सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला नौ सयले बढेर ९८ हजार पाँच सय तोकिएको छ ।
जुम्लाका किसानलाई कालीमार्सी धान रोप्न भ्याइनभ्याइ भएको छ । असार नलाग्दै यहाँका किसानलाई रोपाइँको चटारो छ । जिल्लाका आठवटै स्थानीय तहमा धानखेती हुने गरेको छ । यतिबेला चन्दननाथ नगरपालिका तथा तातोपानी, गुठीचौर र पातारासी गाउँपालिकामा जेठबाटै रोपाइँ सुरु भएको कृषि विकास कार्यालयका प्राविधिक सुकीराम नेपालीले जानकारी दिनुभयो । बाह्रैमास सिँचाइ सुविधा पुगेका र खोला आसपासका खेतमा रोपाइँ छिटो हुने गरेको छ ।
नेपाल वायुसेवा सञ्चालक सङ्घले एकमात्रै इन्जिन भएको हेलिकोप्टरमा दुई पाइलट राख्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन गर्न असम्भव रहेको जनाएको छ । प्राधिकरणले एउटा इन्जिन भएको हेलिकोप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने तयारी गरिरहेको बेला सङ्घले व्यावसायिक उडानमा उक्त कदम उपयुक्त नहुने धारणा अगाडि सारेको हो । हेलिकोप्टरमा दुई पाइलट राख्नेबारे नागरिक उड्डयन प्राधिकरणले पाँच सदस्यीय प्राविधिक टोली गठन गरेर अध्ययन गरिरहेको छ ।
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको याम्पाफाँट र घाँसीकुवा खण्ड दैनिक पाँच घण्टा बन्द हुने भएको छ । मुग्लिङ–पोखरा सडक विस्तार योजनाअन्तर्गत उक्त खण्डमा सडक खन्ने कार्य गर्नुपर्ने भएकाले सडक बन्द गर्न लागिएको हो ।
बारास्थित सिमरा विमानस्थलबाट यही जेठ २४ गतेदेखि आगामी असार १३ गतेसम्म दैनिक उडान कटौती हुने भएको छ । विमानस्थल क्षेत्रमा मर्मतसम्भारको काम हुने भएकाले २० दिन दैनिक उडान कटौती हुने भएको हो । सो अवधिमा बिहान ६ देखि ११ बजेसम्म मात्रै उडान हुने सिमरा विमानस्थलका प्रमुख भूपेन्द्र भट्टले जानकारी दिनुभयो । नियमित १२ उडान हुँदै आएको सिमरा विमानस्थलबाट सो अवधिमा दैनिक आधामात्रै उडान हुने उहाँले बताउनुभयो ।
मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई समृद्ध बनाउने गरी आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट ल्याउने बताउनुभएको छ ।
सांसद खिमलाल देवकोटा प्रस्तावक र सांसद जीतेन्द्रनारायण देव, गोपीबहादुर अछामी, नन्दा चपाई, प्रमिला कुमारी र देवेन्द्र दाहाल समर्थक रहेको प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतिबाट स्वीकृत भएको हो ।
सरकारका तहहरुबीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयका सिद्धान्तका आधारमा हुन नसकेको भन्दै सांसदहरुले सङ्घीयताको प्रभावकारी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
परम्परा र संस्कृतिलाई निरन्तरता दिँदै यहाँका नेवार समुदायले आफ्नो पहिचानलाई लोप हुन दिएका छैनन् ।
दिनभरिजसो चहकिलो घाम लागेको त्यस साँझदेखि पर्न थालेको अविरल वर्षासँगै मेलम्चीनदीमा उर्लिएको भेलले हेलम्बु र मेलम्चीवासीका धेरै सपना उडाएको थियो ।
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार छ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९७ हजार दुई सयमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला चार सयले बढेको हो ।
राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले वर्षात् नजिकिएसँगै बाढी, पहिरो तथा डुबानबाट हुने क्षति न्यूनीकरण गर्न अहिले नै पहल थाल्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधिसभाका सदस्य गिरिराजमणि पोखरेलले गुणस्तरीय शिक्षाका लागि शिक्षक नै सवल बनाउनुपर्ने सुझाव दिनुभएको छ ।
बागलुङ नगरपालिका–६ का झण्डै एक दर्जन गाउँका बासिन्दाले हिउँदको समयमा घाँटी भिजाउने पानीको मुहान गाउँभन्दा झण्डै छ किलोमिटर टाढाको गाउँमा छ । बागलुङ नगरपालिका–७ मा रहेको तितौरे गाउँको पानी वर्षौं लगाएर यहाँ ल्याइएको हो ।
बागलुङको बलेवास्थित कालभैरव मन्दिरमा पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै गएको छ । कालभैरव पुग्न सडक कालोपत्र गरिएको छ भने कतिपय ठाउँमा सडकको स्तरोन्नतिसमेत गरिएको छ । सडकको पहुँचका कारण अहिले यहाँ पुग्ने धार्मिक पर्यटकको चाप थेगिनसक्नु भएको छ । जेठ लागेपछि मङ्गलबार र शनिबार यहाँ आउने धार्मिक पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । मनोकांक्षा पूरा हुने विश्वासका साथ मन्दिरमा बली चढाउनेको सङ्ख्या अत्यधिक छ ।