बर्षातका कारण भोजपुरका पाँच स्थानीय तहको यातायात सेवा अवरुद्ध भएको छ । वर्षाले ग्रामीण भेगका कच्ची सडक हिलाम्य भएका छन् ।
जिल्लामा बाढी पहिरोबाट ५० हजार ५०० घरपरिवार जोखिममा छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना परामर्शदाता बलराम लुइँटेलका अनुसार जिल्लाका सात पालिकाका दुई लाखभन्दा बढी नागरिक बर्सातका कारण प्रभावित बन्ने छन् । बाढीबाट भरतपुर महानगरपालिका बढी प्रभावित हुने देखिएको छ । भरतपुर महानगरपालिकामा ३० हजार परिवार प्रभावित बन्ने अवस्था रहेको उहाँले जानकारी दिनुभयो । यस्तै माडी नगरपालिकाका चार हजार ५०० परिवार, रत्ननगरका पाँच हजार, कालिका नगरपालिकाका एक हजार ५०, खैरहनी नगरपालिकाका ३२० र रा
बाढीले सडकको डाइभर्सन बगाउँदा बुधबार बिहानैदेखि अवरुद्ध बुटवल–नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । पूर्वपश्चिम राजमार्गको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को डाइभर्सन बगाएको स्थानमा नयाँ डाइभर्सन निर्माण गरेपछि उक्त सडकखण्डमा पुनः यातायात सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनका अनुसार आज बिहान ५ बजेदेखि सडक पूर्णरुपमा सञ्चालनमा आएको छ ।
डिभिजन सडक कार्यालय भरतपुरका ई सागर कार्कीका अनुसार चार किलो, नाम्सी पुल, तीन नम्बर पुल, २६ किलो, २० किलो, १५ किलो, जुगेडी बजार नजिकैको कविलास जाने बाटो उच्च जोखिममा देखिएका छन् ।
बुधबार असारको पन्ध्र अर्थात् राष्ट्रिय धान दिवस । धानबालीमा जैविक विविधताको उपयोग आयात प्रतिस्थापनमा सहयोग भन्ने नाराका साथ विविध कार्यक्रमका साथ १९औँ धान दिवस मनाइँदै छ ।
लोकगायिका हरिदेवी कोइरालाले गाउनुभएका यी गीतका हरफ अब रोपाइँका बेला खेतका गह्रामा रोपाहारका मुखबाट सुनिन छाडेका छन् । आजभोलि असारे गीत असार महिनामा पनि बिरलै सुनिन्छन् ।
हिमालयन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्राथमिक सार्वजनिक निष्काशनको बिक्री खुला गरेको हो ।
सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८०० तोकिएको छ ।
वर्षासँगै आएको पहिरोका कारण हेटौँडाबाट सङ्घीय राजधानी जोड्ने सिस्नेरी सडकखण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्ज्याङस्थित गए राति आएको पहिरोका कारण उक्त सडकखण्डमा यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा कार्कीले जानकारी दिनुभयो । उक्त स्थानमा हाल पानी परिरहेका कारण पहिरो पन्छाउन कठिनाइ भइरहेको छ । पानी रोकिएपश्चात पहिरो हटाइ यातायात सञ्चालनमा ल्याइने उहाँले बताउनुभयो । कुलेखानी–फाखेल सडकखण्ड र त्रिभुवन राजपथ भने सञ्चालनमा छ ।
मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनसार मनसुनी न्यून चापीय रेखा औषतभन्दा उत्तरतिर (नेपालको दक्षिणी भू–भाग नजिक) रहेकाले भारी वर्षा भएको छ ।
विगत दुई दिनदेखिको अविरल वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिका–१० स्थित अधिकांश घर जलमग्न भएको छ । पानीको उचित निकास नहुँदा अविरल वर्षाका कारण बस्ती नै जलमग्न भएको उपमहानगरपालिकाका उपप्रमुखसमेत रहनुभएका स्थानीय किशोरी साहले जानकारी दिनुभयो । अधिकांश घरमा पानी जमेपछि स्थानीयवासी समस्यामा परेका छन् ।
निरन्तरको वर्षाका कारण बागलुङका दुई ठूला राजमार्ग अवरुद्ध भएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको गलकोटबाठ बुर्तिबाङ खण्ड र बागलुङबाट म्याग्दी जाने सडक पहिराले पूर्णरूपमा अवरुद्ध बनाएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुर खण्डमा सडकको डाइभर्सन बाढीले बगाउँदा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । नारायणगढ–बुटवल सडक विस्तारका लागि नवलपुरको विभिन्न स्थानमा निर्माण गरिएका डाइभर्सन आज बिहान बाढीले बगाउँदा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
महोत्तरी, असार १५ गते । पानी परेपछि महोत्तरीका किसान धान रोपाइँमा ब्यस्त छन् । लामो समय कुर्दा पनि किसानले बजार र कृषि सहकारीमा रासायनिक मल पाउन सकेनन् । पानी परेपछि खेर जान नदिने भन्दै उनीहरु रोपाइँ गर्न लागेका हुन् । एक सातायता दिनहुँजसो पानी परिरहेको छ । दिनहुँको वर्षासँगै रोपाइँ चाँडै सक्ने ध्याउन्न किसानलाई छ । “बजारमा मल पाइएन, पानी परेकाले बीउ रोप्न थालियो”, भङ्गाहा नगरपालिका–४ रामनगरका इद्रिस राइनले भन्नुभयो । जिल्लाका सबै भेगमा पानी परेपछि किसान सक्रिय बनेका छन् । असार मसान्तमै धानको शाहीरोप (पहिलो बीउरोप) सकिने बलवा नगरपालिकाका मन्सुल राइन बताउनुहुन्छ । “मौसमले साथ दिए समयमै धान रोपाइँ सकिन्छ”, उहाँले भन्नुभयो । मल नपाएकामा भने उहाँको दुःखेसो छ । महोत्तरीसहितका मध्यपूर्वी तराईमा गत जेठ २२ गतेसम्म हिउँदे धानको बीउ राख्ने, असार तेस्रो साताभित्रै बीउरोप सक्ने र साउन तेस्रो साताभित्र खरुवन (पहिले रोपिएको बीउको रोपो गाँजिएपछि उखेलेर रोप्ने) रोपाइँ सक्ने उपयुक्त समय हो । यसपालि बीउ धानको अभावले समयमै ब्याड राख्न नपाएको किसान बताउँछन् । उनीहरुले सहकारी संस्था र बीउ नपाएपछि घरकै बीउ राखेर ब्याड बनाएका छन् । ब्याडको बीउ १५ दिनको भएपछि रोप्न थालिएको हो । लगातार पानी परिरहेकाले खेतका गह्रामा पानी लागेको छ । किसान खेत हिल्याउने, गह्रा सम्याउने, बीउ काढ्ने (बीउ उखेल्ने) र रोप्ने काममा ब्यस्त छन् । जिल्लामा कूल खेतीयोग्य जग्गा ७० हजार हेक्टर छ । यसमध्ये १० प्रतिशतमा मात्र नहर कुलो लाग्छ । यहाँ अधिकांश खेती आकाशे पानीकै भरमा गर्नुपरेको छ । समयमा बीउ, मल र जनशक्ति नपाउँदा गाह्रो भएको बर्दिवास नगरपालिका–१२ बिजलपुराका विश्वनाथ सिंह बताउनुहुन्छ । कूल खेतीयोग्य जग्गामध्ये ५० हजार हेक्टर क्षेत्रफल धानखेतीका लागि उपयुक्त मानिन्छ ।
मुलुक कृषिप्रधान भएकाले पनि त्यसको महत्व दर्शाउन र धानको सर्वव्यापकता फैलाउनका लागि यो दिवस मनाउने गरिएको हो । हरेक वर्ष धान रोप्ने खेत क्रमशः घट्दै गएको छ ।