तनहुँको भानु नगरपालिकाले गर्भवतीका लागि निःशुल्क भिडियो एक्स-रे सेवा उपलब्ध गराउने भएको छ । गर्भवतीले प्रत्येक महिना गर्ने भिडियो एक्स-रे सेवा अब निःशुल्क हुने नगरपालिकाले जनाएको छ ।
निर्माणाधीन पूर्व पश्चिम राजमार्गको नारायणघाट बुटवल सडकखण्डमा कालोपत्रको परीक्षण सुरु गरिएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म ९२ अर्ब ७८ करोड रुपियाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।
यातायात व्यवस्था विभागले ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइका लागि आवश्यक कार्ड खरिदको प्रक्रिया अघि बढाएको छ ।
सार्वजनिक सवारी साधनमा पुरुष चालकले नै गाडी गुडाउँछन् । महिला चालक पाउन मुस्किल छ । हुन त काठमाडौं, पोखरा जस्ता ठूला सहरमा फाटफुट सार्वजनिक गाडीमा महिला चालक भेटिन्छन् । मोफसलमा सार्वजनिक सवारी साधनमा महिला चालक खासै देखिँदैनन् ।
नेकपा (माओवादी केन्द्र) मधेस प्रदेश संसदीय दलको नेतामा भरतप्रसाद साह निर्वाचित हुनुभएको छ । आज बिहान भएको निर्वाचनमा उहाँले अर्का उम्मेदवार युवराज भट्टराईलाई पराजित गर्नुभएको थियो ।
गण्डकी प्रदेशमा यस वर्ष धान उत्पादनमा गिरावट आएको छ । गत वर्षको तुलनामा तीन दशमलव ७४ प्रतिशतले धान कम फलेको हो ।
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबारको तुलनामा प्रतितोला रु. पाँच सयले बढेर रु एक लाख तीन हजार नौ सय तोकिएको छ । उक्त सुन हिजो प्रतितोला रु एक लाख तीन हजार चार सयमा कारोबार भएको थियो ।
भोलि शनिबार र आइतबार नारायणगढ–मुग्लिन सडक खण्डमा सवारी नरोकिने भएको छ ।
माघे सङ्क्रान्ति पर्वको अवसरमा पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने मेलाको तयारी पूरा भएको छ । पाँच लाख भक्तजनको व्यवस्थापन गर्न सक्ने गरी माघे सङ्क्रान्ति मेलाको तयारी गरिएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ । बुधबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएका उहाँले आज मधेस भवनस्थित प्रदेश प्रमुखको कार्यालयमा दिउँसो १२ बजे शपथ लिने कार्यक्रम तय भएको छ ।
धनुषाका मूर्तिकारलाई यतिबेला विद्याकी देवी सरस्वतीको प्रतिमा बनाउन भ्याइनभ्याइ छ । आगामी माघ १२ गते हुने सरस्वती पूजाको दिन नजिकिँदै जाँदा विगत वर्षमा झैँ उनीहरू सरस्वतीको प्रतिमा बनाउन व्यस्त छन् ।
प्रदेश नं. १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिनुहुनेछ । उहाँले प्रदेशसभाको आज दिउँसो १ बजे बोलाइएको बैठकमा विश्वासको मत लिने कार्यक्रम छ ।
दुई नेपाली चलचित्र ‘तिम्रो मेरो साथ’ र ‘गुञ्जन’ एकसाथ प्रदर्शन भइरहेका छन् । केही समययता सातामा एकमात्र नेपाली चलचित्र प्रदर्शन भइरहेको थियो । यद्यपि यो साता तिम्रो मेरो साथ र गुञ्जन प्रदर्शन गरिएको छ ।
जैमिनी नगरपालिका राङ्खानीका स्थानीय गम्भीर विश्वकर्माको उमेर ५५ नाघ्यो । पन्ध्र वर्षको उमेरदेखि स्थानीय ढुङ्गाखानीमा काम गर्दै आउनुभएका उहाँले ढुङ्गाखानीमा काम गरेको ज्यालाबाटै परिवार पाल्दै आउनुभएको छ ।