नेपाली चलचित्रकर्मीको निमित्त स्थापित ‘चलचित्रकर्मी कल्याण कोष’मा गायिका दीपानारायण झाले सहयोग गर्नुभएको छ । साङ्गीतिक कार्यक्रमको क्रममा नेपाल आइपुग्नुभएकी झाले आफूसँगै श्रीमान् गायक उदितनारायण झासहितको सहयोग भन्दै कोषमा रु पाँच लाख एक सय ११ सहयोग गर्नुभएको हो ।
नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । केही बेरअघिदेखि फोन नलाग्ने, एसएमएस नजाने तथा डेटासमेत नचल्ने समस्या उत्पन्न भएको छ ।
कानुनको अटेर गर्ने क्रसर उद्योगमाथि जिल्ला समन्वय समिति महोत्तरीले कारबाही थाल्ने भएको छ । जिल्लामा प्राकृतिक सम्पदाको उपयोग कानुनसम्मत भए नभएको अनुगमन गर्ने जिम्मेवारी रहेको समितिले कानुन अटेर गर्ने उद्योगमाथि कारबाही थालिने जनाएको हो ।
सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख पाँच हजार एक सय पुगेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख पाँच हजार दुई सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु एक सयले घटेको हो ।
कालिञ्चोक दर्शन लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको बिक्री खुला गरेको छ ।
आइतबार पोखरामा भएको जहाज दुर्घटनामा परी मृत्यु भएका ४८ जनाको शव काठमाडौँ लैजाने तयारी गरिएको छ ।
कसको जीवनमा कुन वर्ष अन्तिम बनेर आइपुग्छ, के थाहा ? गायिका निरा छन्त्यालको जीवनमा पनि भइदियो, त्यस्तै । ख्यालख्यालमै गाएको गीत आफ्नै जीवनमा मेल खान आइपुग्यो । कस्तो दुर्भाग्य ।
पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएका ६९ जनामध्ये ४६ को शव आज नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइँदैछ ।
मधेश प्रदेशसभाको आज बस्ने बैठकमा सभामुखको निर्वाचन र मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने कार्यसूची रहेको छ ।
ताप्लेजुङमा सीता एयरले बुधबारदेखि काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ र ताप्लेजुङ–भद्रपुर–ताप्लेजुङ उडान भर्ने भएको छ । ताप्लेजुङमा पर्यटक तथा तीर्थयात्रीहरूको चहलपहल बढ्ने समय भएसँगै उडान थप गरिएको हो ।
अग्लो पहाड । पहाडको फेदमा छ लुकुम गाउँ । बाक्लो बस्ती, आफ्नै भाषा र रीतिरिवाज यस गाउँको पहिचान हो । छेउमा रहेका अग्ला धुपीका रुखहरूले गाउँको सुन्दरतालाई थप बढाएको छ । एक दशक अगाडिसम्म लुकुम गाउँ सुनसान थियो । जब मध्यपहाडी लोकमार्गले जोडियो, तब गाउँमा विकासका लहर छाउनुका साथै पर्यटकीय गन्तव्य बन्न थाल्यो ।
आइतबार पोखरामा यती एयरलायन्सको जहाज दुर्घटनामा परी मृत्यु भएका केही व्यक्तिको शव आज काठमाडौँ पठाउने तयारी गरिएको छ ।
निर्वाचनमा अध्यक्ष पदका लागि बृहत् प्रगतिशील, पेशागत, लोकतान्त्रिक, समाजवादी र समावेशी समूहबाट शशिकुमार कार्की र गणतान्त्रिक, प्रगतिशील, पेशागत कानुन समूहबाट राम श्रेष्ठ प्रतिस्पर्धामा हुनुहुन्छ ।
आइतबार पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले आज बिहान ‘ब्ल्याक बक्स’ भेटिएको जानकारी दिनुभयो।
प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहेक देशभरका अधिकांश विमानस्थलको उडान प्रभावित भएको छ ।