पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित दुलेगौडा–कोत्रे सडकखण्ड धुलाम्य भएपछि स्थानीयवासी आन्दोलित भएका छन् । शुक्लागण्डकी –२ हलेदीमा सडक मरमत नहुँदा स्थानीयवासीले समस्या भोग्दै आएका छन् ।
विराटनगर, वैशाख ११ गते । इच्छाशक्ति भएमा नाम र दाम दुवै आर्जन गर्न सकिने उदाहरण प्रस्तुत गर्नुभएको छ सुनसरी देवानगञ्ज गाउँपालिकाका किसान रामवृक्ष मेहताले । निजी लगानीका बीउबिजन उत्पादन तथा प्रशोधन केन्द्र स्थापना गरेर लाखौँ आम्दानी गर्न उहाँ सफल हुनुभएको छ । विगतमा लागत धेरै लागेको र आर्जन थोरै गर्न सकिए पनि व्यवसायमा दिएको निरन्तरताले अहिले अपेक्षित लाभ लिइरहनु भएको छ ।देवानगञ्ज गाउँपालिका–२ निवासी मेहताले सुरुमा रु एक करोडभन्दा बढी लागत लगाएर बीउ प्रशोधन केन्द्र स्थापना गर्नुभयो । यसका लागि पालिकाले रु चार लाख र कृषि ज्ञान केन्द्र सुनसरीले रु आठ लाख सहयोग गरेको उहाँले जानकारी दिनुभयो । सानैदेखि कृषि पेशामा समर्पित मेहताले रु २० लाखमा बीउ प्रशोधन मेसिन खरिद गर्नुभएको छ ।उहाँले गएको वर्षमा प्रशोधित १६० मेट्रिक टन धानको बीउ बिक्री गर्नुभयो । मसिनो धान प्रतिकेजी रु १०० र अन्य धान प्रतिकेजी रु ५५ देखि ६० सम्म बिक्री गर्नुभएको हो । बीउ वृद्धिका लागि स्थानीय किसानका गहुँका लागि ६० हेक्टर र धानका लागि ८० हेक्टर जग्गा उपयोग गर्दै आउनुभएको छ । बजार मूल्यभन्दा २० प्रतिशत बढी मूल्य दिएर बीउ वृद्धिका लागि किसानलाई प्रोत्साहन गर्दै उत्पादनका लागि खेत उपभोग गरिरहेको पाइएको छ ।यस वर्ष मेहताले धान १२५ मेट्रिक टन र गहुँ १२५ मेट्रिक टन बीउ उत्पादन गर्ने लक्ष्य लिनुभएको छ । उहाँले यसमा मात्र सीमित नरहेर अग्र्यानिक मल पनि उत्पादन गरिरहनुभएको छ । अग्र्यानिक मलका लागि आवश्यकताअनुसार भैँसी र गाईवस्तु पनि पाल्नुभएको छ । गोबर, घाँसपातलाई कुहाएर बनाउने अग्र्यानिक मलको गुणस्तर जाँच तथा प्रमाण्ीकरणका लागि पहिलो वर्ष नार्क नामक संस्थालाई रु चार लाख भुक्तानी गरेको र त्यसपछि वर्षेनी रु छ हजार मल जाँच गरेको शुल्क तिर्ने गरेको प्रशोधन सञ्चालक मेहताले बताउनुभयो ।उहाँले भन्नुभयो, “अग्र्यानिक मल उत्पादन गर्दा रासायनिक मल विस्थानपन हुने र रासायनिक मल प्रयोग गर्दा उत्पादन लागत बढ्दै जाने र मुनाफा कम हुने भएकाले यस क्षेत्रका किसान अग्र्यानिक मलतर्फ रुचि बढेको पाइएको छ ।”प्रतिकेजी रु २० दरले बिक्री हुने अग्र्यानिक मल गएको वर्षमा ६० मेट्रिक टन बिक्री भएको छ । यस वर्ष अग्र्यानिक मल उत्पादन वृद्धि गर्ने सोच र उद्देश्य रहेको मेहताको भनाइ छ । परिवार सबै मिलेर गरिरहेको यस कामका लागि उहाँले एक कृषि अधिकृत र एक जना जेटिएलाई जागिर पनि दिनुभएको छ । दैनिक १५ जनालाई प्रत्यक्षरूपमा रोजगारी दिँदै आउनुभएका कृषक मेहताले जिल्लास्तरबाट राष्ट्रपति पुरस्कार र बीउबिजन उत्कृष्ट राष्ट्रिय पुरस्कार पाउनुभएको छ, खर्च काटेर वर्षमा रु ३० लाख आम्दानी गर्छु, भन्नुभयो ।यही आम्दानीबाट उहाँले एक छोरा आनन्दलाई एमबिबीएस उत्तीर्ण गराएर एमडीमा भर्ना गर्नुभएको छ भने एक छोरी अम्बिका बिएससी नर्स र अर्की छोरी आरती बिएससी एजीसम्मको शिक्षा दिनुभएको छ । उहाँले यस अतिरिक्त दुई बिघा पाँच कठ्ठा जग्गामा तरकारी खेती गर्नुभएको छ । बजारको समस्या नभएको बताउने कृषक मेहताको तरकारी खेतीमा पर्वल, करेला, भिण्डी, खुर्सानी, काँक्रा अहिले बेजोडले फलेको देख्न पाइन्छ । व्यापारीले खेती भएकै ठाउँमा तरकारी खरिद गर्ने गरेकाले कहीँकतै भौतारिनु नपरेकामा खुसी व्यक्त गर्नुभयो ।आनन्द सिड्स एण्ड अग्र्यानिक फर्टिलाइजर नाम दिएको आफ्ना कारखानाबाट प्रभावित भई उहाँकै सहोदर भाइ उमेशकुमार मेहताले पनि अग्र्यानिक मल उत्पादन सुरु गर्नुभएको छ । गएको वर्षमा उहाँले १० मेट्रिक टन अग्र्यानिक मल बिक्री गर्नुभएको थियो भने यस वर्ष उत्पादन बढाउने दिशातर्फ अग्रसर देखिनुभएको छ । उहाँले १० वटा गाई पाल्नुभएको छ भने दैनिक १५ लिटर प्रतिलिटर रु ५० कार दरले दूध पनि बेच्दै आउनुभएको छ । आफ्नो पेशामा समर्पित मेहताका श्रीमती अनिता भारतीले दिनरात नभनी श्रीमान्को काममा सघाउँदै आउनुभएको छ ।प्रदेश नं १ का कृषि मन्त्रालयका सचिव मेघनाथ तिमिल्सेनाले निरीक्षण एवं अनुगमन गर्दै आफ्नै सीप, ज्ञान र क्षमता प्रयोग गरेर कृषि क्षेत्रमा गरेको योगदानको कदर गर्दै प्रदेश सरकार कृषिलाई प्राथमिकतामा राखेकाले कृषकको मागलाई सक्दो सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कृषि ज्ञान केन्द्र सुनसरी मोरङ सम्पर्क कार्यालय विराटनगरका प्रमुख रामदेव सिंहले किसानले गरेको मेहेनतबाट नै राष्ट्र निर्माण हुने भएकाले कृषि उत्पादन बजार बिचौलियाको हातमा पर्न नहुने भन्दै श्रम, सीप र लागत लगाउने किसानले बाली उत्पादनबाट उचित लाभ लिनुपर्नेमा जोड दिनुभयो ।
कर्णाली, वैशाख ११ गते । मुलुकमा सङ्घीयता संरचना कार्यान्वयमा आएपछि कर्णाली प्रदेश लोकसेवा आयोग सुर्खेत पहिलोपटक आयोगको परीक्षा सञ्चालन गरेको छ । आयोगले शनिबार विविध सेवाअन्तर्गत खुला तथा समावेशी सहायकस्तर पाँचौँ तहको महिला विकास निरीक्षक पदको परीक्षा सञ्चालन गरेको हो ।प्रदेश लोकसेवा आयोग ऐन, २०७५ को दफा ३ बमोजिम गठित आयोगले खोलेको महिला विकास निरीक्षक पदको ५१५–५१६/०७८/०७९ को विज्ञापनअनुसार खुलामा आठ र महिलातर्फ एक गरी नौ कर्मचारी माग गरेको थियो । सो विज्ञापनअनुसार शनिबार सञ्चालित परीक्षामा दुई हजार १९७ परीक्षार्थी सम्मिलित भएको आयोगका सचिव भूपेन्द्र थापाले जानकारी दिनुभयो ।“परीक्षा मर्यादित वातावरणमा सम्पन्न भएको छ”, उहाँले भन्नुभयो, “प्रदेश निजामती तथा स्थानीय सेवाअन्तर्गत भएको परीक्षा सञ्चालनका लागि ११ परीक्षा केन्द्र व्यवस्था गरिएको थियो ।” तीमध्ये ११ केन्द्राध्यक्ष, ८७ सहायक केन्द्राध्यक्ष र ११९ निरीक्षकको परिचालन गरिएको उहाँले बताउनुभयो ।आयोग अध्यक्ष रामप्रसाद उपाध्यायले सङ्घीयताको इतिहासमा पहिलोपटक परीक्षा सञ्चालन गर्ने अवसरले आयोग परिवारलाई गौरवान्वित तुल्याएको बताउनुभयो । आफ्नै सरकारअन्तर्गत गठित प्रदेश लोकसेवा आयोगले सञ्चालन गरेको परीक्षाले परीक्षार्थीहरूलाई सङ्घीयताको अनुभूति गराएको उहाँको भनाइ थियो ।आयोगले सञ्चालन गरेको महिला विकास निरीक्षकको परीक्षामा सहभागी हुन पाउँदा निकै खुशी लागेको परीक्षार्थी शिवा शाहीले जानकारी दिनुभयो ।
काठमाडौँ, वैशाख ११ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले वास्तुविज्ञ तथा राष्ट्रिय झन्डाको वर्तमान स्वरूपका ‘डिजाइनर’ शङ्करनाथ रिमालको श्रीयन्त्रमा समेटिएका पक्षहरू पूर्वीय दर्शनका प्रत्यक्ष प्रमाण भएको बताउनुभएको छ ।मुलुकको सांस्कृतिक धरोहर वास्तुकलाका ज्वलन्त नमुना भएको उल्लेख गर्नुहुँदै उहाँले राष्ट्रिय सम्पदाको वास्तु ‘डिजाइनर’ रिमालको गहन अनुसन्धानको फलस्वरूप सिर्जना भएको उक्त कृति समाजका निम्ति महìवपूर्ण दस्तावेज हो भन्नुभयो ।राष्ट्रपति भवन शीतल निवासमा शनिबार शशी–शङ्कर कलालयद्वारा आयोजित रिमालको कृति ‘श्रीयन्त्र’ दस्तावेज समर्पण समारोहमा राष्ट्रपति भण्डारीले हिन्दुहरूका आराध्यदेव पशुपतिनाथ, प्रसिद्ध तलेजु भवानीको मन्दिरजस्ता धार्मिक तथा सांस्कृतिक महìवका सम्पदामा श्रीयन्त्रद्वारा विभूषित गर्ने परम्परा भएबाट श्रीयन्त्र मुलुकको सांस्कृतिक प्रतीकका रूपमा रहेको कुरा महसुस गर्न सकिने बताउनुभयो । उहाँले समृद्धिको यात्रामा रहेको मुलुकको भौतिक पूर्वाधार विकास गर्दा त्यसमा मौलिकता झल्काउँदै सुदृढ बनाउनसमेत सरोकारवालाको ध्यानाकर्षण गराउनुभयो । रिमालले आफ्नो पुस्तकमा प्राचीन धर्म र आधुनिक इन्जिनियरिङको संयोजन गर्नुभएको आफूले पाएको राष्ट्रपति भण्डारीले बताउनुभयो ।“यसले एकातर्फ भौतिक संरचना बलिया हुन्छन् भने अर्कातर्फ हाम्रो विशिष्ट पहिचान विस्तार गर्न सफलता मिल्नेछ, फलस्वरूप जीवनलाई समृद्धितर्फ अग्रसर बनाउन थप मद्दत मिल्ने विश्वास छ,” राष्ट्रपति भण्डारीले भन्नुभयो । उहाँले उक्त कृतिउपर वौद्धिक समुदायमा हुने छलफल र अन्तक्र्रियाले लेखकलाई थप प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले श्रीयन्त्रको व्याख्या गणितीय रूपमा प्रस्तुत गरिएको पुस्तक अध्ययन अनुसन्धान तथा विश्वविद्यालयका अनुसन्धानकर्ता र जिज्ञासुहरूका लागि सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।पुस्तकबारे टिप्पणी गर्दै एक हजार आठ स्वामी रमणानन्द गिरीले संसार सञ्चालन भएको शिव र शक्तिको समरस्यको प्रतीक श्रीयन्त्र सृष्टि, स्थिति र संहारको मूल स्वरूप भएको अथ्र्याउनुभयो । ऋग्वेददेखि नै श्रीयन्त्रको उपासना हुने गरेको जानकारी दिँदै उहाँले लेखक रिमालले वर्षौं लगाएर श्रीयन्त्रको ज्यामितीय अनुपात निकाल्नुभएकामा खुसी व्यक्त गर्नुभयो ।नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले जगत्का सृष्टिसम्बन्धी साङ्केतिक प्रस्तुति श्रीयन्त्र भएको र यसभित्र नौ त्रिकोण संलग्न भएको जानकारी दिनुभयो । उहाँले जगत्को सृष्टिसम्बन्धी साङ्केतिक प्रस्तुतीकरण नै श्रीयन्त्र भएको र उत्पत्ति नै नेपालबाट भएको बताउनुभयो । नेपालको मन्दिरको निर्माण शैली प्यागोडाका प्रसिद्ध वास्तुविद् लेखक इन्जिनियर रिमाल सफल चित्रकार पनि हुनुहुन्छ । उहाँले विशेष अनुसन्धान गरी श्रीयन्त्रको वृत्त, रेखा, कोण र मर्मस्थानको ज्यामितीय अनुपातको निक्र्याेल गर्नुभएको हो ।समारोहमा लेखक तथा वास्तुविज्ञ रिमालले पुस्तकरूपी दस्तावेजले श्रीयन्त्रको गणितीय पक्षलाई समेटेको बताउनुभयो । विगतमा यसको संरचना र स्वरूपमा प्रश्न उठ्ने गरेकाले पहिलो पटक आफूले त्यसको व्याख्या गरेको उहाँले जानकारी दिनुभयो ।
काठमाडौं, बैशाख १० गते । वसन्त ऋतुको आगमनसँगै रसुवाका उच्च भागमा आन्तरिक एवं वाह्य पर्यटकको चहल पहल बढ्दै गएको छ। कोरोना सङ्क्रमण दर शून्यमा झरेसँगै दैनिक १०–१५ जनाबाट सुरु भएको पर्यटक आगमन पछिल्लो समय स्वदेशी तथा विदेशी ह्वात्तै बढेपछि यहाँका पर्यटन व्यवसायी उत्साहित भएका हुन्। लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईका अनुसार रसुवाको उच्च भागमा अवस्थित लाङटाङ तथा पवित्र तीर्थ गोसाइँकुण्डको भ्रमणका लागि दैनिकरूपमा आन्तरिक १०० र बाह्य २२–२३ जना पर्यटकको आगमन भइरहेको छ। आन्तरिक पर्यटक बढी मात्रामा पवित्र तीर्थ गोसाइँकुण्डतर्फ र विदेशी पर्यटक भने लाङटाङतर्फ केन्द्रित हुने गरेको निकुञ्ज कार्यालयले जनाएको छ । पर्यटकको आगमन वृद्धि भएसँगै पर्यटन क्षेत्रका होटल तथा लजको थप व्यवस्थापकीय कार्य भइसकेको जानकारी दिँदै पर्यटकीय होटल व्यवस्थापन समितिका जिल्ला अध्यक्ष निशान उपनामका रामशरण गजुरेलले धार्मिक तथा पर्यटकीय पदमार्गमा खान बस्न कुनै समस्या नपर्ने भएकाले यात्रा गर्न आग्रह गर्नुभयो । सुनसान रहेको हिमाली पर्यटकीय क्षेत्रमा पर्यटकको ओहरदोहर हुन थाले पछि गोसाइँकुण्ड धार्मिक मार्गको रौनकता बढेको चन्दनबारीका होटल व्यवसायी पासाङघ्युर्मी तामाङले जानकारी दिनुभयो । पाहुनाको आगमन निरन्तर रूपमा बढ्न थालेपछि क्रमिक रुपले पर्यटन पेसाबाट आर्थिक सुधार हुँदै जाने आशा पलाएको होटल व्यवसायी बताउँछन्। पैदलमार्गको अलावा हवाई मार्गसमेतबाट गोसाइँकुण्ड जाने यात्रुको आर्कषणसमेत बढ्दै गएको छ।यस्तै हेलिकप्टर सञ्चालक कम्पनीले गोसाइँकुण्ड यात्रु ओेसारपसार गराउन उडानलाई प्राथमिकता दिएका छन्। पैदलमार्गको उकालो हिँड्न नसक्ने ज्येष्ठ नागरिकलाई हेलिकप्टर सुविधाले तीर्थ जान सहज बनाएको स्थानीय पुरोहित टङ्कप्रसाद ढकाल बताउँनुहुन्छ । धार्मिक मान्यताअनुरुप जिन्दगीमा एकपटक भए पनि पुग्नैपर्ने तीर्थ भएका कारण पैदलमार्ग वा हवाईमार्ग जुन रूपमा सहज हुन्छ एकपटक गोसाइँकुण्ड पुग्न समस्त भक्तजनलाई अनुरोध गरिएको पुरोहित ढकाल बताउँनुहुन्छ । गोसाइँकुण्डको दर्शनार्थ सिम्रिक, डाइनेस्टी, अल्टिच्युट, फिस्टेल, कैलास, मनाङ, हेलिमाउन्टेन, प्रभु, हेलिएभरेस्टसमेतका हेलिकप्टर कम्पनीले धार्मिक उडान गरिरहेको हेलिकप्टर एसोसिएसनले जनाएको छ। पैदलमार्गबाट हिमाली पदयात्राका लागि हिँडेका पर्यटकबीच बाटोमा बिरामी परेमा तत्काल उद्धारका लागि हेलिकप्टरले उद्धार गर्ने गरिएको जनाइएको छ।
निर्वाचन सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रो घेरामा नेपाली सेना रहनेछ । निर्वाचनको सुरक्षा चुनौती आकलन गर्दै चारैवटा सुरक्षा निकायले आआफ्नो तयारी तीव्र पारेको जनाएका छन् ।
बिहीबारदेखि विधिवत्रुपमा सञ्चालन भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरलाइन्सले बुद्धपूर्णिमाकै दिन कुवेतबाट २७८ यात्रु बोक्न सक्ने क्षमताको न्यारोबडी जहाजले उडान भर्ने भएको छ । उक्त दिन जजिराको न्यारोबडीले आफ्नो जहाजमार्फन यात्रु ल्याई गौतमबुद्ध विमानस्थलमा अवतरण गर्ने भएको छ । त्यसको भोलिपल्ट बिहान २ः३० बजेको समयमा नेपालबाट ३० यात्रुभन्दा बढी बोकी कुवेतका लागि उडान भर्ने योजना रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
रसुवा, वैशाख १० गते । वसन्त ऋतुको आगमनसँगै रसुवाका उच्च भागमा आन्तरिक एवं बाह्य पर्यटकको चहल पहल बढ्दै गएको छ ।कोभिड सङ्क्रमणको समस्या शून्यमा झरेसँगै दैनिक १०/१५ जनाबाट सुरु भएको पर्यटक आगमन पछिल्लो समय स्वदेशी तथा विदेशी ह्वात्तै बढेपछि यहाँका पर्यटन व्यवसायी उत्साहित भएका हुन् । लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईका अनुसार रसुवाको उच्च भागमा अवस्थित लाङटाङ तथा पवित्र तीर्थ गोसाइँकुण्डको भ्रमणका लागि दैनिकरूपमा आन्तरिक १०० र बाह्य २२/२३ जना पर्यटकको आगमन भइरहेको छ । आन्तरिक पर्यटक बढी मात्रामा पवित्र तीर्थ गोसाइँकुण्डतर्फ र विदेशी पर्यटक भने लाङटाङतर्फ केन्द्रित हुने गरेको निकुञ्ज कार्यालयले जनाएको छ । पर्यटकको आगमन वृद्धि भएसँगै पर्यटन क्षेत्रका होटल तथा लजको थप व्यवस्थापकीय कार्य भइसकेको जानकारी दिँदै पर्यटकीय होटल व्यवस्थापन समितिका जिल्ला अध्यक्ष निशान उपनामका रामशरण गजुरेलले धार्मिक तथा पर्यटकीय पदमार्गमा खान बस्न कुनै समस्या नपर्ने भएकाले यात्रा गर्न आग्रह गर्नुभयो । सुनसान रहेको हिमाली पर्यटकीय क्षेत्रमा पर्यटकको ओहरदोहर हुन थाले पछि गोसाइँकुण्ड धार्मिक मार्गको रौनकता बढेको चन्दनबारीका होटल व्यवसायी पासाङघ्युर्मी तामाङले जानकारी दिनुभयो । पाहुनाको आगमन निरन्तररूपमा बढ्न थालेपछि क्रमिकरुपले पर्यटन पेसाबाट आर्थिक सुधार हुँदै जाने आशा पलाएको होटल व्यवसायी बताउँछन् । पैदलमार्गको अलावा हवाई मार्गसमेतबाट गोसाइँकुण्ड जाने यात्रुको आर्कषणसमेत बढ्दै गएको छ । यस्तै हेलिकप्टर सञ्चालक कम्पनीले गोसाइँकुण्ड यात्रु ओेसारपसार गराउन उडानलाई प्राथमिकता दिएका छन् । पैदलमार्गको उकालो हिँड्न नसक्ने ज्येष्ठ नागरिकलाई हेलिकप्टर सुविधाले तीर्थ जान सहज बनाएको स्थानीय पुरोहित टङ्कप्रसाद ढकाल बताउनुहुन्छ । धार्मिक मान्यताअनुरुप जिन्दगीमा एक पटक भए पनि पुग्नै पर्ने तीर्थ भएका कारण पैदलमार्ग वा हवाईमार्ग जुनरूपमा सहज हुन्छ एक पटक गोसाइँकुण्ड पुग्न समस्त भक्तजनलाई अनुरोध गरिएको पुरोहित ढकाल बताउनुहुन्छ । गोसाइँकुण्डको दर्शनार्थ सिम्रिक, डाइनेष्टी, अल्टिच्युट, फिस्टेल, कैलास, मनाङ, हेलिमाउन्टेन, प्रभु, हेलिएभरेष्टसमेतका हेलिकप्टर कम्पनीले धार्मिक उडान गरिरहेको हेलिकप्टर एशोसिएशनले जनाएको छ । पैदलमार्गबाट हिमाली पदयात्राका लागि हिँडेका पर्यटक बीच बाटोमा बिरामी परेमा तत्काल उद्धारका लागि हेलिकप्टरले उद्धार गर्ने गरिएको जनाइएको छ ।
कर्णाली, बैशाख १० गते । तिला गाउँपालिकाका–३ जुम्ला कुडारी सार्कीवाडा गाउँमा गए राति आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ ।आगलागीबाट मानसिं सार्कीका दुई छोरी, एक छोरा र एक भान्जीको मृत्यु भएको छ । मृत्यु हुनेमा सार्कीका छोरीहरु ११ वर्षीया अनु र तीन वर्षीया दर्शना तथा एक वर्षीय छोरा दीपेश र भान्जी १४ वर्षीया तिर्सना सार्की रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख नायब उपरीक्षक नरेन्द्र चन्दले राससलाई जानकारी दिनुभयो । “आगलागीबारे राति ११ः४५ बजे हामीलाई जानकारी भयो”, प्रहरी नायब उपरीक्षक चन्दले भन्नुभयो, “सूचना पाउने बित्तिकै जिल्लाबाट प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईसहितको टोलीले त्यहाँ पुगेर आगो नियन्त्रणमा लियो ।” आगलागीबाट घरको दोस्रो र तेस्रो तला पूर्णरुपले क्षति भएको उहाँले बताउनुभयो ।आगलागीका कारण बेहोस भएका मानसिं र उहाँकी श्रीमती फागुनी तथा बहिनी रुन्चकलीलाई उपाचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ । मृतक चारै बालबालिकाको शव परीक्षणका लागि प्रतिष्ठानमा ल्याउँदै गरेको उहाँले जनाउनुभयो । घटना कसरी भएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरणका क्रममा आधाभन्दा बढी स्थानमा पुरानो पाइपमार्फत नै वितरण गरिने भएको छ । एक हजार १० किमी लम्बाइको वितरण पाइपमध्ये आधाभन्दा कममा मात्रै अहिलेसम्म परीक्षण भएको छ । पाइप परीक्षण हुन बाँकी ठाउँमा पुरानो पाइपबाट नै पानी वितरण गर्ने तयारी गरिएको आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।
कैलालीको भजनी नगरपालिका–३ बर्दवाफाँटाका कर्णेलसिंह सरदारसँग धेरै जग्गा जमिन छैन । उहाँसँग तीन बिघा जग्गा छ । हिउँदमा गहुँ पनि त्यति राम्रो फल्दैन । वर्षात्मा काढा नदीको डुबान र बाढीका कारण धानखेती गर्न मात्रै हुन्छ त्यसबाट आम्दानी लिन कर्णेलसिंहले लिन सक्नुभएको छैन ।
चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा (साउनदेखि चैतसम्म) निर्यातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्याङ्कअनुसार ६९ दशमलव ४४ प्रतिशतले स्वदेशी वस्तुको निर्यातमा वृद्धि भएको हो ।
किमाथाङ्का, वैशाख ९ गते । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–३ ताम्कुबाट हेलिकोप्टरमार्फत एक सुत्केरीको उद्धार गरिएको छ । सिलिचोङ–३ कोल्वाकी १८ वर्षीया मेलिना राईलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो । सुत्केरी राईको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरिएको हो ।ब्यथा लागेपछि उनलाई बुधबार राति १० बजे प्राथमिक स्वास्थ्य केन्द्र ताम्कु भर्ना गरिएको थियो । उच्च रक्तचापबाट समेत पीडित राईको त्यहाँ उपचार हुन नसकेपछि बिहीबार हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको सिलिचोङ गाउँपालिकाका स्वास्थ्य संयोजक दिपेन्द्र कुलुङले जानकारी दिनुभयो ।
चितवन, बैसाख ९ गते । राष्ट्रपति विद्यादेवी भण्डारी आज चितवन आउँदै हुनुहुन्छ । नेपाल फर्मा एक्स्पो, २०२२ को उद्घाटनका लागि उहाँ चितवन आउन लाग्नुभएको हो । नेपाल औषधि उत्पादक सङ्घले चितवन प्रदर्शनी केन्द्रमा एक्स्पो गर्न लागेको हो ।सङ्घका उपाध्यक्ष एवं मिडिया संयोजक सन्तोष बरालले राष्ट्रपति भण्डारीले दिउँसो १ बजे एक्सपोको उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिनुभयो । राष्ट्रपति चितवन आउने भएपछि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले बताउनुभयो । उक्त एक्स्पो यही वैशाख ११ गतेसम्म सञ्चालन हुनेछ । सङ्घका महासचिव विप्लव अधिकारीले यसपटकको एक्स्पोले नेपालमा औषधि उत्पादनको क्षेत्रले अँगाल्दै आएको ज्ञान तथा प्रविधिको विस्तार गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “एक्स्पोले औषधि उत्पादनको प्रविधि र यसमा अपनाइएका संवेदनशीलताका बारेमा जनमानसमा चेतना दिने छ ।” एक्स्पोले नेपालको औषधि उत्पादनलाई अन्तर्राष्ट्रियस्तरसम्म पुर्याउने, अझै प्रविधिमैत्री र दक्षता प्रदान गर्ने उहाँको भनाइ छ ।औषधि प्राविधिक र फर्मासिस्टलाई अन्तर्राष्ट्रियस्तरको नवीन प्राविधिक ज्ञान दिने उद्देश्यले एक्स्पो आयोजना गरिएको सङ्घका निवर्तमान अध्यक्ष एवं एक्स्पो संयोजक जी नारायणबहादुर क्षेत्रीले बताउनुभयो । उहाँले नेपालमा उत्पादन हुँदै आएका औषधि र औषधि उत्पादनमा प्रयोग हुने प्रविधि, ल्याब (प्रयोगशाला), मेसिन, कच्चा पदार्थ, प्याकेजिङलगायतमा भएका विकासबारे जानकारी दिन प्रत्येक दुई वर्षमा एक्स्पो आयोजना गर्दै आएको जानकारी दिनुभयो । सन् २०२१ मा एक्स्पो कोभिड–१९ का कारण हुन सकेको थिएन ।यसपटकको आठौँ संस्करणको एक्स्पोमा १६० कक्ष रहने छन् । औषधि क्षेत्रमा नयाँ प्रविधिको खोजी गरिरहेका विभिन्न १२३ बहुराष्ट्रिय कम्पनी र ३७ स्वदेशी औषधि उद्योगका कक्ष एक्स्पोमा रहने छन् । एक्स्पोका अवसरमा विभिन्न प्राविधिक गोष्ठी हुनेछन् । एक्स्पोमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, औषधि व्यवस्था विभाग, नेपाल फार्मेसी काउन्सिल, नेपाल औषधि व्यवसायी सङ्घ, नेपाल औषधि थोक व्यवसायी सङ्घ, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल फर्मास्युटिकल एशोसिएशन र नेपाल फार्मेसी सङ्घको आवद्धता छ ।
काठमाडौं, बैसाख ९ गते । यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि बहालवाला जनप्रतिनिधिले पुनः उम्मेदवार बन्न चाहेमा राजीनामा दिनुपर्ने कानुनी मान्यताअनुसार वडा सचिवले कार्यवाहक अध्यक्षको हैसियतमा काम गर्न पाउने भएका छन् ।काठमाडौँ महानगरपालिकाको ७५औँ कार्यपालिका बैठकले स्थानीय तह निर्वाचन, २०७९ मा बहालवाला जनप्रतिनिधिले उम्मेदवार बन्न राजीनामा दिनुपर्ने अहिलेको अवस्थामा वडाध्यक्षसहित सबै सदस्यले राजीनामा दिएमा वडा सचिवले कार्यवाहक अध्यक्षको हैसियतमा काम गर्ने निर्णय गरेको हो । यही व्यवस्थाबमोजिम बिहीबारको कार्यपालिका बैठकले वडाध्यक्षले राजीनामा दिए वडा सदस्यमध्येबाट एक जनालाई कार्यवाहक दिने निर्णय गरेको छ । यदि वडाका सबै जनप्रतिनिधिले राजीनामा दिएमा वडा सचिवलाई कार्यवाहक अध्यक्षको हैसियतमा काम गर्न अधिकार दिने निर्णय भएको छ ।स्थानीय सरकार सञ्चालन ऐनको दफा ११६ मा कार्यवाहक भई काम गर्ने अवस्थासम्बन्धी व्यवस्था छ । जसमा वडाध्यक्षले राजीनामा दिए, वडा सदस्यमध्येबाट कार्यवाहक दिन सकिन्छ । सबै जनप्रतिनिधिले राजीनामा दिए कार्यवाहक अध्यक्षका विषयमा कार्यपालिकाको बैठकले निर्णय गर्न सक्छ ।त्यसैगरी बैठकले नन्दीरात्रि माध्यमिक विद्यालय नक्सालमा राजेश हुमागाईँ र महेन्द्र बौद्ध माध्यमिक विद्यालयमा धर्मेन्द्र खकुरेललाई प्रधानाध्यापकमा गरिएको नियुक्तिलाई अनुमोदन गरेको छ ।