पश्चिम म्याग्दीका मालिका गाउँपालिका–४ च्युरीबोटस्थित ३० किलोवाट क्षमताको विद्युतगृहमा चट्याङले ठूलो क्षति पुर्याएको छ ।
चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षमा ३६ गैँडा मरेका छन् । जसमध्ये दुईवटा चोरी शिकारीबाट र ३४ वटा प्राकृतिक कारणले मरेका हुन् ।
मधेस प्रदेशसभाको बैठकमा आजदेखि प्रदेश सरकारको मन्त्रालयगत बजेटमाथि दफावार छलफल सुरु हुने भएको छ ।
बेँसीसहर–चामे सडक एक हप्ता बन्द हुने भएको छ । उक्त सडकअन्तर्गत मर्स्याङ्दी गाउँपालिका–४ स्याङ्गेमा सडक ढलान कार्यका लागि आज बिहान ८ बजेदेखि एक हप्ता बन्द हुने भएको हो । सडक ढलान तथा स्तोरोन्तिका लागि पूर्णरूपमा एक हप्तासम्म सवारीसाधन आवागमन रोकेर काम अघि बढ्ने डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका प्रमुख अच्युतविलास पन्तले जानकारी दिनुुभयो । सङ्घीय सरकारको रु ६० लाखमा श्रीकृष्ण निर्माण सेवाले उक्त कार्य गर्ने जिम्मा पाएको छ ।
कर्णाली प्रदेशसभाको असार १२ गतेदेखि स्थगित बैठक अब बिहीबार बस्ने भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले असार १२ गते बसेको कर्णाली प्रदेशसभाको दशौँ अधिवेशनको १८औँ प्रदेशसभा बैठक अवरोध गरेयता सदन स्थगन भएको थियो ।
केरा खेती गरेर लाखौं आम्दानी गर्न सकिन्छ भन्ने शोभित सापकोटाले सपनामा पनि सोच्नुभएको थिएन । आफैँले खानका लागि दुई/चार घरी केरा लगाउने गरेका म्याग्दीको बेनी नगरपालिका–२ खबराका सापकोटालाई व्यावसायिक रुपमा केरा खेती गरेर अहिले आफैँले मनग्ये आम्दानी गर्न सकेको देख्दा आश्चर्य लाग्दछ ।
अमेरिका पुगेको एक नेपाली जोडीबीच भयङ्कर मनमुटावपछि पुरुषले पत्नीलाई परित्याग गरेको र नेपाल आएर अर्की महिलासँग बिहा गरी आफ्नो विद्यावारिधि पूरा गरेका विषयमा केन्द्रित एक उपन्यास अहिले बजारमा छ ।
नेपालको भौगोलिक अवस्था, चालकको लापरबाही तथा गाडीको अवस्था राम्रो नभएकाले यस्ता सवारी दुर्घटनाहरु बढ्दो छ।
सुदूरपश्चिमकै ठूलो आयोजनामध्ये महाकाली पुल योजनाको दोधारा चादँनी सडक खण्डमा एक सय मिटर कालोपत्र गर्ने काममा दुई वटा सिमलको रुख हटाउन नसक्दा भने निर्माण चार वर्षभन्दा बढी समय गुजार्नुपर्यो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले कागेश्वरी मनहरा नगरपालिकामा दुई बालकमा हैजा पुष्टि भएको जानकारी दिनुभयो ।
वर्षासँगै खसेको पहिरोका कारण मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्ड गए रातिदेखि अवरूद्ध भएको छ । बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाको सिमाना नजिकै बोक्सेको खाल्टोमा पहिरो खसेका कारण सो सडकखण्ड अवरुद्ध भएको हो ।
काठमाडौं–३२ का सुमन अधिकारी सडकमा रहेको हिलो आफ्नो पसल भित्रै पस्दा हैरान हुनुहुन्छ । केही दिन पहिले मात्रै खानेपानीका लागि भन्दै सडक खनिएकामा अझै राम्रोसँग पुरिइसकेको छैन । वर्षाको समय सडक हिलाम्मे हुँदा सडकमा सवारी साधनले हिलो छ्याप्ने गरेको उहाँले बताउनुभयो ।
प्रतिनिधिसभा बैठकले राष्ट्रियसभामा उत्पत्ति भएको नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पारित गरेको छ ।
अघिल्लो केही दिन उकालो लागेको नेप्से परिसूचक आज भने ९.७५ अङ्कले ओरालो लागेर दुई हजार ७६.६७ मा ओर्लेको हो ।
काभ्रेपलाञ्चोकस्थित धुलिखेल अस्पतालको प्रयोगशाला गरिएको अनुवांशिक (जीन सिक्वेन्सिङ) अध्ययनमा ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति फेला परेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले जानकारी दिनुभयो ।