोक्ता । दाङ जिल्लाको पहाडी क्षेत्र कोइलाबास नेपाल–भारतको महत्वपूर्ण नाकासमेत थियो । यतिबेला भने सुनसान, उजाड र
सानै उमेरमै गरिबी, अभिभावकविहीन अवस्था र पारिवारिक जिम्मेवारीका कारण पढाइ छाड्न बाध्य भएकी इलावती चौधरीको अधुरो सपना अब पूरा हुने भएको छ । गोरखापत्र दैनिकमा पुस १४ गते प्रकाशित ‘सानैमा चुँडियो इलावतीको पढ्ने रहर’ शीर्षकको समाचारपछि ग्रामीण महिला उत्थान केन्द्रले इलावतीको स्नातकसम्मको सम्पूर्ण पढाइखर्च बेहोर्ने जिम्मा लिएको हो ।
सात वर्षको उमेरमै आमालाई गुमाउनु परेको पीडा इलावती चौधरीको मन–मस्तिष्कबाट मेटिन नपाउँदै एक वर्षपछि बुवाको मृत्युले उहाँको बाल्यकाल अन्धकारमै बित्यो । आमा सरिता चौधरीको निधनपछि टिबी रोगबाट पीडित बुवा बुधराम चौधरीको आर्थिक अभावकै कारण उपचार हुन सकेन । गढवा गाउँपालिका–२, महादेवाकी इलावतीले एकै वर्षको अन्तरालमा बुवाआमा दुवै
दाङमा कुनै समय थारू राजा दङ्गीशरणको राज्य थियो भन्ने किंवदन्ती र केही ऐतिहासिक तथ्यका आधारमा गाउँपालिकाको नाम नै दङ्गीहरण राखिएको छ । पश्चिममा बबई गाउँपालिका, पूर्वतिर तुलसीपुर उपमहानगरपालिका, उत्तरतिर शान्तिनगर गाउँपालिका र दक्षिणतिर पहाडपारि लमही नगरपालिकाको भूगोलभित्रको भूभाग नै दङ्गीहरण हो । तथापि दङ्गीशरणको दरबार मानिएको क्षेत्र तुलसीपुर उपमहानगरपालिकामा पर्दछ । दङ्गीशरणले सोही द
पश्चिम नेपालका थारू बस्तीमा सखिया अर्थात् सख्याको चहलपहल छ । दसैँको रमझमसँगै करिब एक महिनासम्म थारू बस्तीमा सखियाको रमझमले छाड्दैन । दसैँको एक साताअघि सख्या पैँया नाचेर थारू समुदायले दसैँलाई स्वागत गर्छन् ।
माघीका बेला साथीसँग गाउँमा मघौटा नाचिरहेकी थिइन्– रुन्ची चौधरी ।
थारू बस्तीमा यिनै गीति भाका गुञ्जन थालेपछि अस्टिम्कीको लहरले छपक्कै छोपिसकेको हुन्छ । खेतबारीको हरियाली, गाउँको शान्त वातावरण र परम्परागत वेशभूषामा सजिएका थारू महिला (बठिन्या) हरू बेलुकीपख सालको टपरीमा राखिएको थोरै चामल, रङ्गीचङ्गी घुनेस्रा फूल (अस्टिम्की फुला) र ज्यामिरेसँगै टपरीको बिच भागमा बलिरहेको