यस वर्षको जलपक्षी गणनाका क्रममा (बर्दघाट–सुस्ता पूर्व)मा ४३ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डिबी चौधरीले यस वर्ष नवलपुर क्षेत्रमा ४३ प्रजातिका चरा भेटिएको जानकारी दिनुभयो ।
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक लिमिटेड एकापसमा गाभिएसँगै आजदेखि ‘नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड’का नाममा एकीकृत कारोबार सुरु गरेका छन् ।
प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आउँदो शुक्रबार विश्वासको मत लिनुहुने हुनुभएको छ । उहाँले प्रदेशसभा सचिवालयलयमा पत्र पठाइ शुक्रबार विश्वासको मत लिनका लागि समय उपलव्ध गराउन अनुरोध गर्नुभएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
पुल निर्माणका लागि भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा चार घण्टा बन्द गरिँदै आएको नारायणगढ–मुग्लिन सडक खण्डको काम नसकिएपछि समय थप गर्नुपर्ने देखिएको छ ।
नेपालमा विद्युतीय प्रसारण लाइन विस्तार, कृषिमा उन्नत प्रविधिको प्रयोग र पेट्रोलिम पदार्थको पाइपलाइन विस्तारलगायतका क्षेत्रमा भारतीय सहयोगका लागि दुई देशबीच विभिन्न संयन्त्रका माध्यमबाट छलफल भइरहेको छ ।
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबारका तुलनामा प्रतितोला रु तीन सयले घटेर रु एक लाख तीन हजार दुई सयमा आएको छ ।
कपिलवस्तु नगरपालिका–९ का शिवपुजन बरईको परिचय व्यावसायिक तरकारी किसानका रूपमा छ । मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आउनुभएका बरईको खेतमा अहिले टमाटर बेच्ने अवस्थामा छ । साथमा काउली, बन्दा, मुलालगायतका तरकारी बिक्री हुने अवस्थामा छ ।
चिसो बढ्दै गएपछि ताप्लेजुङको हिमाली क्षेत्रका बस्तीको जनजीवन प्रभावित बन्दै गएको छ । पछिल्लो हप्ता चिसो बढेका कारण जनजीवन प्रभावित बन्दै गएको हो । घाम नलाग्ने, बाक्लो हुस्सु र चिसो हावासँगै बाक्लो तुषारो पर्न थालेपछि हिमाली क्षेत्रका बस्तीको जनजीवन कष्टकर बन्दै गएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले भेट गर्नुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दादुराबाट जोगाउन आफ्ना नानीबाबुलाई दादुरा र रुबेलाविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले बालबालिकालाई दादुरा र रुबेलाबाट बचाउन नौ महिना पुगेपछि पहिलो मात्रा र १५ महिना पुगेपछि दोस्रो मात्रा खोप लगाउन आग्रह गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहका दिव्य उपदेश अहिलेको सन्दर्भमा पनि उत्तिकै मननयोग्य रहेको बताउनुभएको छ ।
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सरकारको नेतृत्व गर्नेले अर्काको पहिचान मेटाउने काम गरे मुलुकमा पुनः अशान्ति उत्पन्न हुने खतरा रहेकाले त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभएको छ ।
भन्ने लोकगायक पशुपति शर्माको लय, शब्द तथा स्वरमा रहेको गीत केही कर्मशील व्यक्तिको जीवनसँग ठ्याक्कै मिल्छ । यस गीतका शब्दजस्तै परिश्रमले तिखारिएका किसान हुनुहुन्छ जयपृथ्वी नगरपालिका पडेसका भरतबहादुर विष्ट ।
सत्ता गठबन्धनले मधेस प्रदेश सरकार गठनका लागि आजै दाबी पेस गर्ने तयारी गरेको छ ।
आलु खेतीबाट डोटीका किसानले मनग्य आम्दानी गरेका छन् । विगतमा परम्परागतरुपमा तरकारी खेती गर्दैआएका किसान पछिल्लो समयमा आधुनिकरुपमा आलु खेतीतर्फ आकर्षित भएका हुन् ।