नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव तथा मध्यपश्चिमी भूभागमा स्थानीय वायुको प्रभाव छ । उक्त मौसमी प्रणालीको प्रभावले प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी भू–भागमा आंशिक बली भई प्रदेश नं १, बागमती र गण्डकी प्रदशका थोरै स्थानमा वर्षा भइरहेका मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्शन लिमिटेडले आयोजनाबाट असर पर्न सक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयरको निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा रु छ करोड १२ लाख ७९ हजार ३०० मूल्य बराबरको छ लाख १२ हजार ७९३ कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गर्ने भएको हो ।
तनहुँको व्यास नगरपालिका–१२ छिर्कनस्थित भानुभक्त प्राणी उद्यानभित्र १३ प्रजातिका स्तनधारी वन्यजन्तु भेटिएका छन् । प्राणी उद्यानले ओगटेको वन क्षेत्रभित्र १३ प्रजातिका स्तनधारी भेटिएका हुन् ।
नेपाल चेम्बर अफ कमर्शले लिमिटेड कम्पनी खोल्दा ४९ प्रतिशत शेयर सर्वसाधरण लगानीकर्तालाई दिनुपर्ने माग गरेको छ । राजस्व परामर्श समितिद्वारा सोमबार आयोजित कार्यक्रममा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले लिमिटेड कम्पनी स्थापना गर्दा ५१ प्रतिशत संस्थापक र बाँकी ४९ प्रतिशत शेयर सर्वसाधरण लगानीकर्तालाई दिनुपर्ने बताउनुभएको हो । “लिमिटेड कम्पनीको शेयरमा सर्वसाधारणलाई समेट्दा सर्वसाधारणलाई फाइदा पुग्नुका साथै वित्तीय सन्तुलन पनि कायम गर्न सहयोग पुग्छ”, उहाँले भन्नुभयो । संस्थापक शेयरधनी र सर्वसाधरण लगानीकर्ताबीच ५१ र ४९ प्रतिशतको हिस्सा हुने गरी नीतिगत व्यवस्था गर्नुपर्ने उहाँको भनाइ थियो ।
कास्कीका स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटको तयारी सुरु गरेका छन् । संविधानतः स्थानीय सरकारले आगामी असार १० गतेभित्रमा बजेट ल्याइसक्नुपर्छ । स्थानीय तहले आगामी वर्षका कार्यक्रममा समेट्नुपर्ने विषयहरूका बारेमा सम्बन्धित विषयमा राम्रो ज्ञान हासिल भएकाहरूसँग सुझाव लिन सुरुआत गरेका हुन् । नयाँ जनप्रतिनिधि आएकाले पनि उनीहरूले सरोकारवालासँग सुझाव लिएर नीति, कार्यक्रम बनाउन लागेका हुन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छिमेकी चीनमा अध्ययनरत रही कोभिड–१९ को महामारीमा नेपाल फर्किएर अध्ययन छुटाउन बाध्य भएका २८१ नेपाली विद्यार्थीलाई चीन फर्काउने प्रक्रिया सुरु गरेको छ ।
यही जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि लगातार ओरालो लागेको नेप्से परिसूचक यस साताको पहिलो कारोबार अर्थात् सोमबार पनि सोही लयमा रहेको छ ।
फेसबुकमार्फत चिनजान भएका १७ वर्षका हेमराज थारुले आफ्नो जन्मदिन मनाउन भन्दै भेट्न बोलाएपछि आएकी किशोरीलाई हेमराजलगायत सातजनाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडी प्रयास (बिमस्टेक) क्षेत्रका चुनौती सम्बोधन गर्न सदस्य राष्ट्रहरूबीच एकता, ऐक्यबद्धता र सहकार्यको महत्वमा जोड दिनुभएको छ ।
काठमाडौंको दक्षिणकाली नगरपालिकास्थित फर्पिङको जङ्गलमा दुई जना मृतावस्थामा फेला परेका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरुले पीडकले सजाय र पीडितले न्याय पाउने गरी कानुन संशोधन गर्न माग गर्नुभएको छ ।
कम्पनीले आगामी असार १ गतेदेखि प्रतिकित्ता रु १०० अङ्कित रु. ६७ लाख मूल्य बराबरको ६७ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ)को बिक्री खुल्ला गर्ने लागेको हो ।
मनसुन देशभर फैलिन केही दिन लाग्ने भएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भए पनि यस वर्ष सो समयभन्दा एक साता आगागी अर्थात जुन ५ मै प्रवेश गरेको छ ।
म्याग्दीका खेतबारीका बाली तथा बगैचाका फलफूलमा फौजी कीराको प्रकोप भएपछि किसान चिन्तित बनेका छन् । यहाँका किसानले लगाएको फलफूलमा औँसा, केरामा खपटे, गवारो र मकैबालीमा फौजी कीराको प्रकोप देखिएको हो ।
नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले इम्बोस्ड नम्बर प्लेट जडानका सन्दर्भमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले नागरिकलाई डर देखाएको भन्दै आपत्ति जनाउनुभएको छ ।